Sunday, June 2, 2013

कमलरीको टाउकोमा प्रहरीको लाठी (भिडियो र फोटो फिचर)

(1 Vote)
कमलरीको टाउकोमा प्रहरीको लाठी (भिडियो र फोटो फिचर)
काठमाडौं- सिंहदरवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ। हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो। 
Laptop Bag with every nagarik
कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्‍वमा खटिएका प्रहरीले दमन गरेका हो।
प्रहरीको कुटाइबाट दर्जन कमलरी घाइते भएका छन्। तीन जनाको अवस्था भने गम्भीर रहेको संयोजक फकला थारुले नागरिकन्युजलाई बताए। उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा दाङकी उर्मिला चौधरीकैलालीका कमला चौधरी र सुजता चौधरी छन्। उनीहरु अझै बेहोस रहेको संयोजक थारुले बताए। बाँकी कमलरीलाई प्रहरीले हिरासतमा लिएको छ। 

पुरुष प्रहरीले कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए। उनीहरुले 'महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?' भन्दै प्रश्‍न गरेका थिए। 

मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङबाँकेबर्दियाकैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।

राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए। प्रहरी हस्तक्षेपको थारु कल्याणकारिणी सभा र एमालेले कडा आपत्ति जनाएको छ। प्रेस विज्ञप्ती जारी गर्दै थारु कल्याणकारिणी सभाले सरकारलाई आतंककारीको संज्ञा दिँदै घोर भर्त्सना गरेको छ। त्यस्तै एमालेले पनि विज्ञप्ती जारी गर्दै दमनको विरोध र संघर्ष समितिको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ।
attacj in kamalari girl-2
attacj in kamalari girl-3

attacj in kamalari girl-4
attacj in kamalari girl-5
attacj in kamalari girl-6
attacj in kamalari girl-7
तस्बिर : मदन चौधरी
भिडियो हेर्नुस्

घट्नाको विरोधमा थारु कल्याणकारिणी सभाले जारी गरेको विज्ञप्ती
प्रेस विज्ञप्ति
सरकारले आज काठमाडौंमा घोर आतंककारी कार्य गरेको छ । आज सिंहदरबारको
दक्षिणी भागमा निहत्था महिलाहरुको समूहमाथि बर्बर आक्रमण गरिएको छ ।
कमलरी सिर्जना चौधरीको ललितपुरमा गरिएको हत्याको छानवीन गरि दोषीलाई
कारबाही गर्नुपर्ने लगायत विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका
महिलामाथि सिंहदरबारको दक्षिणी गेट नजिकै प्रहरीले निर्ममतापूर्वक आक्रमण
गरेको हो । निहत्था महिलामाथि प्रहरीको ठूलो टोलीले अभद्र र अमर्यादित
व्यवहार गर्दै हातपात गरेको थियो । साथै प्रहरीले लाठी र बुटले महिलाको
संवेदनसील अंगमा प्रहार गर्दा दर्जनौं जना घाइते भएका छन् ।
कमलरी मुक्तिको घोषणा गरिनुपर्ने समेत माग राखी मुक्त कमलरी संघर्ष
समितिले काठमाडौंको रत्नपार्कमा धर्ना दिँदै आएको थियो । शान्तिपूर्ण
आन्दोलनको क्रममा अज सिंहदरबारको दक्षिणी गेट नजिकै पनि धर्ना राखिएको
थियो । सोही धर्नामा सहभागी महिला पुरुषमाथि खिलराज रेग्मीको सरकारले
प्रहरी खटाएर आक्रमण गराएको हो ।
प्रहरी आक्रमणमा घाइते महिलाहरुको चिन्ताजनक अवस्थामा काठमाडौंको बीर
अस्पताल र अन्न्पूर्ण अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइते भइ उपचार
गराइरहनुभएकाहरुमा सीता चौधरी, निमा चौधरी, उर्मिला चौधरी, रिता चौधरी,
दिपीका चौधरी, रमिता चौधरी, कमला विक, कमला चौधरी, सिरमला चौधरी
हुनुहुन्छ । यसै शान्तिपूर्ण आन्दोलनमा सहभागी पचासजना भन्दा
धेरैलाई प्रहरीले अनाहकमा पक्राउ गरेको छ ।
राजधानीमा दिनदहाडै सरकारले गरेको गुण्डागर्दीको हामी घोर भतर्सना
गर्दछौं । सरकारले महिलामाथि अत्यन्त अमानवीय र अनैतिक ढंगले आक्रमण
गरेको छ । महिलाको अस्मितालाई नै चुनौती दिने गरि सरकारले गरेको यो
आक्रमण विरुद्धमा प्रतिकारको कदम चाल्न हामीलाई बाध्य नबनाउन चेतावनी दिन
चाहन्छौं ।

थारु कल्याणकारिणी सभाको तर्फबाट
राजकुमार लेखी थारु
केन्द्रीय प्रशिक्षण विभाग प्रमुख
थारु कल्याणकारिणी सभा

No comments:

Post a Comment