' पैसा बाँड्दा-बाँड्दै इन्सेकको गाडी प्रहरी कब्जामा '
सप्तरी, मंसिर ३– अरुलाई मानवअधिकार, कानूनी राज्य र निर्वाचन अचार संहिताको पाठ पढाउने इनसेकका अध्यक्ष सुवोधराज प्याकुरेल यतिबेला आफै आचारसंहिता उल्लंघन गर्दै हिंडिरहेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार एवं सुबोधका साख्खै भाई सुमनराज प्याकुरेल निर्वाचन आचारसंहिता उल्लंघन गर्दा गर्दै समातिएपछि यसमा सुवोधको पनि संलग्नता रहेको खुलासा भएको हो । एमाले उम्मेदवार सुमन र उनका दाई सुवोधले आचारसंहिता विपरित बलेरो गाडीमा चढेर गाउँ गाउँमा पैसा बाँडदै हिडेपछि प्रहरीले ६ वटा गाडी नियन्त्रणमा लिएको छ । झोलामा पैसा बोकेर गएका दाई सुवोध भने घटनास्थलबाट भागेको सप्तरीका पत्रकार वैद्यनाथ यादवले जनाएका छन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि सुवोध पैसाको पोको बोकेर कुलेलम ठोकेका थिए । सुवोधको संस्था इन्सेकले देशव्यापी रुपमा निर्वाचन पर्यवेक्षण र आचारसंहिता उल्लंघन भए नभएबारे अनुगमन गर्न प्रतिनिधि खटाएको छ । सुवोध आफै ‘स्वतन्त्र निर्वाचन अभियान’को प्रमुख हुन । इनसेकले मतदातालाई सम्बोधन गर्दै ‘कसैको धाक धम्कीमा नपर्न, पैसाको प्रलोभनमा नफँस्न’ आग्रह गरेका जिंगल र विज्ञापन संचार माध्यममा छयाछयाप्ती छन् । ‘यो सुवोधको दोहोरो चरीत्र भयो,’, कुनैबेला सुवोधसँगै काम गरेका एक पुराना मानवअधिकारकर्मी भन्छन्, ‘आफैले पैसा बाँडदै हिडने अनी मानवअधिकार र नागरीक समाजको बर्को ओढ्ने ? यो त घोर पाखन्ड भयो ।’
सुवोध र सुवोधको नेतृत्वमा मतदातालाई प्रभावमा पार्न ६ वटा गाडी, प्रचार सामाग्री र पैसा बाँडदै हिंडेपछि फत्तेपुर ५ खोरियाबाट प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो । सप्तरीका इन्सपेक्टर विजय यादवले ति बलेरो गाडी नियन्त्रणमा लिएका थिए ।
को हुन सुबोध र सुमन ?
नेपालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसेक नामक एक संस्था छ । सुवोधराज प्याकुरेल त्यही संस्थामार्फत नेपालमा डलरको खेती गर्दै आएका छन् । एमालेको एनजीओकरणमा यीनको भूमिका छ । २०४६ सालको परिवर्तनपछि नेपालमा डलर संस्कृति भित्रयाउने सुवोधका भाई हुन, सुमन प्याकुरेल । जनकपुरमा जन्मिएका सुमन अहिले एमालेको राष्ट्रिय परिषद सदस्य हुन् । २०५६ सालको चुनावमा सप्तरी ३ र २०६४ सालको संविधानसभा चुनावमा सप्तरी १ मा उनी पराजित भएका थिए । उनी मानवअधिकार संरक्षण मंच मोरंगको सचिव पनि भइसकेका हुन् ।
सुमन विराटनगरका व्यापारी हुन् । उनी एकाएक व्यापारी बनेका भने हैनन् । सुवोधले इनसेकमार्फत कमाएको पैसा विराटनगरमा पानी फयाक्ट्री र प्लास्टीक फयाक्ट्रीमा लगानी गरिएको छ । विराटनगरका व्यापारी भए पनि उनी सप्तरीमा खडा भएका हुन् । खासगरी राजनीतिक आड र पुर्वका कर्मचारीसँग मिलेर दुइ नम्बरी धन्दा गर्दै आएका सुमनलाई केन्द्रबाट दाइ सुवोधले सहयोग गर्दै आएका छन् ।
सप्तरीका एक एमाले कार्यकर्ता भन्छन, ‘दाई सुवोध एनजीओमार्फत डलर खेती गर्छन भने भाई सुमन राजनीतिक आडमा धन कमाउने धन्दामा छन् ।’ हुन पनि एमाले नेता केपी ओली र माधव नेपाल पुर्वको कुनै पनि जिल्लामा जाँदा सुमन र सुवोधले नै नेताका लागि जहाज भाडा, गाडी, खाने र बस्ने व्यवस्था मिलाउँदै आएका छन् । केन्द्रका नेतालाई आफनो गाडीमा राखेर हिडाउँने र त्यही आडमा राजनीतिक हैकम जमाउने सुमनको शैली रहेको सप्तरीका एक पुराना राजनीतिक कार्यकर्ता बताउँछन् ।
उनका अनुसार चुनाव भनेको सुमन र सुवोधका लागि व्यापार हो । यसपाली सुमनले दुइ करोड रुपैयाँ खर्च गरेको र त्यसका नाममा पाँच करोड रुपैयाँ चन्दा उठाएको ति कार्यकर्ता बताँछन् । ‘चुनावका नाममा पैसा कमाउन पल्किएका सुमनलाई सघाउन सुवोध आएका छन । प्रहरीले गाडी जफत गरेपछि सुबोध भागेका छन’, ति कार्यकर्ता भन्छन् । यसरी इन्सेकका हर्ताहर्ताले नै आचारसंहिता उल्लंघनमा लागेपछि निर्वाचन पर्यवेक्षणमा आएका विदेशी पर्यवेक्षकसमेत छक्क परेकाछन् । उनीहरुमध्ये कतिपयले सुवोधले विदेशी सहयोगको दुरुपयोग भइरहेको टिप्प्णी गरेकाछन् ।
आचारसंहिताको धज्जी उडाउँदै
सप्तरीको निर्वाचन क्षेत्रनम्बर १ का काँग्रेस उम्मेदवार रामकुमार चौधरीले मतदातालाई वितरण गर्न लैजादैं गरेका ४० वटा चापाकल प्रहरीले बरामद गरेको छ । चौधरीले मतदातालाई प्रभावमा पार्नका लागि ४० वटा चापाकल सप्तरीको फर्सेट लगेका थिए । उता हिजो एकैदिन सप्तरी राजविराजका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट १५ करोड रुपैयाँ निकासा भएको छ । यसैबीच सप्तरी क्षेत्र नम्बर तीनवाट उम्मेदवारी दर्ता गराएका तराई मधेश सदभावना पार्टीका उम्मेदवार महेशप्रसाद यादवको नाम समेत मतदाता नामावलीमा नरहेको रहस्य सार्वजनिक भएको छ ।
No comments:
Post a Comment