Sunday, July 28, 2013

प्रहरी र युवती आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरी चौकीमा आक्रमण


गोरखा, ५ साउन । गोरखाको बारपाकमा प्रहरी जवानले स्थानीय एक युवतीसँगै रातिसँगै बसेको भेटिएपछि स्थानीय बासिन्दाले प्रहरी चौकी तोडफोड गरेका छन् । बारपाक गाविस ५ मा रहेको प्रहरी चौकी नजिक शुक्रबार राती प्रहरी जवान रोशन सिंह एक स्थानीय युवती लिएर बसेको फेला परेपछि राती नै स्थानीयले चौकीमा तोडफोड गरेका हुन् । राती आपत्तिजनक अवस्थामा स्थानीय युवती लिएर बसेको फेला परेकाले गाउँको इज्जत जोगाउन चौकी तोडफोड गरिएको स्थानीयले बताएका छन् ।

घटनाको जानकारी पाउने वित्तिकै गोरखाकै इलाका जौवारीबाट प्रहरी टोली त्यसतर्फ प्रसथान गरिसकेको प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । प्रहरी र युवती दुवैलाई जिल्ला प्रहरी कार्यालय गोरखा ल्याउने तयारी भइरहेको छ ।


 

No comments:

Post a Comment