संबिधानसभाका लागि देशभर चुनाव सकियो । मेरो आफ्नै थानसिं गाविसमा मैले मतदान गरें । मतदानको वातावरण शान्तिपुर्ण थियो र सबैमा एकै किसिमको सन्तोष थियो ।
भोलिपल्ट म मतगणना गर्ने ठाउँ जिल्ला सदमुकाम बिदुरमा जाने तयारी गर्दै थिए । त्यसैबेला एकजना शुभचिन्तक मित्र (राप्रपा बाहेकका अर्को पार्टीका) ले मसँग जरुरी र गोप्य कुरा भन्ने इच्छा व्यक्त गरे । हामी दुई मात्र भएपछि उनले भने,‘डाक्टर साव,तपाई धेरै सोझो हुनुहुन्छ । मतगणनामा जानुअघि यो टेप सुन्नुहोस्, अनि आप्mनो निर्णय गर्नुहोस्’यति भन्दै उनी हिँडे ।
अडियो टेप सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । उक्त टेपमा लिखु गाविसमा गएका मतदान अधिकृत केशव तिमिल्सिनाले लिखुलगायत थुप्रै गाविसमा कसरी ल्याप्चे लगाइ मत बदर गर्नुकासाथै अन्य मत कसरी अन्य प्रतिष्पर्धीको पार्टीमा पारियो भन्दै बडो हाँसोका साथ व्याख्या गरिरहेका थिए । यो १३ मिनेट लामो टेप ‘युट्यव’ लगायत मेरो फेसबुकमा सुन्न सकिन्छ । यो टेप सुनेपछि मैले एकछिन टाउको चिसो भएको अनुभुती गरेँ । नेपाल सरकारका पदाधिकारीले मलाई हराउन एउटा पार्टी बिशेषलाई जिताउन कतिसम्म गरेका रहेछन् भन्ने स्पष्ट भयो । मैले यो टेप तुरुन्त एमालेका केशव पाण्डेलाई पनि सुनाएँ । उनी पनि छक्क परे । हामी दुबैले क्षेत्र नं १ का निर्वाचन अधिकारीलाई भेट्यौं र निर्वाचनमा स्पष्ट धाँधली भएकाले मतगणना रोक्न अनुरोध गर्यौं । गम्भिर भएर टेप सुनेपछि उनले हाम्रो निवेदन पढेँ र भने,‘मतपेटिका आइसकेपछि मैले मतगणना केन्द्रबाट रोक नभनुन्जेल गन्नै पर्छ । यद्यपी यो टेपमा सुनेका कुरा गम्भिर छ । म तपाईहरुको कुरा केन्द्रमा प्mयाक्स गरेर पठाइदिन्छु र उहाँको निर्देशअनुसार गर्छु । तपाईहरुले केन्द्रमै सम्पर्क गर्नु भएपनि हुन्छ ।’
मलाई पनि कुरा ठिकै लाग्यो । मैले यसवारे कुरा गर्न प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई धेरै पटक फोन गरेँ । निलकण्ठजी जस्तो महत्वपुर्ण व्यक्तिले म जस्तो सामान्य उम्मेदवारसँग कुरा गर्ने समय नपाउनु स्वाभाबिक नै थियो । केही नलागेर मैले आप्mना सबै कुरा मोवाइलबाट सन्देशका रुपमा पठाएँ । तर कुनै प्रतिउत्तर आएन र राती १ बजे मतगणना सुरु गरियो । धाँधलीपुर्ण चुनाव र यसवारे जानकारी हुँदाहुँदै पनि निर्वाचन आयोगबाट देखाइएको रहस्यमय मौनताको परिवेशमा मैले मतगणनामा भाग लिनुको औचित्य देखिँन र मतगणना बहिस्कार गरेँ । त्यसपछि एमाले र एमाओवादीका उम्मेदवारले पनि मतगणतना बहिस्कार गर्नुभएछ ।
त्यो टेप कति सत्य हो ? प्रश्न उठ्न सक्छ । तर यसवारे मेरो भनाइ के छ भने टेपको जाँच गरी बैज्ञानिक तरिकाले सम्बन्धित मतदान अधिकृतको आवाज हो या होइन भन्ने यकिन गरियोस् । यो मेरो निर्वाचन आयोग र सरकारलाई चुनौती हो । तर मलाई के थाहा छ भने वर्तमान निर्वाचन आयोगको नेतृत्व र नेपाल सरकारसँग यो टेपबारे अनुसन्धान गर्ने नैतिक हिम्मत छैन । निर्देसित पुतली जस्तै यी संस्थाहरु कसको स्वार्थमा काम गर्दैछन भन्ने प्रश्न अब उठ्न थालेको छ । बास्तवमा धाँधली गर्ने अधिकारीले पदोन्नती पाए भने कुनै आश्चर्य हुने छैन ।
मतगणना बहिस्कार गरेपछि मलाई धेरै मत आउने मुख्य गाविसका साथीहरुलाई मैले बोलाए र मतदान पछि के गरियो भन्ने प्रश्न सोधेँ । मैले प्रत्यक्ष चुनावमा धेरै पटक भाग लिइसकेको छु र यसवारे मसँग धेरथोर अनुभव पनि छ । पञ्चायत कालदेखि बहुदलिय व्यवस्थासम्म मैले केन्द्रिय व्यवस्थापिकाको चुनाव कम्तीमा सात पटक व्यहोरेको छु र जितेको छु । र यसअघिका चुनावमा प्रत्येक बुथमा बेलुकी ५ बजे मतदान सकिएपछि प्रत्येक उपस्थित दलले आ–आप्mनो किसिमको लाहा छाप प्रत्येक मतपेटिका बाकसमा लगाउने गरिन्थ्यो । त्यसपछि मतपेटिकासँगै पार्टीका प्रतिनीधिहरु सदरमुकामसम्म प्रहरीसँगै जान्थे । सदमुकाम पुगेपछि मतपेटीका राख्ने कोठाको भ्mयाल र ढोकाहरु बन्दगरी प्रत्येक भ्mयाल ढोकामा लाहा छाप,सिल लगाइन्थ्यो । त्यसपछि मत राखेको कोठा बाहिर पार्टीका प्रतिनीधिहरु नेपाल सरकारका सुरक्षाकर्मीसँगै पहरा बस्थे । यो प्रक्रियाको उदेद्दय राज्य शक्तिको दुरुपयोग गरेर मतपेटिका फेर्ने जित्नेलाई हराउने र हराउनेलाई जित्ने गराउन नसकियोस भन्ने थियो ।
यसपटक यो सबै प्रक्रियाको ठाडो उल्लंघन भएको रहेछ । थुप्रै गाविसहरुमा प्रहरीले नभइ सेनाले मत पेटिकाको जिम्मा लियो । जिम्मा लिनु अगाडि बिभिन्न दलका प्रतिनिधीहरुले आ–आप्mनो दलको लाहाछाप मतपेटिकामा लगाउन खोज्दा त्यो काम गर्न दिइएन । मतपेटिकासँगै हामीले सदरमुकाम जान पाउनु पर्छ भन्दा ‘धेरै कुरा नगर,नभए सवैलाई सुताइदिन्छु ’भन्ने धम्कीपुर्ण अभिव्यक्तिका कारण कुनै प्रतनिधीले मतपेटिकासँगै जान पाएनन् । अझ अचम्मको कुरा के छ भने म राजनीतिमा लागेदेखि नै मलाई सबैभन्दा बढी मत आउने गरेको मदानपुर गाविसको मतपेटिका बाटामा पर्ने सेनाको गणमा डेढ घण्टा राखियो । त्यहाँ किन राखियो या के गरियो भन्नेबारेमा कुनै पार्टी प्रतिनिधीलाई जानकारी दिइएन । वास्तवमा बाकस सेनाले लिएपछि पार्टीका प्रतिनिधीहरुको कामै बन्द भयो । निश्चित रुपमा हामीले धेरै कुरामा राज्यलाई विश्वास गर्नुपर्छ तर जनताको मतको संरक्षण गर्ने अधिकार खोस्न खोज्नु दुर्भाग्यपुर्ण हो ।
नेपाली सेना हाम्रो राष्ट्र र नेपाली जनताको स्वाभिमान र आत्मविश्वासको रक्षा गर्ने भरपर्दो संस्था भन्ने हाम्रो मनमा छ । मेरो मनमा पनि त्यही विश्वास हो । तर यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधीहरुले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सवै मतपेटिका मतदान केन्द्रसम्म पुर्याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनतावाट खोस्नुपर्ने कारण के थियो ? मदानपुरका मेरा साथीहरु आँखामा आँसु राखेर भन्छन्,‘हामीले मत खसालेका छौं तर मत गन्दा हाम्रो मत कहाँ हरायो । बर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भुमिकाबारे अब स्पष्ट रुपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नु पर्ने स्थिती सृजना भएको छ ।
नुवाकोटमा यो चुनावको घोषित नतिजाबारे मलाई कुनै चिन्ता छैन । अनैतिक जितको तेज धेरै रहँदैन । यसविषयमा एमाओवादीका अध्यक्ष प्रचण्डले उठाएका विभिन्न प्रश्नहरु हारेको पार्टीको मनस्थिती भनेर पन्छाउन मिल्दैन । साथै हाम्रो बढी सिट छ भनी एमाओवादीलाई न्यूनिकरण गर्न खोजे त्यो पनि देशका लागि दुर्भाग्यपुर्ण हुने मात्र नभई संविधानसमेत निर्माण हुने छैन । तर यो नतिजो निर्माणमा सरकारी संयन्त्रको स्पष्ट भुमिका र सेनाको व्यवहारले थुप्रै गम्भिर प्रश्नहरु उठेका छन् ।
नुवाकोटमा मैले आफै अनुभव गरेको यथार्थले के देखाउँछ भने छानिएका ठाउँहरुमा जनताको मतमा ‘लाजै’ नमानी खेलबाडको संम्भावना स्पष्ट रुपमा अब नकार्न नसकिने भएको छ । निलकण्ठ उप्रेतीले नेतृत्व गरेको निर्वाचन आयोग र खिलराज रेग्मी सरकार यो काम कस्को स्वार्थका लागि गर्न तम्सिएका हुन्,प्रश्न संगिनरुपमा सबैका सामु रहेको छ । तर एउटा कुरा स्पष्ट छ, यि सवै हर्कतहरु नेपाली जनताका लागि र नेपाली राष्ट्रियताको संवद्र्धन र प्रबद्र्धनको लागि लक्ष्यबाट प्रेरित भएका छैनन् ।
( नुवाकोटको क्षेत्र नं. १ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनीको आइतबारको कान्तिपुरमा छापिएको लेखबाट साभार)

No comments:
Post a Comment