Wednesday, May 29, 2013

कंग्रेस एमाले सामन्ती कै दुइपाटे प्रतीक

ईतिहासको पाना बाट- हिजो के भयो र भोलिके हुँदैछ  ?
नेपालमा माओवादीलाइ ‘आतंककारी’ घोषित गरिएको छ र देश भित्रका समस्त शक्तिले पनि माओवादी शक्तिलाइ दबाउन असमर्थ भएपछि अब विदेशीलाइ गुहार्न दौडधूप चलेको छ, त्यसो त माओलाइ नै पनि त एकताका लङ मार्च सफल हुँदै गएपछि एउटा साम्राज्यवादी मुलुकले लाल डाकु नभनेका होइनन नी 
यस सयम नेपाललाइ आतंकित गराउने सारा दोष माओवादीलाइ मात्र दिएर राजाको सरकार मात्र नभएर प्रशासनलाइ गौमत छर्केर जुन झुटो प्रचार हर माध्यमबाट भइरहेको छ त्यो साधारण जनताको पनि चित्त नबुझदो छ, झुठो र कपोकल्पित छ यस समय संविधान भनिने कंग्रेस एमाले र दरबारको त्रिपक्षीय सम्झौता पत्रले यसको प्रस्तावनालाइ अर्ध जीवित अवस्थामा पुर्‍याएको छ, सही समाचार न बाहिर ल्याउन दिइएको छ, न त आइरहेको छ, आइरहेको छ त केवल माओवादीले आक्रमण गरेको र तिनीहरु मारिएको समाचार ।
माओवादीको जुझारु रुप स्पष्टसंग देखिनु अघि र माओवादीलाइ आतंककारी घोषणा गरिनु अघि नै देशको  शहर बजार कुना काप्चा चारैतिर प्रहरी प्रशासन, कंग्रेस र एमालेको आतंक चरम सीमामा पुगेको थियो, अब त त्यसमा सैनिक आतंक पनि थपिएको छ । त्यसको साक्षात प्रमाणको रुपमा म यहाँ दुइ चार आफ्नै उदाहरण पेश गर्छुः
दोलखा जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन समर्थक उम्मेदवारहरु एक जनालाइ चुनाव ताका कंग्रेसले नाम दर्ता नै गराउनु दिएन । साफी पिटने काम मात्र गरेनन तर बिहानदेखि साँझसम्म एउटा घरमा लगेर बन्द गरी दिने काम गरे । दोलखामा एमएनओको बोर्ड राख्न नदिएर प्रहरी प्रशासनको मदतले हटाउने काम गरे भने एमालेका गुण्डाहरुले एकजना एमएनओ समर्थकको घर नै उजाड बनाइदिने गरी ढुंगाले भत्काइदिए । मेरो चुनाव क्षेत्रमा कंग्रेसहरुले हत्यारालाइ नेता बनाएर गुमाउने राती राती एमएनओको झण्डा उखेली कंग्रेसको झण्डा गाडने काम गरे । पाँचथरमा लिम्बुहरुलाइ बाहुन, छेत्री, प्रहरी र गार्डले मिलेर हिन्दु आर्य भनेकोमा पक्राउ गरी दण्ड तिराएर भागवण्डा गरी खाए । सेप्टेम्बर ७ तारिख बेलुकी ५:३० मा मेरो घरमा एकजना इन्सपेक्टरको नेतृत्वमा प्रहरी दल बल गएर मेरो अफिसको नौला पुस्तक ‘अस्तित्वको खोजमा मंगोलको’ मात्र होइन अफिसमा भए जति सबै बहुमुल्य वस्तुहरु उठाएर लगे । मलाइ नभेटेको झोंकमा मेरी पाहुना बहिनीलाई नै लिएर गए र बन्दगीको रुपमा प्रयोग गर्ने काम गरे । प्रहरीलाइ सोधें पंचायतकालीन भाषामा माथिको आदेश भनिदियो, धम्कायो, सेलायो चाउरियो, बस्यो । यस्ता हजारौ प्रहरी र प्रशासनबाट भएको आतंकित कार्वाही चाहि आतंककारी थियो कि थिएन ? 
जुझारु रुपमा ओर्लिएपछि त संसर भरनै मार्ने र मर्ने काम हुन्छ, त्यो कतै पनि जहिले पनि भइरहेको छ । राजाको सरकारले, सेनाले, प्रहरी प्रशासनले गरेको जुनसुकै अपराध पनि आर्शिवाद हुने, मानव अधिकिारवादी हुने यो कसरी हुन सक्छ र ? जुझारु अवस्थामा र क्रान्तिद्वारा सत्ता परिवर्तनको हतियार उठाउंदा, भारतबाट अंग्रेजहरु लखेटदा, बंगलादेशको मुक्तिको लडाइंको बेला, नेपालमा नै राणा शासन हटाउंदा, बहुदल माथि बलात्कार हुंदा नै नभएको हो कि ? हतियारधारीसंग लडने त हतियारधारी नै हुन्छ हतियारधारीको अघिल्तिर हतियार विहिन जनता त मारिनु बाहेक केही पनि हुंदैन उसको हालत बाघको मुखेन्जी मराए, पाकिस्तानी सैनिकले वर्तमान बंगलादेशकालाइ मराए । १९६० मा राई लिम्बु र गुरुङ मगर गाउंमा बाहुन छेत्री पल्टन पठाइयो, खाडल खन्न लगाइयो, गोली ठोकियो , पुरिदियो तर त्यही शासन तीस वर्षसम्म चल्यो, शक्तिको अघिल्तिर सबैको शीर नत थियो । त्यहां मानव अधिकार हनन भएन न त भ्रष्टाचार नै देखिन्थ्यो । पिसकोरकाण्डमा, छिनताङ काण्डमा हतियार बिहिन जनताको हत्या निर्ममता पूर्वक भयो तर तिनै हत्याराको नायकेहरु आज खांटी राष्ट्रीय प्रजातन्त्रवादी पनि भएका छन । भ्रष्टचारीहरु, हत्याराहरु जसको साथमा पैसा, कुटनैतिक बल, सैनिक र प्रहरीबल, प्रशासन बल छ त्योसंग अधिकार माग्ने र खोस्ने काम केवल दुइ प्रकारले हुनसक्छ एउटा हो सारा जनता आन्दोलित भएर अघि बडनु, अर्को हो हतियारसंग जुझनु हतियार नै उठाउनु जुन आज माओवादीले गरिरहेका छन । हुन त माओवादीको नाममा विभिन्न क्षेत्रमा पेन्ट लगाएर हिडने युवतीहरुलाइ समातेर पेन्ट काटिदिने, च्यातिदिने, साडी र सिन्दुर भिडाइदिने काम नभएको होइन गरीबहरुको घरमा पसेर विभिन्न लान्छना लगाएर भांडाकुडा फोरिदिनु, लुटिदिने काम नभएको होइन, पश्चिममा तिमी मतवालीहरुलाइ मतवालीहरुद्वारा नै ठीक गर्छौ र पूर्वमा तिमी मतवालीहरुलाइ ठीक गर्न हामी बाहुन छेत्री सक्षम छौं, भन्दै हिंडने नक्कली माओवादीहरु देखा नपरेका पनि होइनन । अपितु त्यस्ता नक्कली माओवादीहरु अब तुम शरणम गच्छामी भइसकेका हुनन ।
मंगोल नेशनल अर्गनाइजेशन र मंगोल शब्द नै पनि भोली काउसो बन्न सक्छ जसरी आज जम्मै पार्टीका नेताहरुका निम्ती काउसो बनेको छ । परन्तु कुरा वर्तमानको हो, गतवर्ष जुनको दररिया निर्ममता र निरंकुश हत्याकाण्डपछि माओवादीले नेपालमा जम्मै कम्युनिष्ट नामधारी नक्कली कम्युनिष्टहरुलाइ पाठ सिकाएका छन मात्र होइन उछिनेका पछि छन जसले गरीबको सरकारको गीतांगे भएर गरीबलाइ नै ठगिरहेका छन र त्यसो गर्नेमा एमाले पहिलो हांचमा पर्छ । कंग्रेस, एमाले एउटै रुपियांको दुइ पाटा जस्ता हुन र सामन्तीका प्रतीक हुन यिनीहरु भ्रष्टाचारका नायके रुढिवादका पूजारी नौलो पुञ्जीपति हुन । यिनीहरुको नौलो जनवाद जस्तै यिनीहरुको नेतृत्वको दिवालीया पनि नबुझनेको निम्ती खोलाको गीत भएता पनि बुझनेको निम्ती हांसको चाल र कुखुराको चाल हो । दरबार हत्याकाण्डसम्म माओवादीलाई हेर्ने र बिचार्ने तह दुइ खेमामा विभक्त भएको भएता पनि अब त्यसले एउटा कोल्टो फेरेको छ । कंग्रेस अब त्यसको अडानको अग्नि परिक्षा भइरहेको छ । कंग्रेस र एमाले पनि राप्रपा जतिकै सामप्रदायिक पार्टी हो र त्यसमा पनि राप्रपा छेत्री पार्टी हो भने कंग्रेस र एमाले बाहुनवादी पार्टी हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुनासाथ झण्डलाई कालो बोकाको रगत भोग दिने कम्युनिष्ट नेता पनि हुन । कम्युनिष्ट जन्माउने नै कार्लमार्क्स हुन । मार्क्स र एगेल्सले कम्युनिष्ट घोषणा पत्र प्रकाशित गरेका १८४८ मा हो, माक्र्सको क्रान्तिकारी विचारलाइ रुसमा फक्राएर जसरी माओले चीनमा । सायद चीनमा सनयातसेन र माओ नजन्मेका भए चीन अफिमकै नशामा निदाइरहेको हुन्थ्यो र चीनको छात्ती विदेशी साम्राज्यवादीहरुले छिया-छिया पारी सकेका हुन्थे । चीनमा जनवादी नारा दिने सनयातसेन हुन । चीनका पहिलो राष्ट्रपति सनयातसेनको पार्टी ‘तुङमेङ हुइ’ ले कहिले दर्ता नपाएको भएता पनि हजार वर्ष पुरानो मंचु राजतन्त्रको जरो उखालिदियो । राष्ट्रीय राजनीतिमा ठूलै पार्टीको मात्र गणना हुंदैन कम्युनिष्टहरुको निम्ती धर्म अफिम हो र कालो बोकाको भोग चडाउने कम्युनिष्ट कम्युनिष्ट नै होइन । 
उता पक्का बाहुनवादी हो । मार्क्स भन्थे 'Religion is the opium of all people, Communists stand for abolition of all resligions, Red communists intend to set up a stateless and classless society others also imitative.'
मार्क्स भन्नुहुन्थ्यो –“वर्गसंघर्ष अनिवार्य छ, धनी र गरीबमाझ सम्झौता हुनै सक्दैन । धनीहरुलाइ गरीबहरुले जरैदेखि उखेल्नु पर्छ” रसियन मंगोल कम्युनिष्ट स्तम्भ लेनिन भन्नुहुन्थ्यो ‘बुर्जुवाइज संसद भनेको विश्वासघाती र दुष्टहरुको पार्टी हो, जसले जनतालाइ क्रान्तीको बोक्रे (मौखिक) मान्यतामात्र दिएर धोका दिने काम गर्छ’ नेपालमा कंग्रेसी र राप्रपाका बाहुन पुरोहितहरुले स्वर्ग र नर्कको लोभ देखाएर शोषित, पिडीत र गरीब जनतालाइ अझ शोषण गरी आफुहरु भ्रष्टाचारमा मोज गरिरहेका छन भने एमाले जस्तो बुर्जुवा कम्युनिष्टहरु गरीब र शोषित जनतालाइ काल्पनिक स्वर्गको लोभ देखाएर शोषण गरिरहेका छन । यस्ताहरु रसियाका Trotsky bourgeois  हुन र सेक्सपियरका साइलक हुन । 
तीसवर्षे एकदलीय पंचे शासनले हिन्दुराष्ट्रको साम्प्रदायिक तथाकथित संविधान लगायो, त्यसपछि बहुदलको नाममा त्यही शासन विभक्त मात्र भयो । अपितु साम्प्रदायिकता, हिन्दुराष्ट्र, भ्रष्टाचार सब त्यही राखियो । रुढिवाद, सामन्तवाद शोषणका तरिका सब यथावत र संस्कारगत राखियो । त्यहांका मूलबासीलाइ नक्कली र दरबारीया कम्युनिष्टहरुले आदिवासी र जनजाती (migrated and gipsy) मात्र बनाएर भनाएर नअघाएपछि तथाकथित संविधान (त्रीपक्षीय सम्झौतापत्र) द्वारा नै आदिवासी र जनजाती फिरिंगे, बनजारा बनाउंदै देश विहिन पनि बनाइदिएकोछ, यस्ताहरुलाइ चुनौती दिएर माओवादीको जन्म भएको छ, जसको धरातल चाहिं मूलबासी (indigenous) मंगोल नै हो र माओवादीको क्रान्तिकारी विचारमा बहुसंख्यक मूलबासी नै छन । बैचारिक क्रान्तिले क्रान्तिकारी प्रगति पनि हुन सक्छ, यसकारण भारत लगायत समस्त ऋणदाता र सहयोगदाता मुलुकहरुले यो भ्रष्टाचारी, सामन्ती, मानव अधिकारका हत्यारा, रुढिवादी र साम्प्रदायिक शक्तिलाइ धराशायी बनाइ भोको पेट, नांगो शरीर, भूमिहिन, नोकरी विहीन, आम्दानीहीन, घर परिवार विहीन गरीबीको रेखामुनी मृत्युको बंचाइ बांचिरहेको बहुसंख्यक जनताको निम्ती सोंचिदिन नितान्त आवश्यक भएको छ । माओवादको क्रान्तीकारी कदमको समर्थन रहर मात्रै होइन कर पनि हो-जसलाइ मर्नु र बांच्नुमा कुनै फरक छैन, बांचे र लक्ष्यमा पुगे भावी सन्तानले केही पाउने लडदा मंरिगए एउटा अपुग र अंध्यारो जीवनबाट मुक्ति होइन नैराश्यपूर्ण परिस्थितीले गांजेको छ ।
आज नेपालमा यत्तिको ऋण र सहयोग आएर पनि प्रत्येक मान्छेलाइ लाखौको ऋण बोकाएको छ । आज सैनिक  बल र प्रहरी बलको हतियारले निर्दोष मानिसहरुलाइ तातो गोलीले चिस्याइरहेको छ, त्यो कसले सुन्ने र देख्ने ? अब नेपाललाइ ऋण र सहयोग बन्द गरिनुपर्छ मुठीभरलाइ मोज गर्ने माध्यम बनाउनु हुन्न । 
अप्रिल, 2002 मा प्रकासित 

No comments:

Post a Comment