Thursday, May 9, 2013

‘लिम्बुवान’को कार्यालय तोडफोड


काठमाडौ,वैशाख २३ - संखुवासभाको खाँदबारी –१ मा ‘संघीय लिम्बुवान राज्य परिषद’ का कार्यकताले टेक्टरमा आगजानी गरेको बिरोधमा यातयात व्यवसायीले खाँदबारी–१ मा रहेको परिषदको कार्यालय तोडफोड गरी तालाबन्दी गरेका छन् ।
परिषदले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै खाँदबारी–१ मा को २ त ७९ नम्बरको टेक्टरमा परिषदका कार्यकर्ताले आगजानी गरेपछि आक्रोशित बनेका खाँदबारीका यातयात व्यवसायीले परिषदको कार्यालय तोडफोडपछि तालाबन्दी गरेको व्यवसायी उमंग लामाले बताएका छन् ।
परिषदले कुनै पत्रचार नगरी मौखिक रुपमा मात्र जानकारी गराएको व्यवसायीहरुको भनाई छ । उनीहरुले वन्दको मार यातयात व्यवसायीले बढी खेप्नु परेको र क्षति पनि बढी हुने गरेको भन्दै क्षतिपुर्ती उपलब्ध नगराए सम्म ताला नखोल्ने बताएका छन् ।
उता लिम्बुवानका जिल्ला सचिव शशी लिङथेपले भने बन्द गरिदिन सहयोगका लागि जानकारी गराएको र अवज्ञा गरेकोले कार्यकर्ताले आगजनी गरेको बताए । उनले वार्ताबाट समस्या समधान गर्ने पनि बताएका छन् ।
तुम्लिङटारबाट सामान लिएर खाँदबारी आउँदै गरेको टेक्टर २२ बैशाखमा लिम्बुवानका कार्यकर्ताले आगजनी गरेका थिए ।
धनकुटामा मतदाता नामावली संकलन कार्यमा अवरोध पुर्‍याए पछि प्रहरीले परिषदका कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा २१ बैशाखदेखि परिषदले अनिश्चितकालिन आमहड्तालको आह्वान गरेको छ ।

No comments:

Post a Comment