
- स्वास्थ्य खबरपत्रिका, २०७० साउन १ /
वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा.सुधांशु केसिले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा एक विरामीप्रति निकै आक्रोश पोखे । उनले आफू ढिलागरी सुतेको भन्दै विहानै फोन गरेर एक विरामीले निद्रा बिथोलेकोमा त्यस्ता विरामीलाई पाता फर्काएर चुट्न पाए आफू सन्तुष्ट हुने उल्लेख गरेका छन् । ‘राती १ बजे सुतेको मान्छेलाई विहान ५:३० बजे फोन गरेर सर आज क्लिनीक जानुहुन्छ कि हुदैन भनेर सोध्ने मान्छेलाई पाता फर्काएर चुट्नपाए नपुगेको निद्रापनि पुग्थ्यो होला । डाक्टरको निजी जिन्दगी पनि हुन्छ भनेर नबुझ्ने तोरीलाहुरेले यो मोबाइल किन्न नपाउने कानुन लगाइदेउ प्रभु’ उनले लेखेका छन् ।
निजी जिन्दगीको पक्षमा लेखिएका बिचार भएपनि बरिष्ठ डाक्टरले तुच्छ शब्दमा विरामीलाई गाली गरेका छन् । चिकित्सा शास्त्रमा विरामी र चिकित्सकबीचको सुमधुर सम्बन्ध र सही काउन्सिलिङले नै रोग निको पार्नमा महत्वपूर्ण भूमीका खेल्ने अध्ययनले पुष्टि गरिसकेको छ । चिकित्सकले शुल्क लिएर उपचार गरेपनि पछि आउँने जटिलता र सहजताबारे चिकित्सकसँग परामर्श गर्नु विरामीको अधिकार भएको बरिष्ठ चिकित्सहरु नै बताउँछन् ।
चिकित्सकको निजी जिन्दगि हुने भएपनि बिरामीले जिज्ञासा समाधानका लागि फोन गर्दा पाता फर्काएर कुट्ने अभिव्यक्ति सामाजिक सञ्जालमा राख्नु असोभनीय काम भएको वरिष्ठ चिकित्सकहरुको भनाई छ । बिरामी पक्षले पनि सामान्य कामका लागि व्यस्त रहने चिकित्सलाई अनाबश्यक काममा दुःख दिन नहुँने उनीहरुको भनाई छ । विरामीबाट त्रुटी भएपनि सम्झाउँनु चिकित्सकको दायित्व हुने र नम्बर दिने समयमै विरामीलाई सचेत गराउँने चिकित्सकको बुद्धिमानी ठहरिने काउन्सिलका एक सदस्यले बताए । तर चिकित्सकले सार्वजनिक रुपमा यस्तो अभिव्यक्ति दिनुले सम्पूर्ण चिकित्सकलाई लज्जावोध गराएको ती बरिष्ठ चिकित्सकको भनाई थियो । नियमित चेकजाँचका लागि सोधपुछ गर्नुस् भनि विरामीलाई फोन नम्बर दिनु चिकित्सको दायित्व नै हुनआउँछ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल बिरामी पक्षले चिकित्सकलाई जुनसुकै समयमा पनि फोन गर्न सक्ने बताए । उनले ‘बिरामीलाई चिकित्सकले आफ्नो फोन नम्बर दिएर बिरामीको हरेक जिज्ञासा समाधान गर्नुपर्छ ।’ उनले भने, ‘बिरामीले जुनसुकै समयमा पनि आफुलाई लागेको जिज्ञासा सोध्न पाउने अन्तराष्ट्रिय मान्यता रहेको छ’ । गजुरेलले विरामीले डाक्टरलाई फोन गर्न समय र सीमा नहुने बताए ।
डा. केसीको स्टाटसमा आएका प्रतिक्रियामा समेत एक चिकित्सकले दुई वटा नम्बर लिएर भएपनि सार्वजनिक नम्बर साइलेन्स मोडमा राखेर फुर्सदको अवस्थामा रेस्पोन्स गर्न सुझाब दिएका छन् । अर्का व्यक्तिले चाँही डा. केसीलाई चिकित्सक सार्वजनिक सम्पति भएको संम्झाएका छन् । मेडिकल काउन्सिलका सल्लाहकार डा. जगदिशप्रसाद अग्रवालले सामान्यतया बिरामीपक्षले अप्ठेरो परिस्थितिमा चिकित्सकलाई फोन गर्नु पाउँने भएपनि सामान्य प्रश्नका लागि दुःख दिन नहुने बताए ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सकलाई जिस्काउने वा डिस्टर्ब गर्ने उद्देश्यले बिरामीले फोन गर्न नुहने तर समस्याका विषयमा भने जुनसुकै समयमा पनि फोन गर्न मिल्ने बताए । उनका अनुसार चिकित्सकको निजी जीवन हुने भएपनि बिरामी पक्षले समस्या पर्दा आफैले दिएको फोनको जबाफ डाक्टरले झर्को नमानि दिनुपर्ने हुन्छ ।
No comments:
Post a Comment