Saturday, May 11, 2013

आदिवासी जनजाति महासंघको अधिवेशन सुरु भयो, अध्यक्ष पदमा पाँच जना उम्मेरद्धार (भिडियो विश्लेषण सहित)

-मिलन लिम्बू

नेपाल आदिवासी जनजाती महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हु“दैछ ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा हुने महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने कार्यक्रम छ । २३ वर्षपछि पहिलो पटक राजधानी बाहिर आयोजना गर्न लागिएको महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सर्वसाधरण उतार्ने महासंघले जनाएको छ । महाधिवेशनको उद्घाटन शत्र भरतपुरमा भएपनि बन्द शत्र आइतबार र सोमबार सौराहामा हुनेछ । देशभरवाट पा“च सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । हिमाली चार वटाबाहेक ७१ जिल्लामा आफ्नो शाखा रहेको महासंघले जनाएको छ । महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरुलाई नबोलाइए पनि एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन, नेकपा माओवादीका महासचिव रामवहादुर थापा, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतका नेतालाई भने बोलाइएको छ । संविधानसभा विघटन गर्नुमा प्रमुख चार शक्ति जिम्मेवार भएकाले शीर्ष नेताहरुलाई बोलाउनुको अर्थ नरहेको अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने महाधिवेसन नया“ नेतृत्व चयन गर्दै सकिने छ ।
janjati mahasangh

को–को छन् अध्यक्ष पदका उम्मेरद्धार ? 
नेपालको कुल जनसंख्याको करिव आधा भाग आगटेका आदिवासी जनजातिहरुको नेतृत्व संगठन नेपाल आदिवासी जनजाति महासंघको निर्वाचन सुरु हुन भन्दा धेरै दिन अगाडी देखिनै महाधिवेशन मार्फत नयाँ नेतृत्व आउने कुरा चर्चाको विषय बनेको थियो । लोकतान्त्रीक मान्यतामा विश्वाश राख्ने मुलुकहरुमा मतदान मार्फत निर्वाचित नेतृत्वलाइ सबै भन्दा बलियो नेतृत्वको रुपमा मान्ने गरिन्छ । नेपालमा लोकतान्त्रीक मान्यतालाइ निक्कै अगाडी देखी नै अंगाल्न खोजिए झै लाग्छ । सहि अर्थमा लोकतान्त्रीक मान्यतालाइ व्याबहारमा उर्तान नसक्ने हामी नेपालीहरुको प्रवृतिका कारण नेपालमा लोकतान्त्रीक पद्धति भनिएको मतदान प्रकृयालाइ खतराको रुपमा विश्लेषण गर्न थालिएको छ । वास्ताविकता पनि यहि हो, प्रतिस्पर्धामा हार्ने, अनि हार अस्वीकार नसक्ने हाम्रो प्रवृतिका कारण नेपालमा लोकतान्त्रीक पद्धति फेलियर जस्तै भएको छ । त्यसैले अहिलेका सबै निर्वाचन मार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने कोसिस गरिन्छ । यो सवालमा नेपाल आदिवासी जनजाति महासंघको ८ औ राष्ट्रिय महाधिवेश मार्फत समेत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्नहरु भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंले ८ औ महाधिवेशन सम्मको यात्रा तय गर्दा ८ औ महाधिवेशन मार्फत आदिवासी जनजाति आन्दोलनले तेस्रो पुस्ताको नेतृत्व पाउने निश्चित छ । सुरेश आलेमगर, पर्शुराम तामाङ, डा.ओम गुरुङ र बालकृष्ण माबोहाङलाई महासंघको पहिलो पुस्ताको नेतृत्वको रुपमा मान्ने गरिन्छ । त्यस्तै पासाङ शेर्पा र राजकुमार लेखीलाइ दोस्रो पुस्ताको नेतृत्वको रुपमा विश्लेषण गर्ने गरिएको छ भने ८ औ महाधिवेशनको चुनावी मैदानमा उम्मेरद्धारको रुपमा भोट मागिरहेका नगेन्द्र कुमाल, चन्द्रविक्रम राई, पेमा छिरिङ शेर्पा, नित्यानन्द ताजपुरीया र नरेश ताम्राकारलाइ तेस्रो पुस्ताको नेतृत्वको रुपमा आदिवासी जनजाति वृतमा चर्चा गरिदै अँएको छ । ८ औ महाधिवेशन मार्फत महासंघको अध्यक्ष पदमा निर्वाचित हुदै आदिवासी जनजातिको पक्षमा लड्ने प्रणका साथ चुनावी मैदानमा होमिएका कुमाल, राई, शेर्पा, ताजपुरिया र ताम्राकार आन्दोलनका हिसावले परिपक्क व्यक्तिहरु हुन । पा“चै जना प्रतिस्पर्धीको आन्दोलनको इतिहास हेर्दा करिव करिव दुइ दशक भन्दा कम छैन । नेपालमा भएको ऐतिहासिक आन्दोलनको रुपमा मानिने महान परिवर्तनकारी २०४६ सालको आन्दोलन हुदै नया“ इतिहासको सुरुवात गर्ने २०६२÷६३ को जनआन्दोलनमा सबै प्रत्यासीहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । सबै प्रत्यासीहरु यतिखेर आ–आफ्नै जातिय संगठनको नेतृत्व गरिरहेका छन् । नगेन्द्र कुमाल, नेपाल कुमाल समाज सुधार सेवा समितिका अध्यक्ष हुन भने चन्द्रबिक्रम राई किरात राई यायोक्खाका उपाध्यक्ष हुन, त्यस्तै पेमा छिरिङ शेर्पा नेपाल शेर्पा संघको नेतृत्व कर्ता हुन भने नरेश ताम्राकार नेवा देद ब्यूका अध्यक्ष र नित्यानन्द ताजपुरीया ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष हुन । अध्यक्ष पदका प्रत्यासीहरु अध्यक्ष पदमा निर्वाचित बन्नका लागि आफ्नै खालका तयारीमा जुटिरहेका छन् । तर उनीहरुले अध्यक्ष पदमा निर्वाचिन हुनका लागि कम परिश्रम गरेमा सम्भावना न्यून छ त्यसैले होला उनीहरु यतिखेर सबै अस्त्रहरु प्रयो गरेर अध्यक्ष बन्ने माहोल बनाइरहेका छन् ।


कसको अवस्था कस्तो र कुन पार्टी नजिक ?
चन्द्र बिक्रम राई केही समय अगाडी एमाले परित्याग गरेर संघीय समाजवादी पार्टीमा प्रवेश गरेका हुन । त्यसैले राईलाइ एमाले सर्मथकले भोट नदिने पक्का छ । राईलाई माओवादीको भोट मिल्ने आशा थियो तर महाधिवेशनको अन्तिम चरणमा एमाओवादीको सर्मथनमा पेमा छिरिङ शेर्पाको समेत अध्यक्ष पदमा उम्मेरद्धारी आए पछि भने मोहन बैद्य नेतृत्वको माओवादीको भोट मिल्ने सम्भावना छ । तर त्यो बाहेक अरुको भोट मिल्ने कुरामा आशंका गरिएको छ । मोहन बैद्य नेतृत्वको माओवदीमा आवद्ध भोटर्स मक भएका कारण राई अध्यक्ष पदमा निर्वाचित हुनका लगि राईले अरुलाई पनि आफ्नो पकडमा राख्न सफल हुनु पर्ने छ । यता नगेन्द्र कुमाल कांग्रेस संग नजिकका उम्मेरार हुन । कमाललाइ एमाले समर्थकको भोट निश्चित छ । त्यति मात्र होइन पछिल्लो समय आदिवासी जनजाति महासंघमा मौलाएको हामी ठूलो जातिय संस्था होऔ, त्यसैले हामीले महासंघको नेतृत्व गर्नु पर्छ भन्ने कुराले गर्दा कुमाललाइ साना जाति संस्थाहरुको समेत भोट मिल्ने निश्चित छ । कुमालले पछिल्लो समय अति सिमान्तकृत आदिवासी जनजातिहरुको एलायन्स बनाएर आफु बलियो हुने प्रयत्न समेत गरेका छन् । कुमाल यो एलायन्सका संयोजक हुन । यो एलायन्स कुनै पनि हालतमा आफुलाइ ठूलो जातिय संस्था भन्न रुचाउने संस्थाको प्रतिनिधिलाई हराउने कोसिसमा लागेको छ । त्यसैले कुमाललाई केही सहज हुने छ ।

अर्का उम्मेरद्धार पेमा छिरिङ शेर्पा आदिवासी जनजाति आन्दोलनमा केही कम इतिहास भएका नेतृत्व हुन । शेपालाई एमाओवादीको पनि सबै भोट नआउने होकी भन्ने कुरा समेत चार्चा भएरहको छ । तीन जनाको प्रतिस्पर्धा रहने सम्भावना बढेपछि अन्य उम्मेरद्धारहरुले निर्वाचनको अन्तिम समयमा उम्मेरद्धारी फिर्ता लिने सम्भावना बढि रहेको छ ।
नोट: यो समाचार तयार पार्दा सम्म महाधिवेशन उदघाटन भएको छैन ।
——————————————————————–
वैशाख २८ गते चितवन भरतपुर जाऔ !

नेपाल आदिवासी जनजाति महासंघ आठौं महाधिवेशन सफल पारौ !
janjati mahasangh

मिति : २०७० वैशाख २८ गते
समय : दिउसो १ बजे
स्थान : विरेन्द्र वहुुमुखी क्याम्पस, भरतपुर, चितवन

आर्कषणहरु :

@ एक लाख भन्दा बढी जनसुमदयको उपस्थिति साँस्कृतिक झाँकी सहितको ¥याली
@ पहिचान सहितको संघीय संविधान जारी गराउन आदिवासी जनजातिको भावि रणनीतिबारे आदिवासी नेताहरुको विचार सुन्न पाउने
@ ख्याती प्राप्त राष्ट्रिय कलकारहरुको प्रस्तुती
@ आदिवासी जनजातिको मौलिक नृत्य प्रदर्शन

उदघाटन समारोहको कार्यतालिका

मिति : २०७० वैशाख २८ गते समय दिउसो १ बजे
स्थान : विरेन्द्र वहुुमुखी क्याम्पस, भरतपुर, चितवन
सांस्कृतिक झाँकी सहितको ¥यालीले बजार परिक्रमा गर्दै समारेह स्थलमा भेला

कार्यक्रम उदघोषण : आङ काजी शेर्पा, महासचिव नेपाल आदिवासी जनजाति महासंघ
@ प्रमुख अतिथिको आसनग्रहण : सम्मननीय उपराष्ट्रपति परमानन्द झा खादा अपर्ण सहित

@ आमन्त्रीत अतिथीहरुको आसन ग्रहण खादा अर्पण सहित
@ ५६ जातिय ८ सम्बन्धन, १५ अन्तराष्ट्रिय मञ्च र जिल्ला समन्वय परिषद आसन खादा अर्पण सहित
@ अध्यक्षको मन्तव्य सहित आसन ग्रहण राजकुमार लेखी थारु, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
@ स्वागत मन्तव्य : पदम गुरुङ, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ल समन्वय परिषद चितवन
@ स्वागत गीत
@ कार्यक्रम उदघाटन सम्मननीय उपराष्ट्रपति परमानन्द झा
@ शुभकामना मन्तव्य व्यक्त
@ सास्कृतिक कार्यक्रम
@ शुभकामना मन्तव्य व्यक्त
@ सास्कृतिक कार्यक्रम क्रमश ………..
@ धन्यवाद ज्ञापन उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
@ सभाविर्सनको घोषणा

वन्द सत्रको कार्यतालिका:

प्रतिवेदन उपर छलफल, सशोधन तथा अनुमोदन
२०७० वैशाख २९ गते, समय विहान ९ बजे
स्थान होटल प्याराडाईज, सौरहा, चितवन

कार्यक्रम उदघोषणा विमला सुनुवार र कुमार तामाङ व्लोन, सचिव द्धे, नेपाल आदिवासी जनजाति महासंघ
@ अध्यक्षको आसन ग्रहण राजकुमार लेखी थारु, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ

@ सल्लहकारहरुको आसन ग्रहण पदम्रत्न तुलाधर, अष्टभुजा चाौधरी र पासाङ शेर्पा
@ पदाधिकारीहरुको आसनग्रहण उपाध्यक्षहरु, महासचिव, सचिवहरु र कोषाध्यक्ष
@ कार्य प्रगति, सागठनीक तथा भावि कार्य योजना सहितको प्रतिवेदन ः आङ काजी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ
@ आर्थिक प्रतिवेदन ः डण्डु ढोक्प्या, कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
@ बोल्नको लागि नाम दर्ता
@ महासचिव र कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन उपर छलफल
@ महासचिव र कोषाध्यक्षबाट उठेका प्रश्नहरुबारे थप विश्लेषण
@ महासचिव र कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन सशोधन सहित अनुमोदन

वन्द सत्र निर्वाचनको कार्यतालिका

२०७० वैशाख ३० गते, समय विहान ९ बजे
स्थान होटल प्याराडाईज, सौरहा, चितवन

@ निर्वाचन समिति गठनको लागि सचिवलयबाट नाम प्रस्तवाव, अनुमोदन तथा घोषणा

@ नेपाल आदिवासी जनजाति महासंघको सातौ महाधिवेशनबाट निर्वाचित संघीय परिषद सचिवालय विघटनको घोषणा
@ निर्वाचन समितिको आसन ग्रहण
@ निर्वाचन समितिको अध्यक्ष, सचिव तथा सदस्य चयन
@ निर्वाचन सम्बन्धि आचरसंहिता
@ निर्वाचन कार्यतालिक घोषणा
@ मतदात नामवाली प्रकाशन, दावी विरोध तथा अन्तिम मतदाता नामवाली प्रकाशन
@ उम्मेदवारी दर्ता, दावी विरोध तथा अन्तिम उमेदवारीको नामवाली प्रकाशन
@ निर्वाचन अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ५ र कोषाध्यक्ष १
@ मतगणना
@ निर्वाचन परिणाम घोषणा
@ प्रतिवद्धता तथा शुभकामना मन्तव्य सहित सभा विर्सजन

जनजाति महासंघको महाधिवेशनमा शीर्ष नेतालाई निषेध
काठमाडौं, वैशाख २७ – नेपाल आदिवासी जनजाति महासंघले चितवनमा आठौं राष्ट्रिय महाधिवेशनमा मुख्य चार राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रवेश निषेध गर्ने भएको छ ।

देशको मुख्य हिस्सा ओगटेको आदिवासी जनजातिको मुद्दामा राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै महासंघ अध्यक्ष राजकुमार लेखीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई प्रवेश निषेध गरिएको जानकारी दिए ।
महासंघको महाधिवेशन शनिबार चितवनमा सुरु हुँदैछ ।
लेखीले वर्षैंदेखि संघीयताको विषय उठाउँदै आएका जनजातिहरुलाई राजनीतिक दलहरुले गलत तरिकाले भ्रम फैल्याउने काम गरेको बताए । ‘जातीय राज्य हामी आफैं मान्दैनौं कुनै एकजातको राज्य हुनुहुँदैन, हामीले पहिचान सहितको संघीयता चाहेका हौं,’ अध्यक्ष लेखीले भने ।
महाधिवेशन उद्‍घाटन उपराष्ट्रपति परमानन्द झाले गर्नेछन् । उद्‍घाटन समारोहमा नेकपा-माओवादीका महासचिव रामबहादुर थापा, संघीय समाजवादीका अध्यक्ष अशोककुमार राईलगायतलाई बोलाइएको छ ।

No comments:

Post a Comment