काठमाडौं। नेपाल टेलिकमको मोबाइल सेवा प्रतिस्पर्धी कम्पनी एनसेलको भन्दा झण्डै आधा सस्तो रहेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार, नेपाल टेलिकमले लिने शुल्क एनसेलको भन्दा ४४ प्रतिशतले सस्तो छ। एनसेलको शुल्क चाहिँ ७७ प्रतिशतले महँगो छ नेपाल टेलिकमको भन्दा। यसखालको अध्ययन गरेका हुन् दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्य212 भेषराज कणेलले।
टेलिकम इन्जिनियरिङमा एमएस्सी कणेलले आफ्नो निजी बेबसाइटमा ‘मोबाइल टेलिफोन सेवाको नेपाली तीतो सत्य’ शीर्षकमा नेपालका दुई मोबाइल सेवा प्रदायक एनसेल र नेपाल टेलिकमको सेवा र शुल्कको तुलनात्मकस्थिति प्रस्तुत गरेको कुरा दूरसंचारडटकमका मदनमणि अधिकारीले लेखेका छन्। जसमा लेखिएको छ, ‘गरीब नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकम भन्दा ७७ प्रतिशत बढी महसूल लिएर।’ कणेलको विश्लेषणमा घुमाउरो पारामा एनसेल र नेपाल टेलिकम दुवैको सेवा गरीब वर्गका लागि नभएको प्रष्ट रहेको देखिन्छ। टेलिकमको सेवा एनसेलको भन्दा तुलनात्मक रुपमा कम गुणस्तरको रहेको पनि कणेलले उल्लेख गरेका छन्। कणेेललेे अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को कल र एसएमएस सम्बन्धी व्यवस्थालाई आधार मानेर यसखालको अध्ययन गरेका हुन्। उनले नेपाल टेलिकमले आम नेपालीको आफूप्रतिको सदासयता, राष्ट्रप्रेम र विश्वासलाई व्यवसायको आधार बनाएको र एनसेलले भीमकाय विज्ञापनबाट कार, मोटरसाइकल, सुन, मोबाइल जस्ता उपहारबाट धनी बन्ने सपना बेचेर महँगो सेवा बेचिरहेको उल्लेख गरेका छन्। कणेेलको निजी बेवसाइटको विश्लेषणात्मक लेखको पूर्णपाठ यहाँ प्रस्तुत छः–

मोवाइल टेलिफोन सेवाको नेपाली तीतो सत्य
१. आम नेपालीको निम्ति एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा (४४ प्रतिशत) सस्तो छ। तर गरीव नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा ‘निषेध’ गर्दछः मानौं गरीवलाइ फोन नै चाहिंदैन!
२. गरीव नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकम भन्दा ७७ प्रतिशत वढी महसूल लिएर।
३ . एनसेलले सीमित संख्याका चलाख, पढेलेखेका र व्यवसायीहरूलाई भने झण्डै नेपाल टेलिक कै जस्तै महसूल दरमा नेपाल टेलिकमको भन्दा बढी स्तरीय सेवा उपलव्ध गराउँछ।
४. नेपाल टेलिकम आफ्ना ग्राहक विस्तारका लागि मूलतः ‘आम नेपालीको आफूप्रतिको सदाशयता, राष्ट्रप्रेम र विश्वास’ मा निर्भर रहने गर्दछ, भने एनसेलले व्यापक प्रचार प्रसार र विभिन्न प्रकारका बम्पर उपहार राखी गरीव नेपालीलाई ‘धनी बन्ने सपना बेचेर’ ग्राहक विस्तार गरी महंगो सेवा विक्री गर्न सफल छ।
५. नेपाल टेलिकमले ग्राहकले आफैं कल नगरे टेलिकमको आम्दानी नै हँुदैन भन्ने मान्यता राख्दछ भने एनसेलले कुनै ग्राहकले आफूले कल नगरे पनि त्यसको फोनमा अन्यले कल गर्दा कम्पनीलाई आय आर्जन हुन्छ भन्ने मान्यता राख्दछ।
आइटियुले निर्धारण गरे अनुसार, टेलिफोनका लागि मोवाइल सेवाका विभिन्न कलहरूको टोकरी प्रतिमहिना ५०.९ मिनेटको हुन्छ। करको हिसाव नगर्ने हो भने यो मूल्य नेपाल टेलिकमका हकमा रु ५७.१५ हुन्छ भने एनसेलका हकमा यो मूल्य रु १०१.२५ अर्थात् नेपाल टेलिकमको भन्दा ७७ ५ मंहगो। तर नेपाल टेलिकमले औषतमा मासिक रु ८३.३३ भन्दा कम खर्च गर्नेको सिमकार्ड नै खारेज गरिदिन्छ, जसले गर्दा अरुबाट कल आउने पर्खाइमा बस्ने आफैं खर्च गर्न नसक्ने बृद्ध, मजदूर आदि गरीवका लागि नेपाल टेलिकमको सेवा प्रकारान्तरले बर्जित छ। ऐनसेलले मासिक न्यूनतम कल तोकेको छैन, केवल छ महिनासम्म पनि कुनै कल गरेन भने मात्र सीमकार्ड खारेज गरी दिन्छ। ग्रामीण 212ेत्रका लागि त केही समय पहिले एनसेलले मोवाइल सेटमा केही अनुदान समेत दिएको थियो। यस किसिमले यसको सेवा कुनै हदसम्म? सिमान्तकृत मैत्री? छ भन्दा अनुपयुक्त नहोला। आइटियूको मोवाइल कल टोकरीमा टेलिफोनको अलावा मासिक १०० एसएमएस कल पनि समावेस गरिएको छ। अतः पढालेखा चलाखहरूका लागि उपयोगी यो सेवा समेत हिसाव गर्दा नेपाल टेलिकम र एनसेलको महसूल क्रमशः 181 १७०.६५ र २१४.७९ छ। अतः एनसेलको सेवा टेलिकमको भन्दा एक चौथाई (२६५) ले महंगो छ। चलाख ग्राहकका निमित्त एसएमएस मार्फत् थप छुट पाउने एनसेलको व्यवस्थाले गर्दा यो भिन्नता झण्डै शून्य हुन्छ। गत वर्ष नेपाल दूरसंचार प्राधिकरणले मापन गरेको आधारमा भन्ने हो भने नेपाल टेलिकमको भन्दा एनसेलको राम्रो छ।
तीतो सत्य के भने नेपाल टेलिकमले सेवा सस्तो त दिन्छ, तर यो सेवा तुलनात्मक रुपमा ‘धनी’लाई मात्रै दिन्छ। साथै गुणस्तर तुलनात्मक रुपमा त्यति राम्रो पनि छैन। एनसेलले गरीवलाई सेवा दिन्छ तर महंगो। एकातिर देशका बहुसंख्यक सोझा साझा र गरीवलाई ‘भीमकाय’विज्ञापनबाट कार, मोटरसाइकल, सुन, मोवाइल, नगदका बम्पर उपहार राखी ‘धनी बन्ने सपना’ बेचेर महंगो सेवा वेच्न सफल छ भने चलाख, अर्कोतिर धनी र व्यवसायीलाई विभिन्न सुविधायुक्त तुलनात्मक रुपमा गुणस्तरीय र सस्तो सेवा उपलब्ध गराउँछ। बुझ्नै कठीन हुने बेबसाइट र एसएमएसवाट मात्र थाहा पाउन सकिने विभिन्न सहुलियत सहितका योजनाले गर्दा एनसेलले सीमित चलाख, पढेलेखेका र व्यवसायीहरूलाई सस्तो सेवा उपलव्ध गराउने गर्दछ भने बहुसंख्यक साधारण सोझा साझालाई यो सस्तो सेवा व्यवहारिक रुपले ‘निषेध’ नै गरको छ।यी समस्याहरू संबोधन गर्न सरकारी संयन्त्रले मात्रै पुग्दैन, सचेत नागरिक, मिडिया र यो 212ेत्रका विज्ञहरूको ध्यान जान आवश्यक छ।
(कम्पनीहरूका तथ्यांकहरू उनीहरूका हालका वेबसाइट, विज्ञापन र पत्र–पत्रिकावाट उपलव्ध सामग्रीबाट लिइएको हो)
No comments:
Post a Comment