झलनाथ खनाल, केपी ओली र माधव कुमार नेपाल यसरि चुनाव हार्दैछ
दमक, मंसिर ३ : नेकपा एमालेभित्रको आन्तरिक किचलो र गुटबन्दी यस पटकको संविधानसभा निर्वाचनमा पनि सतहमा देखिएको छ ।
आगामी निर्वाचनपछिको सरकार प्रमुख वा राष्ट्रप्रमुख को हो भन्ने निक्र्यौल गर्न नसकेको एमालेभित्र आगामी नेतृत्वको विषयमा चुनावमै अन्तरघात भएको रहस्योद्घाटन भएको छ ।
एमालेको आसन्न महाधिवेशन र ठूलो पार्टी भए सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुको चुनावी परिणाम जोडिएकोले एकअर्का विरुद्ध अन्तरघात गर्न नेताहरु लागिपरेका छन् । संविधानसभा निर्वाचनको समानुपातिक उम्मेदवार चयनमा झलनाथ खनाल र माधब नेपालले मनोमानी गरेको सार्वजनिक आरोप लगाएका एमाले नेता केपी ओलीले अध्यक्ष झलनाथ खनाललाई पराजित गर्न सम्पूर्ण शक्ति परिचालन गरेको खुलेको छ ।
इलाम क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा अघिल्लो पटक विजयी हुनुभएका झलनाथ खनाल चुनाव जितेपछि पार्टीको कार्यबहाक महासचिब हुँदै अध्यक्ष र प्रधानमन्त्री बनेकोले निर्वाचनको परिणमलाई एमालेभित्र पार्टी र सरकारको आगामी नेतृत्वसँग जोडेर हेर्ने गरिएको छ । अघिल्लो संविधानसभामा पराजित भएकै कारण महासचिब माधब नेपालले राजिनामा दिनुपरेको थियो भने दोश्रो तहका नेता केपी ओलीले पनि पराजयकै कारण नेतृत्वको दावी गर्न सकेका थिएनन् ।
यसपटक संविधानसभा निर्वाचनलगत्तै पार्टीको महाधिबेशन हुने भएकोले निर्वाचनमा एकअर्कालाई हराउन एमाले नेताहरु सक्रिय भएका छन् । पार्टीको महाधिवेशनमा माधब नेपाललाई अध्यक्ष र सरकारको नेतृत्व पाए झलनाथ खनाल प्रधानमन्त्री बन्ने सहमति दुई नेताबीच भएकोले नेता केपी ओली त्यसलाई रोक्न सक्रिय भएका छन् । त्यसकै छनक उनले संविधानसभा निर्वाचन अगाडि अध्यक्षको निर्देशन विपरित युवा संघको बैठक राखेर दिईसकेका छन् ।
अहिले संविधानसभा निर्वाचनको संघारमा पनि नेता ओलीले झलनाथ खनाललाई इलामबाट चुनाव हराउन कांग्रेस उम्मेदवारलाई सहयोग गरेको खुलासा भएको छ । स्रोतले दिएको जानकारी अनुसार नेता ओलीले त्यसको लागि झापा ७ का आफ्ना विश्वासपात्र रोमनाथ ओली र इन्द्र भण्डारी तथा ओली निकट रहेका एमालेका इलाम जिल्ला सचिव गणेश बराललाई परिचालित गरेका छन् । ओलीको निर्देशनमा खनाललाई इलामबाट चुनाव हराउँन ५० लाख रुपैयाँ काँग्रेस उम्मेदवार हिमालय कर्मचार्यलाई आर्थिक सहयोग गरेको एमाले स्रोतले जनाएको छ ।
एक साता अगाडि दमकमा इलाम जिल्ला सचिव बराललाई बोलाएर ओलीले आफ्ना विश्वासपात्रमार्फत् कर्मचार्यलाई विजयको शुभकामनासहित आर्थिक सहयोग गरेका हुन् ।
एमाले झापाका नेता रोमनाथ ओली र इन्द्र भण्डारीमार्फत नबिल बैंकको दमक शाखाबाट ५० लाख रुपैयाँ निकालेर ओलीले इलाम जिल्ला सचिब बराल हुँदै हिमालय कर्मचार्यलाई सहयोग गरेका हुन् । एमाले सचिब बरालकै आफन्त तथा काँग्रेस इलामका सदस्य दुर्गा बरालमार्फत् कर्मचार्यसम्म ओलीको सहयोग पुगेको छ । आपूmलाई भावी प्रधानमन्त्रीको रुपमा पेश गर्दै ओलीले आपूmपक्षीय इलाम १ का कार्यकर्तालाई खनालले चुनाव जिते अध्यक्ष र प्रधानमन्त्रीको दाबी गर्ने भन्दै काँग्रेसका उम्मेदवार कर्मचार्यलाई मत दिन निर्देशन दिएको एमालेकै एक कार्यकर्ताले बताए ।
ओलीको खनाल हराउँ अभियानकै क्रममा आइतबार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको पार्टीहरुको आन्तरिक चुनाव परिणम मूल्यांकनमा एमालेले इलाम–१ मा पराजय स्वीकार गरेको उल्लेख भएको स्रोतले जनाएको छ । ‘नयाँ पत्रिकामा प्रकाशन भएको मूल्यांकन एमालेको मूल्यांकन नभएर ओलीको मूल्यांकन हो’– नाम उल्लेख नगर्ने सर्तमा खनालपक्षीय एक कार्यकताले भने – ‘अघिल्लो चुनावमा पनि जितेर प्रधानमन्त्री भएका खनाल हार्ने कुरै छैन, बरु पार्टीभित्र पनि काँग्रेस धारको नेतृत्व गर्न ओलीलाई नै एमाओवादीको गोपाल किरातीले चुनौति दिएका छन् ।’
अघिल्लो संविधानसभा निर्वाचनमा झापा ७ बाट पराजित भएका ओलीले यस पटक पनि चुनाव जित्न सहज नदेखेपछि भावी प्रधानमन्त्री र अध्यक्ष संकटमा पर्ने देखेर खनाल हराउन अभियान थालेको बताइएको छ । त्यसो त ओलीले नेता माधब नेपाललाई पराजित गर्न काठमाडौं २ मा पनि कार्यकर्ता परिचालन गरेको बुझिएको छ ।
झापामा पनि अन्तर्घातले सखाप
झापामा ओली र इलाममा खनालबीचको भिडन्तको चपेटामा इलाम र झापा दुईवटै जिल्लामा सबै एमाले उम्मेदवारहरु पर्ने देखिन्छ । केपी ओली नजित मानिने झापा क्षेत्र नम्बर १ का रबिन कोइरालाको नेतृत्वमा खनाल पक्षीय उम्मेदवारहरु पराजित गर्न लागि परेका छन् । एमालेको केही सकारात्मक क्षेत्रका रुपमा परिचित क्षेत्र नम्बर ४ मा त्यही कारणले एमाले तेस्रो हुने खतरा पैदा भएको छ । यसैगरी क्षेत्र नम्बर ६ मा ओलीविरोधी एमालेका कार्यकर्ताहरु गर्दा यसअघिको साखसमेत गुम्ने भएको छ ।
यता, केपी ओली इलाममा झलनाथ खनाललाई हराउन लागि परेको बेला त्यसको जवाफमा खनाल पनि झापा क्षेत्र नम्बर ७ मा आफ्ना कार्यकर्ताहरुलाई केपी ओली हराउ अभियानमा सक्रिय पारेका छन् । स्रोतका अनुसार झापा क्षेत्र नम्बर ६ का खनालपक्षीय जिल्ला सदस्यहरु समेत एमाओवादी उम्मेदवार गोपाल किराँती समक्ष ‘हाम्रो भूमिका सुनिश्चित गर्नुहोस्, जसरी पनि ओलीलाई हराउनुपर्छ’ भन्दै आइपुगेका छन् । त्यसैगरी ओली र झापा क्षेत्र नम्बर ३ का कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला बीच पनि एकअर्कालाई सघाउने सहमति भएको यसअघिनै खुलासा भइसकेको छ । त्यही अनुसार दुवैले एकअर्काको क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवारलाई सघाउनुको सट्टा एकअर्कालाई सघाइरहेका छन् । जसले गर्दा झापा क्षेत्र नम्बर ७ मा कांग्रेस उम्मेदवार र क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवारलाई घाटा भएको छ ।
माधव हराउन प्रदीप सक्रिय
बुटबल महाधिवेशनमा माधवकुमार नेपालले महासचिव पदका लागि ईश्वर पोखरेललाई सहयोग गरि आफूलाई हराएको रिस प्रदीप नेपालले यसपटकको चुनावमा फेरिरहेका छन् । आफ्नो हारको प्रमुख कारण माधवनै रहेको निश्कर्षमा पुगेका नेपालले त्यसपछि सक्रिय राजनीति नगर्ने समेत घोषणा समेत गरेका थिए । तर, बदला लिने उपयुक्त मौका पाउँदा उनले आफ्नै वाचा बिर्सिए र माधव नेपाललाई हराउन अहिले केन्द्रित भएका छन् । अहिले नेकपा एमालेको प्रचार प्रसार अनुगमन समितिको अनुगमन समितिको अध्यक्ष रहेका नेपालले केही दिनअघि माधव नेपालको क्षेत्रमा व्यापक आर्थिक हिनामिना भएको अभिव्यक्ति दिएका थिए ।

' भावी सरकार र पार्टीको नेतृत्व कब्जाको होडबाजी '

No comments:
Post a Comment