Sunday, February 2, 2014

राजेन्द्र र महन्थले कसरी फसाए उपेन्द्रलाई ?

काठमाडौं, माघ १९ – मधेशका तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच हुन लागेको एकीकरण प्रकृया रोकिएको छ । तीन दलबाट गठित कार्यदलले तयार गरेको प्रतिवेदन माघ १४ गते बुझाएपनि पार्टीका तीन अध्यक्षबीच यो समाचार तयार पर्दासम्म बैठक बस्न सकेको छैन ।

बैठक बस्न नसक्नुको कारण उपेन्द्र यादव हो, सद्भावना पार्टीका एक नेताले भने, ‘उपेन्द्रजीलाई हाम्रा पार्टीका एक नेताले बारम्बार बस्न आग्रह गरिराख्नु भएको छ तर आलटाल आलटाल गरी बैठकलाई सार्दै आउनु भएको छ ।’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मात्र होइन, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई बसौं भनि आग्रह गरेका छन् तर उपेन्द्र यादवले के हतार छ, म केही दिन काठमाडौमै छु बसौला नि कुनै दिन भन्दै दिन टार्दै आएका छन् ।

No comments:

Post a Comment