Sunday, June 2, 2013

लिम्बुवानबासी जनतालाई दमन गर्न सेना परिचालन


लिम्बुवानको शान्तिपूर्ण जुलुसमा सेना परिचालन ,अश्रुग्यास प्रहार र हवाई फायरिंग गरिएको घटनाको बिरुद्धमा प्रेस-विज्ञप्ति


federal limbuwan jindabad

मोरंग जिल्लाको टांडी गा बि स मा जेस्ठ १७ गते देखि एकात्मक राज्यले मतदाता नामावली संकलन र अबैध नागरिकता वितरण गर्न घुम्ती टोलि पठाएर कार्य शुरु गर्न थाले पछी मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद ले टांडी गा बि स कार्यालय प्रांगणमा मा




कालो झण्डा सहित नारा जुलुस गर्दै निरन्तर बिरोध गरिरहेको छ |४ दलीय सिन्डिकेट र चैत्र १ गतेको कदम को खारेजी ,अहिले सम्म प्राप्त राजनैतिक उपलब्धि हरुको संबैधानिक रक्षा गर्ने ग्यारेन्टी ,अन्तरिम संबिधान अनुसार को समानुपातिक सिट संख्या कायम ,सर्बदलीय बहस को आधार मा दलीय सरकार को ब्यबस्था त्यसपछी नया संबिधान सभाको चुनाब मा प्रवेश को माग राख्दै मंच सम्द्ब स लि रा प चैत्र १ गतेको कदम र यस संग सम्बन्धित गतिविधिहरुको बिरुद्ध मा निरन्तर आन्दोलित छ

 मोरंग को टांडी मा एकात्मक राज्यले शान्तिपूर्ण आन्दोलन गरिरहेका लिम्बुवान बिरुद्धमा  नेपाली सेना परिचालन गरेको छ ,सेना परिचालन गरेको भिडियो र फोटोहरु यस परिसद संग प्रमाणको रुपमा सुरक्षित छ |रास्ट्रीय अखण्डता प्रति सधै इमान्दार भएर नेपाल अन्तर्गत नै एतिहासिक आधारमा अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य को माग लिएर शान्तिपूर्ण रुपमा अघि बढिरहेको मंच सम्बद स लि रा प बिरुद्ध मा सेना परिचालन भएको घटनाले दिर्घकालिन रुपमा नेपाली सेना र समग्र नेपाललाइ नै अहित हुने निश्चित छ |लिम्बुवान बिरुद्धमा सेना परिचालन भएको घटना प्रति मंच सम्द्ब स लि रा प घोर भर्त्सना र बिरोध गर्दछ |

 शान्तिपुर्ण विरोधकै क्रममा जेस्ठ १८ गते टांडी गा बि स प्रांगणमा एकात्मक प्रहरीले मंच सम्द्ब स लि रा प को जुलुस माथि लाठि चार्ज ,७ सेल अश्रुग्यास र ५ राउण्ड हवाई फायर गरेको छ |प्रहरी आक्रमणले परिसदका बै के स निश्चलता लावती को देब्रे हात भाचिएको छ ,६ जना कार्यकर्ता र स्थानीय बासि गम्भीर घाइते भएका छन् र प्रहरीले स्थानीयबासिहरुको घरमा तोडफोड गरेको छ |जनपद र शशस्त्र प्रहरीको यो कायरतापूर्ण कार्य प्रति लज्जा प्रकट गर्दै घोर बिरोध गर्दछौ |घाइते हरुको उपचार र प्रहरीले तोडफोड गरेको स्थानीय बासि हरुको घरको क्षतिपूर्ति अविलम्ब तिरियोस |

 ६३/६४ को १८ दिने संघीय लिम्बुवानी आन्दोलन को बलमा राज्य संग २०६४ फाल्गुन १८ गते एतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान सुनिस्चित गर्ने लगायत का ५ बुदे सहमति मा हस्ताक्षर गरेर संबिधान सभाको चुनाब मा सहभागी भै संबिधान सभामा सभासद पठाएको ,संबिधान सभाको ४ बर्षे अवधिमा नेपालमानै सबै भन्दा धेरै शान्तिपुर्ण रोड मार्चपास ,आमसभा लगायत का सृजनात्मक आन्दोलनहरु को नेतृत्व गरेको यस मंच सम्द्ब स लि रा प ले उठाएका राजनैतिक मागहरुलाई सम्बन्धित पक्ष्यहरुले गम्भिरता पुर्बक लिनु जरुरि छ |

नेपाल मा संघीयताको बहस र आन्दोलनलाइ उठान गर्ने मंच सम्द्ब स लि रा प वा लिम्बुवान भुमि लाइ ‘’ बाइपास ‘’ गरेर अघि बढने प्रयास ४ दलीय सिन्डिकेट ले गर्छ भने त्यो देशको लागि अहित हुने चेतावनी दिन चाहन्छौ |

पहिलो संबिधान सभा किन सफल भएन ,पहिलो संबिधान सभाले सर्बसम्मत पास गरेको संघीय गणतान्त्रिक धर्मनिरपेक्ष्य नेपाल को संबैधानिक सुरक्षा बारे ,पहिलो संबिधान सभाको चुनाब को बेला आदिबासी जनजाती ,दलित ,महिला ,मधेशी ,मुस्लिम हरुले प्राप्त गरेको समानुपातिक अधिकार अझ कसरि मजबुत बनाउने भन्ने बारेमा सर्बदलीय बहस भएरमात्र दोस्रो संबिधान सभा को चुनाबमा प्रबेस गर्नु पर्नेमा रातारात चैत्र १ गते ‘’ कु ‘’ गरेर संघीयता ,गणतन्त्र र समानुपातिक अधिकार को बिरुद्द मा सदयंत्र गरे पछी हामीलाई जबर्जस्ति संबिधान सभाको चुनाब मा धकेल्ने ४ दलिय प्रयास लाइ संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद ले अस्विकार गर्द्छ |

हामीले बारम्बार भनेका छौ ,हामी संबिधान सभा पक्षधर हौ तर अन्तरिम संबिधान अनुसार चुनाब हुनु पर्दछ |

 यस परिसद को दृष्टिकोणहरु अन्तरिम संबिधान अनुसारको संबैधानिक बाटोमा भएकोले आउने एक हजार बर्षसम्म पनि आफ्नो बाटोमा नडगमगाई लडिरहन हामी संग उच्च नैतिक बल रहेको छ |

 त्यसैले देशमा शान्तिपुर्ण बाताबरण स्थापना गर्न अहिले सदयंत्रपुर्बक तरिकाले संकलन गरिरहेको मतदाता नामावली र अबैध नागरिकता वितरण तुरुन्त बन्द गरियोस ,र सर्बदलीय रास्ट्रीय बहस शुरु गरियोस त्यसपछी साच्चिकै चुनाब को बाताबरण बन्ने छ |

जय लिम्बुवान ,संघीय अभिभादन |









...................
कुमार लिङ्देन 'मिराक'
के. अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

No comments:

Post a Comment