Thursday, May 30, 2013

बलिउडमा लिभ-इन- रिलेसनसिप


लिभ-इन-रिलेसनसिप अर्थात् बिहे नगरी सँगै बस्ने । यो संस्कृति भारतमा फैलिरहेको छ । यसको प्रभाव बलिउडमा पनि नपर्ने कुरै भएन । बलिउड कलाकारबीच लिभ-इन-रिलेसनसिपलाई सामान्य रूपमा लिन थालिसकिएको छ । 
अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान आफ्नो ब्वाइप|mेन्ड कुणाल केमुसँगै बस्छिन् । बिहे नगरीकनै ब्वाइप|mेन्डका साथ बस्दा आफू निकै खुसी भएको बताउने उनी बिहेलाई कागजी कारबाहीका रूपमा मात्र लिन्छिन् । ँबिहे कागजी कारबाहीमात्र हो, त्यसकारण हामी जतिवेला चाहन्छाँै, त्यतिवेलै बिहे गर्न सक्छौँ,’ सोहाको तर्क छ ।
बिहे नगरी सँगै बस्ने प्रेमीप्रेमिकाले निर्बाध प्रेमको मजा त लिन्छन् नै, वैवाहिक जीवनको अनुभूति पनि पहिले नै सँगाल्छन् । बलिउडमा यस्तो सम्बन्ध अनौठो पनि मानिँदैन । किनकि, यसअघि नै केही स्टार कलाकार यस्तो सम्बन्धमा थिए । त्यसकारण लिभ-इन-रिलेसनसिपलाई बलिउडमा संस्कृतिकै रूपमा स्विकार्न थालिएको छ । 
लिभ-इन-रिलेसनसिपमा बस्नेहरू धेरैले बिहे गर्छन् । तर, बिहे नगर्ने पनि छन् । बिहेअघि सँगै बस्दा एक-अर्काको बानीव्यहोरा, सोच, विचारबारे जान्न-बुझ्न पाउने र त्यसकै आधारमा सम्बन्ध अघि बढाउने कि नबढाउने भन्नेबारे निक्र्योल हुने अनुभवी बताउँछन् । 
एकसमय राजेश खन्ना र टिना मुनिमको लिभ-इन-रिलेसनसिपले बलिउडमा हल्लीखल्ली मच्चायो । राजेश खन्ना पहिला डिम्पल कपाडियाका साथ रहन्थे । पछि, उनले घर छाडिदिए र टिनाका साथ लिभ-इन-रिलेसनसिपमा रहन थाले । दुवैको सम्बन्ध केही समय चल्यो । तर, पछि कुरा मिलेन र दुईको बाटो अलग्गियो । पछि टिनाले अनिल अम्बानीसँग घरजम गरिन् । 
कंगना रनावत जब बलिउडमा बिल्कुल नयाँ थिइन्, त्यसवेला उनले आदित्य पंचोलीलाई नयाँ साथीका रूपमा भेटिन् । यो साथित्व छिटै नै प्रेममा बदलियो । त्यसपछि उनीहरू सँगै बस्न थाले । यो कुराले आदित्यको वैवाहिक जीवनमा भुइँचालो आयो । १८ वर्षकी कंगना र ४० वर्षभन्दा बढीका आदित्यको अफेयरको परिणाम के हुन्थ्यो र ? छिटै नै उनीहरू छुट्टएि । 
गोविन्दा र रानी मुखर्जी रानीको वर्सोवास्थित फ्ल्याटमा सँगै बसेको खबरले पनि एक समय निकै चर्चा पायो । 'हद कर दी आपने'जस्ता फिल्ममा सँगै काम गर्दा उनीहरूको रोमान्सको चर्चाले त्यतिवेला बलिउड तातेको थियो । उनीहरूले चार वर्षदेखि चलिरहेको आफ्नो प्रेमका कारण यस्तो निर्णय लिएका थिए । तर, सम्बन्ध धेरै चल्न सकेन र रानीले विवाहित गोविन्दासँगको सम्बन्ध तोडिदिइन् । महेश भूपतिसँग नाता जोड्नुअघि लारा दत्त पनि ब्वाइप|mेन्ड केली दोर्जीसँग निकै वर्ष लिभ-इनमा रहिन् । त्यसपछि उनीहरूको ब्रेकअप भयो र भूपति उनको जीवनमा आए । उनको साथ पनि लारा धेरै समय लिभ-इनमा नै रहिन् । त्यसपछि मात्रै उनीहरूले त्यो सम्बन्धलाई विवाहमा परिणत गरे । उनीहरू अहिले छोरीका बाबुआमा बनिसकेका छन् । 
मिस युनिभर्स बनेपछि सुस्मिता सेन फिल्म निर्माताका लागि आकर्षण बनिन् । लगत्तै उनले आफ्नो फिल्मी क्यारियर 'दस्तक' फिल्मबाट सुरु गरिन् । फिल्मको छायांकनको क्रममा उनको विक्रम भट्टसँग प्रेम भयो र छिटै नै उनीहरूले एउटै छानामुनि बस्ने फैसला गरे । तर, पछि मतभेदका कारण उनीहरू छुट्टएि । 
जब धर्मेन्द्र देवललेे हेमा मालिनीसँग बस्ने फैसला गरे, उनीहरूका बारेमा निकै चर्चा-परिचर्चा भयो । त्यसको केही समयपछि नै धर्मेन्द्रले आफ्नी श्रीमतीलाई छाडिदिए र हेमाका साथ बस्न थाले । हेमासँग विवाह गर्नकै लागि उनी हिन्दूबाट इस्लाम बनेका थिए । 
मिथुन चक्रवर्तीले श्रीदेवीसँग बस्न आफ्नी श्रीमतीलाई छाडिदिएका थिए । त्यसवेला उनीहरूले विवाह गर्ने भन्ने पनि चर्चा थियो । पछि श्रीदेवी बोनी कपुरसँग नजिक भइन् । दुवैले एक-अर्कालाई मन पराउन थाले । श्रीदेवीका लागि बोनीले आफ्नी पहिली पत्नी छाडिदिए र सँगै बस्न थाले । भनिन्छ, यसै समय श्रीदेवी गर्भवती भइन् र दुवैले विवाह गर्ने फैसला गरे । 
अभिनेता मनोज बाजपेईको नेहा धुपियाका साथ लिभ-इनमा रहेको खबरको पनि निकै चर्चा भयो । यिनले आफ्नो फिल्मी क्यारियर 'करिब' फिल्मबाट सुरु गरेका थिए । २००६ मा यी दुवैले आफ्नो सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरे । 
विपाशा बसु जोन अब्राहमका साथ लगभग आठ वर्ष लिभ-इनमा बसिन् । उनी जोनसँग विवाह गर्न चाहन्थिन्, तर जोन भने त्यसका लागि तयार थिएनन् । अन्ततः २०१० मा उनीहरूको ब्रेकअप भयो । विपाशा अहिले पनि एक्लै छिन्, तर जोनले पि्रया रुचाल नामकी नयाँ गर्लप|mेन्ड बनाएका छन् । 
अभिनेत्री अर्चनापूरन सिंह र परमित सेट्ठीले विवाहभन्दा पहिले लामो समय एकै छतमुनि बसे । दुवैलाई यो कुरामा निकै खुसी लागेको छ कि सर्वोच्च अदालतले लिभ-इनमा रहनुलाई विवाह गरेर एकै साथ बस्नुजत्तिकै जायज ठहर्‍याएको छ । 
पूजा बेदीले आफ्ना पिता कबिर बेदीको पाइला पछ्याउँदै लिभ-इनमा रहने फैसला गरेकी थिइन् । आफ्ना ब्वाइप|mेन्ड हनिफ हिलालका साथ लिभ-इनमा रहने फैसला पूजाले गरेकी थिइन् । तर, केही समयपछि यिनीहरू आ-आफ्नो बाटो लागे । स्मिता पटेल र राज बब्बर लिभ-इन-रिलेसनसिपमा थिए । त्यस क्रममा स्मिताले एउटा बच्चा पनि जन्माइन् । जसको नाम प्रतीक राखियो । तर, प्रतीकलाई जन्म दिने क्रममै उनको मृत्यु भयो । 
जब सैफ अली खान बलिउडमा संघर्षरत थिए, त्यसवेला अमृता सिंहका साथ बस्थे । त्यस समय उनको उमेर २१ वर्ष थियो । तर, यी आफूभन्दा निकै बढी उमेरकी गर्लप|mेन्ड अमृताका साथ बस्थे । उनीहरूले विवाह गरे र दुई बच्चा पनि भए । तर, पछि यिनीहरूको डिभोर्स भयो । पछि, सैफ आफ्नी दोस्री श्रीमती करिनासँग विवाह गर्नुअघि करिब पाँच वर्ष लिभ-इनमा रहे । र, पछिल्लो वर्ष विवाह गरे । 
रिना राय र र शत्रुघ्न सिन्हा धेरै समयसम्म एकसाथ बस्थे । पहिलो उनीहरू लिभ-इनमा थिए, तर पछि अलग-अलग बस्ने फैसला गरे । रिनाले केही समयपछि क्रिकेटर मोहसिन खानका साथ विवाह गरिन् । 

श्रुति हसन डेटिङको १ वर्षपछि सिद्धार्थका साथ लिभ-इनमा रहिन् । अब यिनको परिवारको कुरा गर्ने हो भने यिनका बाबु कमल हसन निकै खुला विचारका छन् । त्यसैले उनले श्रुतिलाई सिद्धार्थसँगै बस्ने अनुमति दिए । 

No comments:

Post a Comment