हरिभक्त कँडेल, पीबीएम, नेकपा-माओवादी
तपाईको पार्टीले किन चुनाव बहिष्कार गर्ने निर्णय गरेको ?
तपाईको पार्टीले किन चुनाव बहिष्कार गर्ने निर्णय गरेको ?
असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जुन सरकार बनेको छ त्यसलाई ट्र्याकमा ल्याउन चुनाव बहिष्कारको निर्णय गरेका हौ ।
चुनाव बहिष्कार मात्रै कि भाँड्ने पनि ?
चुनाव बहिष्कार मात्रै कि भाँड्ने पनि ?
जबर्जस्ती
चुनाव गर्न खोजिए त्यो मुलुकमा एकतर्फी युद्धको घोषणा हुनेछ । त्यसैले
हाम्रो पोखरा बैठकले त्यसको सामना गर्न तयार हुनुपर्छ भनेको छ ।
बहिष्कारसँगै युद्धका लागि समेत तयार रहने संकेत बैठकले गरेको छ ?
अहिले
हामीले युद्ध सोचेकोभन्दा पनि वर्गसंघर्षको दुनियाँमा कम्युनिष्ट
पार्टीहरूले खेल्ने भूमिकाको विषयमा सैद्धान्तिक असहमति हुने कुरा आएन । तर
कार्यक्रमको हिसाबमा हामीले अहिले जुन निर्वाचनको प्रक्रिया छ अराजनीतिक,
अलोकतान्त्रिक, असंवैधानिक र समस्या समाधान गर्न सक्ने नभई मुलुकलाई
सिक्किमीकरणतिर उन्मुख गराउने भएकाले यो निर्वाचनको औचित्य छैन भनेर हामीले
कुरा राख्दै आएका हौ ।
बैठकले तपाईहरूलाई निर्वाचन नभई जनविद्रोहका लागि तयार रहन भनेको हो ?
हो,
त्यो हो ! परिस्थिति त्यतैतिर सोझियो भने त्यसको सामना गर्न तयार रहनु
पर्छ भनिएको हो । देश नरहने निर्वाचन किन चाहियो ? देश नरहे लोकतन्त्रको
कुरा र पार्टीको कुरा गर्नुको औचित्य छैन । राष्ट्रियता, लोकतन्त्र,
जनतन्त्र एउटै ठाउँमा आइरहेको अवस्थामा त्यसलाई जोगाउनका लागि र त्यसको
संरक्षण गर्नका लागि आत्मनिर्णयको अधिकारलाई बहाली गर्नका लागि कमसेकम
आफैले निर्णय लिन सक्ने सामर्थ्य भएको परिस्थिति त निर्माण गर्नु
पर्यो नि
सचिव नेत्रविक्रम चन्दको फौजी प्रस्ताव अनुमोदन गर्नुको कारण तपाईहरू फेरि युद्ध चाहनु हुन्छ ?
बैठकमा
राजनीतिक र सांगठनिक प्रस्ताव प्रस्तुत भएको हो । अर्को कुरा प्रतिरोधी
क्षमतालाई पनि विस्तार गर्नुपर्छ भनिएको छ । तपाईले भने जस्तो प्रस्ताव
बैठकले पारित गरेको छैन ।
तपाईहरूसँग चुनाव भाँड्ने सामर्थ्य छ ?
बिल्कुल
छ । नेपाली जनता त्यसका लागि तयार छन् । चुनाव नै सबैथोक हो भनेर जनतालाई
भ्रम दिने काम पनि एक शक्तिले गरिरहेका छन्, तिनीहरू साम्राज्यवाद र
विस्तारवादको चाकरी गरेर यो देशमा सत्तासीन बनिरहने, नेपाल भाँडमा जाओस्
त्यसमा उनीहरूलाई मतलब छैन । जनताको ठूलो हिस्सालाई चुनावदेखि मतलब छैन ।
संविधानसभाको निर्वाचनले त मुलुकलाई निकास दिन सकेन भने यो कृत्रिम
प्रकृतिको निर्वाचनले मुलुकलाई निकास दिन सक्दैन भन्ने कुरा जनताले बुझेका
छन् ।
सबै चुनावको विकल्प छैन भनिरहेका छन तपाईहरू चाहीं किन भाँड्न उद्यत हुनुहुन्छ ?
सरकारका
मान्छेहरू चार दलका कठपुतली बनेका छन् । विदेशी शक्तिकेन्द्रको आडमा दलाली
चाकरी गरेर सत्ता प्राप्त गर्न चाहने प्रवृत्तिका ठेकेदारहरू आन्दोलनबाट
निर्माण भएको संविधानलाई यिनीहरूले कच्याककुचुक पारे । असंवैधानिक तवरले
निर्वाचन गर्न खोजिरहेका छन । त्यस्ताहरूले निर्वाचनको विकल्प छैन भन्नु
अस्वाभाविक होइन किनकी दलालहरू अन्तिम अवस्थासम्म पनि मुर्ख्याई गरिरहन्छन ।
हिजो राजतन्त्रले त्यस्तै गर्यो अहिले पनि केही दलहरू यसरी नै आइरहेका छन
।
मंसिर ४ मा निर्वाचन भयो भने त तपाईहरूको अस्तित्व समाप्त होला नि ?
चुनाव
हुने त सम्भव नै छैन । पहिलो कुरा उनीहरू चुनाव गराउने पक्षमै छैनन् ।
किनकी संविधानसभाको चुनाव गर्नु थियो भने राजनीतिक दलको नेतृत्वमा सरकार
निर्माण गर्ने हैसियत राख्नु पर्दथ्यो । दललाई असफल बनाएर ब्यूरोक्रेटको
हातमा सरकार सुम्पिनु देशलाई अझै कमजोर बनाउने, संवैधानिक आधारहरू सबै
सिध्याएर मुलुकमा जुन भ्याकुम सृजना गर्न खोजिएको छ त्यो
साम्राज्यवादीहरूको हितमा छ । देश र जनताको हितमा छैन । त्यसैले यो चुनावको
कुनै औचित्य छैन ।
राज्यले चाहे त निर्वाचन हुन सक्छ होइन र ?
निर्वाचन
त हुनै सक्दैन । जबर्जस्ती निर्वाचन गर्न खोजियो भने त्यो दुस्साहस हुन्छ र
त्यस किसिमको कार्यले देशलाई भयंकर ठूलो युद्धतिर लैजान्छ । भिडन्त गर्ने
मुर्ख्याई यिनीहरूले गरे भने त्यसको उनीहरूले धेरै ठूलो मूल्य चुकाउनु पर्छ
। देश भन्दा ठूलो कोही हुँदैन । देशलाई खत्तम पार्न गर्न लागिएको
निर्वाचनका लागि हामी जोसँग पनि लड्न तयार छौ । जबर्जस्ती गर्न खोजिए यो
देशमा दलाल शक्ति र राष्ट्रवादी शक्तिहरूबीच धु्रवीकरण हुन्छ ।
निर्वाचन भाँड्न खोजे राज्यले त्यसै छाड्ला त ?
राज्य
कसैको बपौती होइन । राज्य त हाम्रो पनि हो, यी दलालहरू राज्यका ठेकेदार
होइनन् भन्ने कुरा बुझ्नुस् । देशलाई मुठभेडतिर लैजाने निर्वाचन गर्ने कि
नगर्ने भन्ने विषयमा सुरक्षा निकाय र सरकारमा पनि बहस छ । यस्तो अवस्थामा
कसैले मुर्ख्याई नगरे हुन्छ ।
चुनाव भाँड्न कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ?
हामी
सकेसम्म जनतालाई बुझाउने कुरामा अहिले लागिरहेका छौ । प्रचारात्मक अभियान र
जनतालाई जागरण गर्ने बाटोबाटै हामी सकेसम्म अघि बढ्छौ । त्यसबेलासम्म
सरकार जसरी अगाडि आउँछ त्यसको आधारमा हामी पनि रणनीति तय गर्छौ ।
पर्यो
भने हतियार उठाउन पनि तयार हुनु भएको हो ?
कम्युनिष्ट
पार्टीमा हतियार उठाउने भनेको वर्गको संरक्षणको लागी हुन्छ । हतियारबाट
पछि हट्दैनौ तर अहिले हामीले हतियारबाट युद्ध लड्ने योजना बनाएका छैनौ ।
सरकारले दमन ग
र्यो
भने चाहीं हतियार उठाउनु हुन्छ ?
हामी त्यसको प्रतिरोध गर्छौ । हाम्रो र जनताको सुरक्षाका लागि त्यो बेला तयार हुनुपर्छ । जनतासँग एकाकार भएर अगाडि बढ्छौ ।
नेपाली सेनासँग तपाईहरू लड्न सक्नुहुन्छ ?
नेपाली
सेना कुन उद्देश्यका लागि गठन भएको हो भन्ने ठान्नुहुन्छ तपाई ? राष्ट्रको
रक्षा गर्नका लागि नै नेपाली सेना हैन र ? नेपाली जनताका छातीमा गोली
वर्षाउनका लागि नेपाली सेना गठन भएको होइन भन्ने दलालहरूले बुझ्नु जरुरी छ ।
नेपाली सेनालाई कुनै पनि विदेशी दलालहरूले नेपाली जनता र नेपाल राष्ट्रका
विरुद्धमा प्रयोग गर्न चाहँदैमा आफ्नो दायित्व भुलेर नेपाली सेना सडकमा
उत्रिएर नेपाली जनताका छातीमा गोली वर्षाउन तत्पर होला भन्ने हामीलाई
रत्तिभर पनि लाग्दैन ।
सेना सडकमा आइ हाल्यो भने नि ?
त्यो दुर्भाग्य हुनेछ । मान्नुस्, त्यो स्थिति आउँदैन । यदि त्यो स्थिति आयो भने युद्धको उद्घोष भएको ठहर्ने छ ।
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरू चुनावबाट बाहिरिए आफै सकिन्छ भन्छन् नि तपाईहरूलाई ?
जनयुद्ध
सुरु गर्दा पनि हामीलाई त्यसै भन्थे । ती महामूर्ख मण्डलीहरू हुन् ।
जनताको नाम लिने जनताको गला रेट्ने, देशको नाम लिने देशको गला रेट्नेहरूले
अन्तिमसम्म त्यस्तो भनिरहन्छन् ।
No comments:
Post a Comment