Monday, January 27, 2014

दाउद इब्राहिमका भाइ काठमाडौंमा

युनुस अन्सारी फेरि गिरफ्तार
काठमाडौं, १२ माघ । अन्तर्राष्ट्रिय माफिया ‘डन’ दाउद इब्राहिम यतिबेला इण्डियन मुज्जाहिद्दिनलाई लगानी गर्न थालेको थाहा हुन आएको छ । उत्तरी छिमेकी मुलुक चीनबाट डलर, सुन र भारु जाली नोट नेपालको बाटो हुँदै भारततर्फ बेहद रूपमा तस्करी हुन थालेपछि अन्तर्राष्ट्रिय आतंकवादी संगठन र अण्डर वर्ल्डले नेपाललाई ट्रान्जिट बनाएर भारतलाई निशाना बनाउन थालेको छ ।
अलकायदा आबद्ध इण्डियन मुज्जाहिद्दिनका दुई आतंकवादी नेता करिम टुण्डा र असिम भड्कलको काठमाडौंमा भएको गिरफतारीपछि इण्डियन मुज्जाहिद्दिनले भारतमा ठूलो आक्रमणको तयारी सँगसँगै इण्डियन एयर लाइन्सको जहाज अपहरण गर्ने योजना बनाएको छ । अप्रेशन केटु नाम दिएर अलकायदा आबद्ध अन्तर्राष्ट्रिय मुस्लिम आतंकवादीका ३० जना सदस्य काठमाडौंदेखि नेपालगञ्जसम्म क्रियाशील रहेका छन् । दाउद इब्राहिमका भाइ इकवाल कास्की र काठमाडौंको कुसुन्ती क्षेत्र वरपर लुकेर बसेको बताइन्छ । इकवाल युनुस अन्सारीसँग रहेको स्रोतको भनाइ छ ।
उनी विगत ३ महिनादेखि काठमा
डौंमा क्रियाशील छन् । विभिन्न उपनामले बसेका इकवालको इण्डियन मुज्जाहिद्दिनहरूसँग सम्पर्क रहेको बताइन्छ । छोटा राजन समूहका ‘डन’ उवेद मुर रेहमान पनि काठमाडौंमै मुम्बईबाट भागेर आएको हुँदा काठमाडौंमा सुन र डलरसँग आबद्ध कारोबारी ठूलै तहको व्यक्ति अण्डरवल्र्डको चपेटामा मारिने सम्भावना बढेर गएको छ । यसबीच काठमाडौंका स्थानीय गुण्डा र लोक ‘डन’ हरूको सेन्ट्रल जेलदेखि बाहिरसम्मको चलखेलले राजधानीको सुरक्षामा खतरा बढेर गएको छ । कुनै पनि नेता, व्यापारी वा सांसद मुस्लिम नेता सहरको बीच स्थानमा मारिए भने कुनै आश्चर्य हुने छैन । अण्डर वल्र्डले सुपारी लिएर काठमाडौंमा मात्र होइन भारतमै समेत ठूलो घटना घटाउन सक्ने कुरा भारतीय सुरक्षा एजेन्सीहरूले जनाएका छन् ।

No comments:

Post a Comment