Thursday, May 9, 2013

आमाको माया


भिक्षु अश्वघोष
बुद्धकालीन एक घटना हो । एउटा शहरमा आमा छोरा थिए । उनीहरु कुषि व्यवसाय गर्थे । आमा र छोराबीच खूब मायाममता थियो । आमाचाहिं बुढी हुँदै गइन् । आमाले विचार गरिन्-मेरो छोरो तरुण भइसक्यो । ऊ एक्लैले सबै काम गर्नु परेको छ । म पनि धेरै दिन बाँच्दिन । अहिले नै छोराको विवाह गरि दिन सके आनन्द हुन्छ । नातिको मुख हेरेर मर्न पाए भने राम्रो हुन्छ । 
यस्तो विचार गरी बुढीले छोरालाई भनिन्-अब त्रि्रो विवाह गर्नर्ुपर्छ । विवाह भइसकेपछि साथी हुन्छ । काम गर्न सजिलो हुन्छ । छोराले भन्यो-अहिले विवाह गर्ने इच्छा छैन । पछि मात्र विवाह गरुँला । आमाले छोराको कुरा मानिन् । 
आमाले छोराको इच्छाबिना नै विवाह गरिदिइन् । अहिलेको कथामा जस्तै उनीहरु पाँच -छ महिना मिलेर बसे । पछि सासू र बुहारीबीच कलह शुरु भयो । दिनका दिन कचकच हुन थाल्यो । बुहारीले आफ्नो लोग्नेलाई राम्रोसँग आफ्नो बसमा लिइन् । त्यसपछि छोरा बुहारीले आमालाई घरबाट धपाइदिए । त्यसपछि बुहारीले भनिन्-अहिले कस्तो आनन्द । 
बुढी घरमा रहुन्जेल कति पनि सुख थिएन । बुढी घरबाट बाहिर गइसकेपछि खूब आनन्द भएको छ । बुढीको छोराले पनि श्रीमतीको कुरामा साथ दियो । 
यो कुरा बुढीको कानमा पर्‍यो ।मतलब कसैले सुनाइदियो । बुढी भीख माग्दै खाइरहेकी थिइन् । छोरा बुहारीको कुरा सुनेर बहुला जस्तो कराउन थालिन्-संसारमा धर्म र न्याय रहेन । आमालाई घरबाट धपाएर छोरा र बुहारी दुवै जनालाई आनन्द भयो रे ! अब धर्म मर्‍यो ! धर्मको श्राद्ध गर्न पर्‍यो धर्म मर्‍यो !! न्याय पनि मरिसक्यो । यसरी पागल जस्तै बक्बकाउँदै बाटोमा हिंड्दै थिइन् । त्यसैबेला एकजना मान्छे पछि पछि आइरहेको थियो । उसले सोध्यो, बज्यै ! किन यसरी कराउँदै हिंडेको - के भयो - 
बुढीले भनिन्-हर्ेनुस् न, आमालाई घरबाट धपाएर छोरा र बुहारीहरुलाई सुख भयो रे, आनन्द भयो रे । अब धर्म मर्‍यो, न्याय रहेन । त्यसैले धर्मको श्राद्ध गर्न जान लागेको । 
अनि त्यो मान्छेले भन्यो-त्यसो भए बज्यैको पापी छोरालाई म मारिदिनछु है - बुढी एकछिन टोल्हाएर बसिन् । उनमा छोराप्रति माया लागेर आयो र भनिन् मेरो छोरालाई नमार्नुस्। 
अनि त्यो मान्छेले भन्योर्-भर्खरै धर्म मर्‍यो भनेको होइन - त्यस्तो दुष्ट छोराप्रति कसरी माया लागेको - बज्यै धर्म मरेको छैन । धर्म रहेकोले नै बज्यैलाई  छोराप्रति माया लागेको हो । सत्य लोप भएको छैन । न्याय पनि बाँकी छ । 
उता घरमा बसेको छोराको तर्फाट पनि छोराको जन्म भयो । छोरा जन्मनासाथ छोराप्रति खूब ममता जागेर आयो । अनि उसले मनमनै विचार गर्‍यो-म जन्मेको बेलामा पनि मेरी आमालाई यस्तै आनन्द भएको थियो होला । धिक्कार मैले स्वास्नीको कुरा सुनी बुढी भएकी आमालाई घरबाट धपाइदिएँ । मबाट धेरै नराम्रो पाप भयो भन्दै पश्चाताप मानेर आमालाई खोज्न गयो । ऊ आमाकहाँ पुगेर आमाको गोडा ढोगी क्षमा माग्न थाल्यो र भन्यो-आमा, घर जाउँ । आइन्दा यस्तो नीच काम मबाट हुनेछैन । आमालाई केही पनि दुःख हुने छैन । त्यो दिनदेखि उनीहरु सुख र शान्तिपर्ूवक बस्न थाले । 
आमाबाबुको गुण सम्झनु एउटा सत्पुरुष धर्म हो । गौतम बुद्धले आमाको महत्वबारे बारम्बार भन्नुभएको छ । घरको साथी को हुन् भन्ने प्रश्नको उत्तर दिनु हुँदै भन्नुभएको छ-मातामित्तं सके घरे अर्थात् घरमा साँच्चैको मित्र आमा हुन् । 
आमाको माया र ममता कतिसम्म बलियो छ भने उनी रातो रगतलाई सेतो पारी रसयुक्त दुध पिलाउँछिन् । आमा आफ्ना बच्चाहरुको लागि जुनसुकै दुःख, कष्ट भोग्न तयार हुन्छिन् बच्चाले जत्ति लातीले हाने पनि सहेर बस्छिन् । रिस देखाउँदिनन् । 
आमाका बच्चाप्रति कतिसम्म माया र प्रेम छ भन्ने बुझ्नको लागि अरहन्त -निर्दोष) भिक्षु सिवलीको आमा सुप्पवासा उपासिकाको घटना प्रस्तुत गर्छु । 
सिवली आमाको गर्भमा भएको सुप्पवासाले धेरै दुःख भोग्नु परेको थियो । प्रसुति  ब्यथाले मरणान्त दुःख भयो । जब सिवली जन्म्यो प्रसूति वेदनाको अन्त भयो । त्यही उपलक्ष्यमा बुद्धसहित भिक्षु संघलाई भोजन दान दिइयो । 
बुद्धले सोध्नुभयो-सुप्पवासा, धेरै कष्ट भोगेर बच्चा जन्मायौं । यस्ता बच्चाहरु अरु पनि जन्माउन चाहन्छौ - सुप्पवासाले भनिन्-जत्ति दुःख भोग्नु परे पनि एउटा मात्र होइन,यस्ता बच्चा सात जना जन्माउने इच्छा छ । उनको कुरा सुनेर बुद्ध हाँस्नुभयो । 
आमाको माया र ममता यसैबाट बुझ्न सकिन्छ । बुबाको प्रेम र माया पनि त्यत्तिकै नै छ । भनिन्छ, बच्चाप्रति आमाको मायाममता जत्ति छ त्यति बाबुको हुँदैन रे । तर बुबा नभइकन आमाले छोराछोरी पाउन सक्दिनन् । बच्चाको माया पाउँदैनन् । त्यसैले बुद्धले भन्नुभएको थियो-मतापितु उपट्ठानं सप्पुरिस पञ्ञत्तं, पण्डित पञ्ञत्तं अर्थात् आमा बुबाको सेवा गर्नु सत्पुरुष र पण्डितहरुले बनाएको नियम हो । 
बुद्ध धर्ममा महिलालाई कतिसम्म सम्मान गरिएको छ भने पालीभाषामा नारीलाई मातुग्राम शब्द प्रयोग गरेको छ । अर्थात् आमाको गाँउ भनिएको छ । यो आमालाई उच्च स्थान र पदवी दिइएको हो । 
छोराछोरीहरुलाई आमाबुबाले जस्तो उपकार गर्ने अरु कोही छैन भन्नुमा अत्युक्ति नहोला । त्यसैले छोराछोरी आमाबुबाको ऋणी छन् । यो ऋणबाट मुक्त हुन सजिलो छैन । 

No comments:

Post a Comment