बेनिशा हमालले केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। 'सफल', 'हिट', 'चर्चित' जस्ता कुनै फुँदा उनका नामका पछाडि झुन्डिन सकेका छैनन्। आफू 'आफन्त र छिमेकीका अगाडि मुख देखाउन लाजै हुने खालका दृश्य' दिएर चल्तापुर्जा हुन नचाहने बताउँछिन्। उनीसँग सजना बराल र धनबहादुर खड्काको अन्तरंग कुराकानीः
तपाईंको अग्निपरीक्षा आउँदै छ क्यारे। कस्तो लागिरा'छ?
सुरुमा खुब डराएकी थिएँ। कलाकार, निर्देशक सबै नयाँ भएकाले फिल्म डुब्ने हो कि भन्ने पिर थियो। तर, अस्ति च्यारिटी शो गरेदेखि मन अलि शान्त भएको छ। त्यहाँ सबैले हाम्रो प्रशंसा गरेका थिए। अग्निपरीक्षा पार गर्छुजस्तो लाग्छ।
नयाँ कलाकारको भीड छ फिल्म 'मोक्ष'मा। नयाँले गरेको काम अधकल्चो हुन्छ भन्छन् नि?
हुँदैन। नयाँमा झन् जोश–जाँगर हुन्छ, काम गर्ने भोक हुन्छ। अनुभवीहरू पुरानै ढर्रामा काम गर्न खोज्छन्। उनीहरूसँग अनुभव त हुन्छ तर काम गर्ने तरिका पुरानो हुन्छ। नयाँ कलाकार भनेका नयाँ नै हुन्। उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ। अधकल्चोभन्दा पनि पक्का काम गर्छन् नयाँले।
यो तपाईंको कति औँ फिल्म हो?
पाँचौँ। ०६६ सालमा 'स्वर' फिल्मबाट डेब्यू गरेकी थिएँ। त्यसअघि म्युजिक भिडियोमा खेल्थेँ। अहिलेसम्म ८०/९० वटा म्युजिक भिडियोमा खेलिसकेकी छु।
'स्वर'मा तपाईंसँगै डेब्यू गरेका हिरोइन केकी अधिकारी र रीमा विश्वकर्माले धेरै प्रगति गरे। तपाईं चाहिँ पछाडि नै पर्नुभयो भन्छन् नि?
यो सत्य हो। सबैले मेहनतको फल पाउने हुन्। केकी र रीमाको तुलनामा मैले कम मेहनत गरेँ होला। उनीहरूको प्रगति देखेर म खुशी छु।
ईर्ष्या हुँदैन?
अरूको डाह गर्ने बानी छैन मेरो। साथीको सफलतामा रमाउनु पो पर्छ। उनीहरूको प्रगतिबाट बरु प्रेरित छु।
जे भने पनि तपाईंहरू एकअर्काका प्रतिस्पर्धी त हो नि?
प्रतिस्पर्धी होइन, हामी एकअर्काका समीक्षक हौँ। म केकीलाई कमेन्ट गर्छु, उनी मेरो कामलाई कमेन्ट गर्छिन्। रीमाको केसमा पनि त्यस्तै हुन्छ।
तपाईं पहिले रेडियोमा कार्यक्रम चलाउनुहुन्थ्यो, होइन?
हो। चितवनको कालिका एफएमकी आरजे थिएँ। १७/१८ वर्षको उमेरदेखि नै काम गर्न थालेको हो मैले। कलेज पढ्न काठमाडौँ आएपछि मैले च्यानल नेपाल र एनटीभी प्लसमा जागिर पाएँ।
आरेजे हुँदा त गाउँमा शान थियो होला?
'नोवन'बाट 'समवन' भएकी थिएँ। दंग थिएँ।
फिल्म क्षेत्रमा कसरी आइयो?
भिजे भएपछि विज्ञापन र म्युजिक भिडियोका लागि अफर आउन थाले। गरेँ। मोडलका रूपमा जिन्दगी चलिरहेको थियो। त्यही बेला निर्देशक प्रसन्न पौडेलले फिल्मका लागि अफर गर्नुभयो। 'एक्स्पेरियन्स हुन्छ, गर्दिऊँ न' भन्ने सोचेर फिल्म खेलेकी थिएँ।
हावा तालमै फिल्म खेल्नुभा'थ्यो सुरुमा?
त्यसै भन्नुपर्यो । तर, खेल्ने टुंगो भइसकेपछि अभ्यास चाहिँ दह्रै गरिएको थियो। यो क्षेत्रका लागि म बिलकुल नयाँ थिएँ। कुन बेला, कसरी, के गर्ने, केही आइडिया थिएन। त्यसैले मेहनत नगरी धरै थिएन।
अभिनयमा लगाव कत्तिको थियो?
जन्मजात नभएर आर्जित लगाव हो मेरो। भोलिका लागि योजना बनाउने बानी नै छैन मेरो। ममीड्याडी चाहिँ छोरीलाई डाक्टर बनाउनुपर्छ भन्नुहुन्थ्यो। तर, मैले पत्रकारिता र अंग्रेजी साहित्य पढेँ। कलेजको पढाइ, आरजे/भिजे र मोडलिङको अनुभवले अभिनयमा रस बसाए। फिल्म खेलेपछि त झन् एक्टिङको नशा नै लाग्यो।
चार वर्षमा जम्मा पाँच वटा फिल्म। फिल्मको संख्या किन कम छन् तपाईंका?
त्यति धेरै अफर नै आउँदैनन् मलाई। अहिलेसम्म चारपाँच वटा फिल्म 'रिजेक्ट' गरेँ होला। नत्र त स्त्रि्कप्ट, क्यारेक्टर, पारिश्रमिक चित्त बुझेका सबै फिल्म गरेकै छु।
कतिपय हिरोइन 'भ्याइ–नभ्याइ छ' भन्छन्। तपार्इं अफरै आउँदैन भन्नुहुन्छ। कथाले मागे जति दिनुहुन्न कि क्या हो?
मेरा पनि छरछिमेकी र आफन्त छन्। उनीहरूका सामु मुख देखाउनै नसकिने खालका काम मबाट हुँदैन। तथाकथित 'कथाले मागेजस्ता दृश्य' दिएर म चल्तापुर्जा हुन चाहन्नँ। म स्त्रि्कप्ट र क्यारेक्टरको 'नियत' बुझेर मात्रै फिल्म खेल्छु। हिरोइन हुनुअघि म 'एउटा फिल्म खेलेपछि त भकाभक अफर आउँछन् होला, म पनि रातारात सेलिब्रिटी बन्छु होला' भन्ठान्थेँ। तर, त्यस्तो हुँदैन रहेछ। यो क्षेत्रमा जम्न, नाम, दाम कमाउन असाध्यै संघर्ष गर्नुपर्ने रहेछ। यहाँका सबै मान्छे असल नहुँदा रहेछन्।
निकै सेन्टिमेन्टल कुरा गर्नुभयो। केहि बिराउनु त भएको छैन?
छैन, छैन। मैले देखे–बुझेका कुरा सेयर गरेकी मात्रै हुँ। गल्ती नगर्ने भन्ने त हुँदैन। तर, तपाईंले इंगित गरेअनुसार गल्ती चाहिँ गरेको छैन। फिल्म खेल्ने कि नखेल्ने भनेर समयमा निर्णय लिन नसक्ने खालको गल्ती गरेकी छु। फिल्म छान्ने मामिलामा पनि धेरै गल्ती गरेँ।
यस्तो विषयमा त अग्रज कलाकारसँग सरसल्लाह गरे गल्ती नहुन सक्थ्यो। अग्रजसँग छलफल गर्ने चलनै छैन तपाईंहरूको?
छ नि। अग्रज दाइदिदीले सिकाएरै त यहाँसम्म आइपुगिएको छ। उहाँहरूकै देनले हामीलाई यो स्थानमा ल्याइपुर्याूएको हो। तर, हामीले चाहेकै बेला अग्रजहरूलाई भेट्न, सोधपुछ गर्न सम्भव हुँदैन। फेरि, उहाँहरूले पनि हाम्रा लागि कति नै गर्न सक्नुहुन्छ र? 'यसो–यसो गर' भनेर हात समातेर डोहोर्यावउने कुरा भएन। कति बेला कस्तो निर्णय लिने भन्नेमा नै नयाँ कलाकार फेल खान्छन्। सही समयमा सही काउन्सिलिङ नभएपछि गल्ती हुन्छन्।
हिजोआज स्त्रि्कप्ट पनि लेख्न थाल्नुभएको छ रे?
हो नि। एउटा स्त्रि्कप्ट निर्देशकलाई बुझाइसकेँ। त्यसको फिल्म बन्ने भनेर औपचारिक रूपमै उद्घोष पनि भइसकेको छ। तर, खै के–के कुरा नमिलेर काम सुरु भएको छैन। अर्को वर्षसम्ममा मैले लेखेका फिल्म बजारमा आउँछन्, जे होस्।
अरूका स्त्रि्कप्ट चित्त नबुझेर आफैँ लेख्न थाल्नुभएको हो?
त्यस्तो होइन। म अरूकै स्त्रि्कप्टमा काम गरिरहेकी छु। साहित्यको विद्यार्थी भएकाले एक त पढाइलेखाइमा रुचि छ। र, अर्को कुरा मेरो दिमागमा कथा र कन्सेप्ट ज्यादै घुम्न थालेपछि त्यसलाई उतारिदिऊँ भन्ने लाग्यो।
नेपाली फिल्ममा महिला(हिरोइन)लाई प्रायः सो–पिस, कमजोर, निरीह प्राणीका रूपमा देखाइन्छ। किन हो?
पहिलेको तुलनामा हिरोइनलाई कमजोर देखाउने रीत अहिले हराउँदै गएको छ। आजभोलि महिलाहरू पनि लिड रोलमा आउन थालेका छन्। हिरोइनलाई 'हिरो' बनाइएका फिल्म धेरै छन्।
आफू कत्तिको हिरोइन लाग्छ?
धेरै। बेला–बेला ऐना हेर्छु, कस्ती राम्री देख्छु म आफूलाई। मेकअप खासै गर्दिनँ। यसै राम्री छु।
नेपाली हिरोइनलाई मेकअप त गर्नै आउँदैन रे।
कसले भन्यो? वाहियात कुरा!
अब यही क्षेत्रमा लागेर जिन्दगी गुजार्ने लक्ष्य हो?
आजसम्म जे गरे, जहाँ आइपुगेँ, त्यसमा सन्तुष्ट छु। तर, भोलिका दिनमा यही क्षेत्रमा यसरी नै लागिपर्छु वा पर्दिन,ँ थाहा छैन। कर्म गर्दै छु। हेरौँ, कहाँ पुगिन्छ?

No comments:
Post a Comment