Friday, June 21, 2013

धौलीगंगा बाँधले बाढी आएको होइन : भारत

काठमाडौ, असार ७ - नेपालस्थित भारतीय राजदुताबासले धौलीगंगा बाँधका कारण महाकालीमा बाढी नआएको प्रष्ट्याएको छ । आज बिज्ञप्ती जारी गर्दै उसले मनसुनसँग सम्बन्धित रहेको बाढीमा बाँधको सम्बन्ध नभएको दाबी गरेको हो ।
महाकाली नदिमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा तहसनहस बनेको थियो । साथै, यसले कैलाली, कञ्चनपुर, कालिकोटमा समेत प्रभाव पारेको छ । दार्चुलाको राजनीतिक दलहरुले मंगलबार भारतले धौलीगंगा जलबिद्युत परियोजनाको बाँध बाँधेका कारण महाकालीमा बाढी आएको निश्कर्ष निकालेका थिए ।
'भारतले धौलीगंगा जलबिद्युत आयोजनाको ड्याम खोलेका कारण बाढी आएको भन्ने समाचार हामीले अध्ययन गरेका छौं', बिज्ञप्तीमा भनिएको छ,'धौलीगंगा नदि प्रवाहमा आधारीत पानीको सतह स्थिर रहने सानो परियोजना हो ।'
आइतबारको भारी बर्षाले परियोजना क्षेत्रमा पानीको बहाब अत्याधिक बढेको र ड्यामसम्म पुग्ने बाटोसमेत बन्द भएको बिज्ञप्तीमा भनिएको छ । 'ड्यामसम्म पुग्ने बाटो नै पानी प्रवाहका कारण बन्द भएकाले ड्याम खोल्ने कुरै आउँदैन्', बिज्ञप्तीमा भनिएको छ,'नेपाल र भारतको तल्लो तटीय क्षेत्रमा आएको बाढी मनसुनका कारण आएकाले यसमा बाँधको कुनै प्रभाव छैन् ।' बाढीका कारण भारतले पनि ठूलो क्षति व्यहोर्नुपरको बिज्ञप्तीमा भनिएको छ ।

'भारतले ड्याम खोल्दा महाकालीमा बाढी'

  • घटना सूनियोजित : दार्चुलाका राजनीतिक दल


नेपालगन्ज, असार ४ -  दार्चुलामा कृयाशिल राजनीतिक दलका प्रतिनिधीहरुले भारतले नेपाली पक्षलाई जानकारी नै नदिएर एकतर्फी रुपमा धौलिगंगा जलबिद्युत परियोजनाका ढोका खोलेकाले अत्याधिक क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

भारतले सन् १९९९ मा उत्तराखण्डको धार्चुला उत्तरमा रहेको धौलिगंगामा ड्याम निर्माण गरेर २ सय ८० मेघावाट बिजुली उत्पादन गर्दै आएको छ । धौलिगंगाको उब्रेको पानी तवाघाट नजिकबाट सीमा नदी महाकालीमा खसालिएको छ । पूर्ब जानकारी बिना अघिल्लो दिन नै परियोजनाका ढोका खोलिएकाले महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगामा अत्याधिक क्षति पुगेको दलका प्रतिनिधिहरुले बताएका छन् ।
एकपक्षीय र सुनियोजित ढंगले ढोका खोलिएको भन्दै उनीहरुले आपत्ति ब्यक्त गरेका छन् । मंगलवार बिहान जिल्लाका कृयाशिल सबैजसो राजनीतिक दलका प्रतिनिधिहरुको आकस्मिक बैठक बसेको थियो । नेपाली प्रशासनलाई समेत जानकारी नदिएर भारतले परियोजनाका ढोका खोल्दा सदरमुकाममा धनजनको अत्याधिक क्षति भएकाले यो घटनाको अन्र्तराष्ट्रिय स्तरबाटै छानबिन हुनुपर्ने निष्कर्ष दल प्रतिनिधिहरुले निकालेको दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले टेलिफोनमा बताएका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय समकक्षिलाई टेलिफोन गर्दा नउठाएको भन्दै उनीहरुले आपत्ति ब्यक्त गरे । ढोका खोल्नु अघि भारतीय पक्षले आफ्ना नागरिकहरुलाई माइकिङ गरेर त्यसको जानकारी दिएको तर नदी वारिका नेपालीहरुलाई त्यसको समयमै खबर नगरिदा बिनासले ठुलो क्षति पुगेको दलका प्रतिनिधिहरुको भनाई छ ।
भारतले सन् १९९९ मा महाकालीको सहायक धौलिगंगामा निर्माण गरेको परियोजनाको नेपाली नागरिकहरुले बिरोध गर्दै आएका छन् । उनीहरुले वातावरणिय प्रभाव मूल्यांकनको बेवास्ता गर्दै सीमा नदीमा प्रतिकुल प्रभाव पर्ने ढंगले परियोजना निर्माण गरेका थिए । त्यसले गर्दा बेलाबेलामा महाकाली नदीको प्राकृतिक बहाव रोकिने गरेको छ । यसअघि पनि ऐलागाड नजिक महाकाली थुनिदा समस्या भएको थियो ।
 प्रकाशित मिति: २०७० असार ४ ११:२०

No comments:

Post a Comment