
गत १२ जुलाई २०१३,शुक्रवारको दिनमा स्वर्गिय पञ्चबहादुर तमु (२११५५४८४) ६ जि आर को, तमु हरुको मौलिक परम्परागत संस्कार अनुसार अन्त्यस्टी गरियो। स्वर्गिय तमुको गत २४ जुन २०१३ मा विलियम हार्वे अस्पातल आस्फोर्ड केन्टमा उपचारको क्रममा असामायिक निधन भएको थियो। लम्जुङ जिल्ला खरिभन्ज्याङमा २८ जनवरी १९४७ सालमा जन्मिनु भएका अति मिलनसार एवं लगनशिल स्वभावका स्वर्गिय तमु १९६१ सालमा बेलायती सेनामा भर्ती भई आठ बर्षाको सेवापछी १९६९ सालमा बेलायती शेनाबाट अवकास लिएका थिए भने २००६ सालमा बेलायत आउनु भई आफ्नो धर्मपत्नी, तीन छोरा, तीन छोरी र बुहारी, जवाई, नातिनीहरुको साथमा फोल्क्स्टोन चेरिटनमा बस्दै आई रहनु भएका थिए।

प्राकृतिक वोन धर्म अन्तर्गत तमु हरुको मौलिक धर्म गुरु पच्यु क्ल्हेप्री गुरुहरु बाट हकिन्ज कम्युनिटी सेन्टरमा बिधिवद संस्कार पुरा गराई हकिन्ज समाधिस्थलमा देह-समाधी गरिएको कार्यक्रमलाई क्याप्टेन (रिटायर्ड)तिर्थराज तमुले संयोजन गर्नु भएको थियो भने केन्ट तमु समाजले अन्त्यस्टी कार्य सम्पन्न गराउनको लागि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको थियो। त्यासैगरि तमु प्ये ल्हु संघ युकेले तमु धर्म गुरु हरुको बेवस्था मिलाई म्रितात्मलाई सुखावती भवनमा लिन गराउने परम्परागत धार्मिक संस्कार सम्पन्न गराउन सहयोग गर्नु भएको थियो भने फोल्क्स्टोनका आमा समुहाले अन्त्यस्टी कार्यमा आउनु भएका सम्पुर्ण (र्होस्यार) हरुलाई नास्तापानिको व्यवस्था मिलाएका थिए।

गाउँले, आफन्त, ईष्टमित्र, नातेदार, साथीभाई, नम्बरी, र शुभचिन्तकहरुको विशाल सहभागिता रहेको अन्त्यस्टी कार्यक्रममा स्वर्गिय तमुको चिरशान्तिको कामना गर्दै केन्ट तमु समाज, तमु प्ये ल्हु संघ युके, तमु प्ये ल्हु संघ आमा समुह, तमु प्ये ल्हु संघ युवा समिती, तमु धिं युके, फोल्क्स्टोन नेपाली कम्युनिटी, प्हच्यु भाई खलक युके, लम्जुङ समाज युके, फोल्क्स्टोन आमा समुह, ग्रेटर सुन्दरबजार कम्युनिटी युके, फोल्क्स्टोन भेटरेन एशोसियशन, केन्ट मगर संघ, छोरा कुमार तमुको ८६ वाला नम्बरी र किराँत याक्थुङ चुम्लुङ समाजले पुष्पगुच्छ चढाई संस्थागत रुपमा सम्मान चढाउनु भएको थियो।

हकिन्ज कम्युनिटी हलको सम्पूर्ण धार्मिक बिधी सम्पन्न भए पस्चात समाधीस्थलसम्मको शोक यात्रालाई सुरक्षित एवं दिसानीर्देश गर्नको लागि बाटोको दायां बायां बिशेष स्वयंसेवकहरु खटाई सवारी नियन्त्रण समेत गरिएको थियो। समाधिस्थलमा पुगेपछी धार्मिक बिधिको बिश्राम तथा पुष्पान्जली पस्चात स्वर्गिय तमुको जीवनी वहाँकै मावली (आस्योँ) ले वाचन गरेपछी सैनिक पाईपरबाट शोकधुन बजाई एक मिनेट मौनधारण गरिएको थियो भने पच्यु पैँडी चिवा यारजङ क्रोम्छे तमु लगायतका धर्म गुरुहरुले सुखवती भुवन ( तार्गि ल नि मर्गि ट्ही ) मा लिन गराउन श्रद्धान्जली श्लोक वाचन गरेका थिए। यसैगरी तमु समाज केन्टका अध्यक्ष्या शोभराज तमुले यस शोकाकुल घडीमा सहभागि भई सहानुभुति दिने र सहयोग पुर्याउनु हुने सबै महानुभाव तथा सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद ग्यापन गरेका थिए।

समाधिस्थलको सम्पूर्ण कार्य समापन पछी क्ल्हेप्री खेगी गुरुहरुले घरमा गई थासो वाब बिधी गरे पछी आस्योँ मावली बाट सम्पूर्ण छोरा छोरी परिवारलाई चोख्याउने कार्य सम्पन्न गरेका थिए। तेसपछी पच्यु पैँडी चिवा यारजङ क्रोमछे तमुले (पए) अर्घुं गर्ने दिन हेरेपछी तमु हरुको संस्कार अनुसार गरिने अन्तिम बिधी (पए) अर्घुंको दिन अगस्ट महिनाको १९-२० र २१ गते डोभर नेप्लिज कम्युनिटी हलमा गरिने निधो गरियो।
परिवारहरुमा:- श्रीमती नरमाया तमु, जेठो छोरा कुमार तमु, माइंला छोरा पदम तमु, कान्छा छोरा लाल(किरण)तमु, छोरी हरु साइंली छोरी लिना तमु, काइंली छोरी जिना तमु, कान्छी छोरी शुश्मा तमु, बुहारी रोशनी तमु, जवाइँ हरु साइंला जवाइँ पदम तमु, काइंला जवाइँ नबिन तमु, नातिनीहरु सेलिना तमु, र रियन तमु यहीं युके मैं हुनु हुन्छ भने ठुलो छोरी आस्माया तमु, माइँली छोरी सरिता तमु, ठुलो जवाइँ सिम बहादुर तमु, माइंला जवाइँ पूर्ण बहादुर तमु, नातिनातिना हरुमा बिष्णु तमु, सुनिल तमु, र आमोल तमु नेपालमा रहेको कुरा जानकारी भएको छ।
समाचारको लागि
नेत्र टु क्ल्हेप्री तमु
No comments:
Post a Comment