-निलकण्ठ उप्रेती, प्रमुख निर्वाचन आयुक्त
निर्वाचनको तयारी कुन रुपमा अगाडि बढ्दैछ ?
हामीले लगातार निर्वाचनको तयारी गरिरहेका छौँ । गत बर्षको जेष्ठ अगाडिसम्म अर्को निर्वाचन अर्थात संसदको निर्वाचनको तयारीमा हामी लागेका थियौँ ।
अचानक फेरी बिशेष अवस्थामा अर्को संविधानसभा निर्वाचन गर्नुपर्ने भयो र हामी त्यसैको तयारी गर्दैछौँ । तर पनि निर्वाचन आयोगलाई आवश्यक पर्ने निर्वाचनसम्वन्धी नियमावली, निर्वाचन ऐन र मितिको खाँचो थियो, अव त्यो खाँचो पूर्ति भएको छ । त्यसपछि निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाएको छ । तयारी कहाँ पुगेको छ भन्ने हो भने मैले यसलाई मध्यमा पुगेको छ भन्ने गरेको छु । यसको अर्थ मतदाता नामावली संकलनको काम चाँडै सकिँदैछ । हामीले असार मसान्तसम्म १८ वर्ष उमेर पुगेका सबै मतदातालाई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइसक्न भनेका छौँ । मतदान गर्न र उमेद्वारी दिनका लागि पनि नाम दर्ता आवश्यक भएको जानकारी गराएका छौँ । अर्को तयारी दल दर्ता हो । १३९ दलले दर्ताको निवेदन दिएकामा उनीहरुको प्रमणीकरण भइरहेको छ । साउनको १५ गतेसम्म हामी कुन दल दर्ता हुन सक्ने, कुन हुन नसक्ने भन्ने टुङ्गो लगाउँछौँ । त्यसपछि निर्वाचनका सामाग्री, जस्तै: मतपत्र छाप्नका लागि कागज ल्याउने, मतपत्रका लागि मेसिन मर्मत गर्ने र नपुगेका मेशिन ल्याउने प्रकृया अगाडि बढाइसकेका छौँ । साथै दुइ लाख ४० हजारभन्दा बढि कर्मचारी परिचालन गर्नुपर्ने भएकाले ती कर्मचारी छनोट गर्नेकाम अगाडि बढाएका छौँ । यस्तै मतदान केन्द्रहरुको अध्यावदी गर्ने काम गरिरहेका छौँ । मतदाता शिक्षाका लागि पनि तयारी गरिरहेका छौँ । मिडियाको सहयोगमा मतदाता शिक्षालाई तीव्र बनाउनुपर्ने भएकाले यसलाई बिशेष रुपमा लिएका छौँ । यस्तै मतदान केन्द्रमा चाहिने सबै सामाग्री खरिद गर्ने, अनुदान लिने लगायतका विधी बनिसकेका छन् ।
निर्वाचन क्षेत्र निर्धारणबारे दलहरुवीच समान बुझाई बन्न सकेको छैन, यसलाई कसरी सल्टाउनु हुन्छ ?
चुनावको तयारीमा निर्वाचन क्षेत्र निर्धारण निकै महत्वपूर्ण कुरा हो । क्षेत्र निर्धारण आयोगले काम थालेको छ, र निर्वाचनका लागि विना विवाद क्षेत्र निर्धारण आवश्यक छ । संविधानसभाको अर्को निर्वाचन नगरी हामी अगाडि बढ्न सक्दैनौँ भनेर दलहरुले भनिरहेका छन् । निर्वाचन आयोग त्यसैका लागि निर्धारित मितिमा निर्वाचन गर्नेगरी काम गरिरहेको छ । र, त्यसका लागि निर्वाचन क्षेत्र निर्धारण आवश्यक छ । क्षेत्र निर्धारण गर्दा २४० भन्दा बढी क्षेत्र निर्धारण गर्न त पाईदैन, तर जनगणनाको परिणाम आइसकेको अवस्थामा संविधान अनुसार क्षेत्र निर्धारण आवश्यक छ । क्षेत्र निर्धारणबारे असहमति बढेको भनेर मिडियामा समाचार आएको छ । तर दलहरुले त्यसलाई सल्टाउँछन् भन्ने मलाई विश्वास छ । हामीलाई साउन मसान्तभित्र क्षेत्र निर्धारणको परिणाम चाहिन्छ । यदि क्षेत्र निर्धारणमा सहमति बनेन भने दलहरुले सहमति गरेर २४० लाई नै कायम गरेर भएपनि साउन मसान्तभित्र हामीलाई क्षेत्र निर्धारणसम्वन्धी निर्णय दिनुपर्छ । यस विषयमा हामीसँग सल्लाह मागियो भने हामी पनि उपयुक्त सल्लाह दिन्छौँ ।
कस्तो सल्लाह दिनुहुन्छ ?
हामीले संबैधानिक प्रावधानभित्र रहेर सल्लाह दिने हो । संविधान अनुसार क्षेत्र निर्धारण गर्दा पछिल्लो पटक थप भएको ३५ क्षेत्र भित्रै खेल्नुपर्ने हुन्छ, वाँकी २०५ क्षेत्रलाई चलाउन पाइन्न । हामीले यहि सल्लाह दिएका छौँ । र, आवश्यक परे थप सल्लाह दिन्छौँ । अहिले चलाउनपर्ने क्षेत्रहरुमा भुगोल, समावेसी र समानुपातिकका हिसावले, वर्ग, क्षेत्र, समुदाय, लैङ्गिक हिसावले पनि विचार गर्नुपर्ने विषय छ । अहिले निर्वाचनका लागि विना विवाद गर्न सक्ने काम मात्र गर्नुपर्छ । विवादमा पर्न थालेपछि सयम लाग्छ भनेर हामीले सुझाव दिएका छौँ ।
बैद्य माओवादीको पोखरा बैठकले चुनावको सक्रिय बहिष्कार गर्ने निर्णय गरेकोछ, यसलाई आयोगले कसरी हेरेको छ ?
यो राजनीतिक विषय हो र राजनीतिक प्रकृयाबाटै दलहरुले समाधान खोज्नुपर्छ । असहमति छ भने के मा असहमति हो, दल र सरकारले छलफल गरेर टुङ्गाउने विषय हो । हामी स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन चाहन्छौँ । निर्वाचनमा भाग लिन नचाहने पार्टीलाई लोकतन्त्रमा जर्वजस्ती भाग लिनुस् भन्ने नहोला, त्यो उसको स्वतन्त्रताको कुरा पनि होला । तर हाम्रो चाहना भनेको निर्वाचनको वातावरणलाई कसैले नविथोलिदियोस् भन्ने हो । यो विषय हामीले भन्दा राजनीतिक दलले ध्यान दिनुपर्ने कुरा हो । स्वतन्त्र, धाँधली रहित,भय रहित र शान्तिपूर्ण निर्वाचन गराउनका लागि दलहरुले असन्तुष्टहरुसँग वार्ता गरेर वातावरण बनाउनु पर्छ । तर निर्वाचन आयोगले पनि संविधानले दिएको सीमाभित्र रहेर निर्वाचनको वातावरण बनाउने प्रयास गर्छ ।
दलहरुले निर्वाचन आयोगसँग कत्तिको समन्वयन गरेका छन् ?
दलहरुको समन्वय विना त हामी यहाँसम्म आउनै सक्दैन थियौँ । धेरै जसो दलवाट हामीलाई सहयोग गर्ने, सद्भाव देखाउने काम भएको छ । तर निर्वाचनको वातावरण बनाउन उहाँहरु जसरी गाउँ–गाउँमा केन्द्रित हुनुपर्ने हो, त्यो भएको छैन की, केन्द्रमै अल्झिएर बस्नुभएको हो की जस्तो लागेको छ । तर निर्वाचन अयोगले गर्ने क्रियाकलापहरुमा दलहरुको सहयोग भइदियोस् भन्ने चाहना हो । केन्द्रमा त हामीले बोलाएको बेला आउनु भएको छ, सुझाव दिनुभएको छ, जिल्लामा पनि राम्रै सहयोग छ तर गाउँमा चाँहि त्यहि प्रकारको सहयोग भएको छैन । गाउँमा भएका आयोगका क्रियाकलापलाई पनि दलका प्रतिनिधीहरुले सक्रियतासाथ सहयोग गर्ने हो भने काम गर्न अझै सजिलो हुन्थ्यो भन्ने हाम्रो बुझाइ छ ।
प्रमुख आयुक्त भएपछि तपाई आफ्नो काममा केन्द्रित हुनेभन्दा पनि दलहरुलाई बढि अर्तिउपदेश दिदै हिड्नुभयो भन्ने अरोप छ नी ?
अर्ती त दिनुपर्छ, प्राविधिक विषय जानेको मान्छेले अर्ति दिनुपर्छ । जसले निर्वाचन गराउँछ, त्यो विज्ञ मान्छेले आफुले जानेको कुरा भन्नैपर्छ । संबैधानिक रुपमा जसले निर्वाचनको जिम्मा लिएको हो, त्यो संस्थाले आफ्नो आचारसंहिता भित्र रहेर, कस्तो निर्वाचन, कसरी जाने हो भन्नेबारे प्राविधि र कानुनी विषयमा सरसल्लाह दिने, सुझाव दिने त गर्नैपर्छ । नबोल्ने हो भने त हुँदैन । हामीले राजनीतिक भाषण गरेको होईन, प्राविधिक विषयमा, कानुनी विषयमा बोलेको हो । यसलाई उहाँहरुले राजनीतिक विषयमा बोलेको भनेर अर्थ नलगाउँदा राम्रो हुन्छ । राजनीतिक व्यवस्थापनमा पनि हाम्रो भूमिका रहन्छ । दल भनेके राजनीतिक दल हुन्, तीनको व्यवस्थापनमा राजनीतिक विषय आइरहेको हुन्छ । दलहरुलाई यो गर्न हुन्छ, यो गर्न हुँदैन भन्छौँ । फुटेका छन्, जुटेका छन्, त्यो पनि राजनीतिसँग सम्वन्धित कुरा हो । चुनावको वातावरण बनाउनुछ, त्यो पनि राजनीतिक विषय हो । सहयोग माग्नु छ, उनीहरुसँग नभनी हुँदैन । निर्वाचन आयोगले चुप्प लागेर एउटा निजामति कर्मचरीले जे गर्छ, त्यस्तै किसिमले काम गर्ने सम्भावना छैन । त्यसैले पनि हामीले बोल्नुपर्ने हुन्छ । चुनावको वातावरण बनाउन सम्झाउनुपर्ने हुन्छ । त्यसकारण उहाँहरुले यसलाई अर्को अर्थमा नलिदा राम्रो हुन्छ ।
उप्रेती समाजको एउटा कार्यक्रममा तपाईले मंसिरमा त भन्ने मात्र हो, चुनाव त चैत्रमा गर्ने हो भन्नुभएछ नी ?
त्यो भनेको होईन, सुन्नेले चाँहि गलत सुन्नुभयो होला । प्रमुख निर्वाचन आयुक्त जहाँ जान्छ, साँस्कृतिक कार्यक्रममा गएपनि चुनावकै विषयमा मात्र बोल्छ । किनकी त्यहाँ धेरै मान्छेको जमघट हुने भएकाले जानकारी दिन पनि बोल्नुपर्छ । । मैले सत्य कुरा भन्न खोजेको थिएँ, भनेको हुँ तर सुन्नेले के सुन्नुभयो, मैले त्यहाँ निर्वाचन आयोगले यो वर्ष दुईवटा निर्वाचन गराउँछ भनेको थिएँ । मंसिर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभाको निर्वाचन र अर्को यहि आर्थिक वर्ष २०७० भित्र गरिने स्थानिय निर्वाचन । मैले भनेको यत्ति हो, यसो भनेकोमा सुन्नेले के सुन्नुभयो ? सायद उहाँले चैत्र मात्र सुन्नुभयो होला, उहाँले मंसिर सुन्नुभएन । उहाँले संविधानसभाको निर्वाचन सुन्नुभएन होला, स्थानिय निर्वाचनलाई उहाँले संविधानसभाको निर्वाचन सुन्नुभयो होला । मैले मंसिर ४ गतेभन्दा उता निर्वाचनको सपना नै देखेको छैन । देख्न प¥यो भनेपनि निर्वाचन आयोगका कारण निर्वाचन सर्दैन । किनकी हाम्रो तयारी सजकताका साथ तिव्र छ ।
कुटनीतिक नियोगका मान्छेहरुसँग पनि तपाईको भेटघाट भइरहेकोछ, उनीहरुको भनाइ के छ ?
निर्वाचनमा सबैले सहयोग गर्न चाहन्छन् । मुलुकलाई पूर्ण लोकतान्त्रिक विधीमा लैजान निर्वाचन अपरिहार्य छ । त्यसकारण निर्वाचनका लागि आवश्यक सहयोग दिन्छौँ भन्न हाम्रा कुटनीतिक नियोगका मित्रहरु र नियोगका प्रतिनिधीहरु आयोगमा आउनुहुन्छ । उहाँहरुको धारण भनेको निर्वाचन हुनुपर्छ, त्यसका लागि हामीले कस्तो सहयोग गर्न सक्छौँ भन्नुस् भन्ने हो । त्यो भन्दा अन्य कुरा हुँदैन । निर्वाचनको वातावरण बनाउन हामीले पनि केही गर्न सक्छौँ की पनि भन्नुहुन्छ । भेटमा हामीले निर्वाचनका लागि तपाईहरुको सहयोग चाहिन्छ, तपाईहरुले नेपाल सरकारमार्फत सहयोग गर्नुभयो भने हामीलाई राम्रो हुन्छ भन्ने गरेका छौँ । निर्वाचनको वातावरण बनाउनका लागि र निर्वाचनमा अन्र्तराष्ट्रिय सहयोग बढाउनका लागि मात्र कुटनीतिक नियोगका व्यक्तित्वहरुसँग छलफल गने गरेका छौँ ।
तपाई केहि दिन अगाडि भारत गएर आउनु भयो, निर्वाचन अगाडि विदेश किन जानुभएको ?
म २४ घण्टाको लागि भारत गएको हो । भयो के भने, हामीले अवकास पाउनु भन्दा पहिलै आगामी निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्छौ भनेका थियौँ । पुन : नियुक्ति पछि हामीले एक सय १९ मतदान केन्द्रमा विद्युतीय मेशिनको प्रयोग गर्छौ भन्ने निर्णय गरेका थियौँ । तत्काल दल दर्ता ग¥यौँ । १३९ दलले दल दर्ताको निवेदन दिए । तर हामीले प्रयोग गर्ने मेशिनमा ६४ वटा मात्र दल अट्ने बटम छ । यस्तो अवस्थामा हामीले प्रयोग गर्ने भनेको मेशिनबाट काम गर्न सकिदैन भन्ने थाहा भएपछि भारत गएको हो । भारतमा २४४ दललाई पनि समावेस गर्न सकिने मेशिन उत्पादन हुन थालेको छ । त्यो मेशिन हामीलाई पनि काम लाग्छकी भनेर भारतको प्रमुख निर्वाचन आयुक्त, आयुक्त र प्राविधिक व्यक्तित्वहरुसँग मिटिङ्ग गर्दा उहाँहरु उत्पादनको चरणमा हुनुहुँदो रहेछ । उत्पादन गरेर परिक्षण गरिसकेको अवस्था रहेनछ । त्यसकारण आगामी निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्न सकिने स्थिति देखिएन । म यो वीचमा जुन देश जान्छु, निर्वाचनकै कामको लागि हो । वाँकी पाँचवटा देश भ्रमणको निम्तो त मैले अस्विकार गरेको छु । यो सबै निर्वाचनको तयारीमा व्यस्त रहेकै कारण हो ।
निर्वाचनको तयारी कुन रुपमा अगाडि बढ्दैछ ?
हामीले लगातार निर्वाचनको तयारी गरिरहेका छौँ । गत बर्षको जेष्ठ अगाडिसम्म अर्को निर्वाचन अर्थात संसदको निर्वाचनको तयारीमा हामी लागेका थियौँ ।
Interview with Nilkantha Upreti for www.ratopati.com
निर्वाचन क्षेत्र निर्धारणबारे दलहरुवीच समान बुझाई बन्न सकेको छैन, यसलाई कसरी सल्टाउनु हुन्छ ? चुनावको तयारीमा निर्वाचन क्षेत्र निर्धारण निकै महत्वपूर्ण कुरा हो । क्षेत्र निर्धारण आयोगले काम थालेको छ, र निर्वाचनका लागि विना विवाद क्षेत्र निर्धारण आवश्यक छ । संविधानसभाको अर्को निर्वाचन नगरी हामी अगाडि बढ्न सक्दैनौँ भनेर दलहरुले भनिरहेका छन् । निर्वाचन आयोग त्यसैका लागि निर्धारित मितिमा निर्वाचन गर्नेगरी काम गरिरहेको छ । र, त्यसका लागि निर्वाचन क्षेत्र निर्धारण आवश्यक छ । क्षेत्र निर्धारण गर्दा २४० भन्दा बढी क्षेत्र निर्धारण गर्न त पाईदैन, तर जनगणनाको परिणाम आइसकेको अवस्थामा संविधान अनुसार क्षेत्र निर्धारण आवश्यक छ । क्षेत्र निर्धारणबारे असहमति बढेको भनेर मिडियामा समाचार आएको छ । तर दलहरुले त्यसलाई सल्टाउँछन् भन्ने मलाई विश्वास छ । हामीलाई साउन मसान्तभित्र क्षेत्र निर्धारणको परिणाम चाहिन्छ । यदि क्षेत्र निर्धारणमा सहमति बनेन भने दलहरुले सहमति गरेर २४० लाई नै कायम गरेर भएपनि साउन मसान्तभित्र हामीलाई क्षेत्र निर्धारणसम्वन्धी निर्णय दिनुपर्छ । यस विषयमा हामीसँग सल्लाह मागियो भने हामी पनि उपयुक्त सल्लाह दिन्छौँ ।
कस्तो सल्लाह दिनुहुन्छ ?
हामीले संबैधानिक प्रावधानभित्र रहेर सल्लाह दिने हो । संविधान अनुसार क्षेत्र निर्धारण गर्दा पछिल्लो पटक थप भएको ३५ क्षेत्र भित्रै खेल्नुपर्ने हुन्छ, वाँकी २०५ क्षेत्रलाई चलाउन पाइन्न । हामीले यहि सल्लाह दिएका छौँ । र, आवश्यक परे थप सल्लाह दिन्छौँ । अहिले चलाउनपर्ने क्षेत्रहरुमा भुगोल, समावेसी र समानुपातिकका हिसावले, वर्ग, क्षेत्र, समुदाय, लैङ्गिक हिसावले पनि विचार गर्नुपर्ने विषय छ । अहिले निर्वाचनका लागि विना विवाद गर्न सक्ने काम मात्र गर्नुपर्छ । विवादमा पर्न थालेपछि सयम लाग्छ भनेर हामीले सुझाव दिएका छौँ ।
बैद्य माओवादीको पोखरा बैठकले चुनावको सक्रिय बहिष्कार गर्ने निर्णय गरेकोछ, यसलाई आयोगले कसरी हेरेको छ ?
यो राजनीतिक विषय हो र राजनीतिक प्रकृयाबाटै दलहरुले समाधान खोज्नुपर्छ । असहमति छ भने के मा असहमति हो, दल र सरकारले छलफल गरेर टुङ्गाउने विषय हो । हामी स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन चाहन्छौँ । निर्वाचनमा भाग लिन नचाहने पार्टीलाई लोकतन्त्रमा जर्वजस्ती भाग लिनुस् भन्ने नहोला, त्यो उसको स्वतन्त्रताको कुरा पनि होला । तर हाम्रो चाहना भनेको निर्वाचनको वातावरणलाई कसैले नविथोलिदियोस् भन्ने हो । यो विषय हामीले भन्दा राजनीतिक दलले ध्यान दिनुपर्ने कुरा हो । स्वतन्त्र, धाँधली रहित,भय रहित र शान्तिपूर्ण निर्वाचन गराउनका लागि दलहरुले असन्तुष्टहरुसँग वार्ता गरेर वातावरण बनाउनु पर्छ । तर निर्वाचन आयोगले पनि संविधानले दिएको सीमाभित्र रहेर निर्वाचनको वातावरण बनाउने प्रयास गर्छ ।
दलहरुले निर्वाचन आयोगसँग कत्तिको समन्वयन गरेका छन् ?
दलहरुको समन्वय विना त हामी यहाँसम्म आउनै सक्दैन थियौँ । धेरै जसो दलवाट हामीलाई सहयोग गर्ने, सद्भाव देखाउने काम भएको छ । तर निर्वाचनको वातावरण बनाउन उहाँहरु जसरी गाउँ–गाउँमा केन्द्रित हुनुपर्ने हो, त्यो भएको छैन की, केन्द्रमै अल्झिएर बस्नुभएको हो की जस्तो लागेको छ । तर निर्वाचन अयोगले गर्ने क्रियाकलापहरुमा दलहरुको सहयोग भइदियोस् भन्ने चाहना हो । केन्द्रमा त हामीले बोलाएको बेला आउनु भएको छ, सुझाव दिनुभएको छ, जिल्लामा पनि राम्रै सहयोग छ तर गाउँमा चाँहि त्यहि प्रकारको सहयोग भएको छैन । गाउँमा भएका आयोगका क्रियाकलापलाई पनि दलका प्रतिनिधीहरुले सक्रियतासाथ सहयोग गर्ने हो भने काम गर्न अझै सजिलो हुन्थ्यो भन्ने हाम्रो बुझाइ छ ।
प्रमुख आयुक्त भएपछि तपाई आफ्नो काममा केन्द्रित हुनेभन्दा पनि दलहरुलाई बढि अर्तिउपदेश दिदै हिड्नुभयो भन्ने अरोप छ नी ?
अर्ती त दिनुपर्छ, प्राविधिक विषय जानेको मान्छेले अर्ति दिनुपर्छ । जसले निर्वाचन गराउँछ, त्यो विज्ञ मान्छेले आफुले जानेको कुरा भन्नैपर्छ । संबैधानिक रुपमा जसले निर्वाचनको जिम्मा लिएको हो, त्यो संस्थाले आफ्नो आचारसंहिता भित्र रहेर, कस्तो निर्वाचन, कसरी जाने हो भन्नेबारे प्राविधि र कानुनी विषयमा सरसल्लाह दिने, सुझाव दिने त गर्नैपर्छ । नबोल्ने हो भने त हुँदैन । हामीले राजनीतिक भाषण गरेको होईन, प्राविधिक विषयमा, कानुनी विषयमा बोलेको हो । यसलाई उहाँहरुले राजनीतिक विषयमा बोलेको भनेर अर्थ नलगाउँदा राम्रो हुन्छ । राजनीतिक व्यवस्थापनमा पनि हाम्रो भूमिका रहन्छ । दल भनेके राजनीतिक दल हुन्, तीनको व्यवस्थापनमा राजनीतिक विषय आइरहेको हुन्छ । दलहरुलाई यो गर्न हुन्छ, यो गर्न हुँदैन भन्छौँ । फुटेका छन्, जुटेका छन्, त्यो पनि राजनीतिसँग सम्वन्धित कुरा हो । चुनावको वातावरण बनाउनुछ, त्यो पनि राजनीतिक विषय हो । सहयोग माग्नु छ, उनीहरुसँग नभनी हुँदैन । निर्वाचन आयोगले चुप्प लागेर एउटा निजामति कर्मचरीले जे गर्छ, त्यस्तै किसिमले काम गर्ने सम्भावना छैन । त्यसैले पनि हामीले बोल्नुपर्ने हुन्छ । चुनावको वातावरण बनाउन सम्झाउनुपर्ने हुन्छ । त्यसकारण उहाँहरुले यसलाई अर्को अर्थमा नलिदा राम्रो हुन्छ ।
उप्रेती समाजको एउटा कार्यक्रममा तपाईले मंसिरमा त भन्ने मात्र हो, चुनाव त चैत्रमा गर्ने हो भन्नुभएछ नी ?
त्यो भनेको होईन, सुन्नेले चाँहि गलत सुन्नुभयो होला । प्रमुख निर्वाचन आयुक्त जहाँ जान्छ, साँस्कृतिक कार्यक्रममा गएपनि चुनावकै विषयमा मात्र बोल्छ । किनकी त्यहाँ धेरै मान्छेको जमघट हुने भएकाले जानकारी दिन पनि बोल्नुपर्छ । । मैले सत्य कुरा भन्न खोजेको थिएँ, भनेको हुँ तर सुन्नेले के सुन्नुभयो, मैले त्यहाँ निर्वाचन आयोगले यो वर्ष दुईवटा निर्वाचन गराउँछ भनेको थिएँ । मंसिर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभाको निर्वाचन र अर्को यहि आर्थिक वर्ष २०७० भित्र गरिने स्थानिय निर्वाचन । मैले भनेको यत्ति हो, यसो भनेकोमा सुन्नेले के सुन्नुभयो ? सायद उहाँले चैत्र मात्र सुन्नुभयो होला, उहाँले मंसिर सुन्नुभएन । उहाँले संविधानसभाको निर्वाचन सुन्नुभएन होला, स्थानिय निर्वाचनलाई उहाँले संविधानसभाको निर्वाचन सुन्नुभयो होला । मैले मंसिर ४ गतेभन्दा उता निर्वाचनको सपना नै देखेको छैन । देख्न प¥यो भनेपनि निर्वाचन आयोगका कारण निर्वाचन सर्दैन । किनकी हाम्रो तयारी सजकताका साथ तिव्र छ ।
कुटनीतिक नियोगका मान्छेहरुसँग पनि तपाईको भेटघाट भइरहेकोछ, उनीहरुको भनाइ के छ ?
निर्वाचनमा सबैले सहयोग गर्न चाहन्छन् । मुलुकलाई पूर्ण लोकतान्त्रिक विधीमा लैजान निर्वाचन अपरिहार्य छ । त्यसकारण निर्वाचनका लागि आवश्यक सहयोग दिन्छौँ भन्न हाम्रा कुटनीतिक नियोगका मित्रहरु र नियोगका प्रतिनिधीहरु आयोगमा आउनुहुन्छ । उहाँहरुको धारण भनेको निर्वाचन हुनुपर्छ, त्यसका लागि हामीले कस्तो सहयोग गर्न सक्छौँ भन्नुस् भन्ने हो । त्यो भन्दा अन्य कुरा हुँदैन । निर्वाचनको वातावरण बनाउन हामीले पनि केही गर्न सक्छौँ की पनि भन्नुहुन्छ । भेटमा हामीले निर्वाचनका लागि तपाईहरुको सहयोग चाहिन्छ, तपाईहरुले नेपाल सरकारमार्फत सहयोग गर्नुभयो भने हामीलाई राम्रो हुन्छ भन्ने गरेका छौँ । निर्वाचनको वातावरण बनाउनका लागि र निर्वाचनमा अन्र्तराष्ट्रिय सहयोग बढाउनका लागि मात्र कुटनीतिक नियोगका व्यक्तित्वहरुसँग छलफल गने गरेका छौँ ।
तपाई केहि दिन अगाडि भारत गएर आउनु भयो, निर्वाचन अगाडि विदेश किन जानुभएको ?
म २४ घण्टाको लागि भारत गएको हो । भयो के भने, हामीले अवकास पाउनु भन्दा पहिलै आगामी निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्छौ भनेका थियौँ । पुन : नियुक्ति पछि हामीले एक सय १९ मतदान केन्द्रमा विद्युतीय मेशिनको प्रयोग गर्छौ भन्ने निर्णय गरेका थियौँ । तत्काल दल दर्ता ग¥यौँ । १३९ दलले दल दर्ताको निवेदन दिए । तर हामीले प्रयोग गर्ने मेशिनमा ६४ वटा मात्र दल अट्ने बटम छ । यस्तो अवस्थामा हामीले प्रयोग गर्ने भनेको मेशिनबाट काम गर्न सकिदैन भन्ने थाहा भएपछि भारत गएको हो । भारतमा २४४ दललाई पनि समावेस गर्न सकिने मेशिन उत्पादन हुन थालेको छ । त्यो मेशिन हामीलाई पनि काम लाग्छकी भनेर भारतको प्रमुख निर्वाचन आयुक्त, आयुक्त र प्राविधिक व्यक्तित्वहरुसँग मिटिङ्ग गर्दा उहाँहरु उत्पादनको चरणमा हुनुहुँदो रहेछ । उत्पादन गरेर परिक्षण गरिसकेको अवस्था रहेनछ । त्यसकारण आगामी निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्न सकिने स्थिति देखिएन । म यो वीचमा जुन देश जान्छु, निर्वाचनकै कामको लागि हो । वाँकी पाँचवटा देश भ्रमणको निम्तो त मैले अस्विकार गरेको छु । यो सबै निर्वाचनको तयारीमा व्यस्त रहेकै कारण हो ।
No comments:
Post a Comment