काठमाडौं, माघ २१ / मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सोही पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवबीच एक महिनादेखि बोलचाल छैन । पार्टीको कार्यक्रममा सँगै हुँदा वा एक अर्काको सामुनेमा भए पनि यी दुई जनाको विषयमा कुराकानी हुँदैन । पार्टीका तर्फबाट समानुपातिक सभासद् चयनमा अध्यक्ष गच्छदारले अनियमितता गरेको भन्दै उपाध्यक्ष यादवले गच्छदारको विरुद्धमा मोर्चा खाडा गरी अन्दोलन गर्न लगाएका थिए । उपाध्यक्ष यादवको नेतृत्वमा भएको सो अन्दोलनले सोही पार्टीका महासचिव जितेन्द्र देवलाई सभासद् बनाए पनि गच्छदार र यादवबीच दुरी बढायो ।
गच्छदारले पार्टीका हरेक गतिविधि तथा कार्यक्रममा रामेश्वरराय यादवसँग सल्लाह लिने गरेका थिए । गच्छदारले उपाध्यक्ष यादवमाथि यति विश्वास गरेका थिए कि प्रमुख चार दलको बैठक देखि लिएर हरेक उक उच्चस्तरीय बैठकमा भाग लिन पठाउँथे तर उपाध्यक्ष यादवले आफैमाथि आन्दोलन गरेको बुझेर बोलचाल नै बन्द गरेका छन् । एक किसिमले गच्छदारपछि मोर्चा सम्हाल्ने काम उपाध्यक्ष यादवले नै गर्थे । तर जबदेखि समानुपातिक सभासद्लाई लिएर भएको घटनाका कारण दुई जनाबीच बोलचाल मात्र होइन कि अध्यक्ष गच्छदारले उपाध्यक्ष यादवलाई कारवाही गर्ने तयारी पनि गरिरहेका छन् । आन्दोलनलाई मात्र आधार बनाएर कारवाही गर्यो भने उपाध्यक्ष यादवले पुनः मोर्चा बनाउन सकिने बुझेर अध्यक्ष गच्छदारले पार्टीमा उपाध्यक्ष गच्छदारको विरुद्धमा माहौल बनाउन लागेको स्रोतको दावी छ ।
अध्यक्ष गच्छदार आफ्ना पक्षका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष, भातृ संगठनका अध्यक्षहरुलाई उपाध्यक्ष यादवको विरुद्धमा पार्टीमा उजुरी गर्न भनिरहेका छन् सोही आधारमा मधेशी युवा फोरम लोकतान्त्रिकलगायत केही केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु उपाध्यक्ष यादवको विरुद्धमा उजुरी पनि दिएका छन् तर उपाध्यक्ष यादवका लागि त्यति उजुरी प्रायाप्त नरहेकाले बहुमत केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा भातृसंगठनका अध्यक्षको उजुरी मगाउनमा गच्छदार लागेका छन् ।
तर, अध्यक्ष गच्छदारले जसरी रकम लिएर समानुपातिक सभासद्् बनाएका छन् त्यसले पार्टीभित्र निकै असन्तुष्टि बढेको छ । अधिकाँश पदाधिकारीदेखि लिएर जिल्ला अधयक्ष, भातृ संगठनका नेताहरु उपाध्यक्षकै पक्षमा रहेका छन् । पाएका १० समानुपातिक सभासद्मध्ये शतप्रतिशत सभासद् बेचेको अरोप गच्छदारमाथि लागेको छ । अध्यक्षको यस्तो रवैयाप्रति मधेशी विद्यार्थी फोरम लोकतान्त्रिले आन्दोलन गरेका थिए । पार्टी कार्यालयमा कालो झण्डा बाँधेका थिए ।
युवा फोरम लोकतान्त्रिकका इन्चार्ज सत्रुधन कोइरीले आफू गच्छदारले भनेर होइन, उपाध्यक्ष यादवले पार्टीको हित तथा अनुशासन विपरित कार्य गरेको कारण आफूले कारवाहीको माग गरेको बताए । त्यस्तै उपाध्यक्ष यादवले गच्छदारसँग केही दिनदेखि कुराकानी नभएको कुरा स्विकार्दै पार्टीले कारवाही गर्यो भने त्यसलाई स्विकार गर्ने बताए । उनले आफूले पार्टीको हित विपरित कार्य गरेको कुरा प्रमाणित गर्न अध्यक्ष गच्छदारलाई चुनाति पनि दिए । माघ १४ गते पार्टी कार्यालयमा थारु संगठनबाट भएको कार्यक्रममा उपाध्यक्ष यादव अध्यक्ष गच्छदारकै छेउमा बसेका थिए तर एक अर्काको अनुहार पनि हेरेका थिएन ।

No comments:
Post a Comment