- गायत्री पुन
मंगोल नेशनल अर्गनाइजेशनका अध्यक्ष दार्जीलिङबासी गोपाल गुरुङका कारण
नेपालका मंगोल समुदायका हजारौँ युवा-युवतीहरुको भविष्य चकनाचुर भएको छ ।
महेन्द्र शाहको निगाहमा नेपाल आएका र उसैको दयामा बाँचेका गोपाल गुरुङले
अहिले पनि ज्ञानेन्द्र शाहको निर्देशनमा काम गरिरहेका छन् । यतिखेर गोपाल
गुरुङको मानसिक सन्तुलन ठीक नभएको र कान पनि नसुन्ने भएका कारण गोपाल गुरुङ
पूर्ण रुपमा निराश भएका र यही कारण उनी विरक्तिएर आफ्नै पुर्ख्यौली घर
दार्जीलिङको महानदीतिर जाने तयारी गरिरहेका छन् । यसरी गोपाल गुरुङमा निराश
आउनुको मुख्य कारण केन्द्रीय सभाका सचिव कृष्णबहादुर तामाङ र पूर्व
मूलसचिव किरण याक्तेनलगायत मंगोल नेशनल अर्गनाइजेशनका सबैजसो
कार्यकर्ताहरुले पार्टी परित्याग गरी मंगोल डेमोक्रेटिक पार्टीको स्थापना
गरेपछि गोपाल गुरुङ पूर्ण रुपमा निराश भएको बताइन्छ ।
यसै क्रममा गोपाल
गुरुङका ३ जना होनहार कार्यकर्तालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई त्यसतर्फ पठाउने काम गोपाल गुरुङले गरेका थिए र
पक्राउ पर्यो भने मंगोल नेशनल अर्गनाइजेशन नभन्नू मंगोल नेशनल पार्टी
भन्नू भनी निर्देशन दिएर पठाएका थिए । गोपाल गुरुङले भने जस्तै निर्देशनलाई
उपेन्द्र घर्ती मगर लगायतका युवाहरुले पालना गर्दा अहिले ती युवाहरुको
भविष्य जोखिममा पुगेको छ । किनकि गोपाल गुरुङसँग प्रहरीले कुरा गर्दा
गुरुङले डराउँदै तिनीहरु आफ्नो कार्यकर्ता नभएको बताएपछि ती युवाहरुको
भविष्य चकनाचुर हुन पुगेको हो ।
यसभन्दा अघि गोपाल गुरुङ दरबारका केही पूर्व सचिवहरुको
निवासमा पुगेका थिए । तर त्यताबाट अहिलेको संक्रमणकालीन र शक्तिहीन
अवस्थामा केही गर्न नसक्ने बताएपछि गुरुङले उपेन्द्र घर्ती मगर लगायतका
युवाहरु आफ्ना कार्यकर्ता नभएको भन्नुपरेको हो । यसकारण अहिले मंगोल
समुदायका हरेक युवा-युवतीहरुले गोपाल गुरुङलाई आफ्नै पुर्ख्यौली घर
दार्जिलिङतिर जाऊ भन्दै गोपाल गुरुङलाई धम्की दिन थालेका छन् भने मंगोल
नेशनल पार्टीका कथित अध्यक्ष उपेन्द्र घर्ती मगरलाई राज्यविरुद्धको अपराध
मुद्दा होइन कि संविधान निर्माणको काममा त्यसको सल्लाहकार बनाउनुपर्छ भन्न
थालेका छन् । उनीहरुको भनाइ छ- अहिले राज्य संविधान लेखन र शक्ति
बाँडफाँडको प्रकृयामा रहेको छ । यसमा उपेन्द्र घर्ती मगरलगायत मंगोल
समुदायका हजारौँ युवा-युवतीहरुको केही चित्त दुखाई अवश्य पनि होला त्यसैले त
उनले यस किसिमको राजनीतिक बाटो अपनाएका होलान् । तसर्थ मंगोल समुदायको
हक-हितमा के-कस्तो व्यवस्था हुनपर्छ भन्ने सवालमा उपेन्द्रबाट राम्रो
व्याख्या र सुझाव आउन सक्छ ।
त्यसैले उपेन्द्रजस्ता विद्रोही भावना भएका सम्पूर्ण राजनीतिक संघ संगठन र
मोर्चालाई हालको संक्रमणकालीन सरकारमा सहभागी गराउनु र उनको विचार लेखन
गर्नु नै दिर्घकालीन शान्ति र संविधान लेखनमा उल्लेखनीय कदम हुने छ ।
राजतन्त्रको अन्त्य भएपछिको यो नयाँ संविधान र नयाँ नेपाल निर्माणको यो
संक्रामणकालीन अवस्थामा दिर्घकालीन शान्तिका लागि नेपालका सम्पूर्ण मूलबासी
मंगोल समुदायहरुको हक अधिकार समानता र समानुपातिक प्रतिनिधित्वका लागि
सम्पूर्ण मूलबासी मंगोल समुदाय पार्टिगत रुपमा नगई जातिगत रुपमा एकताबद्ध
भई अघि बढ्नुपर्छ र लड्नुपर्छ । यसरी मात्र आफ्नो जात-जाती र समुदायको लागि
न्यायपूर्ण अधिकार प्राप्तिको मुद्दालाई अगाडि बढाउनु, संविधानमा लेखाउन
सकिन्छ । न कि बाहुनहरुले नेतृत्व गरेको बाहुनवादी निर्णय र बाहुल्यता भएको
नेपाली कंग्रेश, नेकपा एमाले र एनेकपा माओवादीबाट । स्मरण रहोस् नेपालमा
सम्पूर्ण मूलबासी मंगोल समुदाय र क्षेत्रीहरुसमेत बाहुनहरुबाट शोषित र
पीडित छन् ।
अहिलेको राजतन्त्रको समाप्त भई लोकतन्त्रको स्थापना भइसकेको अवस्थामा पनि
बाहुनवादी सरकार, प्रशासन, राजनीतिक दल र पत्रकारहरुको बाहुनवादी संजाल
पूर्णरुपमा हावी भई नेपाल र नेपाली समुदायलाई थिचोमिचो, शोषण, दमन, अन्याय,
अत्याचार, दण्डहिनता र न्यायविहिनताको अवस्थामा पुर्याएको छ ।
बाहुनवादी बाहुल्यता भएको देशी-विदेशी प्रतिकृयावादीहरुबाट संचालित र
परिचालित राजनीतिक दलहरुबाट मूलबासी मंगोल समुदायको मुद्दा र अधिकारको कुरा
उठ्न नसक्ने हुँदा यसका लागि नेपालका सबै मूलबासी मंगोल समुदाय आफ्नै
मंगोल समुदायको नेतृत्वमा गोलबन्द भई बाहुनवादी राज्यसत्ताका विरुद्ध आवाज
उठाउनु र समान अधिकार स्थापित गराउनु राज्यको सम्पूर्ण तह र तप्कामा आफूलाई
स्थापित गराउनु, बाहुनहरुको सम्पूर्ण षड्यन्त्र र संजालहरुको भण्डाफोर
गर्न र भताभुंग पार्न पनि एकजुट हुनै पर्छ । यसका लागि यो संक्रमणकालीन
अवस्था भनेको शक्ति बाँडफाडको अवस्था हो । कसको अधिकार कति, सरकार र
राज्यको स्वरुप कस्तो हुने भन्ने अवस्थामा हामी नेपालका मूलबासी मंगोल
समुदाय पार्टीगत रुपमा नभई जातिगत रुपमा उठ्नुपर्छ । जुन अधिकार प्राप्तिका
लागि हजारौँ-हजार मूलबासी धर्ती-पुत्रहरुले बलिदान दिएका छन् । हामी
नेपालका मूलबासी मंगोल समुदायका युवा-युवतीहरु एकजुट हुन नसके त्यो
क्रान्ति, त्यो लडाइँ र त्यो मृत्यु सबै व्यर्थ हुनेछ ।
अब नेपालमा उपेन्द्र घर्ती मगरजस्ता अन्य थुप्रै मूलबासी मंगोल समुदायका
युवा-युवतीहरुले आफ्नो अधिकार प्राप्तिका लागि नयाँ संगठन निर्माण गर्नेछ,
क्रान्ति गर्नेछ । यसकारण नेपालमा झनै द्वन्द्व र संघर्ष चर्केर जानेछ ।
उपेन्द्र र उपेन्द्रका संगठनले यस्तो कुरा दर्शाउँछ । नेपालको मूलबासी
मंगोल समुदायले आफ्नो समुदायका लागि सत्ता, शक्ति तथा अधिकार प्राप्तिका
लागि गरिने संघर्ष र सम्पूर्ण गतिविधि नै राजनीति हो भन्ने कुरा बुझ्नुपर्छ
।
४५० वर्षे सामन्ती राजतन्त्रका अन्त्य भइसकेको यस अवस्थामा नेपालका सम्पूर्ण मूलबासी मंगोल समुदाय सत्ता र शक्ति प्राप्तिका लागि एकजुट हुनै पर्छ । केन्द्रीय तहदेखि गाउँ तहसम्म राज्यलाई निर्देशित, संचालित गर्ने र प्रभाव पार्ने राज्यका सम्पूर्ण संयन्त्र, संघ- संस्था र तहमा मूलबासी मंगोल समुदायको सामानुपातिक प्रतिनिधित्व हुनै पर्छ । अब हामी सबै मूलबासी मंगोल समुदाय एक जातिय बाहुनवादी मुखिया भएको नेपाली कंग्रेश, नेकपा एमाले र एनेकपा माओवादीबाट अलग्गिएर आफ्नो अस्तित्व र पहिचानका लागि मंगोल डेमोक्रेटिक पार्टीमा एकढिक्का भई आउनु नै नयाँ नेपाल निर्माणको एकमात्र उपाय हुन सक्छ ।
४५० वर्षे सामन्ती राजतन्त्रका अन्त्य भइसकेको यस अवस्थामा नेपालका सम्पूर्ण मूलबासी मंगोल समुदाय सत्ता र शक्ति प्राप्तिका लागि एकजुट हुनै पर्छ । केन्द्रीय तहदेखि गाउँ तहसम्म राज्यलाई निर्देशित, संचालित गर्ने र प्रभाव पार्ने राज्यका सम्पूर्ण संयन्त्र, संघ- संस्था र तहमा मूलबासी मंगोल समुदायको सामानुपातिक प्रतिनिधित्व हुनै पर्छ । अब हामी सबै मूलबासी मंगोल समुदाय एक जातिय बाहुनवादी मुखिया भएको नेपाली कंग्रेश, नेकपा एमाले र एनेकपा माओवादीबाट अलग्गिएर आफ्नो अस्तित्व र पहिचानका लागि मंगोल डेमोक्रेटिक पार्टीमा एकढिक्का भई आउनु नै नयाँ नेपाल निर्माणको एकमात्र उपाय हुन सक्छ ।
२१८ जना सभासदज्यूहरु तपाइहरु केका लागि राजनीति गर्दै हुनुहुन्छ? तपाईंकै
समुदायको व्यक्ति अहिले राज्य विरुद्ध अपराधको मुद्दामा प्रहरी हिरासतमा छ ।
अहिले राज्यको सरकार र स्वरुप बनिसकेको अवस्थामा, राज्यलाई निर्देशित
गर्ने ठोस कानून बनी नसकेको अवस्थामा, सम्पूर्ण जात-जातिहरुको हक अधिकार
सुनिश्चित भई नसकेको अवस्थामा उपेन्द्र घर्ती मगरजस्ता युवाहरुको भवाना
समेट्नु त कता हो कता उल्टै उनलाई यस्तो संक्रमणकालीन अवस्थामा राज्य
विरुद्धको अपराधजस्तो मुद्दा दर्ता गरिँदै छ । राज्य बनी नसकेको अवस्थामा
यो कस्तो राज्य विरुद्धको अपराध हो ?। राज्यको नीति, स्वरुप, रंग सबै कोर्न
बाँकी नै छ उपेन्द्रलाई यसमा सहभागी गराउनुपर्छ न कि मुद्दा चलाउनु ।
अहिलेको अवस्था भनेको शून्य राजनीतिको अवस्था हो । शून्य सरकारको अवस्था हो । अहिले सरकार र राज्यलाई निर्देशित गर्ने, संचालित गर्ने तत्वहरु अस्थायी हुन् भोलि जे पनि हुन सक्छ । यी कुरालाई सबैले मनन गरी राजनीति गर्ने हाम्रा राजनीति कर्मीहरुले एउटा नयाँ सिद्धान्तबाट निर्देशित भई यो बन्न लागेको संविधानमा र नयाँ नेपाल राज्यमा सम्पूर्ण मूलबासी मंगोल समुदायको हक-अधिकार स्थापनाका लागि नयाँ ढंग र शिराबाट राजनीति गर्दै नेपालका सबै मूलबासी मंगोल समुदायलाई एकढिक्का बनाउँदै अघि बढ्नु नै साँचो र दूरदृष्टियुक्त राजनीति हुनेछ ।
अहिलेको अवस्था भनेको शून्य राजनीतिको अवस्था हो । शून्य सरकारको अवस्था हो । अहिले सरकार र राज्यलाई निर्देशित गर्ने, संचालित गर्ने तत्वहरु अस्थायी हुन् भोलि जे पनि हुन सक्छ । यी कुरालाई सबैले मनन गरी राजनीति गर्ने हाम्रा राजनीति कर्मीहरुले एउटा नयाँ सिद्धान्तबाट निर्देशित भई यो बन्न लागेको संविधानमा र नयाँ नेपाल राज्यमा सम्पूर्ण मूलबासी मंगोल समुदायको हक-अधिकार स्थापनाका लागि नयाँ ढंग र शिराबाट राजनीति गर्दै नेपालका सबै मूलबासी मंगोल समुदायलाई एकढिक्का बनाउँदै अघि बढ्नु नै साँचो र दूरदृष्टियुक्त राजनीति हुनेछ ।
No comments:
Post a Comment