२०४७ सालकै संविधान व्युताउँने माधवकुमार नेपालको घोषणा
काठमाडौं, ७ मंसिर : नेकपा एमालेले जनताका अग्रगामी एजेन्डा छाड्ने संकेत दिएको छ । संघीयता र धर्म निरपेक्षताजस्ता एजेन्डाबाट पछि हटने सोच एमालेले सार्वजनिक गर्न थालेको छ ।
काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भएपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले
नेता माधवकुमार नेपालले अब २०४७ सालकै संविधान लागू हुने बताएका छन् ।
नेपालका अनुसार २०४७ सालको संविधानबाट राजा हटाएर बाँकी भाग हुबहु लागू
गर्न सकिन्छ । स्मरणीय छ, २०४७ सालको संविधानमा धर्म निरपेक्षता र
संघीयताको प्रावधान छैन । त्यही संविधानको खिलाफमा जनयुद्ध भएको थियो र
हजारौंले बलीदानी दिएका थिए । पुरानो संविधान खारेज गरी नयाँ संविधान
बनाउनकै लागि संविधानसभाको निर्वाचन गरिनुपर्ने अवधारणाले मुलुकमा मान्यता
पाएको थियो । संविधानसभाको दायित्व र यसको अन्तर्य भनेको नयाँ अग्रगामी
संविधान बनाउने हो, पुरानै संविधानको पुनस्थाना गर्ने हैन ।
निर्वाचनमा आफ्नो हात माथि पर्ने वित्तिकै एमाले नेता माधवले संविधानसभा
निर्वाचन हुनुको मुख्य मर्म र भावनाविपरीत २०४७ सालको संविधान व्युताउँने
उद्घोष गरेपछि एमालेको प्रतीगामी सोच प्रकट भएको हो । यसबाट काँग्रेस,एमाले
र कमल थापाहरुको पार्टी मिलेर मुलुकमा राजतन्त्र फर्काउने षड्यन्त्र
भइरहेको पुष्टी हुन्छ ।
एमालेले चुनावमा जितको दम्भमा आफ्नै घोषणपत्र विपरित बयान दिन थालेपछि
जनतामाझ एमालेको असली नियत पर्दाफास भएको छ । एमालेले संविधानसभा
निर्वाचनमा जनता समक्ष राखेको घोषणापत्रमा संघीयता, धर्म निरपेक्षता र
गणतन्त्रलगायतका एजेन्डालाई प्रमुखताका साथ अघि सारेको छ । चुनाव जित्न
नपाउँदै एमालेले घोषणपत्रकै मर्मलाई लत्याएर पुरानै संविधानको दुहाइ दिन
थालेको छ ।
No comments:
Post a Comment