Tuesday, August 6, 2013

बोधगयामा भएको शृंखलाबद्ध आतंकबादी बिस्फोट पछि सिक्नुपर्ने पाठ

यो पटक पनि त्यहिं भएको छ, जुन हरेक पटक हुँदै आएको छ । जब कुनै आतंकबादी हमला हुन्छ, तब पुरै ब्यवस्था 'एक्सन रिप्ले'को अवस्थामा आउँछ ।

बोधगयामा भएको शृंखलाबद्ध आतंकबादी बिस्फोट पछि सरकारी निकायले यसबारे पहिल्यै चेतावनी दिईसकेको प्रतिकृया दिएको थियो । आन्तारिक सुरक्षा जस्तो संबेदनसील काममा लागेको एजेन्सीहरूको काम मौसम पूर्बनुमान भनेर चुप लागेर बस्नु होईन । 

यसो भएकैले होला, राष्ट्रीय अनुसन्धान निकाय र राष्ट्रीय सुरक्षागार्डको समुह घटना भएको १२ घन्टापछि मात्र घट्नास्थलमा पुगेको । यसबिचमा राजनीतिक दल भने पुरै सकृय भईसकेका थिए । एकतर्फ आरोपप्रत्यारोप सूरू भइसकेको थियो भने अर्को तिर केहि नेताहरू आतंकबादी हमलालाई नयाँ कोण दिन थालिसकेका थिए । यती लामो समयमा हमलाकारीले आफ्नो बचाउका लागि राम्रो ब्यवस्था गरिसकेको हुन सक्छ ।
आतंकबादीहरूको अर्को निसान बोधगया हुन सक्छ भन्ने जानकारी जासुसी निकायलाई पहिले नै थाहा थियो । पाकिस्तानमा आधारित आतकबादीले म्यान्मारको रोहिनगामा मुसलमानमाथि भएको हिंसामा भारत दोषी रहेको बताएका थिए । यो सामान्य ज्ञानबाट पनि हामी बौद्ध सम्पदामाथि हमला हुन सक्ने आँकलन गर्न सक्छौ, तर वास्तविकता के हो भने उनिहरूले म्यान्मारमा भएको घट्नाको फाईदा उठाएर भारतलाई निसाना बनाउने राणानीति तयार गरेका थिए । यो जानकारी हाम्रो जासुसी निकाय र अन्य निकायलाई समेत थियो ।
उनिहरूले यो सुचना राज्य सरकारलाई समेत दिईसकेक थिए । तर, के यती मात्र पर्याप्त छ त ? यि एजेन्सी र गृह मन्त्रालयले यो घट्नालगत्तै जुन प्रतिकृया दिएका छन्, त्यसबाट उनिहरूले सो बिस्फोटमा आफ्नो कुनै गल्ती नभएको बताउन चाहिरहेका थिए भन्ने लाग्छ । यदी यो कुरा साँचो हो भने उनिहरूको भूमिका चेतावनी दिनेमा मात्र सिमित हो त ? के मानिसहरूको सुरक्षा सुनिस्चित गर्ने र उनिहरूका लागी राज्य सरकारसंग संवाद गर्ने काम महत्वपूर्ण छैन त ? राष्ट्रीय अनुसन्धान निकाय र राष्ट्रीय सुरक्षा गार्ड निकै ढिलो पुग्नुले त्यहिँ गल्तिलाई जनाउँछ । जुन मुम्बईको जस्तो थिएन । तर, हामिलाई थाहा छ बम बिस्पोट पछि घट्नास्थलमा पुग्न गरिएको ढिलाईले धेरै प्रमाण मेटिएको हुन सक्छ । उनिहरूलाई त्यहाँ पुग्न यती धेरै समय लाग्नुपर्ने थिएन । लाग्छ, सरकारी संयन्त्र आतंकबादीको सामना गर्ने होईन, ड्युटी निभाउने मानसिकता लिएर काम गरिरहेको छ ।
संसारमा धेरै त्यस्ता देश छन्, जहाँ भएका एकदुई आतंकवादी हमला पछि सुरक्षा ब्यवस्था निकै चुस्त पारिएको हुन्छ । तर, भारतले भने धेरै घट्नावाट केही सिकेन र त सुरक्षा ब्यवस्था झन्-झन् कमजोर हुँदै गएकोछ । त्यो भन्दा पनि ठुलो समस्या के हो भने यो घट्ना भएको केहि समय पछि नै यस्को राजनीतिक लाभ लिन सक्रीय भएका थिए । अनुसन्धान निकायहरू कुनै नतिजामा पुग्नु अगावै उनिहरूको बयानबाजी र आरोपप्रत्यारोप सुरू भयो । हामी अमेरिकामा भएको ११ सेप्टेम्बरबाट किन सिक्दैनौं ? सो घट्नापछि त्यहाँका राजनीतिक दलहरू एकजुट भएका थिए । तर, भारतको राजनीतिक प्रतिबद्धता बलियो नभएकै कारणले पनि यस्तो भईरहेको छ ।

No comments:

Post a Comment