Thursday, February 20, 2014

नागरिक समुदायलाई खुला र अन्तिम पत्र: एक

-कृष्ण बहादुर तामाङ
मूलबासी (Indigenous) भनेको नेपालका ८० प्रतिशत अहिन्दू मंगोल समुदाय । 
आदिवासी (Migreted) भनेको सन् १४९५ मा भारतबाट नेपालमा भित्रिएका शरणार्थी बाहुन-क्षेत्री हुन् । 
जनजाती (Nomad or Gypsy) भनेको सन् १५५९ मा राणाका भरिया करिया बनेर नेपाल भित्रिएका बन्जरा फिरिङ्गे को जमात ।
                                                                                     मानव बंशजको उत्पतिका स्थलहरु ।
मसिना टिकाहरु (dotted area)  भएका छेत्र चीन, नेपाल र भारत मंगोलहरुको उत्पति स्थान हो । धर्काहरु पुगेको
अफ्रिकी स्थानहरु काला बंशज अफ्रिकीहरुको उत्पति स्थान हो । क्यासपियन समुद्र र कालो समुद्र माझ लमतन्न परेको पहाडी छेत्र हो आर्यनहरुको उत्पति स्थान हो । यो ककसियस पहाड रसियामा पर्छ । यो ककसियनको चिनारी नेपाल र भारतमा  आर्यन बाहुनको नाममा छ । बाहुन आर्यनहरु त्यसै ककसियसबाट इरान, भारत हुँदै नेपाल पसेका हुन् । (ककसियस पहाड यस चित्रमा छैन ।
सन् १४९५ मा अलाउदिन खिलजीको आक्रमणमा परि नेपालमा भित्रिएका २० प्रतिशत हिन्दु काला आर्यन आदिवासी बाहुन-क्षेत्रीको हातबाट नेपालको ८० प्रतिशत अहिन्दू मूलबासी मंगोल समुदायले आफ्नो पुर्खाले गुमाउन पुगेको शाषण सत्ता र भूमि नखोसे सम्म अहिन्दू मूलबासी मंगोल समुदायको जीवनमा कहिल्यै बाँझो फोरिन्न, मलजल पर्दैन, हराभरा हुँदैन, सन्तानहरु आशामुखी नै रहन्छन्, पुड्किदै जान्छन् , बाझिदै जान्छन्, निख्रीदै जान्छन्, तर यी विदेशी हिन्दू आर्यन साम्राज्यवादी बाहुन-क्षेत्रीको सन्तानहरु भने झाँगिदै, मौलाउदै र हरक्षेत्रमा गढ बलियो बनाउदै ढकमक्क फुल्छन् ।
नेपालको वास्तविक लडाइँ भनेको नै सन् १४९५ मा शरणार्थीको रुपमा नेपाल भित्रिएका २० प्रतिशत आदिवासी बाहुन-क्षेत्री र नेपालका ८० प्रतिशत अहिन्दू मूलबासी मंगोल समुदाय माझको हो ।
नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रधानसेनापति हुनसक्ने अनेकौ अहिन्दू मूलबासी मंगोल जन्मन्छन्, अभावग्रस्त जीवनमा हुर्कन्छन्, गोठाला, खेताला र हनुमान बनेर बाँच्छन् । कुकुर र किरा फट्यांग्रा सरह भएर मर्छन् । किनकी यो मुलुक वर्णभेदी हिन्दुआर्यन बाहुन-क्षेत्रीको हातमा छ ।
सयौ वर्षदेखि हामीले लड्दै आएको लडाइँ वीरताको होइन दासताको लडाइँ थियो । आफ्नो माटोमा अत्याचार सहेर अधिकारको निम्ती चुँ बोल्न नसक्ने भीरुले लडेको लडाइँ कसरी वीरताको हुन सक्छ? त्यो त रोटीको खोजीमा निस्केर लडेको कानुनी कसाइँको लडाइँ थियो ।
यहाँको तिम्रो पुख्र्यौली माटोलाई सोध? तिमी किन सुकुम्बासी बनेर विदेशियौ? बासी भात जस्तै भाते भएर किन गनायौ? यहाँका चिरपरिचित पहाड-पखेरालाई सोध? तिमी आज किन आफ्नै पुख्र्यौली माटोमा विरानो बन्यौ, यहाँको हिमाली नदी नालालाई सोध, तिमी किन बगेर कता-कता पुग्यौ, सोध ति टोलाएर बसेका पहाड पर्वतलाई र थाङ्ने लुगामा उजाडिनु परेको शरिर जस्तै उजाडिएको जंगललाई । सोध तिम्रो मनभित्रको पीर र व्यथाले दन्किरहेको ज्वालाले तिमीलाई जलाए जस्तै डढेलोले जलेर खाक भएको जंगललाई । आज किन तिमी यही नेपाली भूमिको मूलबासी हुँदाहुँदै तिमीलाई चिनेन र विदेशी ठान्यो, तिमीले भष्मे फाँडेर मलिलो बनाइदिएको जमिन र बनाइदिएको घर आज कसको भएको छ? तिमी नेपाल भित्र केवल तातो गोलीले चिसिने मूल्यहीन प्राणी बन्यो किन? कसरी?
हाम्रो लडाइँ एकाइसौं शताब्दीको, अस्तित्वको बचाइँको र मूलबासी मंगोल समुदायलाई माटोको मालिक बनाउने र लुटिएको अधिकार फिर्ता गराउने लडाइँ हो ।
यतिखेर नेपाल संक्रमणकालको विशिष्ट घडीमा पुगेको छ । यसैकारण हिन्दु अतिवादीहरुको पृष्ठपोषणमा संरक्षित नेपाली कंग्रेस, तथाकथित एमाले र एनेकपा माओवादी इतिहासको सवैभन्दा कमजोर र चौतर्फी घेरावन्दीमा परेको छ । लोकतन्त्रप्रेमी नेपाली मूलबासी मंगोल समुदाय इतिहासमा नै सवैभन्दा शक्तिशालि बन्न पुगेका छन् । यसैकारण नेपालका ८० प्रतिशत अहिन्दू मुलवासी मंगोल समुदायको शत्रुहरु मृत्यु शैयामा छटपटाइरहेका छन् । यहि समयमा नेपाली कंग्रेस, तथाकथित एमाले र नेकपा माओवादीका नेताहरु भने यथास्थितीवादीहरुलाई अध्यारो कोठामा बसेर नेपाल र नेपाली समुदायको विरुद्ध षडयन्त्रका ताना-वानाहरु बुन्ने मौका दिइरहेका छन् । संघीय राज्यको स्थापना गरी नयाँ संविधान लेख्ने र राज्यको पुन:संरचना गर्ने जस्ता मूल राजनीतिक मुद्दाहरु ओझेलमा पार्ने खतरनाक षडयन्त्रहरु भैरहेका छन् । हिन्दु अतिवादीहरुको निर्देशनमा चल्ने एकाधिकारवादी, सर्वसत्तावादी ,बाहुनवादी सोच र चिन्तनका कारण समग्र राजनीतिक मुद्दाहरु एकपछि अर्को गर्दै ओझेलमा परिसकेका छन् र मुलुक १२ वैशाख २०६३ अघि कै संकटकालिन अवस्था तिर फर्किन खोजिरहेको आभास हुन थालिसकेको छ । समग्र राजनीतिक घटनाक्रमलाई हेर्दा के देखिन्छ भने नेपाली कंग्रेस, तथाकथित एमाले र एनेकपा माओवादी कुनै न कुनै रुपको राजतन्त्र फर्काउने तयारीमा लागिरहेको देखिन्छ । किनकी २०६२ /०६३ को १९ दिने नागरिक आन्दोलन ज्ञानेन्द्र शाह, नेपाली कंग्रेस, तथाककिथत एमाले र एनेकपा माओवादीका उच्च स्तरीय नेताहरुवीच गोप्य सम्झौता भएपछि टुंगिएको थियो ।
केही समय अगाडी मात्र वर्तमान नेपालमा देखिएको राजनीतिक गतिरोधको अन्त गर्ने भन्दै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गरेको छ र यसका संयोजकमा नेपाली कंग्रेसको सभापति गिरिजा प्रसाद कोइरालालाई बनाइएको छ । गिरिजा प्रसाद कोइराला तिनै व्यक्ति हुन् जसले २०४६ सालमा जनतामारा राजा र पञ्चाको वकालत गर्दै भने यो जीत पञ्चाको पनि जीत हो । यो जीत राजाको पनि जीत हो । गिरिजा तिनै व्यक्ति हुन् जसले मरेको र सिनु भइसकेको राजतन्त्रलाई पटक पटक काँध थापे । यी तिनै ब्यक्ति हुन् जसले अहिन्दु मूलवासी मंगोल समुदायको भने काँचो पनि छोडाए । यी तिनै व्यक्ति हुन् जसले बाह्र वर्षे अवधिको प्रजातन्त्र भनिएको नागरिकलाई दास र रैती वनाउने तन्त्रमा प्रजातन्त्रलाई गोलीसंग आयात निर्यात गरे । यी तिनै व्यक्ति हुन् जसले हिजो सत्तामा हुँदा पश्चिम नेपालका अहिन्दु मूलवासी मंगोल समुदायको मगर वस्तीमा नरसंहार गर्न किलो सेरा 'टु' नामक नरसंहारकारी राज्य आतंक मच्चाए । तिन महिनाको अवधिमा मात्र २ सय भन्दा बढी नेपाली नागरिकको हत्या गरे । यिनले हिजो सत्तामा हुँदा मंगोल समुदायका एक वरिष्ठ संगीतकारको सवमाथि सगौरभ उभिने पारस शाहलाई युवाराजा घोषणा गरे भने ज्ञानेन्द्र शाहलाई गद्दीमा बसाले । यी तिनै व्यक्ति हुन् जसले १९ दिने जनबिद्रोहको सफलता पस्चात पनि नागरिकको सामु सपथ नखाएर नरसंहारकारीको नायक ज्ञानेन्द्रको सामु सपथ खाए । आज व्यापक नागरिक मत संघीय लोकतन्त्रको पक्षमा उर्लिरहेको बेला यिनै गिरिजाले आफ्नै झडकेली छोरी तथा जर्मन नागरिक सुजाता जोष्ठ मार्फत संघीय गणतन्त्रको विरुद्धमा कर्कश राग अलापी रहेका छन् ।
यिनै गिरिजा प्रसाद कोइरालाले २०६२/०६३ को १९ दिने जनआन्दोलन पश्चात पनि सेरमोनियल किङ्गको नारा मात्र दिएनन की पारस शाहकी छोरी पूर्णिकालाई समेत पद सुरक्षित गरी दिने योजना बनाए । यिनले सहिदको कराङ्लाई सत्तामा पुग्ने भर्‍याङ वनाए भने माओवादी नेताहरुको इच्छा र चाहनामा नै कटुवाललाई सेनाका प्रमुख वनाएका थिए । पछि छत्रमान सिंह गुरुङ् नेपाली सेनाका प्रमुख बन्ने थाहा पाएपछि गिरिजाको होस हवास गुम भयो । माओवादी नेतृत्वको सरकारलाई प्रयोग गर्दै दरवारिया शक्तिहरुको योजनामा छत्रमान सिंह गुरुङ्लाई सेना प्रमुख बन्नवाट रोक्न असफल प्रयास गरे । त्यो खेलमा गिरिजाले आफ्नै छोरी सुजाता कोइरालालाई समेत प्रयोग गरिन । तर गिरिजाको सपना पुरा हुन सकेन ।
हाम्रो शत्रुहरु को हुन? हाम्रो साथीहरु को हुन्? क्रान्तिको निम्ति यो प्रमुख प्रश्न हो । नेपालमा २००७, २०३६, २०४६ र २०६२/०६३ मा भएका सवै क्रान्तिकारी संघर्षहरुले किन त्यति थोरै उपलव्धी प्राप्त गरे भन्ने कुराको मुल कारण आफ्नो सच्चा साथीहरु एकगठ हुने काममा असफलता हुनु नै हो । क्रान्तिकारी पार्टी र समुह भनेको नागरिकको पथप्रदर्शक हो । क्रान्तिकारी पार्टीहरुले उनीहरुलाई गलत समुहमा लैजान्छ भने कुनै पनि क्रान्ति कहिल्यै पनि सफल हुन सक्दैन ।
२०६२/०६३ को नागरिक आन्दोलन पश्चात नेपालमा च्याउ सरी विभिन्न संगठन र समुहहरुको निर्माण र उदय भएका छन् । त्यो समुहमा लडने, भिडने भनेको अहिन्दु मूलवासी मंगोल समुदायका युवा / युवतिहरु नै रहेकाछन् भने रमिते बनेर हेर्ने चाहिँ विदेशी हिन्दु आर्यन बाहुन-क्षेत्री समुदायका युवा/युवतीहरु छन् । तरुण दस्ताको नाममा होस या वाइसिल र युथफोर्सको नाममा एकआपसमा भिडनेहरु हु्न् । लिम्वुवान-खम्वुवान र तामसालिङका नाममा भिड्नेहरु हुन् ती सवै विदेशी हिन्दु आर्यन सामन्ती राज्य सत्ताको निर्देशन र तिनीहरुको मतियारहरुको डिजाइनमा भइरहेको छ । पूर्वि नेपालको लिम्वुवानमा मात्र संघीय लिम्वुवान राज्य परिषद नामको तिनवटा संगठन रहेको छ र लिम्वु-लिम्वु वीच नै एकापसमा भिडीरहेका छन् । के हामीले विदेशी हिन्दु आर्यन सामन्ती राज्य सत्ताको चाहना बमोजिम नै त यो काम गरिरहेका छैनौ गत आर्थिक वर्षमा संघीय लिम्वुवान राज्यपरिषदका नाममा मात्र राज्यको ढुकुटीवाट १ करोड ८५ लाख रुपैयाँ वितरण भएको देखिएको छ । त्यो रकम कहाँ पुग्यो? यस रकमको बारेमा संघीय लिम्वुवान राज्यपरिषदका अध्यक्ष कुमार लीङदेनसंग मैले केहि जिज्ञासा राखेका थिए । मेरा जिज्ञासाहरु यस्तो थियो । संघीय लिम्वुवान राज्यपरिषदले सरकारवाट १ करोड ८५ लाख रुपैयाँ लिएको रहेछ लिम्वुवान टुक्रीनुमा सरकारको हात रहेछ र तपाइहरु सहमतिमा नै टुक्रीनु भएको रहेछन् नि? मेरा यी सामान्य जिज्ञासाको उत्तर लिङदेनले गंम्भीर भएर दिनु भयो - मैले सरकारवाट एक रुपैयाँ पनि लिएको छैन, मैले रकम लिएको कसैले प्रमाणित गरेर देखाउछ भने म झुण्डिएर मर्न तयार छु । तपाइले यो रकम कस-कसले लिएको हो भनेर सार्वजनिक गरी दिनु भयो भने तपाइलाई लिम्वुवानवासी जनताले भगवान मानेर पुजा गर्ने छन् ।
२०६२/०६३ को नागरिक आन्दोलनताका तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक रुपसागर मोक्तानको घरमा ढुंगा प्रहार गर्ने युवाहरु पनि मंगोल समुदाय कै थिए । उनीहरुले त्यो काम पूर्व प्रहरी नायव महानिरीक्षक कुमार कोइराला र कंग्रेस नेता अर्जुन नरिसंह केसीका भाई जगदीश्वर नरिसंह केसीको निर्देशनमा गरेका थिए । कोइराला र केसीले ति युवाहरुलाई एआइजीपी मोक्तानको घरमा ढुँगा हान्ने निर्देशन २ कारणले दिएका थिए । एउटा तामाङको छोरालाई आइजीपी हुनवाट रोक्ने उपाय खोज्नु र अर्को मोक्तान आइजीपी भएपछि उनका ससुरा डीवी लामाको नुवाकोटे राजनीतिमा एकछत्र राज चल्ने र केसी परिवारको राजनीति समाप्त हुने डर ।
अव हामीले के कुरा वुझ्न जरुरी छ भने शत्रु नचिनी हामीले एकापसमा लडनु वेकार छ । वाइसियल, युथफोर्सका नाममा एकआपसमा र भाइ भाइमा भिड्नेहरुले आफ्नो मुख्य शत्रु को हो? छुट्याएर त्यसका विरुद्ध जाइ लाग्न आवश्यक छ । रुपसागर मोक्तानको घरमा ढुंगा हान्ने मंगोल समुदायका युवाहरुले र रुपसागर मोक्तानले मात्र होइन वाइसियल र युथफोर्सको नाममा एकआपसमा भिड्ने मंगोल समुदायका युवाहरुले पनि यो कुरा वुझ्न जरुरी छ । केसी र कोइरालाले मोक्तानको घरमा किन ढुंगा हान्न लगायो त?मंगोल समुदायका युवाहरुले त्यो कुरा वुझन जरुरी छ ।
हामीलाई यो देशको राज्य सत्ताले आलो र पुरानो दुवै किसिमको घाउमा नुन चुक हाल्ने काम मात्र गरेको छ । हामीले ४५० वर्ष देखि यता लगातार रुपमा विदेशी हिन्दु आर्यन सामन्ती बाहुनवादी राज्यसत्ताको उपेक्षा खपेर बाँचेका छौ । हाम्रो रगत र पसिनाले सिंन्चेको नेपाली भूमि कहिले हाम्रो हुने हो । आफ्नै भूमि नेपालमा सम्मानजनक रुपमा बाँच्ने हक कहिले प्राप्त हुने हो त्यो पनि हेर्न बाँकी नै छ । बहुमतमा रहेका नेपालका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल समुदाय एक दिन अवश्य जाग्ने छन् र आफ्नो हक र अधिकार विदेशी हिन्दु आर्यन वाहुन-क्षेत्रीहरुवाट खोसेर नै छाडने छन् । स्मरणिय छ २०४६ सालको जनआन्दोलन हुनुभन्दा अगाडी नेपालको राजधानी काठमाडौं उपत्यकाको रिङरोड   भित्र त्यहाँका मूलवासी नेवारहरुको मात्र उपस्थिति रहेको थियो  भने अहिले २०६२/०६३ को नागरिक आन्दोलनको समय सम्म आइपुग्दा नेवारहरु किन रिङरोड बाहिर पुग्न पर्‍यो र त्यो भूमि भित्र कसरी यी विदेशी बाहुन-क्षेत्रीहरुको प्रभुत्व जम्न पुग्यो त्यो पनि हामीले वुझ्न आवश्यक छ ।
नेपालका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल समुदायले २० प्रतिशत विदेशी हिन्दु आर्यन बाहुन-क्षेत्रीहरुवाट आफ्नो राजनीतिक सत्ता र आफ्नो पुर्खाले गुमाएको भूमि फिर्ता गर्न ठुलो चुनौती कै सामना गर्नु पर्ने भएको छ । तर ठूलो चुनौतिले महान निकास दिने छ । 
हरेक बन्दुक बनाउँदा, हरेक योद्धापोत तयार पार्दा र हरेक रकेट प्रहार गर्दा भोका, नाङ्गा मान्छेको पेट काटिएको हुन्छ भन्ने कुरा हामीलाई राम्रोसंग थाहा छ । अव १५ जेष्ठ २०६७ आउन धेरै बाँकी छैन । त्यो दिन नयाँ संविधान जारी हुन्छ या हुँदैन हरेक नागरिकको चासोको विषय यही छ । तर तपाइ हामीले वुझनु पर्ने कुरा के हो भने नेपाली नागरिकको हितमा यो संविधान आउछ कि आउँदैन । यो संविधान सभाले १० वर्षको इतिहास रच्न सक्छन् कि सक्दैनन् । यो संविधान सभाले ४५० वर्ष देखि उत्पीडनमा परेका नेपालका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल समुदायलाई न्याय दिन सक्छन् कि सक्दैनन् । नयाँ संविधानको प्रस्तावनामा नै लोकतन्त्र, धर्म निरपेक्षता, प्रान्तीय सरकार, मूलवासी, प्रेस स्वतन्त्रता र मौलिक अधिकारको ग्यारेण्टी गर्न सक्छन् कि सक्दैनन् त्यो हेर्न आवश्यक छ । स्मरणिय कुरा के छ भने २०४७ सालको संविधान निर्माता मध्येकै एक निलाम्वर आचार्य संवैधानिक समितिका अध्यक्ष भएका छन् भने अर्का व्यक्ति माधव कुमार नेपाल सरकार प्रमुख जसलाई संविधान सभाको निर्वाचनमा २/२ वटा निर्बाचन क्षेत्रका नागरिकहरुले तिरस्कृत र वहिष्कृत गरेका थिए ।
यतिखेर हामीलाई केहि शक्ति र समुहले मात्र नभएर नेपाली नागरिकहरुले पनि यो संविधान सभाले हामी नागरिकहरुको हितमा संविधान लेख्न सक्दैनन्, पहिलो र अन्तिम युद्ध लडन हामी तयार छौ । हतियारको व्यवस्था गर्नुस भनिरहेका छन् । तर हामीले के कुरा वुझेका छौ भने एउटा एम-१६ राइफल किन्दा लाग्ने १ हजार डलरले नेपालको एउटा गाविसको लागि वर्षभर चाहिने औषधिमा खर्च गर्न सकिन्छ अथवा त्यो पैसाले १ हजार जना केटा केटीलाई भयंकर रोगवाट वचाउन सकिन्छ ।
२०४७/४८ सालमा नेपालको रक्षा वजेट १ अर्ब रुपैया थियो । २०५२ फागुन १ गते देखि नेकपा माओवादीले दिर्घकालिन जनयुद्धको घोषणा गर्‍यो । तसर्थ २०५८/५९ मा आइपुग्दा नेपालको रक्षा बजेट ७ अर्ब २९ करोड पुग्यो । २०५८/५९ को अनुमानित रक्षा बजेट ४ अर्ब ५२ करोड थियो । ११ मंसीर २०५८ मा मुलुकभर संकटकाल लागु गरेपछि त्यो आर्थिक वर्षमा मात्र रक्षा खर्च १८ अर्ब ३६ करोड रुपैयाँ पुग्यो । नेपालमा २०५८/५९ मा शेरवहादुर देउवा नेतृत्वको सरकारको पालामा किनेको पाँच हजार पाँचसय वेल्जियन एफएन मिनिमी बन्दुकमा २४ करोड ५० लाख नेपाली रुपैया खर्च भएको थियो । त्यो पैसाले १ लाख २० हजार केटाकेटीलाई १ वर्ष सम्म शिक्षा दिन सकिन्थ्यो ।
हामीलाई यी सव कुरा थाहा छ तर हामीले हाम्रो राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको र नेपालका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल समुदायको अस्थित्वको निम्ति पनि अन्तिम र निर्णायक लडाइ लडने बेला भइसकेको छ । समयमा नै संविधान निर्माण नभएमा त्यो लडाईको लागि सम्पूर्ण नेपाली समुदाय एक ढिक्का भएर आफ्नो मुख्य शत्रुको विरोधमा लड्न तयार भएर वसिरहेका छन् । नेपाली राजनीतिक नेताहरु खाली विदेशीहरुलाई दोष दिने गरेका छन् । नेपालीमा एउटा उखान छ आफ्नो थैलो बल गरी बाँध्नु साथीलाई चोर नलगाउनु । हामीले एकापसमा मिलेर समयमा नै संविधान निर्माण गरी आर्थिक क्रान्ति गरे मुलुक पक्कै सम्वृद्धि तिर लम्कने छ । तर यसको बाधक तत्व भनेका यीनै विदेशी हिन्दु आर्यन साम्राज्यवादी बाहुन-क्षेत्रीहरु हुन् । र नेपालको सम्वृद्धिको अगाडी यिनै बाहुन-क्षेत्रीहरु चुनौतीको रुपमा ठिङ्ग उभिएर वसेका छन् ।

मंगोल डेमोक्रेटिक पार्टी जिन्दाबाद
अहिन्दू मूलबासी मंगोल समुदाय एक जुट हौ
यो देश कसको मंगोलको
बाहुन-छेत्रीहरु आदिबासी हुन 

यो लेख २०६६ माघमा नेपाल तामाङ विद्यार्थी घेदुङ त्रिविवि एकाइ कार्य समिति किर्तीपुर काठमाडौंको आफ्नो स्मारिका ह्याङ्ला कायी स्मारिका २०६६ मा प्रकाशित भएको थियो । पाठकहरुको आग्रहको कारण पुन: प्रकाशन गरिएको छ । यो लेख पढ्नु हुने सबैले आ-आफ्नो सम्पर्कमा रहेकाहरुलाई पठाई दिनु हुन आग्रह गर्दाछु :  थप जानकारीको लागि सम्पर्क फोन : ९७४१०७८६९९

No comments:

Post a Comment