Khagendra
Makhim Gen Secretary of FDNF & a Leader of Limbuwan in 33 Parties'
Mass Meeing at Khula Manch Kathmandu on 28 May 2013
ईलाम
जेठ, १५ : नेकपा-माओवादीका सचिव देव गुरुङले चार दलले आज गर्ने भनेको
चुनावको मिति घोषणा युद्धको घोषणामा परिणत हुने बताएका छन्। उनले अरुको
सहमति नलिई चुनावको मिति घोषणा गरिए देशमा गृहयुद्ध शुरु हुने चेतावनी
दिएका छन्।
‘चुनावको मिति घोषणासँगै
सारमा राष्ट्रिय मुक्ति युद्ध र रुपमा गृहयुद्ध सुरु हुने निश्चित छ,’
उनले भने, 'उनीहरुले घोषणा गरेको चुनाव सेना परिचालन गरेर सम्भव होला तर
सेना परिचालनले चुनाव गर्नु युद्ध निम्त्याउनु बाहेक केही होइन।’ उनले
गोलमेच सम्मेलन गरेर मात्रै सबैको सहमतिमा चुनाव घोषणा हुनुपर्ने अडान
दोहोर्याए।
सदरमुकाममा
क्रान्तिकारी पत्रकार महासंघ इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव
गुरुङले एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा-माओवादीसँग चुनावमा एकता हुन्छ
भनेर भ्रम सिर्जना गर्न खोजेको बताए। उनले भने ‘हामीसँग गत चैतको २५ वुँदे
राष्ट्रघाती कदमपछि एमाओवादीसँग कुनै वार्ता र छलफल भएकै छैन। कांग्रेस,
एमालेलगायतका दललाई डर देखाउन मात्रै प्रचण्डले त्यसो भनेका
हुन्।’ उनले एमाओवादी आफूहरुको सबैभन्दा विपरित भएकाले उसँगको सहकार्य
असम्भव रहेको दाबी पनि गरे।
उनले
आफूहरु निर्वाचन बिरोधी नभएको भन्दै पूर्ण समानुपातिक निर्वाचन भए मात्र
संविधान निर्माण हुने दावी गरे । पूर्ण समानुपातिक निर्वाचन गरेर विगतको
संविधानसभाबाट पूरा गर्न बाँकी काम पूरा गर्नु पर्ने उनको भनाइ थियो ।
चार दलकाबीच भएको २५ बुँदे सहमति चोर बाटो भएको बताउँदै यसले मुलुकलाई निकास दिन नसक्ने गुरुङले आरोप लगाए । चार दलसहित राष्ट्रपति समेत विदेशी शक्ति केन्द्रसँग बिकीसकेको उनले आरोप लगाए ।
चार दलले विदेशीको इशारामा राज्यका धेरै निकाय सिध्याई सकेको बताउँदै चारदलले चिन्तन अहंकारवादी भएको आरोप लगाए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले सन्कीको भरमा संविधानसभा विघटन गरेको भन्दै सचिव गुरुङले चार दलले विदेशी इसारामा त्यसलाई समर्थन गरेको बताए ।
प्रत्यक्ष निर्वाचनमा जाँदा मनमुटाव थप बडेर अराजक अवस्था आउने भन्दै सहमतीय ढंगले समानुपातिक निर्वाचनमा जानुको विकल्प नरहेको गुरुङको भनाइ थियो ।

No comments:
Post a Comment