Wednesday, May 29, 2013

दुई दिनदेखि राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सास्ती, हजारौँ सवारी साधन अलपत्र

रहस्यमय तरिकाले घाँटी काटेर विभत्स हत्या !!

उठ मुस्लिम समुदाय उठ क्रान्तिको ज्वारभाटा लिएर उठ । क्रान्तिको निम्ती नउठे सम्मा नेपालमा मुस्लिम, दलित र  मूलबासी समुदाय माथि यस्तै आत्यचार भईरहनेछ । 
सप्तरी- पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको विरोधमा दुईदिनदेखि लगातार पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि बाटोमा अलपत्र परेका यात्रुहरूले सास्ती खेप्नुपरेको छ। मङ्गलबार बिहानदेखि गरिएको चक्काजाम हालसम्म खुल्न नसक्दा हजारौँ सवारीसाधन बाटोमै थन्किएका छन्।
विराटनगर, धरान, इटहरी, काँकडभिट्टा र काठमाडौँसहितका यात्रुहरू सप्तरीका विभिन्न ठाउँमा अलपत्र परेका छन्। यी यात्रुहरूलाई खान, बस्न समेत समस्या भइरहेको छ। यसैबीच अलपत्र परेका यात्रुहरूलाई सप्तरीको कञ्चनपुरमा खाना खुवाइएको छ।
सप्तरी उद्योग वाणिज्य सङ्घ सप्तरीको अगुवाईमा कञ्चन युवा क्लबको पहलमा अलपत्र परेका यात्रुहरूलाई खाना र नास्ता खुवाउन सुरु गरिएको छ। यात्रुहरूलाई खानेपानीको व्यवस्था पनि राम्रोसँग मिलाइएको कञ्चन युवा क्लबका अध्यक्ष सञ्जय पासवानले जानकारी दिए।
करिब एक हजार यात्रुलाई नास्ता र खाना खुवाइएको छ। कञ्चनपुर बेरियरमा पाल टाँगेर खाना खुवाउन सुरु गरिएको अध्यक्ष पासवानले बताए।
हत्याको छानबिन गर्न न्यायिक आयोग बनाइने
सरकारले पूर्वसभासद् सदरुल मियाँ हकको हत्यासम्बन्धी घटनाको गम्भीरतालाई ध्यानमा राखी थप छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गर्ने भएको छ।
मुस्लिम समुदायले नेपाल सरकारसमक्ष विभिन्न समयमा राखेका माग र त्यसमा भएको सहमतिको कार्यान्वयन गर्ने कार्यमा सरकार सकारात्मक रहेको जनाउँदै गृह मन्त्रालयले मुस्लिम समुदायलाई विशेष ध्यान दिई उनीहरूको सुरक्षा व्यवस्था मिलाउने प्रबन्ध गरिसकेको बताएको छ।
पूर्वसभासद् मियाँका आश्रित परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने प्रक्रियासमेत अगाडि बढाइसकिएको गृह मन्त्रालयद्वारा आज बेलुकी जारी विज्ञप्तिमा उल्लेख छ।

No comments:

Post a Comment