काठमाडौं, असार ३० : नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा एक हजार ६० दरबन्दीका लागि विज्ञापन आह्वान गरेको छ । उक्त पदमा खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न विज्ञापन गरिएको हो । नेपाल प्रहरीले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी उक्त पदका लागि साउन ६ गतेदेखि १७ गतेभित्रमा आवेदन मागेको हो ।
समावेशी प्रावधानअनुसार खुलातर्फ ५ सय ८३, आदिवासी जनजातिका लागि १ सय ५२, मधेसीका लागि १ सय ३४, महिलाका लागि ९५, दलितका लागि ७२ र पिछडिएको क्षेत्रका लागि २४ दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको छ । नेपाल प्रहरीले खुला तथा समावेशी समूहको क्रम लोकसेवा आयोगको नतिजा प्रकाशन पद्धतिअनुसार निर्धारण गरिएको जनाएको छ ।
No comments:
Post a Comment