तामाङ्ग हुनुको अभिशाप
फाल्गुन १५ गते राजधानीको बबरमहल स्थित काठमाण्डौ जिल्ला अदालत नजिक नेपाल आयल निगमको प्रधान कार्यालय गेट अगाडि भएको बम विष्फोटनमा परी मारीएका निर्दोष तामाङ्ग प्रति नेपालका ठुला राजनीतिक पार्टीका ठुला नेताहरुद्धारा समवेदना स्वरुप एक शब्द पनि उच्चारण गरीएन सायद मारीने तामाङ्ग भएर हुनुपर्छ । हुनत नेपालको राजनीतिक पार्टीहरुको संरचनाले नै तामाङ्ग समुदायलाई यस देशका ठुला राजनीतिक पार्टीहरुले कुन श्रेणीमा राखेका छन् भनी स्पष्ट हुन्छ ।

विष्फोटको घटना लगतै घटना स्थल पुगेका गृहमन्त्री गच्छदार द्धारा मृतक परीवारले क्षतिपुर्ती पाउने छन् भनी आश्वासन दिएको भएता पनि यत्रो दिन वितीसक्दा सरकारद्धारा मौनता साधेको देख्दा नेपालमा तमाङ्ग भएर जन्मिनु अभिशाप नै भयो तमाङ्ग समुदायको संरक्षक पनि हु भनी अहंकार गर्ने तमाङ्ग संघसंस्था र विभिन्नराजनीतिक पार्टीमा आबद्ध भातृ संस्थाहरु आखिर यस विषयमा किन मौन छन् । के तमाङ्ग संघसंस्थाहरुले मात्र आफ्नो निजी स्वार्थका लागि नाम पछाडि तमाङ्ग थर झुण्ड्याएका हुन् त नेपालका मानव अधिकारवादि बारे कुरा गर्दा मारीएका निर्दोष तमाङ्ग एवं उनका परीवारप्रति कुनै चासो राखेको पाइएन सायद मारीने नेपाली जनता नभई तमाङ्ग भएर हुनु पर्छ।
नेपालमा कुनै प्रकारको ऐतिहासिक परीवर्तनका लागि त्याग र बलिदान दिनमा हमेशा तमाङ्ग समुदायद्धारा अग्रणी भुमिका खेलेको छ । निरंकुस राणाशाहिको अन्त्य गर्न २००७ सालको सशस्त्र क्रान्तिमा तमाङ्ग सपुतद्धारा दिइएको बलिदान देखि माओवादि जनयुद्ध सम्म आइपुग्दा तमाङ्ग वीरहरुद्धारा दिइएको सहादत अवमुल्यन भएको छ । तमाङ्ग जातीलाई हेर्ने दृष्टिकोणमा विगत देखि हाल सम्मको राज्य सत्ताको सोचमा कुनै परीवर्तन पाइएन जुनसुकै राज्यसत्ता आए पनि विशाल जनसंख्या भएको तमाङ्ग समुदाय प्रति हमेशा अनुदार एवं दोयम दर्जाको नागरीक सरह व्यवहार गरीएको छ ।
२००७ सालको क्रान्तिदेखि माओवादि जनयुद्ध सम्म आइपुग्दा हजारौ तमाङ्ग सपुत बलिदान भएका छन् तर त्यस बलिदानको कुनै लेखाजोखा भएन भने अर्को तर्फ लगभग सयौंको सहादतले मात्र मधेसी समुदाय आज नेपालका प्रधानमन्त्री बाहेकका महत्वपुर्ण स्थान प्राप्त गर्न सफल भएका छन् । कस्तो विडम्बना जे भएतापनि बबरमहल बम विष्फोटमा ज्यान गुमाएका परीवारले शीघ्रता शीघ्र राहत स्वरुप उचीत क्षतिपुर्ति पाउनु पर्दछ उचीत क्षतिपुर्ती दिनमा ढिलाई भए वा क्षतिपुर्ति नदिने सोच यदि सरकारको छ भने तमाङ्ग समुदायको धैर्यताको बाँध फुट्ने निश्चीत छ ।
अमरदिप मोक्तान
फोन : ९८४१२३७२४५
डाँडाखर्क दोलखा
No comments:
Post a Comment