Saturday, November 16, 2013

कांग्रेसमा लोकतन्त्र एक प्रतिशत पनि छैनः सुप्रभा घिमिरे

अघिल्लो संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट काठमाडौंको क्षेत्र नम्बर ४ बाट विजयी भएर सभासद् चुनिएकी नेतृ सुप्रभा घिमिरे यसपटक त्यही पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएकी छिन् । युवा नेताद्वय नन्दकिशोर पुन पासाङ र गगन थापा पनि यसै क्षेत्रबाट लडिरहेको बेला यो क्षेत्र अहिले निकै चर्चामा रहेको छ । कांग्रेसबाट महिलाको मुक्ति नहुने भन्दै पार्टी त्याग गरेको बताउने नेतृ घिमिरेसँग आसन्न संविधानसभाको चुनावको विषयमा गरेको कुराकानीको सम्पादित अंशः
तपाईको पक्षमा जनमत कस्तो छ ? को हुन् तपाईका भोटरहरु ?
चुनावी तिव्र छ । घरदैलो र भेटघाटलाई मैले तिव्रता दिएको छ । मतदाताहरु मैले गरेको एउटा साहसलाई लिएर निकै उत्साहित भएका छन् । अहिलेसम्म ७ हजारभन्दा बढि मत ल्याउने गरि मेरो पक्षमा जनमत बढेको छ । विशेषत महिला मतदाताहरु मेरो उम्मेदवारी र विद्रोहबाट निकै उत्साहित भएका छन् । महिलामात्र होईनन्, इमान्दार काग्रेसी कार्यकर्ताहरु, युवा, समाजसेवीहरु तपाईमाथि अन्याय भएको हो, हामी तपाईको साथमा छौँ र ४ गते हामी तपाईलाई न्याय दिन्छौँ भन्नुभएको छ । मेरो पक्षमा ज्यादै उत्साहजनक माहोल छ । मलाई मतदान गर्ने मतदाताहरुमा महिला, पुराना कांग्रेसी कार्यकर्ता, समाजसेवी, युवा र विशेषत पशुपति बहुमुखी क्याम्पसमा मैले पढाएका विद्यार्थी, त्यहाँका शिक्षक र कर्मचारीहरु हुन् । यस क्षेत्रमा त्यस्ता मतदाताहरुको संख्या निकै धेरै छ ।
अघिल्लो पटक विजयी भएपनि अहिले कांग्रेसले तपाईलाई उम्मेदवार नबनाउनुको कारण के हो ?
यस क्षेत्रमा मेरो लोकप्रीयता भएपनि मलाई उम्मेदवार नबनाउन सुरु देखि नै षड्यन्त्र भइरहेको थियो । युवालाई अगाडि ल्याउन भनेर केही शीर्ष नेताहरुबाटै पहिलेदेखि नै गगनलाई उचालिरहेका थिए । यो क्षेत्र मैले जितेको भएपनि सुरु देखि नै यसक्षेत्रबारेमा उसँगमात्र सल्लाह लिने, उसका कुरामात्र सुन्ने जस्तो हुँदै आएको थियो । अन्तमा निकै निच प्रकारको व्यवहार भएको छ । जितेका ३४ जनालाई नै प्रतिस्पर्धामा निकाल्ने भन्ने पार्टी निर्णय विपरित षड्यन्त्र भएको हो । पहिले जितेकालाई नै उम्मेदवार बनाउने निर्णय पार्टीमा भएपनि निकै ठूलो बाहिरि शक्तिकै बलमा उनलाई यहाँ उम्मेदवार बनाएको मैले सुचना पाएको छु । लोकतान्त्रीक प्रणालीको कुरा गर्ने नेपाली कांग्रेसले महिलाको सम्मान गर्न सकेन, जितेर आफ्नो ठाउँ बनाउँदा पनि मागेको भाग खोस्न आएको जस्तो व्यवहार भयो । समाजमा महिला सशक्तिकरणको मुद्धा सशक्त उठिरहेका बेला जसरी एउटा सक्षम महिलामाथि अन्याय भयो, नेपाली कांग्रेसभित्र रहेर महिला आन्दोलन सम्भव छैन, कांग्रेसभित्र लोकतन्त्र र समानताको भ्रुण अब हुर्काउन सकिदैन भनेर मैले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको छु । अव कांग्रेस नेतृत्वमा महिला स्वाभिमान र महिला नेतृत्व विकास सम्भव छैन ।
महिला मतदाताले अब कांग्रेसलाई किन भोट हाल्ने ?
कांग्रेस निकै ठूलो पुरातनवादी सोँचको नालीमा जाकिएको छ र अव त्यो पार्टीबाट महिला मुक्ति सम्भव छैन । केहि सुधार गर्न सकिन्छ की भनेर मैले प्रयास गरेको हो तर फेद मरिसकेको विरुवाको जति हेरचाह गरेपनि आखिर त्यो मर्ने नै हो । म लामो समयसम्म कांग्रेसलाई बुझेर हुर्केको कांग्रेस नेतृ भएको र त्यहाँको महिला विरोधी दुर्घन्धबाट बाहिर निस्केकाले अव कांग्रेस नेतृत्वमा महिला अधिकारको आशामा मत खेर नफाल्न म महिला, नागरिक समाज, अधिकारकर्मी, युवा र समाजसेवीहरुसँग हार्दिक अपील गर्दछु । कंग्रेस नयाँ सोच र परिवर्तनको मुद्धालाई सम्मान गर्ने कुरामा कांग्रेस चुकेको छ ।
कांग्रेसप्रति तपाईको तीन दशकको बुझाई के हो ?
पुरानो रुख ! जति मलजल गरेपनि अव फल दिदैन । लोकतन्त्र–लोकतन्त्र त भन्छ तर व्यवहारमा १ प्रतिशत पनि छैन । लोकतन्त्रमा लैगिङ्गक विभेद अस्वीकार गरिन्छ । राजनीतिमा लैङगीक विभेद राजनीतिक हिंसा हो । महिलाको अस्तीत्व स्वीकार्न नसक्ने कांग्रेसबाट लोकतन्त्रक सुदृढ होला भनेर सोच्नु समय बर्वादीमात्र हो ।
तपाईको कुरा सुनेपछि अव कांग्रेसले दावी गरेअनुसार उसको नेतृत्वमा लोकतान्त्रिक मूल्यमान्यताको विकास सम्भव छैन । मैले यहि बुझुँ ?
एउटा पुरानो पार्टी, सुध्र्रीयोस् भन्ने चाहना थियो । तर सम्भव रहेन । नेपालमा लोकतान्त्रिक मूल्यमान्यताको विकासका लागि अव नयाँ शक्ति जन्मनुपर्छ । कांग्रेसको नेतृत्वमा महिला मूक्ति, लोकतन्त्र भन्नेकुरा प्राप्त हुँदैन भन्ने मेरो निष्कर्ष हो । तीन दशक लामो समय विताएको मैले सामान्य अवस्थामा पार्टी त्यागेको होइन ।
गगन थापाकै कारण तपाईले अघिल्लो चुनाव जितेको भन्ने कांग्रेसीहरुको दावी पनि त ठिकै होनी ?
यो सरासर झुट र अहमता हो । उसका यस्ता कमजोर तर्क पतनको मार्ग हो । गगनले जुन घमण्ड गर्दै आएका छन् र मिडियाले जसरी सस्तो चर्चामा ल्याइदिएका छन् । त्यो पतनकै बाटो हो । जतिखेर मेरो जितको कुरा हो, त्यतिखेर उनी क्षेत्रीय सभापति थिए, आफ्नो उम्मेदवारलाई जिताउनु क्षेत्रीय सभापतिको दायित्वको कुरा हो । तर यी सबै दायित्व र यथार्थता बिर्सेर मैरै कारण जितेको भन्ने गगनको दावी बालापन हो । हुरीमा उडेको कागज केहि समयमात्र बत्तिने हो, यसको कुनै तुक छैन ।
उम्मेदवार नपाएकै कारण पार्टी छोड्नु उमेर ढक्लेपनि सुप्रभामा रहेको बच्चापन शैली हो भन्ने टिप्पणी पनि छ नी ?
दुईचारजना मान्छे देख्ने वित्तिकै आफ्नो हैसियत बुझ्नै नसकि हौसिएर प्रचण्डसँग चुनाव लड्ने भाषण गर्ने, मिडियाले जुरुक्क उचालेकै भएर नेता ठान्ने गगनको कुन परिपक्कता हो मैले अहिलेसम्म बुझ्न सकेको छैन । उमेरले मेरो नाती जस्तोमान्छे, कता–कता मायाँ पनि लाग्छ, मोराले जानेन, बच्चैछ भन्ने लाग्छ । तर यसैगरि उच्चालिएर हिड्न थाल्नु भनेको उसको पतनको यात्रा सुरु हुनु हो । त्यस्तो नहोस् ।
गगनका विषयमा मिडियाले नै निकै चर्चा परिचर्चा गरेका छन् । त्यो कति सत्य हो ?
गगनलाई अहिले विभिन्न मिडियाले निकै राम्रो मान्छे भनेर जसरी चर्चा गर्छन्, तर मैले उनलाई नजिकबाट लगातार बुझेकाले त्यस्तो लाग्दैन । यो त जनतालई झुक्याउने रणनीति मात्र हो । अहिलेसम्म गगन – गगन थापा भएको नै मिडियाबाट यस्तै गर्नगल प्रचार गरिएर हो । उनी इमान्दार मानिस होईनन्, कमजोर र खराब मानिस हुन्, त्यसैले उनको विज्ञापन आवश्यक छ । जसरी कमसल बस्तु उपभोत्ताको हातसम्म पुर्याउन विज्ञापन अनिवार्य हुन्छ, उनका खराब चरित्र लुकाएर जनतामा विकाउन पनि मिडियामा त्यतीकै लगानी आवश्यक छ । त्यतिमात्र नभएर उनी अहिले मेरो विषयमा समेत अर्नगल प्रचार गरिरहेका छन् । यो निकै घिनलाग्दो कुरा हो । स्वास्नीमान्छेले केहि गर्न सक्दैन भन्ने मनस्थितीले कांग्रेस र गगनभित्र निकै जरा गाडिसकेको छ । त्यसैले म आम महिला मतदातालाई महिला विरोधी शक्तिलाई मतदान नगर्न अपील गर्न चाहन्छु । अनर्गल प्रचार नै उसको राजनीति हो । त्यसैले गगनको कुनै विस्वास नगर्न म आम मतदातालाई आग्रह गर्दछ । वास्तवमै गगन संविधान निर्माण र जनतालाई हक अधिकार दिलाउने पक्षमा निर्भिक थिएभने उनी पनि अघिल्लो निर्वाचनमा सभाषद थिए । संविधानसभाको बैठकमा उनको उपस्थिती निकै कमजोर छ । त्यसमा उनको उपस्थिती हेरे हुन्छ । त्यो नै सबैभन्दा बलियो प्रमाण हो । तर मानिसमा अझै भ्रम रहेछ गगनका बारेमा । तर भ्रममा मतदान गरेर महिला विरोधी शक्तिलाई बलियो बनाएर आफ्नै खुट्टामा बञ्चरो नहान्न म बिशेषत महिला र महिलाको सम्मान गर्न सक्ने आम मतदाता समक्ष आश्वान गर्छु ।

No comments:

Post a Comment