लगातार चौथो दिन लिम्बुवान राज्य बन्द, जनजीवन कष्टकर
भद्रपुर
– नागरिकता वितरण तथा मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्नेलगायत पाँच
सूत्रीय माग राखी मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्ले लगातार
चौंथो दिन पनि हडताल जारी राखेपछि पूर्वी क्षेत्रका जनजीवन थप कष्टकर बन्दै
गएको छ। पूर्वका एकहजारभन्दा बढी सार्वजनिक सवारीहरु ठप्प भएका छन, त्यसमा
कार्यरत हजारौं मजदुरहरु काम नपाएर विच्चलीमा परेका छन्। मालवाहक ट्रक र
ट्र्याक्टरमा कार्यरत मजदुर पनि काम नपाएपछि बेरोजगार भइ बसेका छन्।
सार्वजनिक
यातायात र मालवाहक ट्रक नचलेपछि यसको प्रत्यक्ष प्रभाव पूर्वी पहाडी
जिल्लाका बजारहरुमा देखिन थालिएको छ। ताप्लेजुङलगायतका जिल्लाहरुमा दैनिक
उपभोग्यका सामानको अभाव हुन थालेको छ। यसका साथै राजस्व सङ्कलन पनि
प्रभावित भएका छन्। नेपालको पूर्वी नाका काँकडभिट्टाको विगत चार दिनमा करिब
रु दुई करोडको राजस्व सङ्कलनमा कमी आएको उक्त कार्यालयले जनाएको छ।
सार्वजनिक
यातायातका साधनहरु नचलेपछि सदरमुकामका सरकारी कार्यालयहरु सुनसान बनेका
छन्। सेवाग्राही आउने गरेको अवस्थामा बजारका चिया, खाजा, जुस, होटेललगायतका
पसलहरुमा देखिने गरिएका चहलपहल विगत चारदिनदेखि देखिन छाडेकाले स–साना
पसलेहरुलाई पनि जीविकोपार्जनमा समस्या उत्पन्न भएको छ।
बन्दको
प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ। विगत तीन दिनदेखि शिक्षण संस्थाका
पढाइ ठप्प रहेका छन्। आम हडतालका कारण अरुण–सप्तकोसी पूर्वका नौं जिल्लामा
मेची अञ्चलअन्तर्गतका झापा, इलाम, पाँचथर र ताप्लेजुङका साथै कोसी अञ्चलका
धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा हडतालको अत्यधिक प्रभाव परेको छ
भने मोरङ र सुनसरीमा बन्दको सामान्य असर परेको छ।
यस सम्बन्धमा
सङ्घीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले पाँच सूत्रीय माग
पूरा नभएसम्म हडताल जारी रहने बताए। सङ्घीय लिम्बूवान राज्य परिषद्सँग
वार्ता गरी अविलम्ब समस्या समाधानका लागि पहल गर्न यहाँका नागरिकले
सरकारसँग आग्रह गरेका छन्।
इलाम, वैशाख २३–सङ्घीय लिम्बुवान राज्य परिषद्ले गरेको बन्द तेस्रो दिनपनि जारी रहँदा पुर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ ।
शनिबारदेखिको
बन्दका कारण पुर्वि नेपालका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा,
सङ्खुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी
जिल्लामा पनि असर परेको छ । तीन दिनसम्म लगातार बन्दको मार खेपेका
सर्वसाधारणले बन्द खुलाउन सम्बन्धित निकायले कुनै पहल नगरेको भन्दै आक्रोस
पोखेका छन् । बन्दले सार्वजनिक यातायातका मजदुर, दैनिक रोजगारी गर्ने
मजदुरहरु मारमा परेका छन् ।
नागरिकता
वितरण र मतदाता सङ्कलन कार्यमा अवरोध पुराउने क्रममा पक्राउ परेका आफ्ना
कार्यकर्ता रिहाइको माग गदै लिम्बुवान राज्य परिषदले बन्द आह्वान गरेका हुन
।
मञ्चसम्बद्ध लिम्बुवान राज्य
परिषद्को बन्द कार्यक्रम हिंसात्मक हुदै गएको प्रहरीले जनाएको छ ।
बन्दकर्ताहरु तोडफोड र सवारीसाधन आगजनीमा ओर्लिएपछि आइतबारमात्र दुई
दर्जनभन्दा धेरैलाई पक्राउ गरेको प्रहरीले जनायो । बन्दका कारण आइतबार पनि
पूर्वका नौ जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको थियो । मेची तथा कोशी
राजमार्गमा यातायातका साधन चलेका थिएनन् । धरानबाट पहाडी जिल्ला धनकुटा,
भोजपुर, संखुवासभा जाने बस तथा ट्याक्सी चल्न सकेनन् ।
बन्द
अवज्ञा गरेको भन्दै आइतबार इटहरीमा चारवटा सवारीसाधन तोडफोड गरिएको छ ।
मोटरसाइकलमा छापामार शैलीमा आएका परिषद्का कार्यकर्ताले दुईवटा जीप, एउटा
रात्रिबस र एउटा माइक्रोबसको शीशा पूर्णरुपमा फुटाएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट विराटनगरका लागि आएको ना. ३ ख ६८३६ नम्बरको रात्रिबस,
विराटनगरतर्फ जाँदै गरेको को. १ ज १९३१ नम्बरको माइक्रो बस र सामान बोक्ने
को. १ च ६५०५ म्याजिक भेन र को. १ च ४२७१ नम्बरको जीपमा तोडफोड भएको
प्रहरीले जनाएको छ । सवारीसाधन तोडफोडपछि इटहरीमा तनाव भएको थियो ।
सार्वजनिक तथा निजी स्वामित्वका सवारीसाधनमाथि तोडफोड भएपछि जनपथ र सशस्त्र
प्रहरी टोली इटहरीको चारैतिर परिचालन गरिएको थियो ।
दमक
सामाचारदाताका अनुसार परिषद्का अध्यक्ष कुमार लिङदेनले इटहरीबाट प्रहरीले
१५ जना कार्यकर्ता पक्राउ गरेको जानकारी दिएका छन् । आइतबार आफ्नो फेसबुक
स्टाटसमा अध्यक्ष लिङदेनले शिवकुमार राई, रितेश सापकोटा, सुबास राई, साजन
लिम्बू, दीपेश लामा, इन्द्र राई, धर्म परिवार, प्रेम राई, जीवन राई लगायतका
कार्यकर्ता पक्राउ परेको जनाएका छन् ।
यस्तै
झापाको लखनपुरबाट दुईजना, धरमपुरबाट तीनजना, चारआलीबाट २ जना पक्राउ परेका
छन् । बन्द उल्लंघन गरेको भन्दै झापाको धाइजन चारआली सडकखण्डअन्तर्गत
दुहागढी–५ मा मे. ४ प २०४२ नम्बरको मोटरसाइकलमा आगजनी र मे. १ प ६७०४
नम्बरको मोटरसाइकलमा तोडफोड भएको छ । बन्दकर्ताहरुले धरमपुर चौकमा
बिर्तामोडबाट दमकतर्फ आउादै गरेको मे. ३ प ९२५० नम्बरको मोटरसाईकल रोकेर
आगो लगाएका हुन् । मोटरसाइकल चालक दमकका सन्दीप साहेवालले मोटरसाईकल रोक्न
लगाई बन्दकर्ताले आगजनी गरेको बताए । काठमाडौंबाट इलाम गइरहेको ना. ३ ख
२५६९ र ना ४ ख ७७२९ नम्बरको रात्रि बस आइतबार बिहान झापाको शनिश्चरे र
शान्तिनगर–६ मा बन्दकर्ताले तोडफोड गरेका थिए । तोडफोडमा संलग्न शनिश्चरे–१
का मोहन माबो र सन्तोष लिम्बूलाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी
कार्यालयले जनाएको छ ।
हातमा
लाठी लिएका पूर्वका बन्दकर्ताले शिक्षण संस्था, यातायात, बजार सगासागै
मोटरसाइकल चलाउन पनि अवरोध गरेका छन् । आपत्कालीन कामका लागि मोटरसाइलमा
हिाडेका सर्वसाधारणलाई सडकमा रोकेर लखेट्ने गरेका छन् । बन्दकर्ताको
अवरोधका कारण राजमार्गमा मोटरसाइकल न्यून मात्रामा चलेका छन् ।
यसैबीच
एम्बुलेन्स चालकमाथि कुटपिट गर्ने लिम्बुवान कार्यकर्तालाई २४ घण्टाभित्र
पीडितसमक्ष उपस्थित गराएर आत्मालोचनासहित माफी मगाउने र लिम्बुवान संगठनले
विभागीय कारवाही गर्ने सहमतिपछि आइतबार बिहानबाट हड्तालमा ओर्लिएका झापाका
एम्बुलेन्स चालकले एम्बुलेन्स सेवा सुचारु गरेका छन् । धरानबाट बिरामी लिएर
जाादै गरेको वीरता जेसीजद्वारा सञ्चालित मे. १ च ३९५ नम्बरको एम्बुलेन्स
तोपगाछीमा शनिबार दिउासो बन्दकर्ताले रोकेर चावी खोस्नुका साथै चालक
नेत्रबहादुर सार्कीलाई कुटपिट गरेपछि चालक संघ आन्दोलनमा ओर्लिएको थियो ।
बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा आइतबार लिम्बुवान, वीरता जेसीज,
पीडित चालक र चालक संघका प्रतिनिधिबीच भएको छलफलमा त्यस्तो सहमति भएको हो ।
यस्तै
इलामको जिरोपोइन्टमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बजार बन्द
गराउादै हिंडेका भीम एक्तेन, चन्द्र राई र पहलमान लिम्बूलाई अपराह्न ३ बजे
पक्राउ परेका हुन् ।
यसैबीच,
संखुवासभाको खाँदबारी–१ मा परिषद्का कार्यकताले ट्रयाक्टरमा आगजानी गरेको
भन्दै सोको विरोधमा यातायात व्यवसायीले खाँदबारी–१ मा रहेको परिषद्को
कार्यालय तोडफोड गरी तालाबन्दी गरेका छन् ।
परिषद्का
कार्यकर्ताले को. २ त ७९ नम्बरको ट्रयाक्टरमा आगजानी गरेपछि आक्रोशित
यातायात व्यवसायीले परिषद्को कार्यालय तोडफोड परेर तालाबन्दी गरेको
व्यवसायी उमंग लामाले बताए । तुम्लिङटारबाट सामान लिएर खाँदबारी आउँदै
गरेको ट्रयाक्टरमा आइतबार लिम्बुवानका कार्यकर्ताले आगजनी गरेका थिए ।
फोटोसहितको
मतदाता नामावली सङ्कलनमा अवरोध गर्न गएको परिषद्का सातजना कार्यकर्तालाई
गत शुक्रबार धनकुटाको ६ नम्बर बुधबारेबाट प्रहरीले पक्राउ गरेपछि परिषद्ले
शनिबारबाट अरुणपूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो । आÏना कार्यकर्ता
पक्राउ गरेको विरुद्ध आन्दोलन गर्नुपरेको मञ्चका अध्यक्ष कुमार लिङदेनले
बताएका छन् । उनले पक्राउ परेका कार्यकर्ताको नि:शर्त रिहाइ र मातदाता
सङ्कलनको काम नरोकेसम्म बन्द फिर्ता नहुने बताए । प्रहरीले पक्राउ परेका
कार्यकर्तालाई छाडे पनि उनीहरु थुनामुक्त हुन चाहेका छैनन् ।
लिम्बुवानद्वारा लाठी बोकेर प्रहरी कार्यालय घेराउ
सुनसरी,
बैशाख, २३ । बन्दका क्रममा पक्राउ परेका आफ्ना १५ कार्यकर्तालाई तत्काल
छाड्नुपर्ने माग गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका
कार्यकर्ताले सोमबार इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका छन् । बजार,
विद्यालय र सवारी साधन बन्द गराउँदै हिँडेका परिषदका १५ कार्यकर्तालाई
इटरही प्रहरीले आइतबार साँझ र सोमबार बिहान पक्राउ गरेको थियो ।
पक्राउ
परेका कार्यकर्ता छुटाउनका लागि दबाव दिन धरानबाट समेत परिषदका
कार्यकर्ताहरु बाँसका लाठी बोकेर इटहरी प्रहरी थाना अगाडि जम्मा भएका हुन् ।
कार्यकर्ताहरुको दबावपछि प्रहरीले पूर्वडीएसपी दुर्गा चौधरी र कार्यकर्ता
तारकलाल चौधरी लगायत आधा दर्जनलाई रिहा गरेको छ । बाँकी कार्यकर्ता भने
तोडफोडमा संलग्न रहेकाले छोड्न नमिल्ने प्रहरीले बताएपछि परिषदका
कार्यकर्ताहरुले उनीहरुलाई पनि विना शर्त रिहाइ गर्नुपर्ने भन्दै प्रहरी
कार्यालय अगाडि नाराबाजी गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले
सवारीसाधन तोडफोड गर्नेहरुलाई मुद्धा नचलाई त्यसै छाड्नै नसक्ने बताएको छ ।
रिहाइ गर्ने बिषयमा लिम्बुवानका नेताले प्रहरीसंग वार्ता गरे पनि प्रहरीले
छाड्न नसक्ने जनाएपछि वार्ता विनानिश्कर्ष टुंगिएको छ ।
तीन
दिनदेखि लिम्बुवानको बन्दको मार खेप्दै आएको इटहरी बजार सोमबार बिहान
केहीबेर खुले पनि दिउँसो ठप्प भएको छ । आइतबार शैक्षिक संस्था र बैंकहरु
खुलेपनि सोमबार ती पनि ठप्पै छन् । धनकुटा र पाँचथरको सीमावर्ती ६ नं
बुधबारेमा मतदाता नामावली संकलनमा अवरोध गरेको एवं ल्यापटप फुटाएको अरोपमा
कार्यकर्ता पक्राउ परेपछि कुमार लिङ्देन नेतृत्वको परिषद्ले शनिबारदेखि
अनिश्चितकालीन लिम्बुवान बन्दको घोषणा गर्दै आएको छ । बन्दको प्रभाव अरुण
नदी पूर्वका ९ जिल्लामा परेको छ ।
लिम्बुवानद्वारा बन्द जारी, जनजीवन कष्टकर
लिम्बुवान,
वैशाख २३ – मोर्चासम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पूर्वी
क्षेत्रमा गरेको आमहडताल तेस्रो दिनसम्म जारी राखेकोछन् ।
नागरिकता
वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत
शनिबारदेखि गरेको बन्दका कारण अरुण–सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर,
ताप्लेजुङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, मोरङ र सुनसरी जिल्ला बढी
प्रभावित भएका छन् ।

हडतालका
कारण सार्वजनिक यातायातका मजदुर, दैनिक रोजगारी गर्ने मजदुरहरु मारमा
परेका छन् भने लामो तथा छोटो दूरीमा आवागमन गर्ने यात्रुहरु बिचल्लीमा
परेका छन् भने बन्दको मारमा शिक्षण क्षेत्र पनि परेको छ । सर्वसाधारणलाई
परेको पीडा प्रति आफू अत्यन्तै संवेदनशील भएको कुरा अध्यक्ष लिङदेनले
जनाएका छन् यद्यपी सरकारको पक्षबाट कुनैपनि पहल नगर्नुमा खेद ब्यक्त गरेका
छन् । सरकारले आफ्नो मागको तत्कालै सुनवाई गरोस र पक्राउ परेका कार्यकर्ता
विनाशर्त रिहा गरोस भन्ने माग गरेका छन् । लिम्बुवान क्षेत्रलाई सामान्य
बनाउन आफू लागिपरे पनि सरकार त्यसतर्फ अघि नबढेको उनको आरोप छ ।
लिम्बुवानको आन्दोलनलाई देशविदेशबाट समर्थन बढ्दैपनि गएको छ । लिम्बुवानका संघसस्थाहरुले विज्ञप्ति झिक्दै समर्थन रहेको जनाएका छन् ।
यसैबीच,
बन्दकर्ताले आइतबार झापाका विभिन्न ठाउँमा दुईवटा मोटरसाइकलमा आगजनी
गर्नुका साथै यात्रुवाहक गाडीहरुमाथि ढुङ्गा प्रहार गरी सिसा फुटाएको
जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो घटनाको अभियोगमा प्रहरीले ११
जनालाई पक्राउ गरेको छ ।
पक्राउ:
- बिर्तामोडबाट: राजु लिम्बु, यलम्बर लिम्बु र सन्तोष मल्लकार
-
इटहरीबाट पक्राउ: थप नामावली -शिब कुमार राइ, प्रेम गुरुङ, रितेश सापकोटा,
सुबास राइ, साजन लिम्बु, दिपेश लामा, इन्द्र राइ, धर्म परिवार, प्रेम राइ,
जिबन राइ
- धरमपुरबाट: भिम सुनुवार,
- पाडाजुगीबाट: सचिब सरोज सुब्बा र
- दुघेबाट: एल भी कमल बिश्वकर्मा
-
इटहरीबाट: मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसदका रास्ट्रीय पार्सद भू
पु डी एस पि दुर्गा चौधरी थारु, जि स टार्जन सुब्बा, जि स नानु सुब्बा, एल
भी सुनसरी इन्चार्ज अदत – लिम्बु, एल भी कमान्डर नाम्सेमी लिम्बु, एल भी
प्रेम लिम्बु
- हडिया बुधबारेबाट: मोहन माबो ,सन्तोस लिम्बु
- छ न बुधबारेबाट:विद्यार्थीका केन्द्रीय अदक्ष्य जेन्टल लावती र लेटांगका एल भी धन कुमार लिम्बु

No comments:
Post a Comment