Saturday, November 16, 2013

नरहरिको आसन, ईश्वरको रासन

  • खगेन्द्र संग्रौला
मैले यहाँ आसन र रासन यी दुई पात्रको इतिहास, रुचि र प्रवृत्तिअनुसार सोचीविचारीकन वितरण गरेको हुँ। अर्थात् जसको जस्तो योग्यता उसलाई ट्याक्क त्यस्तै पुरस्कार । काठमाडौ ५ नम्बरका चुनावी योद्धा नरहरि आचार्यलाई आसन, इश्वर पेखरेललाई रासन् हेक्का रहोस् जी, यो आसन मामुली दर्जाको होइन । यो त व्यासासन खालको हो । दार्शनिक चिन्तन गर्ने, काव्य सिर्जना गर्ने, विधि निर्माण गर्ने र जटिल जीवनका दुरुह रहस्यहरुको अर्थ खुलाउने खालको आसन । उसो त यो रासन पनि चानुचुने खालको होइन । यो चौरासी व्यञ्जनले भरिपूर्ण राजसी टाइपको रासन हो । यस्तो रासन जो एक पटक चाख्यो कि चखुवा अन्तरेलाई घरिघरि चाँखुचाँखु लागिरहन्छ । र, यो रासनको पारखी पात्र राजसी रासन भोग गर्नका लागि जे पनि दाउमा राख्न तयार हुन्छ । उसलाई सिद्धान्तभन्दा रासन प्यारो हुन्छ । उसलाई जीवन–आदर्शभन्दा रासन अच्छा लाग्छ । उसलाई नैतिकता र इमानभन्दा रासन बढिया दृष्टिगोचर हुन्छ । चरम् उपभोक्तावादी यो संसारमा राजसी रासनको महिमा अपरम्पार छ ।
चुनाव जेको पनि व्यापार गर्ने थलो हो । चुनावमा अब्बल चीज हुने उम्मेदवारले मतदातालाई अब्बलै चीज बेच्छ, चुत्थो चीज हुनेले चुत्थै चीज बेच्छ । तर चुत्थो चीज बेच्ने यो चुत्थो आपूmले बेचेको जे हो त्यो भन्दैन, मतदातालाई लाजै नमानी ढाँटछ् । सौभाग्यवश, यो ढाँटुवालाई पक्राउ गर्ने काइदाको जुक्ती छ । त्यो हो, मिहान दृष्टिले ढाँटुवाको अतीत खोतलखातल गर्नु । वास्तवमा मानिसको अतीत उसको वर्तमानको चरित्र र प्रवृत्तिको गोरेटो नियाल्ने खास्साको ऐना हो । 
नरहरि र ईश्वरको अतीत यसो नियालि हेरौ“ । अतीतको प्रेतले मानिसलाई वर्तमानमा पछ्याइरहन्छ, खेदिरहन्छ, हैरान पारिरहन्छ । बरा ईश्वरलाई चुनावी घरदैलोमा अतीतको प्रेतले आपत पारेछ । कथा यस्तो छ । अलि वर्षअघि ईश्वरको एउटा भयंकर पौरख प्रकाशमा आयो । कुनै अन्तर्यामी ज्ञानी अथवा कल्पनाशील लाल बुझक्कड गोर्खेले तीन शहरमा हल्ला फि“जायो— ईश्वर पोखरेलको पानी ट्यांकी नोटले टनाटन भरिएको छ । त्यो सुनेर कान्तिपुरी नगरीले जिब्रो टोक्यो । कुरो असम्भव थियो, तर सुन्नेहरुमा कसोकसो हो कि भन्ने भ्रम पर्नगयो । पात्रको चरित्रभित्र भ्रमका कारकहरु निहित हुन्छन् । ईश्वरकोमा रहेछन् । र तिनलाई पर्नु पीर प¥यो ।
तर, दुनिया“ले हो भन्दैमा मैले भने पत्याइन“ । ईश्वर पोखरेलजस्ता मदन भण्डारीकृत जबजका जौडे जोदाहाले सत्तामा वा अन्त कतै लामा हात गरेर यति छिटै त्यत्रो रकम कसरी पो थुपार्दा हुन् र ? तर मैले नपत्याएर के हुन्छ ? दुनिया“लाई नपत्याउन गाह्रो प¥यो । किनभने ईश्वरको जीवनमा यस्ता घटनाहरुको त शृङ्खला नै उनिएको रहेछ । भन्छन् नि— चैतको चोर, बाह्रमासे चोर । तैपनि मलाई पत्याउन मुश्किलै प¥यो । मलाई लाग्यो, त्यो आकार नमिलाई लगाइएको फत्तुर हो । तर कताकता मेरो मनको अन्तरमा भने स्यानो शंशय बा“की नै रह्यो । लाल बुझक्कडी अन्तरेलाई बढाइचढाइ गर्नकै लागि पनि त केही न केही भ्रूण चाहिन्छ । कपोलकल्पना पनि हावाबाट शुरु हु“दैन, धर्तीबाटै शुरु हुन्छ । आखिरमा मैले यसरी चित्त बुझाए“ । गोर्खे अन्तरेले तील फेला पा¥यो र तीललाई पहाड बनाइदियो । कमसेकम त्यो तीलचाहि“ ईश्वरको आप्mनै पौरखको फल हो ।
यसपाला चुनावी घरदैलोमा एकजना घरपतिले ईश्वरलाई उही ट्याङ्कीको रङ्गीन किस्साबारे सविनय सोधनी गरेछन् । राम्रा मुखले जो भएको जबाफ दिनु त कता हो कता, ईश्वरका अनुयायीहरुले सोध्ने सोझो चित्तका मनुवालाई निर्घात कुटेछन् । र, ईश्वरले हात बा“धेर चुपचाप कुटेको हेरेछन् । सुन्छु, ५ नम्बर चुनावी क्षेत्रभरि यो कुटपिट र यो रमिता हेराइ भयंकर चर्चाको विषय भा’छ रे । गोर्खे अन्तरेहरु बतासे कुरा बनाउन हदै सिपालुु छन् । कुन्नि, यो पनि तिनकै बतासे सिर्जना हो कि † कुरो जे होस्, जिन्दगीमा ईश्वर बाबुलाई बडो गाह्रो छ । एक पटक चुक्यो कि चुकाइको प्रेतले जिन्दगीभरि लखेटिरहन्छ ।
अर्को अविस्मरणीय घटना छ । अब त्यो भन्छु । ज्ञानेन्द्रको असोजतन्त्रमा नरहरि, ईश्वर र म स“गस“गै रत्नपार्कको लुतुरे आन्दोलनमा थियौ“ । एक दिन सुन्नमा आयो, ईश्वर पोखरेल आन्दोलनबाट हराए । सुनेर नरहरि र म हुनुसम्म चिन्तित भयौ“ । कमरेडलाई असोजतन्त्रले अपहरण त गरेन कतै ? जब रहस्यको पर्दा उठ्यो, नरहरि र म हतप्रभ भयौ“ । ईश्वर त ज्ञानेन्द्रको ‘आधा त्रुटि सच्चियो’ भन्दै असोजतन्त्रको सेवामा दरबारका टाट्नामा नारिन पो पुगेछन् । एक पटक राजसी रासन चाखेपछि मान्छे मूलालाई तलतल त लाग्ने नै भयो । तलतल मेट्न अन्धकारको आवरण ओढेर हररर गएछन् ईश्वर बाजे ।
उता ईश्वर असोजतन्त्रको सेवामा लिप्त थिए, यता सडकमा नरहरि र म जस्ताहरुतिर उही तन्त्रका सङ्गीनहरु ताकिएका थिए । सूक्ष्म अन्तर्दृष्टिले नियाल्न खोज्दा नरहरि र मैले देख्यौ“— हामीलाई ताकिएको एउटा सङ्गीन ईश्वरका हातले अ“ठ्याइएको रहेछ । यस्तोमा हामी ‘हे हरि’ सिवाय अरु के नै पो भन्न सक्थ्यौ“ र ?
कुरा फेरि पनि असोजतन्त्रकालकै हो । सडकमा गणतन्त्रको नारा उठिसकेको थिएन् । तर नरहरि नजानिदो गरी गणतन्त्रका अण्डा कोरल्न लागे । लेखेर र बोलेर यी ज्ञानीले भने— आइन्दा दरबारको उत्तराधिकारीको चयन संसदले गर्न पाउनुपर्छ । यिनले भनेको जम्मा यत्ति हो । तर चारै दिशामा खल्बली मच्चियो । यो संस्थापनभित्रै बसेर संस्थापनको चरित्रतर्फ उठाइएको बागी औ“लो थियो । यो औ“लोमा विवेक थियो, साहस थियो र थियो एैन मौकामा जोखिम उठाउने सौर्य पनि । नरहरि यत्तिकैमा अडिएनन् । यिनले अर्को जिरह शुरु गरे । भने— आइन्दा राजारानीको पहिलो सन्तान छोरी भए राजगद्दी उत्तराधिकारी तिनै हुनुपर्छ । कांग्रेभित्र बसेर यति कुरा भन्नु भयंकर कुरा थियो । तर नरहरिले भने । कतिले यिनको खिल्ली उडाए । कतिले यिनमाथि कठोर कटाक्ष गरे । कतिले त यिनलाई कम्युनिष्टका पाइला पछ्याउने भन्न पनि बा“की राखेनन् । तर धैर्यवान् नरहरिले एक कानले सुनेर अर्कोले उडाइदिए । नरहरि यसरी जब निरङ्कुश राजतन्त्रका दाह्रा–नङ्ग्रा उखेल्न प्रयत्नशील थिए त्यो बेला यी ईश्वरबाबु कहा“ थिए ? म सुटुक्क भन्छु— ती दरबारको राजसी रासन ज्यूनार गर्दै निरङ्कुश राजतन्त्रका जरामा मलजल हालिरहेका थिए ।
यति भनेपछि अर्थोक नभने पनि होलाजस्तो लाग्छ । खुल्यो त नरहरि र ईश्वरको रुचि र प्रवत्तिको यथार्थ अन्तर्कथा । त्यसैले त मैले निवेदन गरेको हु“— ५ नम्बरको चुनावमा नरहरिलाई संविधान लेख्ने आसन दिऊ“, ईश्वरलाई राजसी रासनको चा“जो मिलाइदिऊ“ । गजप हुन्छ । जसको योग्यता, क्षमता र दक्षता जे हो उसलाई सोही बमोजिमको जिम्मा वा पुरस्कार । बुद्धिविवेक हुनेलाई बुद्धिको काम, तृष्णाबाट पीडितलाई तृष्णा तृप्त गर्ने दाम । यो यथोचित पुरस्कार लोकतन्त्रको उदारताको दासी हो ।
ईश्वर भन्लान्— म पनि संविधान बनाउन लागिपर्छु । कुरो राम्रो हो । असोजतन्त्रमा पनि त यिनी बरु गए ज्यान जाओस् म सडक आन्दोलन छाड्दिन“ भन्थे । तर, हामीले पत्तै नपाई यी लुत्त दरबार छिरे । अहिले पनि म लुत्त छिराइको खतरा देख्छु । गाईछापे कमल थापा च्या“ठ्ठि“दै, कुर्लि“दै र रा“किदै म बहुमत ल्याउ“छु भनेर लङ्का हा“क्दैनन् । ईश्वरको जन्ती पार्टीको राष्ट्रवाद कमल काजीस“ग ठ्याक्कै मिल्छ । काकतालीबश वा दुर्घटनाबश, यथार्थमा वा स्वरैकल्पनामा कमल थापाको सरकार बनिहाल्यो भने ईश्वरबाबु के गर्लान् ? यिनको अतीत हेर्दा मलाई लाग्छ, यी त्यो मण्डले सत्ताको भतेरमा आरामले भित्रिन सक्छन् ।
बास्, कुरो सकियो । काठमाडौ“को ५ नम्बरको चुनावी क्षेत्रमा नरहरि आचार्यलाई विधायकको आसन, ईश्वर पोखरेललाई मनग्गे राजसी रासन । एकबारको जुनीमा भोलि पछुतो मान्नलाई आज अन्यथा किन गर्ने जी ? ज्ञानयोगीलाई आसन, रासनभोगीलाई रासन ।

No comments:

Post a Comment