पेरिसलाई मानिसहरु रोमान्टिक
शहरका रुपमा पनि चिन्छन्। त्यहाँको सेन नदीमा एक पुल छ, जहाँ प्रेम जोडीहरु
तालामा आफ्नो नाम लेखेर साँचो नदीमा फल्छन्।
हरेक तालामा प्रेमको एक
कहानी हुन्छ, तर, अहिलेसम्म कसैलाई थाहा छैन कि यसको सुरुवात कसले र कसरी
गर्यो्। केही मानिस यसको सुरुवात रुसबाट भयो भन्ने मान्छन् भने कोही
इटलीबाट। तर, जब विश्वभरका जो कोही पेरिस पुग्छन्, आफ्नो प्रेमको निसानी
ताला झुण्ड्याउन छुटाउँदैनन्।
पेरिसको पोन्ट डेस आर्ट ब्रिजको रेलिङमा
सानो ठूलो विभिन्न आकार र विभिन्न रंगका हजारौं तालामा प्रेमको युगल
जोडीहरु देखिन्छन। यद्यपि पेरिसमा सबै यसलाई समर्थन गर्दैनन्। केही मानिस
शहरको विरासतलाई बचाउन पनि अब यसमा रोक लगाउनु पर्ने माग गरिरहेका छन्।
ताला
लगाउनेहरु आफूलाई भाग्यमानी ठान्छन् भने आलोचकहरु तालाको तौल बढेर कैयौं
टन भएको तर्क गर्छन्। उसो त एकपटक पुलमा लगाइएको ताला नहटाइएको पनि होइन।
तर, केही दिनमै पहिलेको जस्तै भयो। पेरिसको अलावा डबलिन, रोम र ब्रिटेनको
बेलफास्टमा पनि यस्तै पुल छन, जहाँ प्रेम जोडीहरु ताला लगाउँछन्।
No comments:
Post a Comment