Tuesday, November 10, 2015

ग्यास र पेट्रोलियम पदार्थ नपाएर छ्ट्पटाईरहेको काठ्माण्डौबासी आन्दोलनमा





                                                                                           ग्यास र पेट्रोलियम पदार्थ नपाएर छ्ट्पटाईरहेको काठ्माण्डौबासी आन्दोलनमा  










दुई देश बिचको शासकहरू बिच असमझदारी हुँदा नेपाली जनताको गाँस खोसिनु पर्ने कराण के हो ? यसमा आम नेपाली जनताको के दोष छ ? भन्दै २३ गते देखी आन्दोलनमा निस्केको नेपाली जनताले प्रधानमन्त्री केपी शर्मा ओलिलाई ग्यास, पेट्रोलियम पदार्थको ब्यवस्था गर भन्दै ज्ञापन-पत्र बुझाउनु भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलिलाई आन्दोलनकारीहरूले बुझाउनु भएको ज्ञापन-पत्र यस्तो छ । 

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यलय,
सिंहदरबार, काठमाण्डौं ।
विषय: ज्ञापन-पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
राजनीतिकदलहरू राष्ट्रिय स्वार्थ र हितको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने साधन भएकोले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन मार्फत नागरिकले दलहरूलाई आफूमाथि शासन गर्ने अधिकार प्रदान गरेका हुन्छन् । तर, नेपालको सन्दर्भमा कुरा गर्दा सत्तरिको दशकमा अफगानिस्तान र कम्बोडियामा जस्तै राजनीतिक दलहरूले आफ्नो व्यक्तिगत राजनीतिक भविष्यको रक्षार्थ देशको राष्ट्रिय स्वार्थलाई नै तिलान्जली दिने प्रवृत्ती आम रूपमा देखिँदै आएको छ, जुन अति चिन्ताको विषय हो ।
वर्तमान समयमा नेपाल-भारत सम्बन्ध अनपेक्षित रूपले अघि बढिरहेको हामिले महसुस गरिरहेका छौ । हजारौं वर्षा लामो ऐतिहासिक सम्बन्ध, एउटै धर्म, एउटै संस्कृति, एउटै सामजिक मूल्य- मान्यता र रोटि-बेटिको समेत सम्बन्ध भएको दुई मुलुक बीचको सम्बन्ध अहिले तनावपूर्ण अवस्थामा रहेको छ । तुलनात्मक रूपमा नेपालको लागी बढी हितैषी मानिदै आएको भारतिय जनता पार्टीको सरकारले समेत यतिबेला अघोषित नाकाबन्द गरेको अवस्था छ । हालको भारतिय अघोषित नाकाबन्दीको सन्दर्भमा संस्थापनमा रहेका केहि भारतीय नेताहरूले केहि नेपाली नेताहरूलाई विनलादेनको दर्ज दिएबाट स्थितिको गम्भिरता स्पष्ट हुन्छ । हाम्र कतिपय नेता तथा बुद्धिजीविबर्ग कोही भारतको, कोही चिनको तथा कोही पश्चिमा राष्ट्रहरूको अन्ध-समर्थक बनेर सत्ता भोग गर्ने मार्ग प्रसस्त गर्दै आईरहेका छन् । यदी यो सत्य हो भने हाम्रा नेताहरूको यो पृवित्तिले राष्ट्रियता कम्जोर मात्र नभई देश नै डुब्न सक्ने स्थिती पनि आउन सक्छ ।
नेपाल-भारत सम्बन्ध र अहिलेको परिस्थितिको जन्म के कती कारणबाट भयो भन्नेबारे आम नेपाली नागरिक अनभिज्ञ छन् । कारण जे सुकै होस् त्यस्को दण्ड आम नेपाली नागरिकले पाईरहेको अवस्था छ । आज नेपाली नागरिक अत्यावश्यकीय बस्तु ग्यास, पेट्रोलियम पदार्थ नपाएर ज्यादै नै अत्तालिएको अवस्थामा पुगेका छन् । दुइ देशको सम्बन्ध विग्रनमा आम नेपालीको के दोष छ ? यो एउटा गम्भिर प्रश्न हो । यस्को जवाफ नेपाल र भारत दुवै देशको सत्ताधारी शासकहरूले दिनु पर्दछ । 
अत्यावश्यकीय बस्तु ग्यासको अभावमा आम नेपालीको चुल्हो बन्द हुने अवस्थामा पुगेको छ । घण्टौं होईन, हप्तौ कुर्दा पनि ग्यास उपलब्ध हुन सकेको छैन । पेट्रोलियम पदार्थको अभावमा देश्मा नै उत्पादित बस्तुहरू समेत अभाव क्षेत्रहरूमा पुग्न सकिरहेको छैन । आफ्नै देशमा उत्पादित बस्तुहरूको समेत वितरण गर्ने समुचित व्यवस्था हुन नसकी देशमा हाहाकारको स्थिती सिर्जना हुनु भनेको निश्चय नै लज्जा र चिन्ताको विषय हो । 
देशमा शान्ति, सुरक्षाको मात्र नभई नागरिकको जिउधनको समेत रक्षा गर्नु सरकारको प्रमुख कर्तब्य र दायित्व पनि हो । तर, सरकारले त्यसको समुचित व्यवस्था गर्न सकेको छैन । नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र मूलुकको हैसियतले सरकारले जुन सुकै मुलुकबाट भए पनि अविलम्ब त्यस्ता अत्यावश्यकीय बस्तुहरूको आपुर्ती गर्न सक्ने भएकोले देशले भोगिरहेको समस्याबाट त्राण पाउन सम्माननीय प्रधानमन्त्रीज्यूको आवश्यक पहल कदमीको लागी अनुरोध गर्दछौ र नेपाल- भारत बीच रहिआएको हजारौं वर्षदेखिको ऐतिहासिक सम्बन्ध सुधारमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको सार्थक भूमिका रहने छ भन्ने कुरामा हामी विश्वस्त छौं । भारत हाम्रो शत्रु नभई असल छिमेकी राष्ट्र हो । असल छिमेकिको ब्यवहार गरौं र गराऔँ । 
अन्त्यमा भूकम्पबाट पिडित हाम्र नेपाली दाजुभाई दिदीवहिनीहरू कहाँ बस्ने ? के गर्ने? के खाने? भन्ने अवस्थामा बसेको धेरै समय बितिसकेको छ । बिदेशबाट आएको राहत पिडित जनताको लागि, खर्चा नहुँदा दातृदेशहरूले दिएको अनुदान फर्काएर लग्ने सम्मको कुरा गर्दा हामी आम नेपालीको शिर लज्जाले निहुँरिएको छ । सरकारले छिटो भन्दा छिटो भूकम्प पीडित हाम्रो नेपाली आमा बाबु, दाजुभाई दिदीबहिनिहरूको लागी आवश्यक व्यवस्था समेत गरी दिनुहुन एबम् भात्किएका संरचनाहरूको यथाशिघ्र पुन: निर्माणको लागि, सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दछौ ।


धन्यवाद! 

समस्त नेपाली जनताको तर्फबाट 
मिति:२०७२ कार्तिक २३ गते
ग्यास र पेट्रोलियम पदर्थ नपाएर छट्पटाई रहनु भएका काठमाण्डौबासी जनता आज देखी आन्दोलन गर्न निस्किएका छन् । आन्दोलनकारीहरूले भारतीय राजदुतावासमा गएर भारतिय राजदूत रन्जित रायलाई ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनकारीहरूले भारतीय राजदूत रन्जित रायलाई ज्ञापन पत्र पनि बुझाउनु भएको छ । आन्दोलनकारीले बुझाउनु भएको ज्ञापन-पत्र यस्तो छ । 
भारतिय राजदूत रन्जित रायलाई आन्दोलनकारीहरूले बुझाउनु भएको ज्ञापन-पत्र यस्तो छ ।
His Execellency, Ranjit Rae,
Ambassador of India
Kathmandu Nepal.
Subject : Present Relation Between Nepal and India.
Your Execellency,
This is bring to your kind attention that, we are deeply concerned on the current unpleasant situations in between our two friendly neighboring countries, Nepal and India.
Whatever may be the reason, our general public are unaware of current issues caused by acute shortage of daily goods of gas, petrol, diesel, medicines and other essential commodities. Since the past several weeks, general public of Nepal are facing difficulties/hardship in their daily livelihood.
Friendship between Nepal and India has been maintained by historical ties from centuries connected bye cordial relationship bounded by history, cultural, religion, social values with the cordial relationship in between people of our two countries. However, presently our relationship is great tense.
Therefore, through the good to kindly convey to your concerned authority, the Government of India to pay serious attention to resolve the problems for our long-lasting cordial and friendly relationship between two countries.


Long Live Nepal and India Friendship and prosperity.

Thank you very much.
Respectfully.
November 09th 2015
Kathmandu, Nepal


आन्दोलनलाई निरन्तरता दिने सन्दर्भमा सुझाव र प्रतिकृयाको निम्ती निम्न व्यक्तीहरूलाई सम्पर्क गर्नु होला । 

कृष्ण बहादुर तामाङ, फोन: ९८५१०३३५७८
राजु शाक्य, फोन : ९८१३६७७४१७
कमानसिंह लामा, फोन: ९८५११०८८१८
अर्जुन राना, फोन : ९८५११७६११२

No comments:

Post a Comment