यो साताभरि सभासद यशोदाकुमारी लामा चर्चामा रहिन् । दलितजनजाति
पार्टीकी सभासद लामाले अध्यक्ष विश्वेेन्द्र पासवान सँग असहमति जनाउादै
नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि उनी चर्चामा आएकी हुन्
। तीन करोड चन्दा मागेर दिनैपिच्छे हैरान पारेकाले सो पार्टी
त्याग्नुपरेको सभासद लामाको भनाइ छ । उनै लामासँग गरिएको कुराकानी:
० जनजातिभित्रको दलितको पार्टी हो?
– होइन, जनजाति र दलित मिलेर बनेको पार्टी थियो । तर पार्टीको नीति र सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर हुन थालेपछि मैले विद्रोह गरेर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेकी हुँ ।
० के कारणले पार्टी फुटाउनु भएको?
– सिद्धान्त त उही पुरानै हो, अध्यक्ष (विश्वेन्द्र पासवान) को व्यवहार मलाई ठीक लागेन । उनको देखाउने र चपाउने दाँत बेग्लै रहेछ ।
० देखाउने र चपाउने भनेको?
– जनजाति र दलितलाई देखाएर राजनीति गर्नुहुन्छ, तर उहाँको भित्री उद्देश्य भनेको अर्थ संकलन नै हो । झट्ट हेर्दा मान्छे साधुजस्तो देखिनु हुन्छ, तर उहाँलाई नजिकबाट बुझ्नेका अनुसार पासवान साधुको भेषमा डकैती गरिरहनुभएको छ ।

० अध्यक्षलाई त्यस्तो आरोप लगाउन मिल्छ?
– पार्टी अध्यक्ष तथा सभासद्जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई म जतिको व्यक्तिले त्यस्तो आरोप लगाउनु त हुँदैन थियो । तर, सहनुको पनि हद हुँदो रहेछ । अहिलेसम्म त सहेरै बसेकी थिएँ, सहन नसकेर नै मैले त्यो आरोप लगाएकी हुँ । दलित जनजाति पार्टी सिंगलम्यान पार्टी हो, पार्टीका अन्य पदाधिकारी सबै औंठाछाप हुन् । उनको अत्याचार र निरंकुशताबारे अरु केही बोल्न चाहादैनन् ।
० अध्यक्षले त्यस्तो के काम गर्नुभयो?
– हाम्रो पार्टीका संरचनात्मक विकास भएको छैन । अध्यक्षको नाममा व्यक्तिगत बैंक खाता छ । पार्टी र सभासद्को नाममा प्राप्त भएको सहयोग सुविधा सबै उहाँको बैंक खातामा जम्मा हुन्छ । मेरो पारिश्रमिक र संसद सुविधासमेत मलाई थाहा नदिई उहाँले झिकेर प्रयोग गरिसक्नुभएको रहेछ ।
० पार्टी सञ्चालन गर्न खर्च चाहिँदैन?
– पार्टी सञ्चालनका लागि जति पनि खर्च गर्न सकिन्छ, यी सबै कुरा मलाई राम्रोसँग थाहा छ । संसद्ले दिएको मेरो पारिश्रमिक पार्टीले लिने हो भने पार्टीले मलाई पकेट खर्च उपलब्ध गराउनु पर्दैन? पारिश्रमिक पनि सबै लिने, उल्टो तीन करोड चन्दा ले भनेर दिनरात कचकच गर्न त भएन नि?
० चन्दा दिन्छु भनेर सभासद् हुनुभएको होला नि त?
– त्यस्तो केही लिखित सम्झौता गरेकी छैन । दलित र जनजातिको हितमा पार्टी अगाडि बढाउने सहमति भएको हो । पार्टीमा मलाई उपाध्यक्ष बनाउने अथवा महिला विभाग दिन्छु भन्नुभएको थियो, तर उहाँले दिनुभएन । अर्थ संकलनका लागि मात्र दबाब दिनुहुन्छ ।
० असहमति भएको कुरो पार्टीमा राख्दा हुँदैन थियो र?
– ‘सिंगलम्यान’ पार्टीमा व्यक्तिको केही सुनुवाइ हुँदैन रहेछ । औंठाछाप केन्द्रीय समितिमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन् । दलितको पार्टीमा दलित नै व्यवहार हुँदो रहेछ ।
० अध्यक्ष सँग तँ तँ म म नै पर्योकी?
– मैले पनि अध्यक्षको मान राख्नैपर्यो । पाँच सात घन्टा डिस्कस गरें, तर तँ भनिना । मैले नयाँ
दल दर्ता गरे पछि मलाई पार्टीले कारबाही गरेको भन्ने सुनें । केन्द्रीय कमिटीको बैठक बोलाएको मलाई थाहा छैन ।
० छाडेको पार्टीको कसरी व्याख्या गर्नुहुन्छ?
– त्यो झोलाछाप पार्टी हो, त्यसको कार्यालय भनेकै विश्वेेन्द्र पासवानले बोक्ने कालो झोलामा छ । खर्च पारदर्शी छैन, पार्टीका नाममा लिएको चन्दा अध्यक्षले एटीएमबाट झिक्छन् । यो दलित र जनजातिको नाममा राजनीति गरेर ठगीखाने व्यक्तिको धन्दा हो भन्दा फरक पर्दैन ।
० त्यस्तो पार्टी छोड्न सक्नुहुन्थ्यो नि?
– दिनरातको कचकच सुन्नुभन्दा त पार्टी छोडुँ कि भन्ने मनस्थिति बनाएकी थिएँ, तर पार्टी छोड्नुभन्दा छुट्टै दल दर्ता गरेर अघि बढ्दा राजनीतिक उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने लाग्यो । त्यही भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी छु ।
० दल दर्ता भयो त?
– निर्वाचन आयोगमा निवेदन दिएकी छु, उपनिर्वाचनको व्यस्तताले अहिले आयोगले मेरो निवेदन मात्र दर्ता गरेको छ । बाँकी प्रक्रिया उपनिर्वाचनपछि हुन्छ भन्ने जवाफ पाएकी छु ।
० एक्लैले राजनीतिक दल चलाउन सक्नुहुन्छ त?
– राज्यले पछि पारेका दलित र जनजातिको हकमा काम गर्ने हो । उनीहरूको हक र अधिकारका लागि लड्दा धेरै चुनौतीको सामना गर्नुपर्ला । तर निश्चित उद्देश्यका लागि खोलिएको राजनीतिक दल सफल हुन्छ भन्ने कुरामा म विश्वस्त छु । सभासद् गरिमायम पद हो, तर राजनीति सिद्धान्त, नीति र विचारभन्दा सभासद् पद मेरा लागि ठूलो होइन ।
० अध्यक्ष पासवानसँग कहिलेदेखिको चिनजान हो?
– दुई वर्षजति भयो चिनजान भएको । उहाँ मेरो माइती गाउँको हुनुहुँदो रहेछ । म पनि राजनीतिबाट विश्राम लिएर बसेकी थिएँ, अब पार्टी हाँक्नुपर्छ भनेर उहाँले बोलाउनुभयो । बेकारमा त्यो पार्टीमा संलग्न भएजस्तो लाग्छ अहिले ।
० राजनीतिक पृष्ठभूमि सुनाउनुहोस् न?
– विद्यार्थी जीवनमा वामपन्थी राजनीतिबाट प्रेरित थिएँ, पछिल्लो समय नेपाली काँग्रेसको शुभचिन्तक बनें । छोराछोरी पढाउने, घर व्यवहार र व्यापार व्यवसाय सञ्चालन गर्न थालेकाले राजनीतिबाट विश्राम लिएकी थिएँ ।
० के व्यवसाय छ?
– यातायात, फाइनान्स, सहकारी र व्यापार गर्छु । अहिले राजनीतिलाई समय दिनुपरेकाले मेरा सबै व्यवसाय श्रीमानले हेर्नुहुन्छ ।
० कहाँ पढ्नुभयो?
– स्कुल सिन्धुली र धनुषामा पढें । धनुषाबाटै एसएलसी पास गरें । आरआरबाट आईए पास भएपछि स्नातक र स्नकोत्तर (एमए) भारतबाट पूरा गरेकी हुँ ।
० कस्तो परिवार?
– माइती जमिन्दार हुन् । हामी चार दिदीबहिनी र एउटा भाइ हो, भाइ क्यानडामा छ । अरु दिदीबहिनीहरूको पनि राम्रै व्यवसाय छ । पढ्ने र पढ्नुपर्छ भन्ने मान्यता परिवारमा थियो । मेरो दुई छोरा छन्, एउटा अष्ट्रेस्लियामा छ, अर्कोले ग्राफिक डिजाइनमा उच्चशिक्षा हासिल गर्दैछ ।
० कति थियो जमिन?
– बुबाहरू सात भाइ हुन्, उहाँहरूको जनकपुरमा मात्र डेढ सय बिघा जग्गा थियो । माइतीको सम्पत्तिमा धक्कु लगाएजस्तो हुन्छ, तर दिएर खान पुग्ने परिवार हो हाम्रो । म पनि आफ्नो व्यापार व्यवसायबाट सन्तुष्ट छु ।
० प्रेम विवाह गर्नुभयो?
– होइन, हाम्रो परिवार अनुशासित थियो । हाम्रो पालामा त्यस्ता लप्पनछप्पनका कुरै हुँदैन थिए । इन्डियन लाहुरे बुद्धिबहादुर तामाङ माग्न आउनुभयो, बुबाले उहाँसँग विवाह गरिदिनुभयो ।
० महिलालाई राजनीति गर्न कत्तिको सजिलो हुन्छ?
– कसैले प्रगति गरेको देख्यो भने खुट्टा तान्ने हाम्रो समाजमा धेरै अप्ठ्यारा पार गर्नुपर्ने रहेछ । घर व्यवहार पनि हेर्नैपर्यो, त्यहाँ पनि अनेक समस्या आइहाल्छ । कहिलेकाहीँ त निराश नै बनाउँछन्, तर आत्मसमर्पण होइन, चुनौतीको फेस गर्नुपर्नेरहेछ भन्ने मेरो अनुभव छ ।
० घर कि बाहिरका चुनौती धेरै?
– घरको सहयोग पाएर नै म यो अवस्थामा आइपुगेकी हुँ । खुट्टा तान्नेहरू त बाहिरका हुँदा रहेछन् । तिनीहरू अर्काको प्रगति देखिसहँदा रहेनछन् ।
- तरूण साप्ताहिक, २०७१ जेठ १२ गते सोमबार
पासवानले पाँच करोड मागेपछि..
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक दलको व्यापारीकरण भइरहेको बेला विश्वेन्द्र पासवानले भने आफ्नो पार्टीलाई प्राप्त सभासदको कोटा पाँच करोडमा बिक्री गरेको खुलासा भएको छ । तर बोलकबोल बमोजिमको पैसा दिनुभन्दा सभासद यशोदाकुमारी लामाले पासवानको पार्टी नै फुटाइदिएकी छिन् । विश्वेन्द्र पासवानले खल्तीमा चलाउँदै आएको दलित जनजाति पार्टीले २०७० मंसिर ४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ दुई सिट पाएको थियो । पासवानले एक सभासद पद आफ्नै परिवारमा राख्न सक्थे । तर पैसा कमाउने धुन चलेर उनले सभासद पद लिलाम बढाबढ गर्दा यशोदाकुमारी लामाको भागमा परेको पासवानका एक निकट सहयोगीले बताए । सभासद पद यशोदालाई दिने बेलामा एउटा कागजमा सहीछाप पनि गराइएको तर त्यहाँ पैसा नतोकिएकाले उनी अप्ठेरोमा परेको चर्चा सिंहदरवारतिर चलेको छ
। सर्लाहीतिरकी लामालाई पासवानकेा सम्पर्कमा पुर्याउने एक मध्यस्थकर्ताको रोहबरमा कागज गर्दा ‘पार्टीले भनेको सबै थोक गर्नेछु, कुनै पनि कुरामा नाइनास्ती गर्ने छैन’ भन्ने शब्द पारिए पनि पैसाको कुरा उल्लेख थिएन । स्रोतका अनुसार त्यसबेला पासवानले सभासद बनाएबापत यशोदाबाट ५ करोड किस्ताबन्दीमा पाउने सर्त राखेका थिए । यद्यपि लामाले भने अस्वीकार गरेकी छन् । सभासद बनाए लगत्तै पासवानले पैसा माग्न थालेपछि लामाले टार्दै आएकी थिइन् । केही पैसा दिए पनि उनले अरु पैसा भने पार्टी केन्द्रीय कमिटीको बैठक राखेपछि पार्टी कामका लागि दिने बताइन् । जबकि पासवानको पार्टीको केन्द्रीय समिति नै छैन । पैसा नपाएपछि पासवानले संसद सचिवालयबाट यशोदाको तलब रोकेर पार्टीका नाममा भन्दै आफैं लिन थाले ।
आफ्नो तलब पासवानले लगेको थाहा पाएपछि ४५ बर्षीया सभासद यशोदाले संसद सचिवलायमा उजुरी दिइन् र तलब आफ्नै नाममा आउने व्यवस्था गरिन् ।
यसबीचमा पासवानले सभासद लामासँग बारम्बर पैसा माग्ने, अनैतिक कुरा गर्ने र तनाव दिने क्रम बढाउँदै नत्र सभासदबाट हटाउने धम्की दिन थालेपछि यशोदाले पनि चलाखीपूर्वक निर्वाचन आयोगमा गएर नयाँ दल दर्ता गराएकी छन् । जेठ ७ गते बुधवार लामाले दलित जनजाति पार्टी नेपाल नामको दल दर्ताका लागि निवेदन दिई संसद सचिवलायमा पनि जानकारी गराएकी हुन् ।
दल बिभाजनका लागि ४० प्रतिशत सभासद हुनुपर्नेमा दुई सभासद रहेको पार्टीमा एकजनाले फुटाएपछि ५० प्रतिशत पुग्ने नै भयो । अब यशोदाको दल सहित गर्दा संविधानसभामा दलको संख्या ३१ पुगेको छ । पासवानले सहायकमन्त्रीको आश्वासन पाएपछि सुशील कोइरालाले भने बमोजिम न्यायाधीस नियुक्तिमा सहमति जनाएको र यसक्रममा केही न्यायाधीसबाट पैसासमेत लिएको स्रोतले जनाएको छ । लामाका पति एमाले समर्थक हुन् ।
- साँघु साप्ताहिक, २०७१ जेठ १२ गते सोमबार
संविधानसभा सदस्य माननीय यशोदाकुमारी लामासँग -९८५११४५१०१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
ReplyDelete