पूर्व उपप्रधानमन्त्री एवम् माओवादीको आठौँतहका केन्द्रीय नेता अमिक शेरचनका केही विशेषता छन्: पहिलो कुरा त उहाँयतिबेला माओवादीद्वारा गठित डा. भक्तमान श्रेष्ठ अपहरणकाण्ड छानबिन समितिका संयोजक हुनुहुन्छ। दोस्रो, विगतको शान्तिप्रक्रियामा गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई समदुरीमा ल्याउनका लागि उहाँले निकै ठूलो भूमिका खेल्नु भएको इतिहास छ। तेस्रो, यतिबेला माओवादीले चर्को विरोध गर्दै आएका राष्ट्रपति डा.रामवरण यादवलाई जिताउन र माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंहलाई हराउनमा शेरचनको निर्णायक योगदान रहेको छ। र, चौथो, पटक-पटकका आन्दोलनमा घाइते शेरचनलाई पार्टीले उपचार खर्च दिएको छैन। चितवनको सभासदसमेत रहनुभएको शेरचन पछिल्लो समय राज्यको चौथो अंगप्रति नै आक्रोशित हुन थाल्नुभएको रहेछ-'एकपक्षीय ढंगले समाचार सम्प्रेषण गरेर हिंड्ने? त्यसै लेख्न पाइँदैन, चौथो अंग हो।' जनआन्दोलनकै बेलादेखि तपाईले गिरिजाप्रसाद, माधव नेपाल र प्रचण्डलगायतका शीर्ष नेताहरूसित मिलेर भूमिका खेल्नुभएको थियो, अहिले किन मौन? असहज स्थितिमा मैले गिरिजाबाबुलाई कन्भिन्स गरेर शान्तिप्रक्रिया यहाँसम्म ल्याएको हो। म ठोकुवा गर्छु, यसमा जति मेरो हात छ, अरू कसैको छैन। गिरिजाका पिए पराजुलीजीलाई पनि यसबारे केही जानकारी छ। १०/११ महिनासम्म राजा ज्ञानेन्द्रले मलाई बेपत्ता पनि पारे। तीन महिनासम्म परिवारसित पनि सम्पर्क गर्न दिइएन। यो शान्तिप्रक्रिया यसरी जीवनमा खतरा मोलेर प्राप्त गरेको हो। अलग्गै बसेको भए सहजकर्ताको भूमिका हुन्थ्यो होला, तर अहिले हामी नेकपा माओवादी छौँ। हाम्रो कुरा माओवादीको हुन्छ। दोस्रो कुरा, सहमतीय प्रणालीबाट बहुमतीय प्रणालीमा जाँदा मैले तरक्कै आँसु झारेर त्यसमा विरोध गरेको हो। बहुमतीय प्रणालीमा जाँदा १२ वर्षमा भोगेकै हविगत हामीले भोग्नुपर्छ भनेर मैले रिजाबाबुलाई भनेको हो। आखिर रिजल्ट त्यही नै देखियो। मैले बाध्य भएर नोट अफ डिसेन्ट लेखेको हुँ। कांग्रेसका सिटौलाजीसित निकट भएर काम गरेको थिएँ, डा.शेखर कोइरालासित काम गरेँ। तर, अहिले कसैसित कुरा गर्न मन लाग्दैन। सुशील कोइरालाले भेट्यो कि लौ न अमिकजी तपाई अहिले किन चुप लागेको भन्नुहुन्छ।
खै त अरूले मिलाउने छाँट देखिएन? अब तपाई नै एकपटक फेरि कस्सिने हो कि?
पार्टी एकीकरण भयो। एउटा खालको हाइर्यार्की बन्यो। त्यसैले साथीहरूले गर्ने काममा मेरोतर्फबाट विरोध हुँदैन, समर्थन नै रहन्छ। अस्ति संविधानसभा के हुने भन्ने जटिल प्रश्न आयो, त्यो बेला मैले केही भूमिका खेलेँ।
राष्ट्रपतीय चुनावमा तपाईले माओवादी उम्मेदवार रामराजाप्रसाद सिंहको साटो कंग्रेसका डा.रामवरण यादवलाई भोट दिनुभएको थियो, यतिबेला आएर गल्ती गरिएछ भन्ने लागेको छ कि छैन?लागेको छैन मलाई। मैले किन गल्ती गर्ने? दुवैजना प्रतिक्रियावादी हुन्। रामराजाचाहिँकहाँको प्रोग्रेसिभ हुने? उनी त अझ वर्गीय दृष्टिकोणले हेर्दा मन्तका छोरा हुन्। रामवरण बरु किसानका छोरा हुन्। वर्गको कुरा भन्दा पनि दृष्टिकोणको प्रश्न ठूलो हो। राष्ट्रपतिको चुनावमा म त भोटै बहिष्कार गर्छु भन्ने पक्षमा चुप लागेर बसिसकेको थिएँ, पछि मेरै पार्टीका केही साथीले रामराजालाई भोट हाल्ने नभनेको भए मैले रामवरणलाई दिनुपर्छ भनेर क्याम्पेनिङ नै गर्ने थिइनँ। संसदीय दलको नेता म छु तर विनानिर्णय बाहिरबाट वक्तव्य आयो, जुन सामान्य थिएन। त्यसोभएपछि मैले जता मन लाग्छ उता हाल्ने भनेर सदस्यहरूलाई स्वतन्त्रता दिएँ। र, रामवरणका पक्षमा क्याम्पेनिङ चलाएँ। म खुलारूपमा नआएको भए चित्रबहादुरजीहरूले भोट हाल्न नआउने भन्नुभएको थियो। नारायणमानजीहरू भक्तपुर नै बस्ने, भोट नहाल्ने पक्षमा हुनुहुन्थ्यो। अघिल्लो पटक उहाँहरूले भोटै हाल्नुभएन। संयुक्तले बिगारे, सिपिजीहरूले पनि बिगारे। यी भोट रामराजालाई गएको भए सोझै उनले जित्ने। जित्ने/हार्ने भनेकै साना वामपन्थी दलका हातमा थियो, त्यसवेला। त्यसवेला रामवरणजीले मधेस आन्दोलन राष्ट्रलाई विखण्डन गराउने आन्दोलन हो, यसको भ्रममा नपर्नोस् भनेर खुला चुनौती दिनुभयो। मैले यो मान्छे देशभक्त हो भनेर महसुस गरेँ। यही आधारमा भोट दिएँ।
राष्टि्रयताको दृष्टिकोणले रामवरण यादव रामराजाप्रसाद सिंहभन्दा देशभक्त हुन् भन्न खोज्नुभाको हो?कटवाल प्रकरणमा चिठी भारतीय दबाबमा लेखेपछिचाहिँमैले उनलाई जिताउने काममा भूमिका खेलेर गल्ती गरेँछु भन्ने महसुस भयो।
राष्ट्रपति रामवरणलाई अरू कसैले घुमाएका हुन् वा उनले आफैँत्यस्तो निर्णय गरेका हुन्? उनलाई परिचालित गरियो भन्ने नै हो, मेरो अहिलेसम्मको विश्लेषण। तर, उनले त्यसरी घुम्न हुँदैनथ्यो। मलाई घुमाएर म घुम्दिनँनि ! मलाई प्रधानमन्त्रीको अफर आउँदा म घुमेँ? राष्टि्रयताको सवालमा कोही पनि घुम्नुहुन्न क्या !
तर, तीन महिनामा सेनापति कटवाल रिटायर्ड हुँदै थिए, प्रचण्डले हतार-हतार हटाउनुको औचित्य के नि? प्रक्रियागत रूपले केही तल-माथि भएजस्तो भए पछि हामीले पनि महसुस गर्यौँ। कटवालले के गरे? प्रचण्ड प्रधानमन्त्री भएको एक महिनापछि उनले धर्म निरपेक्षताले धार्मिक सद्भावलाई खलल पार्छ, त्यसैले यो गलत छ भन्ने अभिव्यक्ति दिए। त्यसपछि कात्तिकमा उनले संघीयताले देशलाई विखण्डन गर्छ भने। यसरी संविधानविरोधी अभिव्यक्ति कर्मचारीले त दिन मिल्दैन भने उनी त सेनापति हुन्। सेना फलामे अनुशासनमा बस्नुपर्छ। त्यसरी बोलेपछि कारबाही नगरेर सरकारले निकै ठूलो उदारता देखायो। पछि रिटायर्ड भएका जर्नेललाई अदालतमा मुद्दा चलिरहकै बेला फुली लगाउने काम भयो। स्वतन्त्र न्यायालयमाथि ठाडो सैनिक हस्तक्षेप गर्ने काम भयो। यी सामान्य कुरा थिएनन्। त्यसैले कटवाललाई हटाउने विषय गलत थिएन। जहाँसम्म उनको पदावधि तीन महिना बाँकी थियो भन्ने कुरा छ, पहिले त त्यत्रो सहियो भने तीन महिना जाओस् भनेको भए हुन्थ्यो भन्ने एउटा 'लजिक'त छ। तर, यो बितिसकेको कुरा भयो।तपाईलाई सभासद्बाट फिर्ता बोलाउने भनेर हस्ताक्षर अभियान चलाउने माओवादी नेताहरूसितै तपाईको पार्टी एकता बन्द भएको छ। भेट हुँदा ती साथी के भन्छन्?हस्ताक्षर संकलन गरेर सभासद् पद जाने चिजै होइन। त्यो बेकारको खेल थियो।विगतलाई स्मरण गर्दा गिरिजाप्रसाद कोइरालासित तपाईको सम्बन्ध निकै राम्रो थियो, उहाँको प्रधानमन्त्रित्वकालमा उपप्रधानमन्त्री पनि हुनुभयो। यसरी राम्रो सम्बन्ध हुनुका पछाडिको रहस्य के थियो? गिरिजाकै सरकारले मलाई झन्डै मारेको। तर, उनैसित झन्डै पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने स्थिति आयो। तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुशता लाद्ने कोसिस गरे, जसले गर्दा हामी नजिक हुन बाध्य भयौँ। सेनालाई पाँच किलोमिटरभित्र राख्ने कुरामा ज्ञानेन्द्रले धोका दिएपछि लोकेन्द्रजी (लोकेन्द्रबहादुर चन्द) ले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो। त्यसपछि राजाले हामीलाई बोलाए। मैले सुरुमै एक्लै नभेट्ने समूहमा भेट्ने भनेर बैठकमा प्रस्ताव गरेँ, त्यो पास भयो। त्यसपछि सामूहिक भेट्न प्रस्ताव आयो र गिरिजाबाबुकहाँजम्मा भएर दरबार गयौँ। शेरबहादुरलाई त्यहीँदेख्यौँ, पशुपतिशमशेरलाई पनि त्यहीँदेख्यौँ, बद्रि मण्डललाई पनि त्यहीँदेख्यौँ। हामीलाई मात्रै भनेर पो हामी गएका ! त्यत्तिकै हिँडौँ-हिँडौँभन्ने लागिसकेको थियो, त्यहीवेला भित्रबाट राजाका बाबु-छोरा बाहिर निस्किए। अब प्रधानमन्त्रीजीले राजीनामा दिइहाल्नुभयो, उहाँको राजीनामा स्वीकृत भएको पनि धेरै दिन भइसक्यो, सरकार कसको नेतृत्वमा गठन गर्ने भनेर छलफल गर्न यहाँहरूलाई खबर गरेको भनेर राजाले कुरा अब गिरिजाबाबुबाटै थालौँभन्नासाथ गिरिजाबाबु झोक्किएर कडा स्वरमा भन्नुभयो- 'केको छलफल? केही छैन मसित।'यति भनेर उहाँले ज्ञानेन्द्रलाई डिमोरलाइज्ड गरिदिनुभयो। त्यसपछि निकैबेर सन्नाटा छायो गिरिजाबाबुको यो रूप देखेपछि मलाई के लाग्यो भने यो मान्छे साँच्चैको लिडर हो। नत्र नेताहरू राजाकहाँजाने, चाकरी गर्नेखालका नेता मात्रै छन्, हामीकहाँत। त्यहाँएमालेका माधव नेपालजी, नेमकिपाका नारायणमान बिजुक्छे पनि हुनुहुन्थ्यो। शुक्रबारको दिन, मंगलबार त मलाई पो प्रधानमन्त्रीको प्रस्ताव आयो। मैले जनताले पियन हो भन्छन् भने पियन खान तयार तर राजाको नियुक्तिबाट प्रधानमन्त्री खान्न भनिदिएँ। त्यसपछि उनीहरू बिजुक्छेकहाँगएछन्। उनले पनि थर्काएर पठाइदिएछन्। यो घटनापछि गिरिजाबाबुलाई के परेछ भने प्रधानमन्त्री पाउँदा पनि नखाने यो मान्छेले आन्दोलनमा विश्वासघात गर्दैन।गिरिजाबाबुसँगजस्तै प्रचण्डसँग पनि तपाईको गहिरो दोस्ती थियो। यहाँले नै प्रचण्डलाई पार्टी सदस्यता दिनुभएको हो रे नि? त्यतिबेला रूपलालजीहरूको सर्वहारावादी श्रमिक संगठन बनिसकेको थिएन। त्यो पछि रोहितजीहरूको मजदुर किसान संगठनबाट फुटेर बनेको हो। प्रचण्डलाई सीधै निवेदन लिएर पार्टी प्रवेश गराएको हो। म त्यसवेला चितवनको डिसिएस थिएँ। प्रेम सुवेदीले उहाँको निवेदन लिएर मैले स्वीकृत गरेको हो। त्यसबेला एकीकरण गर्ने चलन थिएन। मोदनाथ प्रश्रित र जीवराज आश्रित पनि हामीकहाँआउनुभएको थियो, त्यतिवेला हामीले तपाईहरू तलैबाट आउनुपर्छ, निवेदन दिनुपर्छ भनेपछि उहाँहरू नआएको हो। यो स्थितिमा हामीले प्रचण्डको निवेदन लिएको हो।त्यसबेला प्रचण्डको स्वभाव कस्तो थियो? उहाँअत्यन्तै जिज्ञासु हुनुहुन्थ्यो। भर्खरको ठिटो, पातलो-पातलो। मलाई त्यतिबेलै लागेको थियो, यो मान्छे अगाडि बढ्छ। उहाँकै इलाकाको अधिवेशन थियो, इलाका कमिटिमा म पक्कै पनि पर्छु भन्ने उहाँलाई लागेको रहेछ, तर उहाँलाई त्यहाँराख्न ठीक लागेन र राखिएन। त्यसलगत्तै जिल्ला अधिवेशन थियो, जिल्ला समितिमा उहाँलाई लिइयो। अनि उहाँले बल्ल थाहा पाउनुभयो। उहाँमा इलाका समितिभन्दा माथि रहेर काम गर्ने क्षमता थियो।बादललाई पनि सदस्यता दिने तपाई नै हो?बादलजी त अलि पछि हो। उहाँलाई पनि मैले नै गरेको हो। उहाँहरू क्याम्पस पढ्दा सँगै पढेका, तर बादलजी रुसमा पढ्न गएकाले एक/दुई वर्ष ढिला हुनु भयो।अब डा. भक्तमान श्रेष्ठको अपहरण काण्डबारे चर्चा गरौं। डा. श्रेष्ठ पहिल्यैदेखि तपाईहरूको पार्टीमा हुनुहुन्थ्यो? डा.भक्तमानजी चितवनको माडीस्थित सामान्य किसान परिवारमा जन्मिनुभएको मान्छे हो। अत्यन्तै तल्लो क्लासको किसान परिवारमा जन्मिनुभएको हो। उहाँका पिता अत्यन्तै मिहिनेती। माडी वामपन्थीहरूको पकड मानिने ठाउँभएकाले स्कुल पढ्दादेखि नै उहाँवामपन्थी हुनु भएको हो। क्यान्सरले बित्नुभएका दिवाकर भुसालजीसित उहाँअत्यन्तै निकट हुनुहुन्थ्यो। जीवनमा कहिल्यै पनि उहाँपार्टीको सम्पर्कबाट टुट्नुभएन। पेसाले गर्दा पार्टीमा सक्रिय नभए पनि उहाँले कहिल्यै सम्पर्क र समर्थन टुटाउनुभएन। अहिलेसम्म पनि उहाँविचलित हुनुभएको छैन।प्रचण्ड र तपाईहरूबीच पार्टी विभाजनका बेला उहाँप्रचण्डतिर हुनुहुन्थ्यो कि तपाईहरूतिर?शान्तिप्रक्रिया आइसकेपछि बीचको अवधिमा उहाँले माओवादी साथीहरूसित निकट भएर काम गर्नुभएको रहेछ। भक्तमानको अपहरण भएपछि माओवादी स्थायी समितिको बैठकले तपाईको अध्यक्षतामा छानबिन समिति बनाउनुको कारणचाहिँके हो? पहिलो कारण उहाँचितवन जिल्लाको मान्छे, चितवनमै जम्नुभयो, चितवनकै सेवामा कार्यरत हुनुहुन्छ। त्यसमा पनि न्युरोमा उपेन्द्र देवकोटा भनेजस्तै क्यान्सर सर्जनमा उहाँजस्तो बोनाफाइड डाक्टर अर्को छैन। फेरि, उहाँहाम्रो पार्टीसित निकट रहेको मान्छे। दोस्रो कारण ठ्याक्कै जेठ १४ गतेको दिनलाई रोजेर, मुलुक कता जान्छ भन्ने जटिल परिस्थिति भएका वेला नागरिक भन्ने पत्रिकाले नेकपा माओवादीलाई टेरोरिस्ट पार्टीमा दर्ज किन नगर्ने भन्ने पार्नका लागि समाचार सम्प्रेषण गर्यो र हाम्रो पार्टीलाई कल्पनाभन्दा धेरै बाहिरको आरोप लगायो। आखिर के हो त वास्तविकता? त्यहाँकुनै स्थानीय पार्टीका साथीहरूको संलग्नता पो छ कि। यो पनि छानबिन होस् र घटनामा कसैको संलग्नता देखिए जो-कोही भए पनि बाँकी नराख्ने भनेरै हामीले यो समिति निर्माण गरेका हौँ। उहाँलाई कसरी हुन्छ, बचाउनुपर्छ भनेर छानबिन गरेका हौँ।तपाईले उहाँको बारेमा हामीलाई पहिल्यै जानकारी थियो, भन्नुभएको कुरा बाहिर आयो, तपाईहरूको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको आठ घण्टापछि उहाँरिहा हुनुभयो। तपाईलाई भक्तमानका बारेमा कस्ता जानकारी थियो? त्यो मिडियाले बंग्याएर प्रचार गरेको हो। नेपाल हिन्दू जनता पार्टी भन्ने नाम हामीले भक्तमानजी मुक्त भएपछि उहाँको मुखबाट मात्रै सुनेको हो। यो नाम हाम्रो नोटिसमा थिएन। त्यसरी अपहरण गर्नेहरू धेरै 'इन्टेलेक्चुअल'थिए। नेपालको राजनीतिक, सामाजिक सवालमा निकै ज्ञाताजस्ता थिए। यी सबै कुराले गर्दा र यो पार्टी स्थापित हुनका लागि गरेका हौँभनिएको कुराले नाइँभन्न त सकिँदैन। अर्को कुरा त्यही हिन्दू अतिवादीहरूकै नामबाट आम हडतालका बेला पर्सामा हामीमाथि क्रुर आतंक मच्चाइएको थियो, त्यसमा भारतीयको पनि संलग्नता थियो। त्यसैले यो घटनामा उनीहरू पनि संलग्न छैनन् भन्न किन नसकिने? भक्तमान माओवादी हुन् भन्ने कुरा सबैलाई राम्ररी थाहा छ। अस्पतालका एक-एक डाक्टर, नर्स र कर्मचारीलाई थाहा छ। मन्त्रीलाई, मन्त्रालयलाई थाहा छ।
तपाईहरूको छानबिन समितिले स्थानीय माओवादीलाई पनि शंकाको घेरामा राखेको थियो कि थिएन? हामी तल गहिराइसम्मै गयौँ। पार्टीभित्रकै केही मान्छेलाई समेत हामीले छानबिनको दायरामा लियौँ। ती व्यक्ति तत्-तत् जिम्मेवारी दिएका ठाउँमा कार्यरत छन् कि छैनन् भनेर छड्के जाँच गर्यौँ। तर, कतै सुराक पाएनौँ। ३ गतेदेखि १८ गतेसम्म सबै आफ्नो ड्युटीमा कार्यरत छन्। त्यसैले माओवादी पनि संलग्न छ भनेर कतैबाट पुष्टि भएन। केन्द्रिय योजना त त्यो त्रिल्कुल हुँदै होइन।पत्रिकामा त महासचिव रामबहादुर थापा बादलको पनि नाम आयो नि? बादलजीको नाम पत्रिकाले जोडेको छ। बादलजी त्यो नेचरको मान्छे नै होइन। उहाँ मंगोलको छोरो। दुनियाँभरको दायाँ-बायाँ केही नजान्ने। म पनि एउटा मंगोलको छोरो। यस्तो मान्छेको नाम जोडेर लेख्नुको कारण के? त्यो पत्रिकाले अब सार्वजनिक गर्नुपर्यो कि तथ्य के हो? त्यसले जवाफ दिनुपर्यो। त्यसै लेख्न पाइँदैन, चौथो अंग हो। एकपक्षीय ढंगले समाचार सम्प्रेषण गरेर हिँड्ने?
माओवादी र भक्तमानबीच जग्गासम्बन्धी करोडौँको आर्थिक कारोबार थियो भन्ने पनि सुनिन्छ नि? हुनै नसक्ने कुरा। कसले भन्यो तपाईलाई यस्तो कुरा? ११/१२ लाख जुटाउन ऋण गर्नुपर्ने मान्छेले कसरी करोडको जग्गा किन्ने? उहाँको एउटा घर पनि सामान्य मात्रै छ। बेइज्जत गर्नका लागि केसम्म भनिएन, कतै केटीसित पनि जोडेर निकृष्ट ढंगले चरित्रहत्या गर्न खोजियो।
तपाईहरूको अहिलेसम्मको अध्ययनमा कसले गर्यो त अपहरण? मोटरसाइकल त सामान्य कुरा हो, कार लिएर अपहरण गरिएको छ, सामान्य वर्गको मान्छेले गर्नै सक्दैन। गाडी पुग्न सक्ने सुविधासम्पन्न ठाउँमा राखिएको छ, तैपनि प्रहरीले फेला पार्दैन। हाम्रो अनुसन्धान अझै पूरा भइसकेको छैन, यसबारे खोजबिन गर्दै छौँ। अस्पतालभित्रै पनि प्रशस्तै अन्तरविरोध रहेको पाइएको छ। उहाँअस्पतालमा आएपछि टेन्डर, ठेक्कापट्टा आदिमा हुने भ्रष्टाचारमा रोक लगाएका कारण खान नपाउनेहरू उहाँसित रिसाएका रहेछन्।यसको मतलब, मान्छे अपहरणमुक्त भए पनि यो घटनाको रहस्य अझै बाहिर आउन बाँकी छ, होइन त? यत्तिकै चुप लागेर बस्ने केस हो? सरकारले के हेर्यो? अनुसन्धान गर्नुपर्ने विषय होइन?भनेपछि अपहरणकारी पत्ता लगाएर सरकारले कारबाही गरोस् भन्ने यहाँहरूको आग्रह हो? सरकार हो र सरकार छ भने त्यहाँसम्म त पुग्नुपर्यो नि ! विनासरकारको देशमा त जसले जे पनि गर्छ नि ! सरकार छ भने यसको टुंगो लगाएर सार्वजनिक गरिनुपर्छ। माओवादीले हो भने माओवादीले हो भनेर प्रमाणित गरी हामीलाई ल्याओस, कठघरामा। हरेक ठाउँमा चौकी छन्। हरेक मोटरमा चेक गर्ने काम किन गरिएन? भक्तमान-भक्तमान भनेर यत्रो सनसनी छ। केदारनरसिंह केसीहरूको टोली चितवन अस्पताल अन्तिम अप्रेसन गरेको ठाउँमा गएर बुझ्ने काम किन गरेन? कसलाई अप्रेसन गरेको हो कि होइन, कुनै जानकारी नै छैन भनेर प्रतिवेदन दिने? त्यसैले यो सामान्य घटना होइन, कहीँन कहीँबाट लिंक भएर कुनै अपराधमा संलग्न भएका तालिमप्राप्तहरूबाट कसरी नेटवर्क निर्माण गर्ने भनेर तमाम कुरो नगरीकन, योजना नबनाईकन उहाँको अपहरण भएको छैन।
सरकारप्रति पनि आशंका जन्मियो भन्न खोज्नुभाको हो?
यहाँबाट त्यत्रो ६/६ घन्टा सडकमा कुदाउँदा सारा प्रहरी चौकीले के गरे? यसको मतलव उनीहरू अपहरण केसमा चुप लागेर बसे? हरेक ठाउँमा अलर्ट राख्नुपर्छ/पर्दैन? ठाउँ-ठाउँमा ड्युटी राख्नुपर्छ/पर्दैन? यसो नगर्नुको पछाडि के छ? सिंगै सरकारकै, क्याबिनेटकै निर्णय भएर गरेको होला त भन्न मिल्दैन, तर यो सरकारमा संलग्न भएका जिम्मेवार व्यक्तिहरूको कुनै न कुनै संलग्नता नभई दुनियाँमा यस्तो कहीँहुन्छ? त्यत्रो बोनाफाइड डाक्टर, जसले हजारौँजनताको जीवनदान दिएको छ, उसको ज्यान खतरामा परेको छ, उसलाई जोगाउनका निम्ती किन सरकारी मिसन लागेन? पोखरामा मोटर फेला परेको थियो, त्यसको पिं्कगरप्रिन्ट लिइयो, लिइएन?
प्रधानमन्त्री माधवकुमार नेपालले त माओवादीप्रति नै आशंका गर्नुभएको थियो नि? एकातिर प्रहरी अधिकारीको नेतृत्वमा छानबिन समिति बनाउने अर्कातिर प्रधानमन्त्रीले बीचैमा फलनाले गरेको हो भनेर किटानी गर्ने? अब त्यो प्रहरीले प्रधानमन्त्रीको विपरीत हुनेगरी प्रतिवेदन तयार पार्न सक्छ? प्रधानमन्त्रीले बोलेकै कुरा पत्रिकामा छापिएको हो वा नभएको कुरा त अब हुन छाड्यो। नबोलेको कुरा पत्रिकाले छापेको भए प्रधानमन्त्रीको खण्डन आउनुपर्यो। झुटो कुरा छाप्ने पत्रिकालाई कारबाही गर्नुपर्यो। तर, प्रधानमन्त्रीको खण्डन आएको छैन। तपाईहरूको फाइनल रिपोर्टचाहिँकहिले आउँछ? एकजना सदस्य चितवनतिरै हुनुहुन्छ। उहाँआएपछि हामी यसलाई फाइनल गछौँ। अन्त्यमा व्यक्तिगत प्रसंग, नागरिक सर्वोच्चताको आन्दोलन क्रममा सिंहदरबार घेराउ गर्दा प्रहरीको लाठीचार्जबाट घाइते हुनुभएको थियो, अहिले पूर्ण रूपमा ठीक हुनुभयो?अस्पताल त म तीन साताजति बसेँ। डाक्टरहरूले मानेका थिएनन्, तर अस्पतालमा जति बस्यो उति व्यक्तिगत रूपले तिर्नुपर्ने भएपछि किन अनावश्यक खर्च गर्ने भनेर घरैमा आराम गरेँ। अनि पार्टीले उपचारखर्च व्यहोरेन? टनकपुरविरोधी आन्दोलनसँगसँगै मदन भण्डारीको हत्याको विरोधमा संयुक्त आन्दोलन भएको थियो र ०५० साल साउन ४ गते चितवनमा २६ जनालाई गोली लागेको बेला मेरो घाँटीको हड्डी टुक्रा-टुक्रा भएको थियो। त्यसबेला आठ दिनमा होसमा आएको थिएँ। मैले केही पनि देखिनँभनेपछि तत्कालै डा. शशांक कोइरालाले अप्रेसनमा लैजानुभयो। उहाँले विदेशमा गएर उपचार गर्नुपर्छ भनेर सिफारिस गर्नुभयो। पछि पद्यरत्न तुलाधरले भनिदिएर मैले जापानमा निःशुल्क उपचार गरेँ। तर, ढिला भइसकेको रहेछ, एउटा आँखाको नशा सुकिसेकको रहेछ, एउटाको मात्रै उपचार भयो र त्यही आँखाको भरमा म छु। त्यतिवेला गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले सबै खर्च सरकारले व्यहोर्छ भन्नुभयो, तर मैले गिरिजाबाबुलाई तपाईकै सरकारले मलाई पिटेको हो, ठीकै छ, म बाँचिहालेँ, तपाई आफैँबोक्सी आफै झाँकी नबन्नोस् भनेँ। दमननाथजीले जापान जाने बेलामा संसदबाट ५० हजार उपलब्ध गराउनुभयो, सरकारको सहयोग लिएको त्यत्ति हो। अरू मैले जग्गा बेचेर उपचार गरेको। मेरो अंशमा २२ विघा परेको थियो, अहिले २/३ विघा मात्रै छ। योभन्दा अघि पनि मेघालयबाट भारतीय पक्षद्वारा नेपालीहरू खेदिएको विरोधमा खुला रूपमा उत्रिँदा पञ्चायतकालमा ममाथि हातखुट्टा भाँचिनेगरी आक्रमण भएको थियो। त्यसवेला मेरो मिर्गौलासमेत ड्यामेज भएको थियो। त्यतिबेला म ११ दिनमा होसमा आएको थिएँ। मलाई त्यतिवेला मर्यो भनेर फालिएको थियो। बाई द वे बाँचियो।

No comments:
Post a Comment