Tuesday, May 28, 2013

बुद्धको नाममा विवाद

  • सोमबार १३ जेष्ठ, २०७०
  • कलेन्द्र सेजुवाल
  • 2 Comments and 0 Reactions
(1 Vote)
बुद्ध जयन्तीको दिन काँक्रेविहारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको बुद्धमूर्ति।
बुद्ध जयन्तीको दिन काँक्रेविहारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको बुद्धमूर्ति। तस्बिर : कलेन्द्र सेजुवाल
सुर्खेत- २५५७ औँ बुद्धजयन्तीको अवसरमा बुद्धमार्गीले सुर्खेतको काँक्रेविहारमा बुद्धमूर्ति राख्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गर्यो। झडपमा चार प्रहरी र १७ बुद्धमार्गी घाइते भए। प्रहरी हस्तक्षेपका बाबजुद काँक्रेविहार परिसरको पिपलचौतारीमा राखिएको बुद्धको १७ फिट अग्लो मूर्ति प्रहरीले सोही दिन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पुर्याीयो। जवाफमा आदिवासी तथा जनजाति महासंघले अनिश्चितकालीन सुर्खेत बन्द आह्वान गर्योह।धार्मिक तथा पुरातात्विक महत्वको काँक्रेविहारमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति राख्न खोज्दा किन अशान्ति मच्चियो त? सरकारी निकाय र बुद्धमार्गीहरु यसबारे आफ्नो अनुकूल जवाफ दिन्छन्।
Laptop Bag with every nagarik
विक्रमको बाह्रौँ/तेह्रौँ सताब्दीमा बनेको विश्वास गरिने भग्नावशेष काँक्रेविहारको २०५७ सालमा पुरातत्व विभागले उत्खनन् गरेपछि धर्मको नाममा विवाद बढेको हो। उत्खननपछि पुरातत्व विभागले काँक्रेविहारमा शिखरशैलीको मन्दिर भएको निश्कर्ष निकाल्दै त्यहाँ पुरानै ढाँचामा मन्दिर निर्माणको निर्णय गर्यो। तर, विभागको उक्त निर्णयमा बुद्धमार्गीहरु सहमत हुन सकेनन्।
...........

विक्रमको बाह्रौँ/तेह्रौँ सताब्दीमा बनेको विश्वास गरिने भग्नावशेष काँक्रेविहारको २०५७ सालमा पुरातत्व विभागले उत्खनन् गरेपछि धर्मको नाममा विवाद बढेको हो। उत्खननपछि पुरातत्व विभागले काँक्रेविहारमा शिखरशैलीको मन्दिर भएको निश्कर्ष निकाल्दै त्यहाँ पुरानै ढाँचामा मन्दिर निर्माणको निर्णय गर्यो। तर, विभागको उक्त निर्णयमा बुद्धमार्गीहरु सहमत हुन सकेनन्। भग्नावशेषमा भेटिएका करिब ८० प्रतिशत मूर्ति, शिला र प्रस्तरहरु बुद्धसँग सम्वन्धित रहेकाले त्यहाँ विहार निर्माण गरिनुपर्ने उनीहरुको तर्क थियो। विभागले भने शिखरशैलीको ६५ फिट अग्लो मन्दिरको नक्सासमेत बनाएर २०६१ मंसिरदेखि निर्माण सुरु गर्योथ। बौद्ध धर्मालम्बीहरुको संस्था धर्मोदय सभा र बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिले मन्दिर निर्माणको विरोध गर्दै काममा अवरोध खडा गरेका थिए।

करिब एक दशकअघि रोपिएको विवादको त्यही बीउ अहिले द्वन्द्वको कारण बनेको छ। आर्थिक अभावले भग्नावशेष क्षेत्रमा मन्दिर निर्माणकार्य अलपत्र भइरहँदा बुद्धमार्गीले भने त्यसको बाहिर बुद्धको विशाल मूर्ति राख्ने योजना तय गरे। यसको लागि बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिको अगुवाइमा स्थानीय लाटीकोइली गाउँ विकास समिति र सुर्खेत जिल्ला विकास समितिसँग स्वीकृतिको लागि सिफारिस मागियो। त्यही सिफारिसको आधारमा समितिले जिल्ला प्रशासन कार्यालयसँग बुद्धमूर्ति स्थापनाको लागि अनुमति माग्यो। प्रशासनले पुरातत्व विभागको समेत परामर्श लिई २०६४ फागुन १२ गते उक्त स्थानमा बुद्धमूर्ति राख्नको लागि समितिलाई अनुमति दियो। पुरातत्व विभागको स्मारक संरक्षण शाखाले २०६४ भदौ १२ गते उक्त स्थानमा बुद्धको मूर्ति स्थापना गर्न सहमतिपत्र पठाएको थियो। स्थानीय प्रशासनले आवास तथा सहरी विभाग डिभिजन कार्यालयबाट प्रमाणित नक्साअनुसार बुद्धमूर्ति स्थापना गर्न सहमति दिएको थियो।

सुरुमा मूर्ति राख्न अनुमति दिने स्थानीय प्रशासन अहिले आफैले दिएको अनुमतिविरुद्ध लागेपछि तनाव उत्पन्न भएको बुद्धमार्गीको आरोप छ। प्रशासनको अनुमति पाएलगत्तै समितिले मन्दिर निर्माणस्थललाई तारबार गरिएको क्षेत्रदेखि ३० मिटर उत्तरपश्चिम र मूलसडकदेखि १३ मिटर पश्चिममा मूर्तिको शिलान्यास गर्यो।। 'हामीले सबै प्रक्रिया पुर्यारएर काम सुरु गरेपछि प्रशासनले विभिन्न बहाना झिकेर काम रोक्न आदेश दियो,' समितिका अध्यक्ष पञ्चसिंह रोकाया भन्छन्, 'यदि मूर्ति बनाउन मिल्थेन भने यसअघि किन अनमुति दिइयो, यसको जवाफ दिनुपर्छ।'

समितिले मूर्ति शिलान्यास गरेको करिब चार वर्षपछि २०६८ वैशाखमा थाइल्याण्डबाट १७ फिट अग्लो फाइबरको बुद्धमूर्ति ल्यायो, जसको लागत करिब ३५ लाख रहेको समितिको भनाइ छ। समितिले सुर्खेत ल्याउने बित्तिकै काँक्रेविहारमा मूर्ति राख्ने प्रयास गरे पनि प्रशासनले वन ऐनविपरीत हुने भन्दै रोकावट गर्यो्।

'जिल्ला प्रशासन कार्यालयले पहिले कुन आधारमा अनुमति दिएको थियो थाहा छैन,' प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर भन्छन्, 'तर काँक्रेविहारक्षेत्र संरक्षित वन भएकोले मन्त्रिपरिषदको निर्णयबिना त्यहाँ कुनै मूर्ति राख्न वा संरचना निर्माण गर्न पाइँदैन।'

जिल्ला वन कार्यालय पनि काँक्रेविहार संरक्षित वन भएकोले त्यसभित्र कुनै संरचना निर्माण गर्न मन्त्रिपरिषदको निर्णय आवश्यक पर्ने बताउँछ। 'प्रचलित कानुनअनुसार संरक्षित वनभित्र कुनै निर्माण कार्य गर्न सरकारको स्वीकृति अनिवार्य हुन्छ,' जिल्ला वन अधिकृत शम्भूप्रसाद चौरसियाले भने, 'सरकारले स्वीकृति दिन्छ भने हामीलाई कुनै आपत्ति छैन।'

बुद्धमार्गीहरु भने वन ऐनलाई देखाएर नियतवश मूर्ति स्थापनामा रोक लगाउन खोजिएको बताउँछन्। 'काँक्रेविहारभित्र सरकारको अनुमति नलिएर विकासका थुप्रै संरचना बनेका छन्, हामीलाईमात्र कानुनको कुरा गरेर रोक्न खोजियो,' समितिका अध्यक्ष रोकाया भन्छन्, 'यो त धर्मलाई देखाएर विवाद निम्त्याउने सरकारी चालबाजीमात्र हो।'

सतहमा जे कारण देखाइए पनि प्रशासनले बुद्धमूर्ति राख्न नदिनुको कारण भविष्यमा हुने सम्भावित धार्मिक विवाद रोक्नु हो। एकै ठाउँमा हिन्दू धर्मको आस्थाको केन्द्र मन्दिर र बुद्धमार्गीको आस्थाको धरोहर बुद्धमूर्ति राख्दा धार्मिक दङ्गा निम्तिनेमा प्रशासन सचेत देखिन्छ। प्रमुख जिल्ला अधिकारी कुँवर यसतर्फ सङ्केत गर्दै भन्छन्, 'संरक्षित वनमा जसले चाह्यो उसलाई धार्मिकस्थल बनाउन दिइयो भने भोलि धार्मिक र साम्प्रदायिक सद्भाव भड्किन सक्छ, यसतर्फ सरकार सचेत हुनैपर्छ।' बुद्धमार्गीबाहेकका अन्य धर्मालम्बीले काँक्रेविहारमा बुद्धमूर्ति राख्नेबारे विवाद झिकेका उनको भनाइ छ।

सरकारी बेवास्ताले विवाद

सरकारले समयमै काँक्रेविहारमा मन्दिर निर्माण गर्न नसक्दा अहिले विवाद निम्तिएको हो। सरकारले एक दशकअघि 'मन्दिर'को नाम दिएर निर्माण थालिए पनि त्यसलाई हिन्दू तथा बौद्ध धर्मको अस्तित्व झल्किने गरी निर्माण गर्ने सरकारी प्रतिवद्धता जनाएको थियो। यसमा बौद्धमार्गीहरुसमेत सहमत भएका थिए। 'सरासर मन्दिर निर्माण भइदिएको भए अहिले बुद्धमार्गीले मूर्ति राख्ने माग गर्ने थिएनन्,' लाटीकोइलीका एक अगुवा भन्छन्, 'मन्दिर पनि नबन्ने भएपछि बुद्धमार्गीहरु आफ्नो धर्मको अस्तित्व देखाउन बुद्धमूर्ति राख्न अगाडि बढेका हुन्।'

हिन्दू धर्मका प्रतिक सरस्वती, विष्णु र शिवका साथै भगवान गौतम बुद्धका पनि मूर्ति भएकाले काँक्रेविहारलाई अद्वितीय मन्दिर मानिएको छ। यसकै कारण पुरातत्व विभागले मन्दिर निर्माण सम्पन्न भएमा दुवै धर्मका मूर्तिहरु सजावट गरिने योजना सार्वजनिक गरेको थियो। तर, पाँच करोड लागत अनुमान गरिएको मन्दिर आर्थिक अभावले अलपत्र परेपछि बुद्धमार्गीले आफ्नै लगानीमा काँक्रेविहारमा बुद्धमूर्ति राख्न खोजे, जसले बुद्धको नाममा विवाद चर्कियो।

No comments:

Post a Comment