Friday, February 7, 2014

पहिचान सहितको संघिय राज्यहरूको घोषणा गरेर मात्र संबिधान सभाको चुनाव गर ।

मूलवासी मंगोल समुदायको  एकता र शक्ति निर्माण
नयाँ संविधानका लागि राष्ट्रव्यापी जनजागरण अभियान किन ?

Indigenous (Mulbasi) Bishal Tharu Aandolan At Tahruhat Dhangadhi Nepal (Part One) .

visit us at : www.samabad.com
नेपालको बर्तमान राजनीति अन्योल ग्रस्त छ  । जहाँ एकातर्फ महासमुद्र छ भने अर्को तर्फ भयंकर खाल्टो छ । दुरभाग्य नेपाल यस्तो विपत्तिमा परेको बेला राष्ट्रभक्त मूलवासी समुदाय विभिन्न चिरामा विभक्त भएर आ-आफनो डम्फु बजाउनुमा व्यस्त देखीन्छन् ।

Indigenous (Mulbasi) Newar Rally Demanding Newa State and EQUALITY- Nepal mandal, Kathmandu

राष्ट्र जोगाउने मूलवासी समुदायलाई पाखा लगाउँदै अदृश्य शक्तिको इशारामा अदृश्य शक्तिको हितका लागि चार दलीय संयन्त्रको रुपमा नयाँ चार ठेकेदारको जन्म गराईएको छ । चुनावको वातावरण नयाँ मनस्थितिबाट नेपाली जनता कोसौ टाढा भएता पनि देशमा एकपटक मात्र आउने भनिएको संविधान सभाको दोस्रो चुनाव गराउन खिलराज नेतृत्वको अवैधानिक निर्दलीय सरकार प्रयत्नशील तथा उद्धत देखीन्छ ।

Demand for Tamangsaling State Nepal, www.samabad.com




दोस्रो संविधान सभा चुनावले मात्र राष्ट्रलाई सही दिशामा ल्याउन सक्ने प्रचार गरिएता पनि दोस्रो संविधान सभा के का लागि तथा कस्का लागि भन्ने कुरा आम जनमानसमा चर्चा व्याप्त छ । विघटित संविधान सभा किन ? के का लागि तथा कसको इशारामा  हत्या गराइयो त्यस प्रति कुनै चिन्तन, मनन, बहस तथा अनुसन्धान विना संविधान सभा विघटन गर्ने चक्रव्युहका मुख्य खलनायकलाई नै दोस्रो संविधान सभा चुनाव गर्ने अभिभारा किन र कस्को इशारामा प्रदान गरियो, गम्भिर षडयन्त्रको विषय छ ।
Indigenous (Mulbasi) Tamuwan Rally 29 April 2012, www.samabad.com
दोस्रो संविधान सभाको चुनाव होला नहोला, चुनावको हश्र ज्ञानेन्द्रद्वारा गराइएको चुनाव जस्तो गति होला वा नहोला त्यो गर्भमा लुकेको छ । तर यथर्थ सत्य के हो भने नेपाली जनता चुनावप्रति विल्कुलै उदासिन छन्, यस्तो परिस्थितिमा हुन लागिएको भनिएको दोस्रो संविधान सभाको चुनाव सार्थक होला भन्ने कुरा समयले बताउने छ । प्रथम संविधान सभा विधिवत तरिकाले विघटन नभई अन्याय पूर्वक तरिकाले हत्या गरिएको छ । प्रथम संविधान सभा किन विघटन भयो तथा दोस्रो संविधान सभाको चुनाव के का लागि भन्ने विषय नेपाली जन जनले बुझनुपर्ने तथा राज्य संयन्त्रले बुझाउन अत्यन्त जरुरी थियो तर त्यो जानी जानी प्रयास गरिएन ।

Metna sakdainau hamro pahichan, By Rajan rai


दोस्रो संविधान सभा येन तेन सम्पन्न त गरिएला तर संघियता प्रदेश नामाकरणको विषयमा मूलवासी समुदाय अडिग छन् तथा रहने छन्, के मूलवासी समुदायले संघीयता पहिचान सहितको प्रदेश नामाकरण छाडनु पर्ने हो वा निर्दलीय कठपुतली सरकारद्वारा कोत पर्व जस्तै वल प्रयोग गरि यथास्थितिवादी चिन्तक तथा विदेशी हित बमोजीमको संविधान लेखाउन सकीन्छ भनि ढुक्क भएर प्रस्तुत भएका छन् । समग्रमा भन्नु पर्दा दोस्रो संविधान सभाको भनिएको चुनाव संविधान बनाउने उद्धेश्य भन्दा पनि कसैको इशारामा निर्देशित भै कसैको हित अनुकुलको संविधान वनाउनका लागि हो भन्दा उपयुक्त हुनेछ ।
नेपालको वर्तमान स्थितिलाई हेर्दा नेपाल एक सार्वभौम राष्ट्र हो भन्नु हास्यास्पद एवं मूर्खता हो । विश्वको कुनै पनि स्थानमा छिमेकी देशद्वारा नेपालमाथि प्रत्येक विषयमा हेपेर हस्तक्षेप गरेको जस्तो विरलै पाईन्छ । नेपालीलाई बीरताको गाथा एवम बीर जाति हो भन्ने समयको अन्त भएको छ । छिमेकी राष्ट्र भारतमा बहादुर भन्ने शब्द जोकरमा परिणत भएको छ । नेपालको समग्र परिस्थितिको चिन्तन मनन एवं विश्लेषण गर्दा यति मात्र भन्न सकिन्छ नेपालमा कुनै पनि समय ठुलो सुनामि आउन सक्छ, त्यो विपत्तिकारक सुनामीलाई रोक्न सक्ने क्षमता र समार्थ्य एक मात्र मूलवासी समुदायमा मात्रै छ । तसर्थ सम्पूर्ण मूलवासी अब राष्ट्र वचाउन जूरमूराउने वेला आएको छ तथा राष्ट्रलाई संकटबाट उद्धर गर्ने अभिभारा पनि निश्चित रुपमा मूलवासी समुदायको नै हो । हिमाल, पहाड, तराई सबै भाई भाईको नारा गुन्जायमान हुनु पर्छ । अब नेपालमा स्थिरता ल्याउनका निम्ति नेपालको राज्यसत्ता राष्ट्रभक्त मूलवासी समुदायले नै सम्हाल्नु पर्छ यो नै वर्तमान समयको माग हो ।

मंगोल डेमोक्रेटिक पार्टी-जिन्दाबाद
मूलबासी समुदायको एकता-जिन्दाबाद
यो देश कस्को-मंगोलको
                                                       मूलवासी राष्ट्रिय एकता अभियान
                                                      संविधान सभा संसदिय संघर्ष समिति
                                                      केन्द्रीय प्रचार विभाग, काठमाडौं नेपाल
                                 सम्पर्क: ९७४१०७८६९९ अथवा ९८४१४२४५७१

No comments:

Post a Comment