Friday, May 9, 2014

संविधान बनाउन मास्टर प्लान भएन

-बहादुरसिंह लामा, सभासद
बहादुरसिंह लामा, नुवाकोट क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका निर्वाचित सभासद हुन् । एमाओवादीका नेता पोष्टबहादुर बोगटी र एमालेका नारायण खतिवडालाई पराजित गर्दै लामा संविधानसभा
मा प्रवेश गरेका हुन् ।
०४९ सालमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति बनेका लामा ०५४ सालमा गाविस अध्यक्ष निर्वाचित भए । २ पटक कांग्रेस महासमिति सदस्य बनिसकेका लामा ०६४ सालको निर्वाचनमा बोगटीसँग पराजय भएका थिए । ६ वर्षपछि ०७० सालमा भएको निर्वाचनमा भने उनै बोगटीलाई पराजित गरेका लामा संविधान बनाउने मास्टर प्लान नहुँदा संविधान लेखनमा अप्ठ्यारो परेको बताउँछन् ।
 
संविधानसभामा कस्ता खाले मुद्दा उठाउनुहुन्छ ?
संविधानसभामा मुख्य कुरा लोकतान्त्रिक संविधान बनाउने हो । त्यस्तै संघीयतामा जाँदा कस्तो गणराज्य बनाउने, पहिचान भेटिने जातीय द्वन्द्व मेटिने प्रकारको संघीय संरचना कसरी निर्माण गर्ने भन्ने विषय नै मेरो मुख्य मुद्दा हो ।
राज्यपुनर्संरचनाको विषयमा पार्टी ठूलो आकारको हुँदा एउटा र सानो आकारमा हुँदा अर्को कुरा गरिँदैछ । सबैले स्विकार्ने तरिकाले राज्यपुनर्संरचना गरिनुपर्छ । पहिचानको विषयलाई पनि सम्बोधन गरिनुपर्छ । कस्तो किसिमको पहिचान दिने हो, त्यसमा छलफल हुनु जरुरी छ । अघिल्लो संविधानसभाले पनि धेरै काम गरेको छ । त्यसले गरेका राम्रो कामको स्वामित्व लिने र संशोधन गर्नुपर्ने विषय संशोधन गर्नुपर्छ । जसरी हुन्छ यसपटक संविधान बनाउनुपर्छ ।
 
अघिल्लो संविधानसभा संविधान नै नबनाई विघटन हुन पुग्यो । यसपटक पनि संविधान बन्छ नै भन्ने आधार त देखिएको छैन नि ?
यसपटक संविधान बनाउनैपर्छ । अघिल्लो संविधानसभा र अहिलेको संविधानसभामा धेरै फरक छ । यसपटकको संविधानसभामा लोकतान्त्रिक शक्तिहरू बलियो भएर आएका छन् । त्यतिबेला भर्खर माओवादी द्वन्द्वबाट आएको थियो । उसको सोच बेग्लै खालको थियो । तर, अहिले ऊ पनि कानुनी शासन, लोकतान्त्रिक पद्धतिमा आएको छ ।
मुलुक धर्मनिरपेक्ष भएको छ । सबै धर्मका मानिसले हीनताबोध नगरी देश
सबैको साझा हो भन्ने अवस्था बनेको छ । सबैको भावनालाई सबैले सम्मान गरेर अघि बढ्नुपर्छ । बहुमतको बलमा नभई सबै अट्ने खालको लोकतान्त्रिक संविधान बनाउनुपर्छ ।
 
जनप्रतिनिधिका रूपमा संविधान लेखन र विकास निर्माणको अपेक्षा जनताले एकसाथ गरेका छन् । त्यसलाई कसरी पूरा गर्नुहुन्छ ?
पहिलो कुरा संविधान हो । त्यसैले संविधान बनाउने मेरो पहिलो प्राथमिकता हो । त्यसपछि विकासको काम अघि बढाउनुपर्ने दोहोरो दायित्व छ । कुनै पनि कुरा सफल बनाउन मास्टर प्लानको जरूरी हुन्छ । तर, नेपालमा न त संविधान लेखनमा, न त विकासका काममा कतै पनि त्यस्तो प्लान देखिँदैन । जसले गर्दा संविधान लेखन र विकास निर्माण दुवैतिर अपेक्षाकृत उपलब्धि हुन सकेको छैन ।
संविधान बनाउन संविधानविद्, समाजशास्त्री, मानवशास्त्री सबैको सहयोग लिनुपर्छ । उनीहरूलाई पनि संविधान लेखनमा जोड्न सक्नुपर्छ । त्यस्तै विकास निर्माणका सन्दर्भमा १ वर्षको बजेट गुरुयोजनामा लगाउनुपर्छ भन्ने प्रस्ताव छ । बिनायोजनाको विकास–निर्माण दिगो हुन सक्दैन । त्यसैले कहाँ कस्तो सहर बनाउने, खानेपानी, बिजुली, टेलिफोनलाइन कसरी व्यवस्थित गर्ने सबैको प्लान बनाउनुपर्‍यो । तब मात्र देशको विकास हुन सक्छ ।
 
आफ्नो निर्वाचन क्षेत्रमा कस्ता खाले योजनाहरू सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ?
म योजना बनाउँदैछु । सडकलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउँदैछु । त्यसका लागि सरोकारवालाहरूसँग छलफल गरिरहेको छु । शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीका लागि गाविस र नगरपालिकामा के गर्ने? योजना बनाएर ५ वर्षभित्रमा आफूले गरेको काम र त्यसभन्दा अघिको अवस्थाबारे सार्वजनिक गर्ने सोचमा छु । जिल्लामा पहिलो पटक स्काइभेटर भित्र्याएर सडक मेलै बनाएको हुँ । त्यसैले योजना बनाएर व्यवस्थित तरिकाले विकासका काम अघि बढाउनेछु ।
 
त्यसका लागि स्रोतको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

राज्यले प्रत्येक सभासदलाई १० लाख छुट्याएको छ । त्यसबाट केहि झिकेर योजना बनाउन इन्जिनियरहरूलाई लगाइसकेको छु । उनीहरूले योजना बनाउंदैछन् । आफ्नो मास्टर प्लान देखाएर त्यसमा लाग्ने खर्च र हुने फाइदाबारे प्रस्ट देखाएर गाविस, जिविस, नगरपालिका र मनत्रालयहरूसँग समेत लगानीका लागि आग्रह गर्छु ।
जलविद्युत्, पर्यटन, खानीका कारण नुवाकोटमा धेरै सम्भावना छ । त्यसको विकासका लागि सकेसम्म धेरै राज्यबाट र नपुग्ने रकममा लागि अन्य स्रोतको खोजी गर्नेछु ।

संविधान बनाउनको निम्ती नेताहरुसंग मास्टर प्लान नै नभएको र नेपाली कंग्रेश ठूलो आकारको हुँदा एउटा र सानो आकारमा हुँदा अर्को कुरा गरिरहेको छ भनेर स्पष्ट रूपमा भन्नु हुने नुवाकोट क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका निर्वाचित सभासद बहादुरसिंह लामालाई ९८५१११०७५९ मा फोन गरी सुझाव दिन सक्नु हुनेछ ।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete