बैद्य-डाक्टर कोही नआए पनि चुनाव हुन्छ : रिजाल
रिपोर्टर्स
क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने, 'म चुनौति दिन
चाहन्छु । ताकत भए सरकारले हामीलाई बाईपास गरेर चुनाव गराए हुन्छ । हामी
पनि हातमा दही जमाएर बसेका छैनौ । हामिलाई बाईपास गरेको परिणाम भविष्यले
देखाउँछ ।'
गुरुङले
एकलौटी ढंगले निर्वाचन गर्न खोजे मुलुक फेरि द्वन्द्वमा फर्कने चेतावनी
दिँदै अर्थहीन निर्वाचनका विरुद्ध जुनसुकै कदम चाल्न समेत तयार रहेको
स्पष्ट पारे ।
निर्वाचन
किन भन्ने उद्देश्य प्रष्ट नभएकोले यो निर्वाचनको कुनै अर्थ नभएको गुरुङको
दाबी थियो । गुरुङले चुनावको मुखमा नागरिक वितरण गरेर नेपालीलाई अल्पमतमा
पार्ने खेल भएको भन्दै अहिलेको निर्वाचन विदेशीको ईशारामा नेपालीलाई
अल्पमतमा पार्न गर्न लागिएको दावी गरे ।
सोही कार्यक्रममा
कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधानलाई क्रियाशिल बनाउन निर्वाचन
बाहेक अरु विकल्प नभएकोले नेकपा-माओवादी सहितका दलहरु नआए पनि निर्वाचन भई
छाड्ने दाबी गरे । 'निकासको लागि निर्वाचनका विकल्प छैन । त्यसैले बैद्य
मात्रै होइन्, डाक्टरहरु नआए पनि निर्वाचन हुन्छ', उनले भने ।
एमओवादी
नेता वर्षामान पुनले संविधानसभाको निर्वाचन बहिस्कार गर्ने दल जनताबाट
अलग्गिने चेतावनी दिँदै त्यस्तो गल्ती नगर्न मोहन बैद्यलाई सुझाव दिए ।
एमाले
नेता रघुजी पन्तले मंसिर ४ गते कुनै पनि हालतमा निर्वाचन हुनु पर्ने भन्दै
त्यसको लागि उपयूक्त बातावरण बन्ने विश्वास ब्यक्त गरे ।
प्रकाशित मिति: २०७० असार १ ०४:१७
No comments:
Post a Comment