मापसे अभियान सुरु भएपछि मसंग सामान्य भट्टीपसल, डिस्को, दोहोरी साँझ मात्र होइन तारेहोटलवालसम्म रुष्ट थिए ।
हिजो राणा र ठकुरी मिलेर जुन काम गर्थे, अहिले त्यहीकाम ब्राह्मणवादी सोच भएकाहरू गर्दैछन् ।
अरूलाई सफल हुने चिन्ताले सताउँछ, तर आदिबासीहरूलाई ‘सस्टेन्ट’ हुने समस्याले सताउँछ ।किनकि यहाँ हाम्रा मान्छे छैनन् ।
प्रहरीको गरिमामय पदमा आज कुवेरसिंह राना छन् । तर हामीले अपनत्वको महसुस गर्न पाएका छैनौं ।
-गणेश राई
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तपाईंको उचाइ ह्वात्तै बढायो नि ?
म काममा विश्वास गर्ने मान्छे । प्रहरीमा सेवा सुरु गरेको २८ वर्ष पुगेछ । यस अवधिमा धेरै पोस्टिङ भए । प्रत्येक स्थानमा अन्यभन्दा पृथक् भूमिकामा देखिनु मेरो प्रयास हुन्थ्यो । मेरै कार्यकालमा सुधारका धेरै काम भए । तर त्यसले त्यत्ति चर्चा पाएन । तर ट्राफिकमा आएपछि मेरो कामको एक्सपोज भयो । पहिलो त राजधानी, त्यसमा पनि मिडियाको प्रत्यक्ष निगरानी । चर्चामा आउनुको कारण त्यो पनि हो ।
कतिपयले सस्तो प्रचारबाजीका लागि मिडियालाई गलत तवरले पनि प्रयोग गर्छन् । तर मैले त्यस्तोगरिन“ । मैले मेरो कामलाई प्राथमिकतामा राखे । सडक विस्तार अभियान त्यसैको एउटा उदाहरण हो । साँघुरो सडकका कारण यहाँको ट्राफिक व्यस्थापन अत्यन्तै अस्तव्यस्त थियो । सर्वसाधारण घन्टौंसम्म जाममा बस्नुपर्ने अवस्था थियो । मैले सडक विस्तारलाई अभियानको रूपमा अघि लगें । म यस विषयमा गर्वमा साथ भन्न सक्छु, पटक-पटकको प्रयासपछि हुन नसकेको सडक विस्तार अभियान २०३३ सालपछि मैले गरे“ । किनकि यो नागरिक सरोकारको विषय थियो ।
मुलुकमै नौलो अभियान ‘मादक पदार्थ सेवन (मापसे)’ सुरु गरे“ । यसले हजारौंको ज्यान बचायो । दुर्घटनाको संख्या घट्यो । ‘सिटबेल्ट’ अभियान मेरै पालामा भयो । सडक पार गर्दा अनिवार्य जेब्रा क्रसिङर ओभर फ्ल्याई प्रयोगलाई कडाइका साथ लागू गर्ने अभियान मैले चलाए“ । सवारी चलाउँदा मोबाइलफोन प्रयोग रोक्ने अभियान मैले चलाए“ । सवारी नियम मिच्दा दुई सय रुपैयाँ मात्रै लिने चलन थियो पहिला । यसलाई बढाएर एक हजार रुपैयाँ कायम मैले गरे“ । जसले राजस्व संकलनमा कीर्तिमान नै कायम भयो । ट्राफिक प्रहरी आर्थिक लेनदेनमा सधैं विवादमा मुछिन्थ्यो । त्यसबाट बच्न ‘बैंकिङ बिलिङ’ प्रणाली मैले लागू गरें । इतिहासमै पहिलोपटक मेट्रो ट्राफिक एफएम मेरै पालामा सुरु भयो । मैले गरेका यी काम नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने खालका थिए । मिडिया यसका पछि लाग्नु स्वाभाविक थियो । जसले मलाई चर्चामा पुर्यायो ।
आलोचना पनि खरो रूपमा भयो नि ?
हो, ममाथि भ्रष्टाचारको आरोप लाग्यो । त्यो एउटा षड्यन्त्रको परकाष्टा थियो । पछि त्यो झुठा सवित भयो । यस षड्यन्त्रमा को-को थिए, त्यो पनि खुल्दै गए ।
कसले षड्यन्त्र गर्यो र ?
यसको अनेक पाटा छन् । ०३३ सालबाट विस्तार हुन नसकेको सडक मैले विस्तार गरे“ । सडक मिचेर बनाइएका सयौं आलिसान महल भत्किए । व्यापारिक कम्प्लेक्स भत्किए । संगै उनीहरूका आर्थिक चलखेलका बाटा पनि बन्द भयो । सडक विस्तार अभियान रोक्न उनीहरू गुन्डागर्दी शैलीमा प्रस्तुत भए । राजनीतिक दलसमक्ष पुगे । आन्दोलन गरे । तर उनीहरूको केही सीप लागेन । उनीहरू मलाई कुनै हालतमा सिध्याउन चाहन्थे । अन्ततः उनीहरू षड्यन्त्रमै उत्रिए ।
मापसे अभियान सुरु भएपछि मसंग सामान्य भट्टी पसल, डिस्को, दोहोरी साँझ मात्र होइन तारे होटलवाल सम्म रुष्ट थिए । उनीहरू पनि षड्यन्त्रमा उत्रिए । मेरा कामबाट जलेका मेरै सहकार्मीहरूकोपनि यसमा ठूलो हात रह्यो । त्यो पनि ममाथि यस्तो बेला हमला भयो जुन बेला म नेपालमै थिइन“ ।त्यस बेला म दिल्लीमा थिए“ । बुवाको क्यान्सर रोगको उपचार भइरहेको थियो । सामान्य मानवीयसंवेदनालाई समेत ख्याल नगरी भएको यो प्रहारविरुद्ध म लडे“ । प्रेस सम्मेलन गरे“ । सार्वजनिकरूपमै मैले चुनौती दिए“, ‘कसैले मेरो अपराध पुष्टि गरोस्, म जागिरबाट तत्काल राजीनामा दिन तयारछु ।’ घटनाको अनुसन्धान भयो । तर ममाथि लगाइएको आरोप सावित भएन ।
यस्तो प्रहारले विचलित बनाएन ?
यस्तो प्रहार खेप्ने संगठनमा म मात्र पहिलो पात्र होइन । धेरै माथि भएका छन् यस्ता प्रहार ।षड्यन्त्रपूर्वक गरिएका यस्ता झूटा प्रहार केही दिन त दुरुस्तै लाग्छन् । तर जब यसको भेद खुल्छ,त्यस बेला पानीका फोकाझैं बिलाएर जान्छन् । हाम्रो समाजमा राम्रा कामलाई प्रोत्साहन गर्ने संस्कृतिनै छैन । कसरी हुन्छ, सिध्याउने प्रवृत्ति हावी छ । यी सबै आपराधिक मनोवृत्ति हुन् । यस्ता प्रवृत्तिलेकेही क्षण त विचलित बनाउ“छ नै । तर लड्न सके यसले आफैंलाई स्थापित बनाइदिन्छ । मेरासन्दर्भमा मेरा हजारौं प्रशंसक छन् । तर उनीहरू प्यासिभ छन् । दुई चारजना मात्रै होलान् मेरा दुश्मन ।तर उनीहरू एक्टिभ छन् । तर यो षड्यन्त्रलाई म चिर्न सफल भएको छु, त्यसैले म खुसी छु ।
जागिरे जीवनमा कति भए यस्ता प्रहार ?
धेरै भए प्रहार त । तर यति ठूलो स्केलमा थिएन । तर सबैमा सफलता हासिल गरियो ।
किन हुन्छन्, यस्ता प्रहार ?
यसो हुनमा लामो ऐतिहासिक पृष्ठभूमि छ । प्रजातन्त्र आउनुअघि मुलुकमा करिब दुई सय ४८ वर्षराजाको शासन रह्यो । त्यस बेला ठकुरी र राणाहरूको दबदबा थियो । नेपाल प्रहरीमा मात्र होइन,राज्यको सबै निकायमा यस्तो थियो । पछि प्रजातन्त्र आयो । ठकुरी र राणा बिस्तारै छायामा पर्दै गए ।त्यो ठाउ“मा बाहुन हावी भएर आए । अहिले अवस्था त्यही हो । राजनीतिक दलमा हेर्नु, राज्यकोकार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सुरक्षा अंग या प्रशानमा हेर्नुस् । तपाई यसलाई राम्रैस“गदेख्न र अनुभव गर्न सक्नुहुन्छ । यस कारण म भन्छु मुलुकमा शासन प्रणाली बदलियो तर प्रवृत्तिउही रह्यो । किनकि हिजो राणा र ठकुरी मिलेर जुन काम गर्थे, अहिले त्यही काम ब्राह्मणवादी सोचभएकाहरू गर्दै छन् । उनीहरू आफूभन्दा अरूलाई राम्रो भएको हेर्नै चाहन्नन् । राम्रो गरे षड्यन्त्रगरिहाल्छन् । ममाथिको प्रहार त्यहसैको एउटा शृंखला हो ।
यो उचाइबाट हेर्दा आफूलाई कहा“ पाउनुहुन्छ ?
नेपालमा काम गर्ने स्वस्थ वातावरण छैन । गरेर खाने ढुक्क स्थिति छैन । यो समस्य सबै क्षेत्रमा छ ।चाहे त्यो सुुरक्षा निकायमा होस्, या प्रशासनिक क्षेत्रमै किन नहोस् । जनजातिको हकमा यो समस्याअझ डरलाग्दो छ । अरूलाई सफल हुने चिन्ताले सताउ“छ । तर जनजातिलाई ‘सस्टेन्ट’ हुने समस्यालेसताउ“छ । किनकि यहा“ हाम्रा मान्छे छैनन् । राई कुलमा जन्मिएको म नेपाल सरकारको ‘फस्र्टक्लास अफिसर’ माथि त यस्ता प्रहार हुन्छन् भने मभन्दा तल्लो निकायमा कति प्रहार हु“दो हो । प्रहरीमा मात्रै होइन । यो समस्या अन्य क्षेत्रमा पनि उस्तै छ । हाम्रो संस्कृतिमा लाहुरे संस्कृतिमौलाएको यही कारण हो । मेरो चाहना जातको आधारमा कसैलाई पनि भेदभाव नहोस् भन्ने हो ।यसका लागि हामीले वातावरण बनाउनुपर्छ । ताकि भावी पुस्ताले हामीले जस्तै व्यवहार सामना गर्ननपरोस् । म त्यो गर्न चाहन्छु । तर सकिएको छैन । त्यसैले म सन्तुष्ट छैन ।
त्यसो भए अबको लक्ष्य के हो ?
म अझै केही गर्न चाहन्छु । मेरो लक्ष्य धेरै माथि छ । आम नागरिक सेवा गर्न मैले अझै बा“की छ । मेरायात्रा यही“ टुंगि“दैन । मस“ग भएको सबै क्षमता यही माटोमा समर्पण गर्न अझै सकिएको छैन ।त्यसैले म भन्छु मेरो लक्ष्य फराकिलो छ ।
प्रहरी संगठनमा आदिवासी जनजातिको स्थिति के छ ?
मुलुकको तीनवटै सुरक्षा निकायमा आदिवासी जनजातिको स्थिति न्यून छ । यसो हुनुमाजागिरप्रतिको सुरक्षा र सुनिश्चितताको समस्या हो । किनकि यहा“ हाम्रा मान्छे छैनन् । त्यसो हु“दासेवामा प्रवेश पाउनै मस्किल पर्छ ।
नेतृत्वमा त आदिवासी जनजाति पुगेका छन् नि ?
पुगेका छन् । नेपाल प्रहरीकै कुरा गर्दा हिजो डीबी लामा नेतृत्वमा थिए । त्यही गरिमामय पदमा आजकुवेरसिंह राना छन् । तर हामीले अपनत्वको महसुस गर्न पाएका छैनौं । आफूले चाहेको ठाउ“मा सरुवा,बढुवा होस् भन्न चाहेका छैनन् नेतृत्वबाट हाम्रा मान्छेले । राम्रा कामप्रतिको प्रोत्साहन खोजेका छन् ।कार्यकुशलताको पक्षपातरहित ढंगले मूल्यांकन गरियोस् भन्ने चाहेका छन् । तर त्यसो भएजस्तोमलाई लाग्दैन । यसो हुनुमा विविध कारण होलान् । बाध्यता पनि होलान् । तर राम्रो कामकोपक्षपातरहित ढंगले प्रोत्साहन गर्दा के बिग्रियो ? नेतृत्वले गर्ने काम यही होइन ?
कम्युनल भइने डरले नगरेको हो कि ?
कम्युनल भइने डरले पनि नगरेको भन्ने पनि सुनिन्छ । मेरो विचारमा कार्यकुशलताको निष्पक्षमूल्याङ्कन गर्दा कोही पनि कम्युनल हु“दैन । त्यसको विरोधमा बोल्ने बरु कम्युनल हो नि । अर्कोअर्थमा यहा“ को चाहि“ कम्युनल छैनन् ? आफ्ना मान्छे राख्न जसले पनि चाहेका छन् नि । राखेकाउदाहरण पनि छ त । आफ्नो जाति, संस्कार, संस्कृति, भाषाको उत्थान गर्न को चाहन्नन् ? यसको अर्थनेतृत्वबाट कुनै पनि काम हु“दै नभएको भन्नेचाहि“ होइन । तर जति हुनुपर्ने हो त्योचाहि“ भएको छैन।
तपाईंले आदिवासी जनजाति र गैरआदिवासी जनजातिमध्ये कोबाट धेरै सहयोग पाउनुभएको छ ?
मिश्रित छ, यो । ताली एक हातले मात्रै बज्दैन । यस अर्थ हामीले पनि उनीहरूलाई सहयोग गरेका छौं ।उनीहरूले पनि हामीलाई सहयोग गरेका छन् । हाम्रोजस्तो समाजबाट आएका मान्छेले उनीहरूबाटैसहयोग लिनुपर्छ । किनकि संगठनमा हाम्रा मान्छे छैनन् । तर भावानात्मक रूपमा धेरैचाहि“आदिवासी जनजातिबाटै सहयोग पाइयोजस्तो लाग्छ ।
सुरक्षा अंगमा आदिवासी जनजातिको सहभागिता कसरी बढाउन सकिन्छ ?
समानुपातिक प्रतिनिधित्वलाई बढाउनुपर्छ । अहिले समानुपातिकतर्फ ३३ प्रतिशत छुट्याइएको छ ।त्यो बिल्कुल अपर्याप्त छ । यसलाई अझ बढाउनुपर्छ । जनजाति पनि सबै समान हैसियतका छैनन् ।यसको पनि क्याटागोरी छुट्याउनुपर्छ । यसका लागि विशेष व्यवस्था नै बनाइनुपर्छ ।
अन्त्यमा ?
लाहुरे संस्कृतिका हामी । विदेश जान मात्रै चाहन्छौं । तर म भन्छु, हामी यही संघर्ष गरौं । विदेशीमाटोमा पसिना बगाएर हुनेवाला केही छैन । तर हामीले यही पसिना बगायौं भने त्यसको अर्थ छ ।हामीले हाम्रो मैदान नछोडौं । मैदान नै खाली ग¥यो भने त अरूले खेलिहाल्छन् नि । हामीले लाहुरकोस्थितिलाई हेरौं । पैसा त उनीहरूले कमाएका होलान् । तर त्यसको कुनै अर्थ छैन । उनीहरूले विदेशमाबस्न पनि पाएका होलान् । तर त्यो त सकेन्ड क्लास सिटिजन हो नि । हाम्रो अस्तित्व यहीं छ ।त्यसैले हामी यही संघर्ष गरौं ।
No comments:
Post a Comment