Thursday, May 9, 2013

अनिश्चितकालिन लिम्बुवान बन्द स्थगित


आन्दोलनको स्वरुप (हाललाई )परिवर्तन
मिति २०७०|०१| २४
अहिले चलिरहेको अनिश्चितकालिन लिम्बुवान बन्द स्थगन गरिएको बारे प्रेस-विज्ञप्ति
धनकुटा र पान्थरको सिमानामा पर्ने छ न बुधबारेमा यहि बैशाख २० गते फोटोसहितको नामावली संकलन र अबैध नागरिकता वितरण कार्य भैरहेको अवस्था मा सो कार्यको शान्तिपुर्ण बिरोध गरिरहेको बेला मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद का निम्न नेताहरु माथि शशस्त्रप्रहरीले सांघातिक आक्रमण गरि पक्राउ गर्यो |
बुधबारेमा पक्राउ पर्ने हरुमा स स प्रेमदीप थाम्सुहांग ,के स सुक बहादुर थेगिम ,मुक्शाम लाबुंग ,अग्नि पन्धाक ,राजन साम्बा ,खाम्बेक आन्ग्देम्बे ,नेल्कन माखिम हुन् | नेताहरु पक्राउ परेता पनि मंच सम्द्ब स लि रा प ले छ न बुधबारेमा आफ्नो बिरोध कार्यक्रम जारि राख्यो र नामावली संग्कलन रोक्न सफल भयो |

यहि क्रम मा मंच सम्द्ब स लि रा प ले बैशाख २१ गते देखि अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवान राज्य मा अनिश्चितकालिन आम हडताल को आब्हान गर्यो |चैत्र १ गतेको प्रतिगामी कदम को खारेजी , अबैध नागरिकता वितरण र मतदाता नामावली संकलन कार्य स्थगित गरियोस भन्ने मूल राजनैतिक माग
सहित अघि बढेको आम हडताल मा निम्न नेताहरु पक्राउ पर्नु भयो –
सुनसरी बाट ,दुर्गा चौधरी थारु ,टार्जन सुब्बा ,नानु सुब्बा ,नामसेमी लिम्बु ,अदत लिम्बु ,प्रेम गुरुङ ,शिब कुमार राइ ,रितेश सापकोटा ,सुबास राइ ,साजन लिम्बु ,दिपेश लामा ,इन्द्र राइ ,धर्म परिवार ,प्रेम राइ ,जीवन राइ |झापाबाट – लाहान सिंह तुम्बापो नेत्र ढकाल,सुबास राइ ,भिम सुनुवार ,सरोज सुब्बा ,दुइजना  बालक,नारायण सिवाकोटी ,राजु लिम्बु ,यलम्बर लिम्बु ,सन्तोष मालाकार ,मोहन माबो ,सन्तोष लिम्बु |इलामबाट – पहलमान योंगहाँग ,भिम एक्तेन ,चन्द्र राइ |पान्थर बाट – दिपक खनाल ,योगेश योंग्या ,संजिब योंग्या ,गगन
लावती ,टिकामान राइ ,कुमार राइ |
सम्बन्धित पक्ष्य संग बार्ता ,बहस ,छलफलको बाताबरण मिलाउन को लागि प्रशासन ले सबै कार्यकर्ता हरुलाई रिहा र घाइते लाइ उपचार गरेर बाताबरण सहज गर्ने र मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसदले जारि बन्द लाइ स्थगन गर्ने समझदारी भएको छ |चैत्र १ गतेको कदम को खारेजी ,मतदाता नामावली संकलन कार्य स्थगित गराउने लगायत का हाम्रा आन्दोलनहरु जारि रहने छ | ३३ दलीय गठबन्धन संग यस आन्दोलनको शशक्तिकरण बारे थप छलफल गरिनेछ |
मंच सम्द्ब स लि रा प ले बैशाख २१ गते देखि आब्हान गरेको अनिश्चितकालिन लिम्बुवान बन्द हाल लाइ स्थगित गरिएको छ र आन्दोलन को स्वरुप परिवर्तन गरि सरकारी कार्यालय ,गाबिस /नगर पालिका , निर्बाचन आयोगमा घेराउ तथा तालाबन्दी गरि चैत्र १ को कदम र मतदाता नामावली संकलन , अबैध
नागरिकता वितरण को बिरुद्ध मा आन्दोलन लाइ अझ शशक्त पारिने छ |
अहिले सम्मको राजनैतिक उपलब्धिहरु ‘’ संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष्य नेपाल ‘’ को संबैधानिक सुरक्ष्या गरिनु पर्ने ,अन्तरिम संबिधान २०६३ अनुसार संबिधान सभाको चुनाब गरिनु पर्ने र चैत्र १ गतेको प्रतिगामी ४ दलीय कदम खारेज हुनु पर्ने छ ,यी हाम्रा राजनैतिक मागहरु हुन् |
४ दिने लिम्बुवान बन्द मा सहस का साथ आन्दोलन मा उत्रने सबै नेता कार्यकर्ता ,आन्दोलनलाइ सहयोग गर्नु हुने सम्पूर्ण लिम्बुवानी जनता ,देश विदेश मा रहेर नैतिक समर्थन दिनु हुने सम्पूर्ण लिम्बुवानप्रेमी
संघीयबादी महानुभाव हरु ,नागरिक समाज ,उद्योगी /ब्यापारी ,पत्रकार ,यातायात ब्यबसायी लगायत सम्पूर्ण
नेपाली जनताहरुमा मा मंच सम्बद स लि रा प हार्दिक धन्यबाद दिन चाहन्छ | हाम्रो आन्दोलन सकिएको छैन र सकिने पनि छैन |एतिहासिक पृष्ठभूमिको आधारमा अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य को स्थापना र त्यस राज्य मा लिम्बुवानमा बसोबास गर्ने सबै जातिको समानुपातिक बिकास सहित १० बर्ष भित्र मा लिम्बुवानी जनताहरुको जिबनस्तर एसियन मापदण्ड मा पुगेको दिन मात्र पहिलो चरणको लिम्बुवान आन्दोलन सकिने छ |
लिम्बुवान आन्दोलन जारि छ |
जय लिम्बुवान ,संघीय अभिभादन |
...................
कुमार लिङ्देन 'मिराक'
के. अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

No comments:

Post a Comment