बुधबारको रात । इजिप्टमा फेरि एकपटक सेनाले सत्ता हत्यायो । तर, तुरुन्तै उसले सर्वोच्च अदालतका प्रमुख न्यायाधीश अदली मोन्सुरलाई इजिप्टको कार्यकारी प्रमुखका रुपमा अन्तरिमकालीन जिम्मेवारी पनि सुम्पियो । सेनाले सोमबार नै अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीलाई जनआकाङ्क्षाको २४ घण्टाभित्र सम्बोधन गर्न अनुरोध गरेको थियो तर मोर्सीले त्यसलाई ठाडै अस्वीकार गरे । र, आखिर सेना अगाडि बढ्यो र उनी अपदस्थ गरिए । सेना प्रमुख अब्दुल फताहा अल सीसीले मोर्सीलाई अपदस्थ गरेको घोषणा गर्दै भने– ‘सेनाले ऐतिहासिक जिम्मेवारी पूरा गर्दै छ ।’
कसैलाई शंका छैन अमेरिकी समर्थन बिना इजिप्टको सेना अगाडि बढेको हुँदै होइन । साना भन्दा साना घटनाहरुमा पनि निकै कडा प्रतिक्रिया दिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टमा भएको सैनिक कदमबारे ‘म गम्भीरतापूर्वक हेर्दै छु र चाँडै नागरिक सत्ताको पुनःस्थाना हुनेछ’ भन्ने प्रतिक्रियामा मात्रै आफूलाई सीमित राखेबाट पनि यो पुष्टि हुन्छ । आखिर जसका विरुद्ध इजिप्टका जनताहरु सङ्घर्षमा उत्रिएका थिए, फेरि पनि सत्ता उसकै हातमा गएको छ । र, मुबारकबाट मुर्सी आएझैं मन्सुरको नाममा अल सीसीले शसन सुरु गरेका छन् ।
मुर्सीलाई अपदस्थ गरिएको खुसीमा प्रदर्शनकारीहरुले तहारिर स्क्वायरमा हर्षेल्लास मनाए पनि तात्विक रुपपमा इजिप्टलाई ‘जुन क्रान्ति’ले पनि ‘जनवरी क्रान्ति’ झैं बीचबाटोमै छाडेको छ । र, एउटा अन्तिम र निर्णायक आमूल परिवर्तनकारी विद्रोहको माग गरिरहने अवस्थामा इजिप्ट छँदै छ ।
इजिप्टको सत्तारुढ गठबन्धन अर्थात मुस्लिम ब्रदरहुड पुराना सत्ताका केही प्रतिनिधिहरु र केही व्यापारीहरुले घोषणा गरेका थिए, ‘जुन ३० तारिखमा सुरु भएको प्रदर्शन प्रतिक्रान्तिकारी घटना हो । जो चमेली क्रान्तिको उपलब्धिका विरुद्वमा छ ।’ तर, यथार्थमा त्यहाँका तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सी भने कामिरहेकै थिए र लाखौं –लाखका संख्यामा सडकमा उत्रिएर वर्तमान सरकारको राजीनामाको माग गरिरहेका जनताहरुले दिनप्रतिदिन मुस्लिम ब्रदरहुड र मोर्सी सरकारलाई झन् भन्दा झन् कमजोर र एक्लो बनाइरहेका थिए। सोमबार तामारुढमा भएको भेलाले मोर्सीलाई चौबीस घण्टाको अल्टिमेटन दिँदै पदत्याग गर्न भनेको थियो । उक्त समयसीमाभित्र सरकार विघटन नभए अनिश्चितकालसम्म जनअवज्ञा जारी राख्ने घोषणा समेत गरेको थियो । जनभावनाको कदर गर्दै त्यहाँका सेनाले पनि सरकारसँग ४८ घण्टाभित्र जनताको माग पूरा गर्न अनुरोध ग¥यो र उसले संसदसमेत भंग गर्नुपर्र्ने माग समेत अघि सा¥यो । तर, मोर्सीले सेनाको माग र अल्टिमेटन दुबैलाई अस्वीकार गरेका थिए । जनता र सेना दुबैको अल्टिमेटमको समय सकिँदै गर्दा बुधबार राष्ट्रिय सहमतिको ुसरकार गठनको प्रस्ताव राष्ट्रपतिको कार्यालयबाट जारी भयो भने लगत्तै एकपछि अर्को गर्दै क्याबिनेटबाट मन्त्रीहरुले राजीनामा दिए । तर, पनि राष्ट्रपति पद नत्याग्ने मोर्सीको एकोहोहरो अडानले संकट समाधानको बाटो खोल्न सकेन । त्यहाँ मुस्लिम ब्रदरहुड र राष्ट्रपति सेनाको समर्थनमा नरहेका प्रमाणहरु सार्वजनिक भइसकेका छन् । तर, पनि सत्ता त्यागको संकेत मोर्सीको तर्फबाट सार्वजनिक भएको छैन । त्यसो त गहिरिँदै गएको सङ्कटकालीन अवस्थाको अन्त्य गर्न सैन्य हस्तक्षेप हुनुपर्छ भन्न्ेहरुको संख्या पनि सानो छैन । तहरिरको आकाशमा सेनाको हेलिकप्टरले परिक्रमा गर्दा ‘जनता सेना एक हौं’ भन्दै प्रदर्शनकारीहरुले नारा लगाइरहेका थिए । स्पष्ट छ, साढे दुई वर्षअघि मुबारक सरकारको पालामा झैं जनता सेनाको अनावश्यक दबाब झेल्नपर्ने अवस्थामा छैनन् ।
जारी आन्दोलन मोर्सीको अपदस्थसँगै सेलाउनु हुँदैन । यो आन्दोलन वर्तमान राजनीतिक प्रणालीको अन्त्य नहुन्जेलसम्म जारी रहनुपर्छ । साराका सारा युवाहरु सडकमा उत्रिएकै छन् । र, विगत अढाई वर्षदेखि जारी राजनीतिक गतिविधि प्रति पूर्णरुपमा असहमति जनाउँदै आक्रोशयुक्त आन्दोलनमा होमिएका छन् । विगतको जनवरी क्रान्तिले मुबारक र उनका केही आसेपासेहरुलाई सत्ताच्यूत गराउन र सत्तारुढ पार्टीलाई विघटन गराउने बाहेक खासै नयाँ उपलब्धि दिन सकेको थिएन । त्यसै भएर पनि होला हालको ब्रदरहुड पार्टीले पनि पुराना सत्ताका अवषेशहरुलाई पुनर्जीवित गराउने खालका आर्थिक, राजनीतिक र सुरक्षा सेवासम्बन्धी कामहरु गरे । जनवरी क्रान्तिपछि मजदूर वर्गको समस्या समाधान गर्ने, धनको पुनर्वितरण गर्ने र भ्रष्टचार नियन्त्रण गर्ने जस्ता आम अपेक्षाका कुनै पनि कामहरु पूरा भएनन् । बढ्दो गरीबी नियन्त्रण, बिग्रँदो आर्थिक अवस्थामा सुधारजस्ता कामहरुमा लाग्नु त कता हो कता मोर्सीको राष्ट्रपतित्व ग्रहणको एक वर्षमा ७,७०९ विरोध प्रदर्शन हरु र ५,८२१ भिडन्त र विरोधकाकार्यहरुको सामना गर्नुप¥यो । भ्रष्टचारविरोधी आन्दोलन, सेवा क्षेत्रमा भएको असमान वितरण, पुलिसका गैह्रकानुनी धन्दाहरुले त्यहाँको सरकारलाई कमजोर मात्र परेन कि क्रान्तिको लागि अनुकूल बस्तुगत परिस्थिति समेत सिर्जना गराइदियो ।
आफूलाई समर्थन गर्ने दुईओटा महत्वपूर्ण शक्तिहरु मुस्मिलम ब्रदरहुड र अमेरिकी प्रशासनले आफ्नो सत्ता टिकाइदिन्छ कि भन्ने आशमा थिए, तत्कालीन राष्ट्रपति मोर्सी । त्यसैले, अति नै अटेरी बनेर कुर्सीमा बसिरहे । तर, सेनाको पछिल्लो कदमले उनलाई पदच्युत गराइ छाड्यो । उनकै पार्टी ब्रदरहुडले त्यत्तिकै सत्ता त्याग गर्न भन्दैन र अमेरिकी राष्ट्रपति ओबामाले नभनेसम्म सेनाले आफूलाई समेत साथ दिइरहन्छ भन्ने उनको बुझाइ थियो ।
इजिप्टको सेनाका पनि आफ्नै स्वार्थ र बाध्यताहरु रहेका छन् । प्रत्येक वर्ष अमेरिकाबाट १.३ विलियन डलर सहयोग प्राप्त गर्दै इजिप्सियन सेना अमेरिकी आदेश बिना कुनै महत्वपूर्ण कदम चालिहाल्ने आँट गर्दैन । यता मुलुकमा सम्पूर्ण जनताले सत्ताको विरोधको आवाज उठाइरहेको बेला मोर्सीको पहरेदार बनेर जनआक्रोश को निशाना बन्ने दिशामा पनि उ अगाडि बढ्न चाहँदैनथ्यो । त्यसबाहेक इजिप्टमा भित्रिने बाह्य लगानीबाट पनि त्यहाँको सेनाले नै ठूलो लाभ लिने गरेकोमा अशान्ति फैलिरहँदा रोकिने बाह्य लगानीबाट प्रत्यक्ष घाटा सेनाले नै खप्नुपर्ने हुन्थ्यो । त्यही भएर पनि हो अमेरिकी मौनतामा आफ्नो कदमको समर्थनको गन्ध पाएर सेनाप्रमुख अगाडि बढे । अहिलको सरकारविरोधी आन्दोलनको बनोट पनि निकै जटिल छ । त्यहाँ जनवरी क्रान्ति विरोधीहरु पनि छन् । जनवरी क्रान्तिले अपेक्षाकृत उपलब्धि दिन सकेन । भनेर अग्रगामी दिशामा बढ्न चाहेका पनि छन् । विग्रँदो आर्थिक, सामाजिक र राजनीतिक अस्थिरताबाट निराश युवा त्यहाँ सामेल छन् भने सबै समस्याको समाधान भनेको सेनाको हस्तक्षेप नै हो भन्ने सैन्यवादी पनि छन् । जुनसुकै कित्ताका भए पनि सबैका सबै मोर्सी र ब्रदरहुडको विरुद्वमा छन् । मोर्सी सरकारले बढाइरहेको गरीबी, शोषण र व्यक्ति–व्यक्तिको दैनिक जीवनमा समेत निरंकुश ढंगले सरकारले गरेको हस्तक्षेपको विरोधमा छन् ।
जुन ३० देखि सुरु भएको अहिलेको आन्दोलन रोकिने दुईओटा मात्र अवस्था छन् । एक, राष्ट्रपति मोर्सीको बहिर्गमन र अर्को नयाँ राष्ट्रपतीय निर्वाचनको घोषणा । तर, के त्यसपछि इजिप्टमा दीर्घकालीन शान्ति छाउँछ त ? त्यसको सम्भावना छैन, किनकि समस्याको मूल जड भनेको त्यहाँको सामाजिक शक्ति संघर्ष हो । वर्गीय रुपमा मध्यम वर्ग त्यहाँ केही आक्रोशित छ किनकि ऊ दिनप्रतिदिन गरीबी वर्गमा रुपान्तरण हुँदै छ भने शासक वर्गको प्रगति दिनानुदिन बढ्दै छ । गरिखाने वर्गले आफ्ना समस्याहरुको समाधान जनवादी क्रन्तिले दिन्छ भन्ने विश्वास गरेका थिए तर त्यसले मुबारकको ठाउँमा मोर्सीलाई पदस्थापन गर्नेबाहेक कुनै महत्वपूर्ण काम गर्न सकेन । जसबाट एक प्रकारको निराशा समाजका प्रत्येक क्षेत्रमा देखाप¥यो र अन्ततः जुन क्रान्ति का रुपमा विष्फोट भइरहेको छ । हालको संकटको दीर्घकालीन समाधान भनेको न मोर्सीको राजीनामा, नयाँ निर्वाचन हो न त सैन्य ‘कु’ बाट बलपूर्वक ढंगले अराजकपूर्ण अवस्थाको नियन्त्रणमा नै हो । संकटको मूल कारण मुबारक शासनकालमा इजिप्टमा बलियो गरी जरो गाढेको उदारवाद, त्यसको पृष्ठपोषकका रुपमा रहेका विश्ववित्तीय संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकी साम्राज्यवादको इजिप्सियन भूमिमा रहेको प्रत्यक्ष÷अप्रत्यक्ष उपस्थिति र प्रभाव नै हो । जबसम्म उल्लेखित शक्ति र प्रभावहरुलाई त्यहाँबाट विस्थापित गर्न सकिँदैन तबसम्म इजिप्टमा कुनै उल्लेखनीय प्रगति हुन सक्दैन । मुबारक, मोर्सी वा सेना, वा प्रधानन्यायाधीश जो सरकारमा रहे पनि , जसले सत्ता सम्हाले पनि आम मानिसको जीवनमा त्यसले खास फरक पार्दैन । दिनप्रतिदिन बिग्रँदै गएको आर्थिक, सामाजिक अवस्था र बढ्दो शोषणमा कुनै कमी आउँदैन । अहिले इजिप्टले एउटा संगठनिक क्रान्तिको माग गरिरहेको छ जुन पूर्णरुपमा जनस्तरबाट उठ्नुपर्छ ।
सम्पूर्ण सत्ता, व्यवस्था र आर्थिक राजनीतिक धरातल नै बदल्ने गरी निरन्तर संघर्ष र बिदा्रेहको बाटोले मात्र नयाँ र मानोवोचित इजिप्टको निर्माण गर्न सक्छ । आशा गरौं, अढाई वर्षअघि गरेको गल्ती इजिप्टका जनताहरुले पुनः दाहो¥याउने छैनन् र पूर्ण रुपमा त्यहाँ सत्ता र व्यवस्थामा नै आमूल परिवर्तन आउने छ । शोषणरहित समाज निर्माणको बाटोमा इजिप्ट अगाडि बढ्ने छ ।
No comments:
Post a Comment