Tuesday, August 6, 2013

प्रचण्डको प्रतिवेदनमा कुन समूहले के मत राखे ?

DSCF3621

किराँती जातीवादी, १०१ केन्द्रिय समिति, आर्थिक अनियमितता छानविन, एकताकेन्द्रसँग एकताको जवाफ

मकवानपुर, माघ २ – एमाओवादीको बन्दसत्रमा अहिले विभिन्न छलफल समूहका प्रतिनिधिहरुले पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत दस्तावेजमाथि आफ्नो मत राख्ने क्रम जारी रहेको छ । पहिलो सत्रमा जम्मा १४ समूहका प्रतिनिधिहरुले समूहका तर्फबाट आफ्नो मत प्रस्तुत गरेका छन् । धेरैले प्रचण्डको प्रतिवेदनमा सहमति जनाउँदै केही विषयहरुमा सुझाव दिएका छन्

१) समूह १ : नेतृत्व केन्द्रिकरणको माग

समूह १ बाट प्रतिनिधित्व गर्दै रेणु दाहालले दस्तावेज माथि मत राखेकी थिइन् । उनले उनले दस्तावेजमा जनयुद्धका कतिपय कुरा छुटेकामा दस्तावेजमा त्यो कुरा समावेस गर्न सुझाव गरेकी थिइन् । उनले नेतृत्व केन्द्रिकरण गर्नुपर्नेमा पनि जोड दिएकी थिइन् । त्यस्तै उनले पालुङटार, धोवीघाट र विप्पाको बारेमा पनि छलफल र समिक्षा हुनुपर्ने बताइन् । त्यस्तै, दस्तावेजमा प्रचण्डले प्रस्तुत गरेको जनमत संग्रहबाट सीमा विवाद समाधान गर्न नसकिने समूहको ठम्याइरहेको बताइन् । यसैगरी, उनले गोपाल किराँतीद्वारा प्रस्तुत भिन्न मत ठीक नरहेको बताइन् ।

२) समूह २ : १०१ जनाको केन्द्रिय सदस्य
समूह २ बाट जनक बुढाले आफ्नो मत प्रस्तुत गरेक थिए । उनले दस्तावेजमा नेपाली समाजको वर्ग विश्लेषण गर्न छुटेकाले त्यसलाई पनि समावेश गर्न माग गरेका थिए । त्यस्तै, पार्टीको केन्द्रिय सदस्य १०१ जनामा सिमित राख्नुपर्ने र त्यसमा १० प्रतिशत सेती–महाकालीलाई छुट्याइनु पर्ने धारणा राखेका थिए । उनले जनमुक्ति सेनाको क्याम्पमा भएका आर्थिक अनियमितताको छानविन गर्नुपर्ने माग राखेका थिए । त्यस्तै उनले गोपाल किराँतीको दस्तावेज ठीक नभएको बताएका थिए ।

३) समूह ३ : माओवाद पथप्रर्दशक सिद्धान्त

यस समूहबाट रमेश मल्लले माओवाद पथप्रदर्शक सिद्धान्त हुनुपर्ने सुझाव दिएका छन् । उनले तीन शीर्ष नेताहरुले गर्दा उत्पन्न हुने तरंगको बारेमा जवाफ दिन माग गरेका छन् । त्यस्तै एकताकेन्द्रसँग गरेको पार्टी एकिकरणको बारेमा प्रस्ट्याउन माग गरेका थिए । उनले लेखराज भट्टको फरक मत सही नभएको बताएका थिए ।

४) समूह ४ : पालुङटार, धोविधाट र विप्पाको समिक्षा

समूह ४को तर्फबाट आफ्नो मत राख्दै त्रिलोचन भट्टले सहिद तथा वेपत्ता छानविन आयोग कि नबनेको भन्दै प्रश्न गरे । उनले पालुङटार, धोविधाट र विप्पाको पनि समिक्षा गर्नुपर्ने माग राखे ।

५) समूह ५ : माओवाद विचारधार गलगाँड

समूह ५ बाट डिपी ढकालले मत राखेका थिए । उनले जनमुक्ति सेनाले लडेका दाङ, पिली जस्ता महत्वपूर्ण मोर्चाको बारेमा किन उल्लेख भएन भनेर प्रश्न गरेका थिए । त्यस्तै, उनले माओवाद विचारधार भन्नु गलगाँड आएकोजस्तो मात्र भएको भनेर खिल्ली उडाएका छन् । उनले आत्मसुरक्षावाद हावी भएको एकताकेन्द्रसँग गरेको एकीकरणको औचित्यबारे प्रश्न गरेका थिए ।

६) समूह ६: प्रचण्ड पथ खै ?
चन्द्रबहादुर थापा सागरले यस समूहबाट आफ्नो मत राखेका थिए । उनले दस्तावेजमा प्रचण्ड पथ कहाँ गयो भनेर प्रश्न गरेका थिए । त्स्यस्तै दस्तावेजमा प्रधान शत्रु को हो भनेर स्पष्ट उल्लेख नगरेकोमा आपत्ति जनाएका थिए । उनले अहिले नेपालका युवाहरुलाई विदेशमा खोज्न जानुपर्ने अवस्था आएको भन्दै वेरोजगार युवाको समस्या हल गर्ने कुरा पनि दस्तावेजमा उल्लेख हुनपर्ने माग राखे ।

७) समूह ७: माओका कमजोरी के के ?

समूह सातबाट बाबुराम गौतमले आफ्नो मत राख्दै प्रचण्डपथ पार्टीको पथप्रर्दशक विचार हुनु पर्ने सुझाव दिएका थिए । उनले स्तालिन र माओका कमजारीहरु पनि उल्लेख गर्नुपर्ने बताएका थिए ।

८) समूह ८ : विचार हैन वाद
समूहको प्रतिनिधित्व गर्दै उशा देवकोटाले मत राखेक िथिइन् । उनले पार्टीबाट फुटेकाहरुसँग प्रतिवाद गर्ने नीति पनि ल्याउनुपर्नेमा जोड दिएका थिइन् । त्यस्तै वाद र विचार भन्दा झुक्किने हुँदा विचार हटाउनुपर्ने माग राखेकी थिइन् ।

९) समूह ९ : मालेमावाद र प्रचण्डपथ राख्नुपर्ने

समूह ९ बाट गणेश रेग्मीले मत राख्दै माओको गल्तीहरु के के हुन् औंल्याउन सुझाव दिएका थिए । उनले मालेमावाद र प्रचण्डपथ राख्नुपर्ने बताएका थिए । उनले जनकम्युनका बारेमा किन दस्तावेजमा उल्लेख भएन भनेर प्रश्न गरेका थिए ।

१०) समूह १० : संविधान नबने विद्रोह
समूह १० को प्रतिनिधित्व श्याम कुमार श्रेष्ठ ‘कुशल’ले गरेका थिए । उनले पनि प्रचण्डपथ पार्टीको पथप्रदर्शक सिद्धान्त राख्नुपर्नेमा जोड दिएका थिए । उनले समग्रमा दस्तावेजको मूल स्पिरिट सही भएको बताएका थिए । उनले संविधानसभाबाट संविधान जारी भएन भने विद्रोहमा जानुपर्ने सुझाव दिए । त्यस्तै, गोपाल किराँतीलाई जातीवादी भएको आरोप लगाएका थिए ।

११) समूह ११: प्रचण्डपथ प्यारालाइसिस भयो
समूह ११ बाट वीरबहादुर कुँवरले विप्पाका बारेमा आफ्नो समूहबाट मिश्रित प्रतिक्रिया आएको बताएका थिए । उनले प्रचण्डपथ प्यारालाईसिस भएको आरोप लगाएका थिए । त्यस्तै उनले अन्तरजातिय विवाह तोड्नेहरुलाई कारवाही गर्न माग गरेका थिए ।

१२) समूह १२: उपलब्ध भएन

१३) समूह १३: स्कुलिङ विभागको माग
समूहका प्रतिनिधि नरबहादुर विष्टले पार्टीमा स्कुलिङ विभाग बनाउनुपर्ने माग गरेका थिए । त्यस्तै उनले पार्टीमा आसेपासे हावी भएको आरोप लगाए । त्यस्तै धोविघाट, विप्पा आदि बारे स्पस्ट पार्न माग गरे ।

१४) समूह १४ : लाजिम्पाट किन नछाडेको ?
टंक बहादुर रावलले समूह १४ बाट मत राख्दै प्रचण्डले किन लाजिम्पाट नछाडेको भनेर प्रश्न गरे । त्यसको कारण के हो स्पस्ट पार्न माग गरे ।

No comments:

Post a Comment