Thursday, May 9, 2013

फोटो सेसनमा कस्ले जित्ने यिनलाई


काठमाडौं। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको छोरो भएरभन्दा पनि उमेरमै तीनवटा विवाह गरेर चर्चामा आएका दाहाल पुत्र प्रकाश केही समयको गुमनाम र गुप्तबास पछि सार्वजनिक हुन थालेका छन्। लामो समय सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरसँग तेस्रो विवाह गरेर दिल्ली बसेको भनेको दाहाल पुत्र एकाएक कीर्तिपुरको क्रिकेट मैदानमा अर्धभूमिगत शैलीमा क्रिकेट हेर्ने क्रममा सार्वजनिक भएपछि पार्टीले गरेको कारबाहीफुकुवा गर्दै उनलाई सार्वजनिक हुनका लागि सहज भएको थियो। तेस्रो विवाह गरेपछि पार्टीले कारबाही गरेको थियो। तर केही समय गुप्तबासपछि पार्टीले कारबाही फुकुवा गरेपछि दाहाल पुत्रको चहलपहल बढ्न थालेको छ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल अहिले पूर्वतिरको भ्रमणमा रहेका छन्। उनी पिता दाहालसँगै विमान चढेर विराटनगर हुँदै इटहरी र धरानको कार्यक्रममा सहभागी हुन पुगेका हुन्। उनी अहिले दाहालको पूर्वको भ्रमण र पिता दाहालको भ्रमण निस्केका छन्। दाहाल पुत्र पनि पार्टीको कार्यक्रमका मञ्चमा बस्ने भन्दा पनि आम कार्यकर्तासँग फोटो सेसनमा व्यस्त देखिने गरेका छन्। कार्यकर्ताहरूको नजिक बसेर फोटो खिच्न व्यस्त बनेका प्रकाश पितासँग भने अलि टाढै देखिए।
प्रकाश एकीकृत माओवादी धरान नगर समितिको सहिद स्मृति प्रतिष्ठान भवन उद्घाटनका लागि दाहाल, बाबुराम, गिरिराजमणि पोखरेललगायतका नेताहरू उद्घाटनस्थल पुग्दा प्रकाश भने टाढै बसे। उनी पार्टी कार्यालय भवनमा समेत नगई तल बाटैमा गाडीमा बसे। तेस्रो  विवाहकाण्डले विवादित बनेका प्रकाश पार्टीको प्लेन खर्चमा प्रकाशलाई नेताहरूसँगै सुनसरी पुगेका हुन्। अध्यक्ष दाहालले आफ्ना विश्वासपात्र कम भएकाले पुत्र प्रकाशलाई ल्याइनुको कारण क्रमशः पार्टीमा भूमिका दिने तयारीमा रहेको बताइएको छ। पार्टीले उनलाई कारबाही फुकुवापछि कस्तो जिम्मेवारी दिएको छ भन्ने पनि अहिलेसम्म प्रष्ट पारिएको छैन। परिवारवादको आरोप लाग्दै आएका दाहालले कतै जाँदा पत्नी र परिवारका अन्य सदस्यलाई साथैमा लैजाने पुरानै प्रचलन हो।

No comments:

Post a Comment