पंकज चौधरी
विश्लेषण– नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले दुई वर्ष लामो कोशिसपछि बल्ल दिल्लीको दैलोमा स्वागत पाएको रहष्य खुलेको छ । भारतलाई रिझाउन देउवाले ‘निधि कार्ड’को प्रयोग गरेको पनि खुलासा भएको छ ।
बिगतमा देउवाको १८ महिने सरकार भारतले नै ढालिदिएको थियो । महाकाली सन्धि पारित गराउन देउवाको भूमिका भारतीय इन्ट्रेस्टमा नभइ अमेरीकी इन्ट्रेस्टमा थियो । किनकी महाकाली सन्धि पारित गराएर अमेरिका एमाले फुटाउन चाहन्थ्यो । त्यसमा देउवालगायत एमालेका केही नेताहरु पनि सामेल भए । अमेरिका सफल भयो । त्यसबाहेक अन्य राजनीतिक घटनाक्रममा भारत र देउवावीचको सम्बन्ध तितो नै रहदै आएको छ । अमेरीकाकी पुर्व राजदूत जुलीया चाङ ब्लकसँगको बिगतको गहिरो सम्बन्धका कारण भारतले देउवालाई अमेरिकाकै विश्वास पात्र ठान्दै आयो ।
पछिल्लो कालखण्डमा खासगरी बाह बुँदे समझदारिपछि नेपालमा अमेरिकी प्रभाव कमजोर हुदै गयो । अमेरिकी प्रभाव कमजोर भएपछि देउवा भारततर्फ ढल्किने कोशिस गर्न थाले । त्यो कुरा उनीहरुलाई मन परेन, जो पहिल्यै भारतसँग नजिक थिए । अर्जुन नरसिंह केसीहरुले देउवाविरुध्द भारतीयहरुलाई उक्साइरहे ।
देउवाले दिल्लीलाई दाहीना बनाउन यसअघि पटक–पटक कोशिस गरेका थिए । हुन त भारतको एउटा लवीसँग नजिक मानिने काँग्रेस नेता प्रदीप गिरीले देउवालाई साउथ ब्लकसँग नजिक गराउने कोशिस नगरेका होइनन् । तर गिरीको पहललाई देउवा स्वयंले महत्व दिएनन । यस काममा देउवा पत्ती आरजु राण पनि लागीन् । आफना पतिलाई भारतका दृष्टीमा योग्य साबित गराउन देउवा पत्नी आरजु राणा स्वयं भिडेकी थिइन् । आरजुले यसविचमा पटक पटक निजी तवरमा दिल्ली भ्रमण गरी भारतको संस्थापनसँग सम्बन्ध सुधार्ने कोशिस नगरेकी होइनन् । भारतको संस्थापन पक्षले आरजुलाई ‘हैसियत नपुगेको’ भन्दै खासै महत्व दिएन । त्यही भएर भारतीय काँग्रेस आइकी नेतृ सोनीया गान्धीसँग भेटका लागि आरजुले तिन पटकसम्म गरेको प्रयास र अनुरोध सफल भएन । सोनीयाले नै ‘लो प्रोफाइलका नेतालाई भेट्दिन’ भनेर उनको आग्रह अस्वीकार गरीन ।
आरजुको प्रयास असफल भएको देखेपछि देउवाले त्यो काममा काँग्रेस नेता विमलेन्द्र नीधिलाई अघि सारे । विलेन्द्र नीधि मधेशको नेता र काँग्रेसका पहिलो पुस्ताका नेता महेन्द्र नारायण निधिको छोरा भएकाले भारतले उनलाई विशेष सम्मान दिदै आएको थियो । त्यसैले बिमलेन्द्रको कोशिसले प्रभाव देखाउन थाल्यो ।
खासगरी नेपालका लागि भारतीय राजदूतका रुपमा राकेश सुद आएलगत्तै देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि ‘बिमलेन्द्र कार्ड’ प्रयोग गर्न थाले । सुद काठमाडौं आएको दुई महिनाभित्रै विमलेन्द्रसँग भेटेका थिए । यसवीचमा दर्जनौं पटक बिमलेन्द्र र राजदूत सुदवीच भेटघाट भयो ।
‘अमेरीकी क्याम्प’का देउवामाथि भारतले तत्काल विश्वास गरिहाल्ने अवस्था थिएन । अर्कोतीर देउवाको अस्थीर स्वभावका कारण पनि भारतले उनलाई विश्वास गर्ने अवस्था थिएन र अझै पनि पुर्ण विश्वास गरेको छैन । विमलेन्द्रको कोशिसपछि गत वर्ष राकेश सुद र देउवावीच भेटवार्ता भयो, देउवा निवासमै । त्यसबेलै देउवाले आफु भारत भ्रमण गर्न र सम्बन्ध सुधार्न इच्छुक रहेको बताएका थिए । सुदले त्यसबेला देउवालाई ‘भारतसँग लाइन मिलाईदिने’ आश्वासन दिएका थिए । त्यसैको प्रतिफल यसपाली देउवाले भारतको भ्रमण गर्न पाएका हुन् । अर्थात दिल्लीको दैलो टेक्न पाएका हुन् ।

कुनै नेता भारत भ्रमणमा जानासाथ प्रधानमन्त्रीको टिका लगाएर फर्कन्छ भन्ने नेपाली मानसीकता छ । तर देउवालाई भने भारतले अझै पत्याएको छैन । पुर्व प्रधानमन्त्रीको हैसीयतले प्रोटोकल बमोजिम नै उनलाई दिइएको सम्मान र स्वागतलाई नेपाली मिडियाले ‘भव्य सम्मान’ बताए पनि यथार्थ त्यस्तो छैन । देउवालाई बेला न कुबेला ‘सम्मान गर्न हैन, ‘सल्लाह दिन’ भनेर भारतले डाकेको हो । यतिबेला देउवालाई भारत डाक्नुको महत्वपूर्ण कारण हो, निर्वाचनका लागि बातावरण बनाउनु ।
काँग्रेस सभापति शुसील कोइराला र उनको गुटले झिना मसिना अडान अघि सार्दै निर्वाचनको बातावरण खलबल्याइरहेको बेला देउवालाई डाकेर भारतले ‘निर्वाचन नभाँडन’ सल्लाह दिएको बुझिएको छ । ‘आप सुशीलजीको सम्झाइए, इलेक्सन जरुरी है । शुशीलजी लोकतन्त्रको संस्थागत करना नही चाहते है ? लिबर्टी तो जरुरी है, तो क्यों वह इलेक्सन से बहक रहे है ?’ भन्दै भारतीय नेताहरुले देउवालाई हप्काउने शैलीमा भनेको बुझिएको छ । भारतले अब एमाले र अन्य दलका केही नेतालाई पनि भारत डाकेर निर्वाचनमा जुटन सल्लाह दिनेछ । नेपालमा निर्वाचन होस भन्ने भारतीय पक्षको चाहना देउवाको भ्रमणको क्रममा झन प्रखर भएको छ ।

No comments:
Post a Comment