Monday, June 10, 2013

दुई करोड धरौटी नबुझाएपछि पर्शुराम बस्नेत जेल चलान

  • सोमबार २७ जेष्ठ, २०७०

काठमाडौं- आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेका विराटनगरका पर्शुराम बस्नेत विशेष अदालतमा दुई करोड धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि उनी केन्द्रीय कारागार जगन्नाथ देवलमा चलान भएका हुन्। उनकी पत्‍नी अञ्जु सिंह भने साधारण तारेखमा रिहा भएकी छन्। 
सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एमाले निकट युवा संघको केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चल इन्चार्जमा प्रमोसन पाएका बस्नेतले आफू एमालेको जिउँदो सहिद बनेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दाबाट पार पाउन पार्टी नेता गुहारेका थिए। 
बस्नेतको अभियोगपत्रमा उनी र उनकी श्रीमती अञ्जु सिंहको नाममा विभिन्न ११ कित्ता जग्गा, विभिन्न बैंकको सेयर, ९ करोड ६६ लाख बैंकिङ कारोबार, ७१ लाखको जग्गा खरिद र ४३ लाखको बिक्री, हुन्डाइ टक्सनलगायत ६४ लाखको सवारीसाधन खरिदलगायतमा लगाइएको रकम काठ तस्करी, सीमापारी तस्करी, ठेक्कापट्टाको कमिसन र असुलीबाट आर्जन गरेको अनुसन्धानको निष्कर्ष छ।

No comments:

Post a Comment