Friday, June 14, 2013

कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा (हेर्नुहोस् भिडियो)

Published on Apr 25, 2013
Congratulations to Mr Dilli Ram Parajuli, Nepali national, winner of One Million US Dollars, Ticket No 1922. 
The Draw was conducted on 25th of April 2013.
The CEO of Qatar Airways and Qatar Duty Free, Mr Akbar Al Baker (Centre), picked the winning ticket.
काठमाण्डौ, बैशाख १३  । कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८ करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन । पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो । लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ ।  कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए ।
कतार ड्युटी फि्रले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्‍याफल’ सुरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ ब्यक्ति हुन् । कतारको ड्युटी फि्रलाई लक्षित गरि सुरु गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन ।
एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका बारेमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन ।

No comments:

Post a Comment