शारीरिक तन्दुरुस्तीका लागि खानपिनमा ध्यान दिनुपर्छ । समय मिलाएर खान जानिएन भने स्वास्थ्यवद्र्धक खानेकुरा नै विष पनि हुन सक्छ । यी नौ खानेकुरा सम्झिनुस् जुन खाली पेटमा खाादा शरीरलाई धेरै हानि पुग्छ :
सोडा : सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने मतमत लाग्ने तथा असहज महसुस
हुन सक्छ ।
गोलभेँडा : गोलभेँडामा एसिडको मात्रा हुन्छ । खाली पेटमा खाएमा पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारण बन्न सक्छ ।
औषधि : औषधि दिँदा नै चिकित्सकले भनेका हुन्छन्– खाली पेटमा सेवन नगर्नुहोला । हो, खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन नगर्नु उत्तम हुन्छ । औषधि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैदा हुन्छ ।
रक्सी : खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस् । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।
चटपटे भोजन : कहिलेकाहीँ खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर, यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा हुने नेचुरल एसिडले पेटमा एँेठन हुन सक्छ ।
चिया/कफी : खाली पेटमा चिया–कफी पिउनु सबैभन्दा घातक हुन्छ । कफीमा पाइने कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ । त्यसैले खाने अरू केही छैन भने कफी पिउनुअघि एक गिलास पानी मात्रै भए पनि पिउनुहोस् । चियामा हुने अधिक एसिडले पनि खाली पेटमा समस्या पैदा गरिदिन्छ ।
दही : दही स्वास्थ्यवद्र्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक
केमिकललाई निम्त्याउँछ ।
केरा : खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्यधिक बढ्न जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैदा हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।
No comments:
Post a Comment