Monday, July 15, 2013

मुलुकभर भारी वर्षा (फोटो र भिडियोसहित)

महाकाली नदीमा पानीको सतह घट्यो, १० वटा सरकारी कार्यालय र ५० घर बगे
काठमाडौं : राजधानी काठमाडौंसहित मुलुकभर भारी वर्षा भइरहेको छ । वर्षाका कारण मुलुकभरको जनजीवन अस्तव्यस्त बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरि वर्षा जारी रहनेछ । पूर्वी तथा मध्य भागमा भारी वर्षा जारी रहने तथा पश्चिमी भागमा भने भारी वर्षामा केही कमी आउने महाशाखाले जनाएको छ ।
दार्चुलाका डीएसपी कुबेर कठायतका अनुसार आज बिहान पानी पर्न कम भएपछि महाकाली नदीमा जलस्तर घट्दै गएको छ । उनले दार्चुला सदरमुकाममा राति थप १५ वटा घर बगाएको बताए । हिजो महाकाली नदीमा बाढी आएपछि दार्चुला सदरमुकाम नै बग्न थालेको थियो । महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगा १० बटा सरकारी कार्यालयसहित झण्डै ५० घर टहरा बगाएको थियो ।
। बाढीले बाङाबगडमा रहेका चार र गल्फैमा रहेका दुईवटा घर बगाएको छ भने अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू(संरक्षण कार्यालय र जिल्ला अस्पताल भवन बगाएको छ। बाढीले अहिलेसम्म घर तथा कार्यालय गरी तीन दर्जन भन्दा बढी बगाएको प्रहरीले जनाएको छ । सदरमुकामका दर्जनौ घर तथा कार्यालय जोखिममा रहेका छन् ।darchula 1
जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय उच्च जोखिममा छन् । प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेको आधा भाग बाढीले बगाइसकेको छ । सदरमुकामस्थित खुलामञ्च पनि आधा बगाएको छ। जिल्ला अस्पतालको शव गृह र औषधी वितरण कक्ष पनि बगाइसकेको छ । नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानतर्फ सार्ने का गरिरहेका छन् ।darchula2
भारतीय सीमा क्षेत्रको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाँधमा पानी भरिएकाले फुट्ने खतरा बढेको छ । भारतले तटबन्ध निर्माण गरेका कारण त्यस क्षेत्रमा नेपालतर्फको भाग कमजोर भई दार्चुला सदरमुकामतर्फ नदी पसेको हो । जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान आग्रह गरेपछि अहिले सर्वसाधारणहरु घमाधम सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।d2
यसैबीच हुम्लामा एकै परिवारका चारजना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । जिल्लाको उत्तरी तिब्वती सीमामा पर्ने मुचु गाविसमा ठूलो पहिरो गएको र पहिरोमा पुरिएर क्याम्पा लामा र उनका तीन छोरी वेपत्ता भएको सञ्चारमाध्यमले जनाएका छन् । पहिरोका कारण एक दर्जन बढी स्थानीय बासिन्दा घाइते भएका छन् । पहिरो गएको स्थानमा नेपाली उद्धारकर्मी पुगि नसकेको भए पनि चिनीया प्रहरीले उद्धार गरी तिब्बती आश्रममा लगेको पनि जनाइएको छ ।
1614_10151437196132301_487185758_n
Published On: Tue, Jun 18th, 2013

No comments:

Post a Comment